राष्ट्रहरुको तटस्थताको राजनीतिका सन्दर्भमा विश्वमा मानिएको मुलुक स्वीट्जरल्यान्ड हो। त्यस राष्ट्रले हासिल गरेको 'तटस्थ राष्ट्रको पहिचान' सबैभन्दा उत्कृष्ट मानिन्छ। दोस्रो महायुद्धताका यस्तो पहिचान कायम राख्न त्यस मुलुकलाई निकै चुनौती सामना गर्नुपरेको थियो।लडाइँमा मुछिनु नपरे पनि परिस्थितिअनुसार कुशल रणनीतिक क्षमता प्रदर्शनद्वारा परिस्थितिसँग मिलेर रहन सक्ने क्षमता तथा मुलुकको अस्तित्व रक्षाका लागि 'तत्परता प्रदर्शन' समिश्रित नीतिको परिणाम आजको हैसियत बच्न सकेको हो। बहुजातीय, बहुभाषिक अस्तित्वसहितको सानो युरोपियन मुलुक स्वीट्जरल्यान्डको आफ्नो तटस्थता बचाइराख्ने कौशलता नेपालको लागि पनि सदैव अनुकरणीय रहनेछ।
हिमालपारि महाचीनको सभ्यताको झोलुङ्गो मानिएको हेनान उपत्यका र हुआङ हे (एलो रिभर) उपत्यकाबाट विकसित सभ्यता एवं हिमालय दक्षिण उत्तिकै प्राचीन सिन्धुघाटी र गंगा–जमुना मैदानको सभ्यताका बीच हिमालयको काखमा अवस्थित नेपाल राष्ट्र एवं नेपाली सभ्यता सदियौँदेखि आफ्नै विशिष्ट र स्वतन्त्र पहिचान साथ विकसित हुँदै आएको प्राचीन राष्ट्र हो। जसको 'तटस्थता' गतिमान राजनीतिक परिवर्तनसँगै अहिले चुनौतीको घेरामा परेको छ।
दुई महान् छमेकी मित्र राष्ट्रबीच तटस्थता बचाइराख्दै राष्ट्रिय अखण्डता सुरक्षित राख्ने प्रयास सदियौँ पहिलेदेखि हुँदै आएको हो। आधुनिक नेपालमा उत्तिकै महŒव राख्ने 'तटस्थ परराष्ट्र नीति' यस मुलुकको राष्ट्रियता र सार्वभौमिक अखण्डताको ठूलो आधार पनि हो। भारत र चीनबीच मानव सभ्यताको प्रारम्भदेखि नै आफ्नो स्वतन्त्र पहिचान बचाइराख्दै सन् १९४७ मा राष्ट्र संघको सदस्यता हासिल गरेपछि विश्व स्वतन्त्र राष्ट्रहरुको घरमा यसको झण्डा फहरिन थालेको हो। यसमा दुवै छिमेकी राष्ट्रको हार्दिक समर्थन रहिरहनु अर्को एउटा अत्यन्त महŒवपूर्ण पक्ष हो। यति हुँदाहुँदै पनि नेपालले आफ्नो स्वतन्त्र हैसियत बचाइराख्न पहिले–पहिले गर्दै आएका प्रयास आजको बदलिँदो परिस्थितिका सन्दर्भमा पर्याप्त छैन। उदारीकरण एवं खुलाबजार अर्थनीतिका साथ गतिमान विश्व राजनीतिबाट अलग (आइसोलेसन्स्) मा रहेर हाम्रो तटस्थता अब बचाइराख्न कठिन हुनेछ।
हाम्रा दुवै छिमेकीले 'आर्थिक उदारीकरण एवं आधुनिकीकरण' तर्फ लामो छलाङ मारिसकेको आजको चलायमान परिस्थितिका सन्दर्भमा हाम्रो 'सोच र चिन्तन' त्यसैअनुरूप परिमार्जित हुन जरुरी छ। सन १९६२ मा भएको भारत–चीन युद्धको घाउ कम पार्दै ती दुई देशले आर्थिक–व्यापारिक सहयोगका क्षेत्रहरु निरन्तर विस्तार गर्दै लैजान सफल भएका छन् । यी दुई एसियाका महाशक्ति राष्ट्र अब सन् २०१५ सम्म १ खर्ब डलर (१०० विलियन डलर) सम्म पु¥याउने लक्ष्य राख्दैछन्। पत्याउनै नसकिने गरी अहिले नै यो अंक ७५ अर्ब डलर नाघिसकेको छ। यस परिस्थितिमा दुवै मित्र राष्ट्र सहयोगका हात फैलाइरहेका छन्, त्यसलाई हामीले कति उपयोग गर्न सक्छौं, हाम्रो क्षमतामा भर पर्नेछ। तर यस क्रममा आन्तरिक क्षमता र बाह्य सहयोगबीच 'सन्तुलन' बनाइराख्न नसक्दा राष्ट्रको हित प्रतिकूल पनि बनेर जान सक्छ, विचार पुर्याउनुपर्ने अहिलेको महत्वपूर्ण बिन्दु यही हो।
एसियाई राजनीतिमा दक्षिणी एसिया अहिले सबै विश्वशक्ति राष्ट्रहरुको दृष्टि परेको संवेदनशील क्षेत्र बन्दै गएको छ। काराकोरमदेखि विशाल दक्षिण पूर्वी एसियाको साँधसम्म तानिएको हिमालय पर्वतमाला अब दक्षिणी एसियाई भूभाग छुट्याउने 'महापर्खाल' (ग्रान्ड बैरियर) का रूपमा रहेन अपितु एसियाको साइबेरिया मैदानसम्म र दक्षिणको हिन्द महासागरको तटीय राष्ट्रहरुसमेत दुवै पछिको जनजीवनसँग सम्बन्धित गहिरो चासो र अभिरुचि रहने भौगोलिक क्षेत्र यो बनेको छ। विशेषगरी हिमालय पर्वतमालाको शृङ्खलामा अवस्थित प्रमुख तीन राष्ट्र— अफगानिस्तान, नेपाल र बर्मा यस श्रेणीमा पर्छन्। यी मुलुक असीमित तर लुकेको प्राकृतिक सम्पदा– जलस्रोत, खनिज बहुमूल्य पत्थर, दुर्लभ जडीबुटी, वन–वनस्पति एवं असंख्य जैविक विविधताको भण्डारसहितको असीमित सम्भावनाका क्षेत्रका रूपमा पहिचान भई आकर्षणको बिन्दु बनेका छन्। यी तीनवटै मुलुक उत्तर र दक्षिण दुवैतर्फको साझा पहुँच र साझा सम्बन्धले बेरिएको छ। यसरी यस अवस्थितिले जति आर्थिक विकास एवं समग्र प्रगतिको अतुल सम्भावना बोकेको छ, त्यत्तिकै राजनीतिक सन्तुलन बिग्रँदा योसँग 'तनावको क्षेत्र' (जोन अफ टम्वायल) मा परिणत हुन सक्ने खतरासमेत छ। विशेष गरी चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको र तिब्बतको दक्षिणी निकास (आउटलेट) द्वारका रूपमा समेत रहेकाले विवाद एवं समस्याको दृष्टिले नेपाल झनै संवेदनशील बन्न सक्ने सम्भावना छ। झट्ट हेर्दा अब विश्व राजनीतिको टकरावको बिन्दु यही क्षेत्रका तीन राष्ट्रको आसपास क्षेत्र बन्न सक्छ। त्यही सम्भावित दुस्चक्रको प्रभाव क्षेत्र कम्तिमा नेपाल केन्द्रित नबनोस् भन्नेतर्फ हाम्रो चासो र चिन्ताको विषय हो। जसलाई बेवास्ता गरी आन्तरिक द्वन्द्वभित्रै अब पनि रुमलिइरह्यांै भने राष्ट्रको इतिहासमा सबैभन्दा अनिष्टकारी एवं विनाशकारी दुस्चक्र यतैतिर घुम्न सक्छ।
हिन्द महासागरको भारतीय भूभागसँग जोडिएको हिमालय पर्वतमालाको अन्तिमछोर बर्मा (म्यानमार) यस सन्दर्भमा शक्ति राष्ट्रहरुको गहिरो चासो र अभिरुचिको केन्द्र बन्दै गएको यस क्षेत्रको अर्को मुलुक हो। जहाँ निकै पहिलेदेखि नै भारत र चीनको अभिरुचि बढेको क्षेत्रका रूपमा अघोषित द्वन्द्वको लक्षण देखिन थालेको हो। दोस्रो महायुद्धमा ब्रिटिश साम्राज्य र जापानी विस्तारको प्रत्यक्ष टकरावको क्षेत्र पनि यही थियो। बर्मामा हालै आएको राजनीतिक सुधारको प्रारम्भसँगै अमेरिकी चासोसमेत बढ्दै गएको स्पष्ट छ। मानव अधिकार हननका कारण लागेको पश्चिमा आर्थिक नाकाबन्दीमा परेको सैनिक सरकारसँग कम्युनिष्ट चीनको भने निकै पहिलेदेखि व्यापक सहयोग विस्तार भइरहनुले पश्चिमी शक्तिहरुलाई कति पिरोल्यो, त्यो बुझ्न कठिन पर्दैन। लोकतन्त्रको पक्षपाती भारतले पनि बर्मासँगको आफ्नो बाटो पहिले नै खुलाइसकेको थियो।
यस परिप्रेक्षमा अझ नियालेर हेर्दा नेपाल झनै संवेदनशील क्षेत्र बनेर जाने सम्भावना बढेर गएको छ। त्यी सम्भावित दुस्चक्र र टकरावको बिन्दु नबनोस् भन्ने हाम्रो चासो र चिन्ता शब्दमा मात्र सीमित रहनुहुँदैन। यदि यसैगरी आन्तरिक राजनीतिक खिचातानी र द्वन्द्वमा देश रुमलिइरह्यो भने त्यस्तो स्थिति स्वतः निम्तिने छ। यहीँनेर राजनीतिक दूरदर्शिता एवं राजनीतिक सुझबुझ (स्टेटम्यानसिप) को खाँचो पर्छ। राजनीतिक नेतृत्वको कसी (टेस्ट) यस्तै जटिलताबीच हुने गर्छ। संकटको समयमा पदासीनहरुबाट मात्र सबै अपेक्षा नगरी आफ्नो क्षमता र विवेक प्रयोग गर्ने नैतिक उत्तरदायित्व चेतनशील तह र तप्कामा समेत सुरक्षित हुन्छ। आफ्नो विवेक र क्षमता प्रदर्शनका लागि कसैको आदेश चाहिँदैन। तर यति भन्दाभन्दै पनि समाधानको पहल सत्तासीन एवं नेतृत्व तहबाट अपेक्षा गरिएको हुन्छ भन्ने कुरा कटु यथार्थ हो। यही नै सुल्टो सजिलो बाटो पनि हो। यदि अर्को बाटो जानुपर्यो भने त्यो सबैका लागि कठिन एवं झन् चुनौतीपूर्ण हुनेछ।