एनेकपा (माओवादी) ले नेपाली कांग्रेस र नेकपा (एमाले) सँग संविधानका केही मामलामा बार्गेनिङ गरिरहेको सजिलै बुझ्न सकिन्छ। चुनावमा धाँधलीको छानबिन आयोग गठनको माग उसको एउटा रणनीति हो। उच्चस्तरीय राजनीतिक संयन्त्र सक्रिय पारेर सहमतिमा पुग्न सके एमाओवादी सरकारमै सामेल हुन सक्छ। त्यसो हुन सक्यो भने उसले माग गरेजस्तो संविधानमा सरकार निर्माणको बहुमतीय प्रावधान हटाएर सहमतीय प्रावधान गरिरहनु पर्दैन। संविधान निर्माण कार्य स्वतः अघि बढ्छ। बहुमतीय त वैकल्पिक प्रावधानमात्र हो। त्यसले सहमतीय सरकार निर्माणलाई छेक्दैन। दोस्रो संविधान सभा चुनावमा तीतो हार बेहोर्नुपरे पनि अप्रिल विद्रोहपछिको परिवर्तनका एजेन्डाहरूमा उसैको नायकत्व र स्वामित्व छ। अतः अहिलेका विजयी दल कांग्रेस–एमाले ऊसँग सहमतिमा पुग्नु जरुरी छ। पुग्न सकेनन् भने प्रस्ट छ, एमाओवादीको बल दोस्रो संविधान सभालाई असफल पार्न केन्द्रित हुनेछ। त्यसको रिहर्सल उसले संविधान सभामा सहभागी नहुने घुर्की देखाएरै सुरु गरिसकेको छ।
हो, शान्ति प्रक्रिया अघि बढाउन एमाओवादीले मोलेको जोखिमलाई भुल्नुहुँदैन। पार्टी विभाजनकै मूल्यमा उसले आफ्ना लडाकुलाई नेपाली सेनामा समायोजन गरेर देशमा शान्ति कायम गर्न सिद्धान्ततः ऊ प्रतिबद्ध छ भन्ने प्रमाण दिएकै हो। हतियार बिसाएको मूल्यमा संविधान सभाको चुनाव, धर्म निरपेक्ष राज्य र गणतन्त्र ल्याउन ऊ सफल भएको थियो। परिणामस्वरूप पहिलो संविधान सभा चुनावमा उसले अप्रत्याशित सफलता पनि प्राप्त गरेको हो। समावेशिता प्रवेश गराएर समतामूलक राज्य निर्माणमा उसले गरेको प्रयास भुल्न नसकिने अर्को प्रावधान हो। एकथरी बुजु्रगले यस प्रावधानको उछितो खनेको खन्यै छन्। उत्पीडित र सीमान्तकृतको भाषिक, सांस्कृतिक र समताको अधिकार स्थापित गर्न उसले थालेको पहिचानयुक्त राज्यको पहललाई जातीय राज्य भनेर प्रचार गर्न अर्काथरी ...सभ्य' नागरिक ज्यान फालेर लागिरहेकै छन्। तथापि, दोस्रो संविधान सभा चुनावमा उसको यति ठूलो पराजय यतिले मात्र भएको थिएन। संगठन बढाउने नाममा उसले पक्का निम्न पुँजीवादी मनोविज्ञान भएका सबै तप्का र वर्गका लोभीपापी मान्छेको भिड बटुल्नेभन्दा बढी केही गरेन। गुण्डागर्दी आफ्नो राष्ट्रिय परिचय बन्न थालेको उसलाई ख्यालै भएन। चुनाव कार्यकर्ताको भोटले होइन, सर्वसाधारणको विश्वासले जितिन्छ भन्ने उसले भुसुक्कै बिर्सिदियो। दोस्रो संविधान सभा चुनावमा अहंकार र जनताका असम्भार आशालाई व्यवस्थापन गर्न नसक्दा ऊ नराम्ररी पछारियो। पहिलो संविधान सभाबाटै संविधान जारी हुनुपर्थ्यो। उसले चाहेको भए त्यो सम्भव पनि थियो। विवादित मुद्दालाई मतदानमा लगिएको भए तत्काल छिनोफाने हुने सम्भावना थियो। नभएको भए जनमत संग्रहमा जान सकिन्थ्यो।
पहिलो संविधान सभामा प्राप्त सफलताले ऊ कतिसम्म उग्र भयो भने कांग्रेस–एमालेको मेख मार्न उसले दोस्रो संविधान सभामा दुई तिहाइ बहुमत ल्याएर भनेजस्तो संविधान पारित गर्ने सपना देख्यो। तर संसदीय राजनीतिमा ऊ परिपक्व थिएन। जनादेश चुनावैपिच्छे फेरिन्छ भने उसले हेक्का राखेन। प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो चुनावमा कांग्रेसले बहुमत पायो। २०५१ सालको मध्यावधिमा एमाले सबैभन्दा ठूलो पार्टी बन्यो। २०५६ सालको चुनावमा एमाले विभाजनको मूल्यमा कांग्रेसले फेरि बहुमत पायो। २०६४ सालको संविधान सभामा माओवादीले पाएको सफलता जनादेश फेरिएकै परिणाम थियो भन्ने उसले ख्याल गरेन। ब्रेख्तको कवितामा भनिएजस्तै सार्क माछा धपाउने र बाघ मार्न सक्नेलाई उडुसहरुले सिध्याइदिने परिस्थितिमा यसपालि स्वयं एमाओवादी फस्यो।
कांग्रेसको सफलता
दोस्रो संविधान सभाको चुनावमा कांग्रेस पहिलो पार्टी बन्न पुगेको छ। यो उसको अप्रत्याशित विजय र सौभाग्य दुवै हो। उसले अब संविधान निर्माणको महान् जिम्मेवारीको नेतृत्व कसरी गर्ला? यो अहिलेको सबैभन्दा ज्वलन्त प्रश्न हो।
यो महान् जिम्मेवारी काँधमा आएको बेला कांग्रेसले आफ्नै गौरवमय इतिहास र यथास्थितिवादी निकट विगतमाथि पुनरावलोकन गर्नु जरुरी छ। कांग्रेसले परिवर्तनका एजेन्डाप्रति स्वामित्वबोध गरेकै छैन। प्रजातन्त्रका प्राविधिक अडानभन्दा बढी त्यस्तो कुनै रोडम्याप ऊसँग छैन जसले जनतालाई परिवर्तनको आभास दिलाओस्। ऊसँग अत्यन्त आकर्षक तीन कुरा छन्– गौरवमय इतिहास, लोकतन्त्रको नारा र बीपीको सम्झना। कांग्रेस राजनीतिकरूपमा लोकतन्त्रप्रति सबैभन्दा प्रतिबद्ध पार्टी हो। उसको नेतृत्वदायी भूमिका नभएको भए २००७ सालको क्रान्ति, २०४६ र २०६२–६३ सालको आन्दोलन सायदै सफल हुन्थ्यो। यसका लागि कांग्रेसको प्रशंसा जति गरे पनि कम हुन्छ। तर लोकतन्त्रलाई संस्थागत गर्न वर्तमान कांग्रेससँग त्यस्तो कुनै एजेन्डा देखिन्न। शासकीय स्वरूपको उसको संसदीय योजना हेर्दा उसले २०४७ सालकै संविधान सापटी लिइदिने खतरा छ। बहुपहिचानयुक्त उसको संघीयता गाँजेमाजेमात्र छैन, अनेक कल्पना गर्न सकिने बादलको चित्रजस्तो मात्र छ।
कांग्रेसका सर्वप्रिय नेता बीपी कोइरालाको सपना थियो– प्रजातान्त्रिक समाजवाद। यो प्रजातन्त्रको नाममा फस्टाएको चरम पुँजीवादलाई मानवीय अनुहार दिने प्रयास थियो। बीपीको यो मीठो सपनालाई कांग्रेस नेतृत्वले कुनामा फालेको धेरै भइसक्यो। समाजवाद उसको जपनामा यदाकदा आए पनि थपनाको मूल मन्त्र बजारको हैकम चल्ने उदारवादमात्र देखिन्छ। अर्थात् यसमा उच्च र उच्च मध्यम वर्गको हित सर्वोपरि हुन्छ।
संविधानप्रति दायित्व
एउटा अप्ठेरो के छ भने परिवर्तनका सारा एजेन्डाको माउ माओवादी हो। तर, त्यसलाई संस्थागत गर्ने जिम्मेवारी कांग्रेस–एमालेको काँधमा आएको छ। गौरवमय इतिहासप्रति इमानदार र यथास्थितिवादी विगतप्रति आलोचित हुँदै अघि बढ्न सके कांग्रेसलाई परिवर्तित समयमा नयाँ संविधान निर्माणको नेतृत्व लिन नैतिक साहस मिल्छ। त्यसका लागि उसले चित्त विशाल बनाउनु जरुरी छ। परिवर्तनका एजेन्डा माओवादीको मात्र होइन, मेरा पनि हो भन्ने आत्मसात गरी स्वामित्वबोध गर्न सक्नुपर्छ। चार दलबीच सम्पन्न २५ बुँदे सहमतिअनुसारै एमाओवादी, कांग्रेस, एमालेले आफ्ना घोषणापत्रमा पहिलो संविधान सभाका कामको स्वामित्व लिने र बाँकीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। नयाँ संविधान सभाले संघीयता, चुनाव पद्धति र सरकारको स्वरूपबारे मात्र छिनोफानो गर्न बाँकी छ। चुनाव पद्धति र सरकारको स्वरूप त्यति ठूलो विवादका मुद्दा होइनन्। विवादको मूल मुद्दा हो संघीयताको स्वरूप। संघीयताका सवालमा नामांकन, सीमांकन र प्रदेशहरूको संख्या निश्चित हुन बाँकी छन्। स्थानीय सत्तालाई बलियो बनाउनु, उत्पीडित र पाखा परेका वर्गलाई समताका आधारमा माथि ल्याउनु अनि सबै भाषा, संस्कृति, क्षेत्र, वर्गको आत्मसम्मान उँचो पार्न सक्नु संघीयताका मूल मर्म हुन्। यति कुराको ग्यारेन्टी भए राज्यको नाम जे राखे पनि हुन्छ। जातिको नाममा राखे पनि हुन्छ, भूगोलको नाममा राखे पनि हुन्छ। यस मर्मलाई शान्ति प्रक्रियाका सबै पक्षले मनन गर्नु जरुरी छ।
संविधान सभाले मूलतः संसद्को काम गर्ने होइन, संविधान लेख्ने हो। यस हिसाबले सत्ताको सम्बन्धले संविधान लेखनमा कुनै प्रभाव नपर्नु पर्ने हो। व्यवहारमा भने सत्ता सम्बन्धको ठाडो प्रभाव संविधान लेखनमा पर्ने गरेको छ। पहिलो संविधान सभाका बेला प्रधान मन्त्री पुष्पकमल दाहालले कटवाल काण्डमा राजीनामा गरेपछि कांग्रेसका सहयोगमा एमालेका वरिष्ठ नेता माधव नेपाल प्रधान मन्त्री भए। त्यसै बेलादेखि एमाओवादी र कांग्रेस–एमाले नदीका दुई किनारा हुन पुगेका थिए। त्यसले संविधान निर्माणलाई कसरी अवरोध गर्यो भन्ने उदाहरण काफी छ। त्यसैले संविधान निर्माणलाई अघि बढाउने हो भने असन्तुष्ट पक्षलाई सत्ता साझेदारीमा भित्र्याउनु वाञ्छनीय छ। हालै दिवंगत् दक्षिण अफ्रिकी महान् नेता नेल्सन मन्डेलाको योगदान स्मरण गर्नु जरुरी छ जसले प्रतिपक्षलाई पनि साथै लिएर परिवर्तन संस्थागत गरेका थिए। अनिश्चय र अन्धकारको भूमरीबाट निस्कने उपाय कांग्रेस–एमालेका लागि पनि सायद यहीमात्र हो।
avaya.writes@gmai.com