जनता मनन गर्छन्
०८ मंसिर २०७०
•
१२ मिनेट पाठ
जनता मनन गर्छन्
एक जना प्रसिद्ध गीतकार तथा सुरक्षा सेवामा कार्यरत मित्रका विचारमा कुनै पनि व्यक्ति वा समूहले कहिल्यै पनि देश, जनता र आमालाई हेप्नु हुँदैन, तिनको अवमूल्यन गर्नु हुँदैन। यी गीतकारले सहज रूपमा बुझेको गुढ रहस्य नेपालका राजनीतिक दलहरूले अझैपनि बुझ्न सकेका छैनन्।त्यसैले कहिले २०६४ साल आउँछ त कहिले २०७० साल। २०४६ सालदेखि राजनीतिक दलहरूले जनताको सम्मान गर्न सकेको भए न त राजाले सत्ता हडप्न सक्दथे न माओवादीको दसवर्षे विद्रोह र हजारौं जीवनको उत्सर्ग नै हुन्थ्यो। यस देशका जनताले कहिल्यै आफूलाई सबल, अधिकारप्राप्त र सार्वभौमसत्ता सम्पन्न ठान्न पाएनन्। तर जब जब जनताले मौका पाए तिनले जनमत उपेक्षा गर्ने राजनीतिक दललाई राम्रो पाठ पढाइदिएका छन्। विसं २०६४ साल अघिका दलहरूलाई जमिनमुनी पु¥याएर कुनै बेलाको भूमिगत दललाई सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा स्थापित गरेका जनताले २०७० सम्म आइपुग्दा जनमत पूरै फेरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) विगतमा अरू दलले गरेका गल्ती झन व्यापक रूपमा दोहोर्याएकै कारणले अहिले लाजमर्दो हारको भागिदार हुन पुगेको हो।




जनताले माओवादी सरकारमा पुगेपछि गरेका हरेक कामको मनन गरेर बसेका रहेछन्। खुलारूपमा विरोध नगरेपनि हरेक व्यक्ति आफ्नै ढङ्गले मौकाको प्रतीक्षा गरेर बसेको प्रमाण हो निर्वाचन परिणाम। गणतान्त्रिक राष्ट्रको पहिलो निर्वाचित प्रधानमन्त्री बनेपश्चात पुष्पकमल दाहालले गरेका अनेक निर्णय र उनको व्यवहार निर्वाचन परिणामका लागि सहायक सिद्ध भए। एक लाख भन्दा बढी पर्ने पलङ्ग, लाखौं पर्ने घडी, छोरा प्रकाशको उद्दण्ड व्यवहार, रक्सीले मातेर रिसोर्टमा लडिरहेको फोटो सबै सम्झेछन् जनताले मत हाल्न जानुअघि। अझ प्रचण्डले लडाकुहरूको सेनामा ठूलो उपस्थिति गराउन तत्कालीन सेनापतिलाई निकाल्न गरेका उपक्रमले जनता झनै चिढिएका रहेछन्। सबैले आफ्नो मनको बह कसैलाई कहेनन्, बरु निर्वाचनको मिति पर्खेर बसे। आफू सत्ताच्युत भएपश्चात राजनीतिमै आँधीबेरी ल्याउँछु भनेर चीन जाने अनि फर्केर आएर मिलेर शासन गर्नुपर्छ भन्ने। जनतालाई लोकतन्त्रमा जान्छु भन्ने अनि शक्तिखोर क्याम्पमा गएर हाम्रो उद्देश्य सत्ता कब्जानै हो भन्ने। देशी, विदेशी सबैका लागि प्रचण्डले बोलेको पत्याउनु हुन्न, मनको कुरा बोल्दैनन् अगाडिको मान्छेले के मन पराउँछन् त्यही बोल्छन् भन्ने छवि बनाउने कुरा सबै जनताले बुझेका रहेछन्। निर्वाचनको केही दिन अघि पनि साम, दाम, दण्ड, भेद जे सुकै गरेर भएपनि विजय हासिल गर्नुपर्छ भन्ने हाँकलाई जनताले पनि 'लौ हेरुँन त' भनेर लिएछन्।

तर २०६४ यताका सबै सरकारको नेतृत्व एनेकपा (माओवादी) ले गरेका थिएनन्। बीचमा त एमालेका झलनाथ खनाल र माधव कुमार नेपालले देशको सत्ता सम्हालेका थिए, अनि किन तिनलाई फूलको माला र माओवादीलाई उन्यूको माला पहिनाए त जनताले? किनभने, जनस्तरमा गएर धम्काउने, तर्साउने र देश आफ्नो दलको पैतृक सम्पति हो जस्तो व्यवहार गरेनन् एमालेका कार्यकर्ताले। सत्तामा बस्दा झलनाथ खनालले कुनै ठूलो उपलब्धि गर्न नसके पनि जनता चिढ्याएनन्। आफूबाहेक देशमा अरू कोही नेतै छैन भनेझैँ गरेनन्। माधव नेपालले केही महत्वपुर्ण काम गरे। तीमध्ये एउटा त माओवादीको ६ दिनको बन्दमा दरो अडान लिएर बस्नसके, अर्को अनमिनलाई देशको राजनीतिमा धेरै खेल्न नदिई बिदावारी गरे र सेना समायोजनमा ठोस कार्य गरे। त्यसैले जनता धेरै खुसी नभए पनि एमाले सँग रिसाएनन्।

माओवादीका अर्का नेता डाक्टर बाबुराम भट्टराईले पनि जनताको इज्जत गर्न जानेनन्। उनको विचारमा काठमाडौंको सडक विस्तार कार्यले जनता उनको दलसँग खुसी हुन्छन्, स्याबासी दिन्छन् भन्ने थियो तर जनता सो कार्यले प्रभावित नभएको ठाडै देखियो। सडक भत्काउने कार्यमा गुन्डाको प्रयोग गर्ने, जसले आफ्नो जग्गा छोड्नु पर्यो उसले आफ्नो घर भत्काउन र बनाउन पनि आफ्नै पैसा खर्च गर्नुपर्ने कारणले पनि जनता चिढिएका थिए। अझ सरकारी खर्चमा भत्काउने र पुनःनिर्माण गर्ने खर्च देखाएर सबै माओवादीले बाँडेर खाए भन्ने बुझाइले जनता बदला लिन तयार बसेका थिए। सरकारले जनताको सम्पतिको अधिकारको हनन गरेको यो ठूलो उदाहरण हो। अब उप्रान्त कुनै पनि सरकारले जनताको सम्पति कब्जा गर्नु अघि क्षतिपूर्तिको विषयमा गम्भीर भएर सोच्नेछ। त्यसबाहेक भारतसँग गरेका विभिन्न सन्धि र सम्झौता, देशैभरका विमानस्थल व्यवस्थापनको जिम्मा भारतलाई दिने निर्णय, माथिल्लो तामाकोसीको क्षमता बढाएर ठूलो घोटाला गर्ने चाल, सर्वोच्च अदालतले हत्यारा ठहर सर्वस्वसहित जन्मकैदको सजाय दिएको बालकृष्ण ढुङ्गेललाई सँगसँगै लिएर हिंडेको रिसजस्ता कुरा आए माओवादीविरुद्ध। अमेरिकी प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले हिसिला यमीलाई दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ भनेर लेखिदिएर पनि जनता बीचमा ठूलो असर परेको देखिन्छ। यति कारण नभइदिएको भए माओवादी काठमाडौंका सबै क्षेत्रमा तेस्रो वा चौथो स्थानमा आउँदैनथे। धन्न रेणु दाहालले क्षेत्र नं १ मा दोस्रो स्थानमा आएर माओवादीको इज्जत जोगाइन् !

माओवादीले संविधान सभा चुनाव प्रचारकै क्रममा पनि करिब करिब २०६६ सालको ६ दिने बन्दमा जबर्जस्ती सहयोग र बास मागेझै निर्वाचन प्रचारको क्रममा पनि व्यापारी, संस्था र व्यक्तिसँग जबर्जस्ती सहयोग गर्न दबाब दिए। देशैभर जनताले यसलाई नकारात्मक रूपमा लिए । त्यसबेला जनताले जबर्जस्ती आर्थिक र अन्य सहयोग गरे पनि मतदान केन्द्रमा गएर स्वस्तिक छाप लगाउने बेलामा मनको मैलो पखाले।

निर्वाचनको बेलामा मात्र होइन २०६४ देखिनै कुनै पनि गाउँमा खानेपानी चाहियो, बाटो चाहियो वा विद्यालय बनाउनु पर्यो भने माओवादीको प्रतिनिधिको सबैभन्दा महत्वपूर्ण बोली हुने। २०६४ साल पछिको नेपाली समाज बढो अप्ठेरो अवस्थामा अघि बढ्यो। देशभर स्थानीय निकायहरू भएनन्। शक्तिको उन्मादले भरिएका उनीहरूले ठूलो जनसमूहको केमा हित हुन्छभन्दा आफ्ना सहयोगी र नातेदारका लागि के राम्रो हुन्छ भन्ने हेरेर निर्णय गर्नथाले । अझ कतिपय अवस्थामा कम अनुभवी, नपढेका र उमेरले पनि काँचा माओवादी कार्यकर्ताको हैकम अपमानको विषसरह पिएर पनि जनताले पचाउनु पर्यो। त्यसैले जनताले आफ्नो पालो पर्खनु कुनै अनौठो विषय भएन।

सम्पूर्ण जनताले लाम लागेर, फोटो भएको मतदाता नामावलीमा अनुहार जुधाएर सम्पन्न भएको यो मतदान नेपालमा भएको अहिलेसम्मको सबैभन्दा स्वच्छ र धाँधलीरहित निर्वाचन हो। नेपालमा मात्र होइन संसारकै धेरै देशहरूमा पनि यत्तिको निर्वाचनलाई धाँधली युक्त निर्वाचन भन्न सकिन्न। दक्षिण एसियाको त नमुना नै होला नेपालको अहिलेको निर्वाचन। यस पटक मतदानबाट माओवादीलाई मत नदिएको मात्र होइन वैद्यको बन्द र आतंक फैलाउने कार्यको पनि डटेर जबाफ दिएका हुन् जनताले। विदेशीको इसारामा यो मतदानको परिणाम परिवर्तन भएको हो भन्ने माओवादीको जिकिर हो भने विगतमा उसले जित्दा कुन कुन विदेशीले कसरी सहयोग गरेका थिए त्यो पनि भन्नुपर्छ जनतालाई। तिनले भारतको सहयोगमा भारतमै बसेर नेपालमा सशस्त्रविद्रोह गरेको सबैलाई थाहै छ। त्यही भारतले उनलाई अहिले सहयोग नगरेको हो भने २०६४ सालको निर्वाचनमा कसरी सहयोग गर्यो त्यो जनताले बुझ्नेगरी सार्वजनिक गर्नुपर्यो।

जनमत कदर नगरेर देश, जनता र मातृभूमिलाई कसैले गाली गर्छ, अन्याय गर्छ र बेइज्जत गर्दछ भने जनताले त्यसको बदला लिन्छन्। लोकतन्त्रमा जनताले मनन गरेर बस्छन् र निर्वाचनका दिन बदला लिन्छन्। तर लोकतन्त्र भएन भने त जनताले लिने बदला झन् निर्मम हुन्छ। जनतालाई धेरै नचिढ्याऊ!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस