संविधान सभा निर्वाचन परिणाम सार्वजनिक भएसँगै नेपाली राजनीतिको शक्ति सन्तुलनमा आधारभूत फेरबदल देखापरेको छ। एकल जातीय पहिचानको नाममा जनतासँग मत मागेका एनेकपा (माओवादी)लगायत जातीय, क्षेत्रीय शक्तिले नराम्रो धक्का बेहोरेका छन्।जनताको विश्वास कायम राख्न नसकेका शक्ति आफ्नो पराजयको वस्तुगत कारण खोतल्नुको सट्टा धाँधलीको कथा बुन्न व्यस्त देखिन्छन्। करिब तीन महिनाअघि एमाओवादीका एकजना केन्द्रीय सदस्यसँग राजनीतिक विषयमा अनौपचारिक कुराकानीको सन्दर्भ जुर्यो। चुनावी वातावरण एमाओवादी प्रतिकूल रहेकाले प्रत्यक्षतर्फ उम्मेदवार नबन्न उहाँलाई सुझाएँ। एजेन्डा आफ्नो रहेको र अन्य दलका नेता एमाओवादी प्रवेश गरिरहेकाले तटस्थ मतदाताको झुकाव आफ्नो पार्टीतर्फ हुने उहाँको विश्लेषण थियो। परिणामले उहाँलाई गलत साबित गर्यो। चुनावी परिणामलाई अत्यन्तै अनपेक्षित भनेर अहिले जसरी प्रस्तुत गर्न खोजिँदैछ, त्यो सही हो भन्ने लाग्दैन। एमाओवादीले बेहोरेको यो पराजय अनुमान गरिएभन्दा केही बढीमात्र हो, अनपेक्षित र अस्वभाविक थिएन।
'करेक्सन' अनिवार्यः
परिणामको हिसाबले त २०६४ को चुनावी नतिजा बरु अप्रत्याशित थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसहित माओवादी स्वयंले पनि त्यसप्रकारको सफलता प्राप्त हुने अनुमान गर्नसकेका थिएनन्। त्यसैले निर्वाचनको केहीदिन अघिसम्म पनि प्रचण्ड एमालेसँग तालमेलको अनुनय गरिरहेका थिए। नयाँ शक्तिसँग मानिसहरुको अपेक्षा पनि थियो। अन्य दलहरुको संगठन माओवादी त्रासका कारण सदरमुकाम र सहरी क्षेत्रमा खुम्चिएको थियो। नेपाली सेना ब्यारेकमा सीमित थियो भने प्रहरी पराजित मनोदशाका कारण माओवादी कार्यकर्तासामु निरीह देखिएको थियो। त्यस्तो परिस्थिमा निर्माण भएको अघिल्लो संविधान सभाको बनोट यथार्थपरक थिएन। एमाओवादी विभाजित नभएको अवस्थामा पनि दलहरुको शक्ति सन्तुलन 'करेक्सन' हुने निश्चित थियो। एमाओवादीले यो तथ्यलाई बुझ्न चाहेन।
कसको एजेन्डा ?
संघीयता, धर्म निरपेक्षता, गणतन्त्रजस्ता एजेन्डा आफ्नो भएकाले जनताको मत आफूले पाउनेमा एमाओवादी नेतृत्व ढुक्क देखियो। ती एजेन्डा अन्तरिम संविधानमा लिपिबद्ध भइसकेका थिए भने अघिल्लो संविधान सभामा प्रमुख दलहरुले त्यसलाई अनुमोदन गरिसकेका थिए। एमाओवादीको एकल प्रयासमा ती मुद्धा लागु हुनसकेको भए यो निर्वाचनको लफडा किन बेसाइरहन्थे र प्रचण्डले! दलीय सहकार्यको जगमा स्थापित एजेन्डामा 'कपिराइट' दाबी गरेको भरमा चुनाव जित्ने तर्क व्यावहारिक थिएन। अर्कोतिर, आफूले गुमाउँदै गएको सैद्धान्तिक, राजनीतिक धरातललाई उसले बेवास्ता गर्यो। एमालेलाई संसदीय भासमा फसेको विसर्जनवादी भन्दै सत्तोसराप गर्ने एमाओवादी सत्रहजार मानिसको हत्यापछि अन्ततः सोही धरातलमा उभिन आइपुग्यो। फरक विचारको अस्तित्व, सम्पत्तिको हक, स्वतन्त्र न्यायालय, विधिको शासन, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, मानवाधिकारजस्ता लोकतन्त्रका आधारभूत अवयवलाई स्वीकार गरिसकेपछिको माओवाद के हो र त्यसले कसरी काम गर्छ भन्ने उनीहरुले प्रष्ट्याउन सकेनन्। फलस्वरुप, क्रान्तिकारी लफ्फाजीमा रमाउने ठूलो तप्का वैद्य माओवादीतर्फ आकर्षित भयो भने लोकतन्त्रमा आस्था राख्नेले पनि उनीहरुलाई विश्वास गर्न सकेनन्। आफ्ना एजेन्डा स्थापित भएको त एमाओवादी नेतृत्वले देख्यो तर त्यसक्रममा आफूले छाडेको सैद्धान्तिक, राजनीतिक धरातलका कारण गुमाउनुपरेको समर्थकहरुलाई बेवास्ता गर्यो।
'अग्रगमन' को ज्ञानेन्द्रपथः
गणतन्त्र घोषणापछि एमाओवादी अन्य दलको अस्तित्व स्वीकार्ने पक्षमा देखिएन। शिविरमा लडाकु छँदै जनमतबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसलाई प्रधान शत्रु किटान गर्यो। सहयात्री दलहरुलाई होच्याउने, निषेध गर्न खोज्ने असहिष्णु राजनीति नेपाली जनताले रुचाएनन्। समाजलाई नै बन्धक बनाउन खोज्ने एमाओवादी कार्यकर्ताको अराजक र उद्दण्ड व्यवहारले मानिसहरुको धारणामा परिवर्तन ल्यायो। ठूलो दल हुनुको लाभ उठाउँदै 'ट्याक्टिस' को नाममा राजनीतिलाई गिजोल्ने र बिथोल्ने धन्दामा लाग्नाले एमाओवादीको विश्वसनीयता घट्दै गयो। शासक भइयो भन्ने भ्रमसहित आकाशमा उडिरहेको एमाओवादीले अनिश्चितकालीन आमहडताल असफल भएपछि मात्र भुइँतिर हेर्न थालेको थियो भने अहिले जनताले उसको धरातल देखाइदिएका हुन्। सत्ताकांक्षा चुलिएको बेला पूर्वराजा ज्ञानेन्द्र आफू अनुकूल नहुने सबै कुरा 'आतंककारीलाई फाइदा पुग्ने गतिविधि' देख्दथे। गणतन्त्र नेपालमा आफूले बोलेका सबै कुरा अग्रगामी, अनि त्यसमा विमति जनाउने जतिलाई प्रतिगामी र यथास्थितिवादीको बिल्ला भिराउने एमाओवादीको 'अग्रगामी' ज्ञानेन्द्रपथलाई जनताले रुचाएनन्।
सामाजिक असुरक्षा भावः
सयभन्दा बढी जाति, भाषा र संस्कृतिका मानिसहरुको मिश्रित बसोवास रहेको देशलाई एकल जातीय पहिचानमा आधारित संघीयतामा लैजाने प्रस्ताव नै व्यावहारिक थिएन। जनमतको ठूलो हिस्सा त्यसको विपक्षमा थियो। आफूबाहेक सबैलाई पश्चगामी देख्ने एमाओवादीले त्यो स्वर सुन्न सकेन। संविधान सभा विघटनपूर्व २०६९ जेठ २ को सहमति भत्काउँदै प्रचण्डले टेलिभिजन क्यामेरा अघिल्तिर जनजाति अगुवालाई सडकमा गएर भिड्न आह्वान गरे। नेपाली समाजले कहिल्यै नभोगेको सामुदायिक तनाव बेहोर्नु पर्यो। समाजमा संत्रास फैलियो। कुनैपनि समुदायले आफूलाई सुरक्षित महसुस गरेन। समाजमा व्याप्त त्यही असुरक्षा भावले गर्दा वैद्यहरुको अवरोध र बमको समेत पर्वाह नगरी ठूलो संख्यामा जनता मतदान गर्न लामबद्ध भए। जातीय आवेगको राजनीति गर्नेहरुका कारण घरभित्रै असुरक्षा महसुस गरिरहेका मानिसले स्वाभाविक रुपमा त्यसको विपक्षमा रहेका कांग्रेस–एमालेलाई मतदान गरे। अर्कोतिर, एमाओवादी नेतृत्वको कतिपय व्यवहारले सबैभन्दा ठूलो धार्मिक सम्प्रदायलाई सशंकित तुल्यायो। बयासी प्रतिशत हिन्दु धर्मावलम्वी रहेको देशलाई हठात धर्म निरपेक्ष घोषित गर्दा पनि मानिसहरुले सहजतापूर्वक स्वीकार गरे। द्वन्द्वकालमा मन्दिर भत्काइयो, पूजा गर्न गएबापत मानिसहरुको हात भाँचियो, किरियापुत्री बस्नेलाई गोली ठोकियो, तर उपल्लो तहका एमाओवादी नेताले चर्चमा पादरीको आशिर्वाद थाप्दै गरेको तस्बिर सार्वजनिक हुन थालेपछि आफ्नो धर्म, संस्कृति मास्ने नियोजित खेल भइरहेको बुझाइले त्यो धार्मिक सम्प्रदाय संत्रस्त भयो। जनताको प्रतिक्रियात्मक आवेगले कमल थापाजस्ता व्यक्तिले समेत नसोचेको चुनावी सफलता हात पारे।
एकांगी विश्लेषणः
एमाओवादीको चुनावी पूर्वानुमान सतही र एकांगी थियो। एमाले–कांग्रेसबाट जनजाति, मधेसी पृष्ठभूमिका केही नेताको बहिर्गमनले ठूलो उथलपुथल ल्याउने ठान्नु र मूल माओवादीको प्रमुख हिस्सा वैद्य नेतृत्वमा विभाजित हुनुले खास फरक पार्दैन भन्ने विश्लेषण सन्तुलित थिएन। अन्य दलमा पद र अवसर नपाएर असन्तुष्ट नेता बटुल्नमात्र प्रचण्ड केन्द्रित भए। सामान्य मानिसमा राजनीतिक नेतृत्वप्रति वितृष्णा जागिरहेको बेला कुनै नेताले व्यक्तिगत क्षमतामा 'मास' डोर्याउन सक्ने सम्भावना थिएन। नवप्रवेशीले अवसर त छोपे, तर पुराना कार्यकर्ता रुष्ट पार्नुबाहेक खासै योगदान पुर्याएनन्।
मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा हुँदैगर्दा कांग्रेस–एमालेको शीर्ष नेतृत्व आपसमा चुनावी तालमेल गर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको थियो। तल्लो तहको रिपोर्टिङ्गमा आफ्नो अवस्था सुदृढ देखेपछि दुवै दल एक्लाएक्लै निर्वाचनमा होमिए। तर, अन्तिम घडीसम्म पनि प्रचण्ड जातीय, क्षेत्रीय पार्टीसँग तालमेलको प्रयत्न गर्दै थिए। धरातलीय यथार्थ जान्दाजान्दै दुईतिहाइको अवास्तविक भ्रम छर्नाले परिणाम स्वीकार्न यति धेरै अप्ठेरो लागेको हो।
एमाओवादीको आकार उल्लेख्य रुपमा घट्ने पर्याप्त कारण समाजमा विद्यमान थियो। उनीहरुको शासकीय क्षमता पनि जनताले हेरिसकेको हुँदा जनतामा मोहभङ्ग भइसकेको थियो। परिणाम स्वीकार्दै कमजोरी सच्याउनेतर्फ केन्द्रित हुनुको सट्टा धाँधलीको हल्ला पिटाएर ढाकछोपमा लागियो भने चारवर्ष बित्न पनि बेर लाग्दैन।