पीपलबोट डटकम
नागरिक सर्वोच्चता खोसिएको आक्रोशमा माओवादी र नागरिक समाजको एउटा समूह आन्दोलित छ । के सांच्चै राष्ट्रपति रामवरण यादवले प्रधान सेनापतिलाई पदमै बहाल रहन आदेश दिएर त्यो सर्वोच्चता हरण गरेका हुन् के उनले गैरसंवैधानिक गैरलोकतान्त्रिक कदम चालेका हुन् यही सेरोफेरोमा अहिले देशको राजनीति ध्रुवीकृत भइरहेको छ।
हो राष्ट्रपतिले प्रधान सेनापतिलाई अवकाश दिने सरकारी निर्णय उल्ट्याउन मिल्छ भनेर कतै लेखिएको छैन । अन्तरिम संविधानको पछिल्लो संशोधनले केमात्र प्रष्ट गरेको छ भने उनले सरकारको सिफारिसमा प्रधानसेनापति नियुक्त गर्नेछन् । सरकारको सिफारिस कार्यान्वयन गर्ने उनको दायित्व हो । उनले सिफारिस चित्त बुझेन भने एकपल्टसम्म पुनर्विचारका लागि सरकारलाई फिर्ता गर्न सक्छन् तर दोस्रोपल्ट पनि त्यही सिफारिस भए उनले सही धस्काउनै पर्ने हुन्छ ।
संविधानले प्रधान सेनापतिको अवकाशको व्यवस्था किटान नगर्नुको अर्थ राष्ट्रपतिकहाँ त्यो प्रकि्रया पुग्नुपर्दैन भन्नेचाहिँ होइन । प्राकृतिक न्यायको सिद्धान्तअनुसार स्वाभाविकरुपमा के बुझ्न सकिन्छ भने जसले नियुक्तिको पत्र दिन्छ उसैले अवकाशको पत्र पनि बुझाउँछ । संविधानका संरक्षक भनिएका राष्ट्रप्रमुखलाई सेनाका परमाधिपति समेत तोकिएकाले पनि उनले सेनापतिसम्बन्धी औपचारिकता पूरा गर्नैपर्ने हुन्छ । निर्णय भने सरकारले नै गर्ने हो । औपचारिकता राष्ट्रपतिले पूरा गर्ने मात्र हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले बठ्याइँपूर्वक राष्ट्रपतिलाई छलिदिए । राष्ट्राध्यक्षलाई छलिदिए परमाधिपतिलाई छलिदिए । उनले प्रधान सेनापतिलाई आफैंले अवकाशको पत्र थमाएका मात्र होइनन् उनका उत्तराधिकारी भनेर कसैलाई तोकेर नियुक्तिको पत्रसमेत आफैंले दिए । यहाँ प्रश्न के उठ्छ भने प्रधानमन्त्री राष्ट्राध्यक्षको समेत जिम्मेवारीमा अहिले छैनन् । त्यस्ता औपचारिकताका लागि राष्ट्रपतिको व्यवस्था संविधानसभा आफैंले गरिसकेको छ । त किन राष्ट्रपतिलाई छले प्रधानमन्त्रीले
प्रधानमन्त्रीले राष्ट्रपतिलाई छल्नुको कारण प्रष्ट छ । उनको सिफारिस राष्ट्रपतिले हत्तपत्त मान्नेवाला थिएनन् । कम्तीमा पुनर्विचारका लागि सिफारिस सिंहदरवार फर्काइदिने थिए । तर दोस्रोपल्ट पनि मन्त्रीपरिषद् बैठकले त्यही निर्णय गरी शीतल निवास पठाएको भए राष्ट्रपति बाध्य हुनेथिए । प्रधानमन्त्रीले किन प्रक्रिया पूरा गरेर सिफारिसपत्र राष्ट्रपतिकहाँ पठाएनन् भने उनलाई छोटो बाटो हतारहतार निर्णय गरिहाल्नु थियो र सेनालाई आफ्नो प्रभावमा पारिहाल्नु थियो ।
राष्ट्रपतिलाई छल्नुको अर्को कारण के थियो भने प्रधानमन्त्रीले पहिला एउटा कबोल गरिसकेका थिए । त्यो कबोल थियो प्रधान सेनापतिसम्बन्धी कुनै पनि निर्णय गर्नुअघि उनले राष्ट्रपतिसँग सल्लाह गर्नेछन् । राष्ट्रपतिलाई उनले त्यस्तो निर्णयका लागि कांग्रेस र एमालेसँग पनि सल्लाह गर्ने वचन दिएका थिए । राष्ट्रपतिले मुख्य दलहरुको सहमति लिएरमात्र कुनै निर्णय गर्नु भनी सम्झाएका थिए । तर प्रधानमन्त्रीले न कांग्रेस र एमालेको सहमति लिनसके न त राष्ट्रपतिसँगै अन्तिम सल्लाह गर्न खोजे ।
प्रधानमन्त्रीले अहिले नागरिक सर्वोच्चताको नारा लगाएका छन् तर नागरिक सर्वोच्चता भनेको सरकारको मनलागी निर्णय होइन । विधि र विधानबिना कसैको सर्वोच्चता हुन्छ भने त्यो स्वेच्छाचारिता मात्र हुन्छ । प्रधानमन्त्रीले सरकारमा जम्माजम्मी आठ महिनामात्रको अनुभव हासिल गरेकाले पनि विधि पालनालाई झन्झटका रुपमा लिएका हुनसक्छन् ।
माओवादी संविधानसभाको सबभन्दा ठूलो दल हो भन्नुको अर्थ ऊ बहुमतमा छ भन्ने होइन । बहुमत नभएकैले उसले सरकारमा एमाले फोरम सद्भावना र संयुक्त गरी अरु चार दललाई सहभागी गराएको थियो । अर्थात् पाँच दल मिलेरमात्र बहुमत भएको छ । त्यही वैधानिक सरकार हो । विधि मान्ने हो भने बहुमतको सरकारले प्रक्रिया पूरा गरेर औपचारिक निर्णय गर्नुपर्ने हुन्छ । प्रधान सेनापतिको विषयमा भने उनले राजनीतिक र वैधानिक औपचारिकताको पूरै बेवास्ता गरे ।
प्रधानमन्त्री दाहालले पाँचै सत्तासीन दलका नेताको बैठकमा प्रधान सेनापतिलाई कारवाही गरिछाड्ने बताउँदा अरु कुनै पनि दलले समर्थन गरेन । तर उनले त्यसलगत्तै मन्त्रिपरिषद् बैठकमा त्यही प्रस्ताव गरे जसको विरोधमा एमालेका मन्त्रीहरुले बैठक बहिष्कार गरे भने अरुले निर्णयमा असहमति जनाए । अर्थात् प्रधान सेनापति हटाउने निर्णय माओवादीको एकल र अल्पमतको हठ थियो । माओवादीको रणनीतिक चलाखी नेपाली सेनालाई विभाजित ल्याउनु थियो र उसलाई कमजोर साबित गर्नुथियो त्यसमा ऊ सफल भयो । प्रधान सेनापति कटवाल तीन-तीन रात जंगी अड्डामै सुत्नुपर्ने अवस्था निम्त्याएर तिनले सेना झण्डै बिथोलिन लागेको लाभ लिए ।
माओवादीको त्यसप्रकारको एक्लो निर्णयका कारण एमालेले सरकारप्रतिको समर्थन फिर्ता लिने घोषणामात्र गरेन आफ्नो कार्यालयमा संविधानसभाका १८ वटा दलको भेला गराई सेनापतिमाथि कारवाहीको सरकारी निर्णय उल्ट्याउन राष्ट्रपतिलाई लिखित आग्रह गर् यो । अल्पमतमा झरेर राजिनामा गर्नुपर्ने अवस्थामा पुगेको सरकारले सेनापतिमाथि कारवाही गर्नैपर्ने गराउनैपर्ने किन सहमति नहुने बहुमत पनि नहुने विषयमा निर्णय गर्नैपर्ने रहस्य नागरिक सर्वोच्चताको नारा हुन सक्दैन ।
माओवादीप्रति अधिकांश दलहरु सशंकित हुनुपर्ने कारण पनि प्रष्टै थियो । त्यो अझै छ । किनभने ऊसँग समानान्तर सेना छ । बीस हजारको संख्यामा सात वटा विभिन्न शिविरमा तिनीहरु तैनाथ छन् । ती सेना राजनीतिक विचार आग्रह र प्रशिक्षणले खारिएका छन् जसमध्ये केहीमात्र पनि नेपाली सेनामा घुसाउन सके राष्ट्रिय सेना आफू अनुकुल बनाउन सकिने माओवादी सोचाइ छ । ती छापामारलाई्र कसरी हुन्छ बढीभन्दा बढी संख्यामा र बढीभन्दा बढी तहमा नेपाली सेनामा गाभ्ने र तिनलाई इकाईकै रुपमा राखेर भविष्यमा राजनीतिक प्रयोग गर्ने माओवादीको सम्भावनाप्रति आम रुपमा दलहरु सशंकित छन् ।
आफ्ना छापामारलाई शिविरमा राखेर तिनैसँग हिजो लडेको नेपाली सेनाका प्रमुखलाई कारवाही गर्दा के प्रतिशोधपूर्ण हुंदैन ठीक छ गल्ती गर्ने अटेरी गर्ने आदेश नमान्नेलाई कारवाही नगरे त कुनै संस्थै चल्दैन देश त झन् कहाँ चल्ला तर के माओवादीले आफ्ना छापामार शिविरमा राखिरहेकै अवस्थामा नेपाली सेनालाई कारवाही गर्न मिल्छ के त्यसका लागि अरु दलको सहमति चाहिंदैन के माओवादीले शान्तिप्रकि्रयामा आइसकेपछि समेत हत्याको अभियोग लागेका छापामारलाई अहिलेसम्म कारवाही गरेको छ अनि कुन मनोबल र विश्वासको आधारमा उसले हिजोको शत्रुका रुपमा रहेको सेनालाई अहिले आफू 'भाले' भयो भन्दैमा कारवाही गर्न मिल्छ
माओवादीसँग अझै लडाकू छन् हतियार छ । उसले हत्याको अभियोग लागेकालाई पनि कानुनी घेरामा ल्याउन खोजेको छैन । देशमा शान्ति तथा मेलमिलाप कायम गर्न सकिएको छैन । तर यी सबै बिसे्रर नेपाली सेनालाई्र मात्र चलाउन अरु दलले माओवादीलाई साथ दिन सक्दैनन् । नागरिक सर्वोच्चताका नाममा माओवादीले खोजेको छापामारको सर्वोच्चता नबुझिने छ र आफू 'भाले' हुँदामात्र सेना समायोजन गर्ने अध्यक्ष दाहालको डेढ वर्षअघिको मन्तव्यको भिडियो टेपको जति ढाकछोप गरे पनि दुनियाले चुरो त बुझिसकेको छ ।
नागरिक सर्वोच्चता खोसिएको आक्रोशमा माओवादी र नागरिक समाजको एउटा समूह आन्दोलित छ । के सांच्चै राष्ट्रपति रामवरण यादवले प्रधान सेनापतिलाई पदमै बहाल रहन आदेश दिएर त्यो सर्वोच्चता हरण गरेका हुन् के उनले गैरसंवैधानिक गैरलोकतान्त्रिक कदम चालेका हुन् यही सेरोफेरोमा अहिले देशको राजनीति ध्रुवीकृत भइरहेको छ। हो राष्ट्रपतिले प्रधान सेनापतिलाई अवकाश दिने सरकारी निर्णय उल्ट्याउन मिल्छ भनेर कतै लेखिएको छैन । अन्तरिम संविधानको पछिल्लो संशोधनले केमात्र प्रष्ट गरेको छ भने उनले सरकारको सिफारिसमा प्रधानसेनापति नियुक्त गर्नेछन् । सरकारको सिफारिस कार्यान्वयन गर्ने उनको दायित्व हो । उनले सिफारिस चित्त बुझेन भने एकपल्टसम्म पुनर्विचारका लागि सरकारलाई फिर्ता गर्न सक्छन् तर दोस्रोपल्ट पनि त्यही सिफारिस भए उनले सही धस्काउनै पर्ने हुन्छ ।