संविधान सभाको निर्वाचन परिणाम आएपछि कुन राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने छ भन्ने विषयमा नागरिकको चासो बढेको छ। किनभने कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन सकेन। तसर्थ सहमतिको सरकार बनाउन राजनीतिक दलका नेताहरूबीच छलफल र कसरत भइरहेको छ।साथै समानुपातिक तर्फको सदस्य तय गर्ने कार्य पनि भइरहेको छ। तर यहाँनिर एउटा प्रश्नले सबैलाई चिमोटि रहेको छ — के राजनीतिक दलले संवैधानिक नियमलाई ख्याल गरेका छन्? अर्थात् महिलाको तेत्तीस प्रतिशत सहभागिता गराउनै पर्ने संवैधानिक आदेशलाई पालना गरेका छन्?
यो अन्तिम समयमा महिला सहभागिता बढाउने कुरामा यसरी जोड किन दिन प¥यो भने एक झिल्को आशाले पनि पूरै राष्ट्रलाई क्रियाशील हुन ठूलो ऊर्जा प्रदान गर्छ। राजनीतिक दलहरूले प्रत्यक्षतर्फको निर्वाचनमा उमेदवारी दिँदा महिलाप्रति अन्याय गरिसकेका छन्। परिणाम मै ३३ प्रतिशत हुनेगरी महिला उमेदवार नउठाउनु उनीहरूको गल्ती हो। जम्मा १० प्रतिशत महिला उठाएका थिए। तिमध्ये जम्मा ४.१७ प्रतिशत महिलामात्र जित्न सफल भएका छन्। समानुपातिक प्रणालीबाट पनि महिलाले ३३ प्रतिशत स्थान पाउन नसक्ने भएका छन्। यसरी महिलाको एक तिहाइ सदस्यता सुनिश्चत गरिने संवैधानिक अधिकार कुण्ठित भएको छ। उमेदवारीको घोषणाअघि र पछि पनि विभिन्न संघसंस्था तथा अभियानकर्ताले विभिन्न कार्यक्रम गरेर संविधान सभा सदस्यको निर्वाचनमा महिला सहभागिता बढाउन निकै प्रयास गरिरहेका थिए तर जिम्मेवार दलहरूले पटक्कै सुनेनन्। तसर्थ यो अन्तिम समयमा भएपनि दलहरूले महिलाका संवैधानिक अधिकार कायम राख्न प्रयास गरेर अघिल्लो संविधान सभाको न्यायपूर्ण इतिहास मेट्ने छैनन् भन्ने आशा गर्ने ठाउँ अझै बाँकी छ।
अब समानुपातिक प्रणाली नै संविधान सभामा महिलाको सहभागिता बढाउन सकिने अन्तिम उपाय बनेको छ। यही प्रणालीले गर्दा नै अघिल्लो संविधान सभामा महिलाहरू एक तिहाइ स्थान पाउन सफल भएका थिए। यस पटक पनि समानुपातिक व्यवस्थालाई राजनीतिक दलहरूले इमानदारीपूर्वक कार्यान्वयन गर्न कन्जुस्याइँ नै गरेको देखिन्छ। खासमा समानुपातिकको अर्थ कुनै पनि संख्यालाई समान अनुपातमा बाँड्ने भन्ने बुझिन्छ। अर्थात् जति संख्या छ त्यति नै स्थान। यसलाई यसरी पनि बुझ्न सकिन्छ – नेपालको कुल जनसंख्यामा महिलाको संख्या ५१.५ प्रतिशत छ भने समानुपातिक प्रणाली लागु गर्दा महिलाले ५१.५ प्रतिशत नै स्थान पाउनु पर्ने हुन्छ तर दलहरू यसमा इमानदार छैनन्।
समानुपातिक प्रणालीबाट पनि दलहरूले महिलालाई संविधान सभामा कम्तीमा ३३ प्रतिशत सहभागी गराउन सकेनन् वा गराएनन् भने उनीहरूले अन्तरिम संविधान,२०६३ मा उल्लेखित 'राज्यको हरेक निकायमा महिलाको एक तिहाइ सहभागिता सुनिश्चित गर्नुपर्ने' कानुनी व्यवस्थालाई ठाडै अवज्ञा गरेको ठहरिनेछ। के त्यतिबेला महिलाहरू चुप लाग्लान्? यस्तो अवस्थामा राजनीतिक दलहरू दण्डित हुने कि नहुने? यसर्थ पनि दलहरूले यस्ता संवैधानिक तथा कानुनी प्रक्रिया कार्यान्वयन गर्न अब संवेदनशील हुनैपर्छ।
समानुपातिक व्यवस्था महिलाको सहभागिता बढाउने सजिलो विधि साबित भएको छ। तर यस पटक एक तिहाइ महिला पुग्न नसकेको अवस्थामा निर्वाचनका केही अलिखित नियमलाई परिवर्तन गर्न सकिन्छ। यसका लागि दलहरूमो इच्छाशक्ति भने हुनुपर्छ। जस्तै, अघिल्लो चुनावको समानुपातिक प्रक्रियामा एउटामात्र संख्या भएमा पुरुष नै पठाइएको थियो, त्यस्तै बिजोडी संख्या भएमा पछाडिको बिजोडी संख्यामा पनि पुरुष नै पठाइएको थियो। त्यसैगरि अघिल्लो निर्वाचनमा छ वटा दलले समानुपातिकमा एकएक वटा सिट जित्दा पुरुष नै पठाएको इतिहास छ। तर अब यो कुरूप इतिहास बदल्नुपर्छ। संविधानमा उल्लेखित कानुन पालना गर्न पनि यो परम्परा तोड्नु आवश्यक छ। के दलहरूले एउटामात्र सिट पाएमा त्यहाँ महिला राख्नु हुँदैन र? बिजोडी संख्यामा महिला अटाउनु हुँदैन? यी प्रश्नहरूमा दलहरू अब उदार बन्नुपर्छ। समानुपातिक संख्याको गणना गर्दा पहिले महिलाबाट सुरु गर्ने परिपाटी थाल्दा के फरक पर्छ? आखिर गल्ती त सच्याउनै पर्छ! पहिलो गणना महिलाबाट सुरु गर्ने गरेमा अवश्य नै यस संविधान सभामा महिला सहभागिताको चित्र सकारात्मक र न्यायसंगत हुनेछ। त्यसैगरी अर्को उपाय हो, संविधान सभामा २६ जना मनोनीत गर्ने प्रावधानअन्तर्गत पनि कम्तीमा एक तिहाइ पुग्ने गरी महिला मनोनयन गर्ने। मनोनयनमा महिलालाई पार्नु हुँदैन भन्ने कतै लेखिएको छैन र विभिन्न क्षेत्रमा बौद्घिक कूटनीतिक तथा तर्क गर्ने क्षमता भएका महिला यस देशमा जन्मिसकेका छन्। यस्ता केही सामान्य परिवर्तन गर्दा राम्रो इतिहास अझ राम्रो बन्न सक्नेछ। तसर्थ दलहरूले यसलाई अपनाउनुपर्छ।
अहिलेको निर्वाचनले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पहिलो र दोस्रो ठूलो दलमा परिणत गरेको छ। यसर्थ पनि महिला सहभागिता बढाउने तिनको प्रमुख दायित्व बन्छ। त्यसैगरी एकिकृत नेकपा (माओवादी ) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका अन्य दलले पनि यसलाई मनन गर्नु उचित हुनेछ।