समानुपातिक महात्म्य
२० पौष २०७०
•
१५ मिनेट पाठ
समानुपातिक महात्म्य
संविधान सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा जति आश्चर्यजनक भयो त्यसभन्दा धेरै नाटकीय र मनोरञ्जक भयो समानुपातिक सदस्यको छनोट प्रक्रिया। समानुपातिक निर्वाचन जुन उद्देश्य र महत्वका लागि हुनुपर्थ्यो त्यसको ठ्याक्कै उल्टो भयो। समानुपातिकमा ल्याइनुपर्ने उमेदवार ल्याइएनन्। नल्याइनुपर्नेको भिड लाग्यो। कसैले ठीकै भनेछन्– यो निर्वाचन समानुपातिक होइन, नेतानुपातिक, दामानुपातिक, प्रेमानुपातिक र नातानुपातिक भएको छ। वास्तवमा हरेक दलको निर्वाचनको अन्तिम नामावली बुझाउने बेलामा समानुपातिक नामावली होइन, अन्यनुपातिक नामावली बुझाइयो।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले बुझाएको नामावली मूलतः नेतानुपातिक बन्यो। नेपाली कांग्रेसमा सुशील कोइरालाको अनुपात ६० प्रतिशत र शेरबहादुर देउवाको ४० प्रतिशत भन्ने स्थापित भयो। अर्थात् नेताहरुमा यो निर्वाचनले एउटा अनुपात सिर्जना गरेको छ। यो अनुपातको विषालु असर बिस्तारै देखिँदै जानेछ विशेषतः देउवाका लागि। आउँदो महाधिवेशनमा संस्थापन पक्षबाट पदाधिकारीको चुनावमा टिकट पाउनेले साठी प्रतिशत मत पाउने र विपक्षी समूहले चालीसमात्र पाउने नियम नै बन्नसक्ने देखिन्छ। त्यसैले अहिले नेपाली कांग्रेसमा देखिएको नेतानुपातिक बाँडफाँटले नेपाली कांग्रेसलाई दुई मोर्चामा विभक्त गरेको छ। नेपाली कांग्रेसमात्र हैन, सबै राजनीतिक दलहरू एउटा सिंगो दलभन्दा केही समूह मिलेर बनेको मोर्चामा परिणत भएका छन्।
संविधान सभाको निर्वाचनले दोस्रो ठूलो दलका रूपमा स्थापित गरेको एमालेमा पनि नेतानुपातिक चयन धेरै भयो। झलनाथ खनाल र माधवकुमार नेपालको समूहले केपी ओली समूहलाई कांग्रेसमा देउवालाई भन्दा कमजोर बनाएका छन्। तर कांग्रेस र एमाले दुवै दलमा अलिअलि प्रेमिकालाई विशेष स्थान दिइयो भन्ने आरोप लागेको छ। महिला कोटामा त्यागी, इमानदार र स्वच्छ छवि भएकाभन्दा आफ्ना नजिकका साथी, प्रेमिका र कतिपय आरोप त 'ओछ्यान तताउनसक्ने' लाई सभासद् बाँडियो भन्नेछ। दामानुपातिकका विषयमा नेपाली कांग्रेसले अन्तिम समयमा आएर कसैलाई पनि स्थान दिएन। बजारमा सुनिएअनुसार कांगे्रसले उनीहरुलाई लगानी फिर्ता दिने वचनसमेत दिएको छ। जे होस्, अन्तिम समयमा कांग्रेसमा कार्यकर्ताको दबाबले दामानुपातिक काम रोकियो तर एमाले भने दामानुपातिकको विवादमा अल्‰यो। कतिपय लामो संघर्ष र त्याग भएका नेता/नेतृलाई बेवास्ता गर्दै एमालेले दाम बुझाउने व्यापारिक घरानालाई सभासद्को पदले सम्मानित गर्योा।
नेताअनुसार स्थान विभाजन अर्थात् नेतानुपातिकको विषयले एनेकपा (माओवादी)मा ठूलै खैलाबैला मच्चायो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समानुपातिक सदस्य चयन गर्दा दलको उपल्लो स्तरको नेतृत्वमा छलफल गर्न आवश्यक नै ठानेनन्। डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ नजिकका कार्यकर्तालाई सभासद् बनायो भने पुनः धोबीघाट काण्ड दोहोरिने डरले प्रचण्डले कसैलाई मौकै दिएनन्। धोबीघाटमा भएको बाबुराम भट्टराई र मोहन वैद्यबीचको समझदारीले प्रचण्डको इच्छाविपरीत डा. भट्टराईलाई एमाओवादीको प्रधानमन्त्रीको उमेदवार बनाएको थियो। मधेसी दलहरुको सहयोगमा सबैलाई आश्चर्यचकित पार्दै २०६८ सालमा डा. भट्टराई प्रधानमन्त्री बन्न सफल भएका थिए। विगतको तीतो अनुभव सम्झँदै दाहालले यसपल्ट सम्पूर्ण नामावलीमा एकछत्र कब्जा जमाए। हुन त व्यक्तिगत र सर्वसत्तावादमा विश्वास गर्ने भट्टराई र श्रेष्ठले प्रचण्डको एकमना सूचीमा धेरै रुवावासी गर्नु नपर्ने हो। तर आफ्नो भाग नपाएकामा यी दुई नेता एमाओवादीलाई दोस्रो पटक फुटाउने सुरमा छन्।
समानुपातिक सूचीमा नातानुपातिक प्रक्रियाले सबैभन्दा ठूलो झट्का राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई पर्योन। कसैको छोरा, कसैको बुहारीआदि भरेर कमल थापाले बुझाएको सूचीलाई उनको दलका अन्य नेताले पचाउन सकेनन् र विद्रोह नै गरे। टंक ढकालको नेतृत्वमा नेपाली राप्रपा स्थापना गर्ने धम्की दिएका विद्रोहीहरुलाई अन्तिम समयमा आएर थामथुम पार्न कमल थापा सफल भएका छन्। विद्रोहीका नेता टंक ढकाललाई फकाइफुल्याई कमल थापाले अरुमाथि सख्त कारबाही गरेका छन्। राप्रपा नेपाल फुट्ने संघारमा पुगेको छ र यो फुट्छ भन्नेहरुको तर्क के छ भने कमल थापाले निर्वाचनका क्रममा संवैधानिक राजतन्त्रलाई प्रचार गरेनन् र धर्मसापेक्षताको आडमा केही स्थान जित्न सफल भए। तर राजतन्त्रका हिमायतीलाई यो कुरा मन परेको छैन र उनीहरु राजतन्त्रको एजेन्डामा राप्रपा नेपाल नआए नेपाली राप्रपा खोल्न उद्यत छन्। टंक ढकाल अहिले कमल थापासँगै बस्नु पनि उनलाई संवैधानिक राजतन्त्रमा दबाब दिनका लागि हो भन्ने बुझिँदैछ। त्यसो भएन भने टंक ढकालले एकपल्ट फेरि राप्रपा नेपाललाई टुक्र्याउने आंकलन गर्न सकिन्छ।
दामानुपातिकमा सबैभन्दा पहिलो स्थानमा विजय गच्छदारको दल फोरम लोकतान्त्रिक देखिएको छ। गच्छदारले दाम चढाउनेहरुलाई सबैभन्दा बढी सम्मान दिएका छन्। फोरम लोकतान्त्रिकमा मधेसीभन्दा गैरमधेसी व्यक्तिले लगानी गरेका रहेछन् र उनीहरुले भने लगानीको प्रतिफल पाएका छन्।
संविधान सभाको समानुपातिकको सूचीमा यसपल्ट सबैभन्दा टड्कारो देखिएको प्रवृत्ति नातानुपातिक पनि हो। राप्रपा नेपाल नातानुपातिकमा अगाडि देखिए पनि आफ्नै पत्नीलाई समानुपातिक सभासद् बनाउन मधेसी दल धेरै अघि देखिए। तीन वटा साना मधेसी दलका अध्यक्षले आआफ्ना श्रीमतीलाई संविधान सभामा आफ्नो प्रतिनिधिका रूपमा स्थापित गरे। आफूहरु प्रत्यक्ष निर्वाचनमा पराजित भएपश्चात् उनीहरुका लागि संविधान सभामा आफ्नो वर्चश्व कायम राख्न यो अचुक अस्त्र साबित भयो। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अर्धांगिनी सहिलदेवीलाई, संघीय सद्भावनाका अध्यक्ष अनिलकुमार झाले धर्मपत्नी डिम्पललाई तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले श्रीमती सरितालाई सभासद् नियुक्त गरेका छन्। झा र यादवको दलले प्रत्यक्षतर्फ एकै सिट पनि जित्न सकेनन् भने समानुपातिकमा जितेको सिटमा पनि आ–आफ्ना श्रीमतीलाई मनोनयन गरेका छन्। महतोले भने प्रत्यक्षमा एक र समानुपातिकमा पाँच सिट जितेका छन्। मधेसी दलको यो कार्यलाई रावडीकरण पनि भनिएको छ। किनभने बिहारका लालुप्रसाद यादवले आफू जेल जाँदा श्रीमतीलाई मुख्यमन्त्री बनाएका थिए। कांग्रेस र एमालेमा पनि नेता पत्नी सभासद् भएका छन् तर तिनका पति निर्वाचनमा विजयी भएकाले यो कुराले त्यति चर्चा पाएन।
अब के गर्ने?
यसपल्टको समानुपातिक सूचीमा देखिएको विसंगतिले जनमानसप्रति वितृष्णा जन्माएको छ। यसरी समानुपातिकमा ठूला नेताका चम्चा, दलाल, पुँजीपति, गर्लफ्रेन्ड र श्रीमतीको हालिमुहाली हुने हो भने किन चाहियो समानुपातिक सिट भन्ने प्रश्न ज्वलन्त अगाडि आएको हो। तर के समानुपातिक चाहिँदैन? वास्तवमा समानुपातिक निर्वाचन देशका लागि गलत होइन। अहिले नेपालले अवलम्बन गरेको मिश्रित निर्वाचन पद्धति विश्व राजनीतिमा देखिएकामध्ये सबैभन्दा लोकतान्त्रिक विधि हो। सबैभन्दा धेरै मत पाउने व्यक्तिले प्रतिनिधित्व गर्ने व्यवस्था अर्थात् 'फस्ट पास्ट द पोस्ट' जसलाई हामी प्रत्यक्ष निर्वाचित भन्छौं, त्यसले मात्र उदार लोकतन्त्रको प्रत्याभूति गर्दैन। समानुपातिक व्यवस्थाले छरिएर रहेको विचारलाई समेट्न मद्दत गर्छ। जस्तो वातावरणप्रति सजग समूह देशभर फैलिएका छन् र कुनै एक स्थानबाट उनीहरुले जित्न सक्दैनन् भने प्रत्यक्षमा तिनको प्रतिनिधित्व हुने सम्भावनै हुँदैन। जबकि समानुपातिकमा सबैतिर छरिएको मत एक ठाउँमा आएर उनीहरुको व्यवस्थापिकामा आवाज पुग्छ।
नेपालको परिप्रेक्ष्यमा समानुपातिकमा ५८ प्रतिशत र प्रत्यक्षमा ४२ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरिएको छ जुन न्यायसंगत देखिन्न। वास्तवमा यो मात्रा ठ्याक्कै उल्टो हुनु् तर्कसंगत देखिन्छ। अर्थात् प्रत्यक्षमा साठी प्रतिशत र समानुपातिकमा चालीस प्रतिशतको प्रतिनिधित्व हुनु स्वाभाविक देखिन्छ।
नेपालको वर्तमान समानुपातिक व्यवस्थामा देखिएका अनेकौं समस्या खुला सूचीले ल्याएको हो। खुला सूची भन्नाले सबै राजनीतिक दलले निर्वाचन आयोगमा निर्वाचनपूर्व बुझाएको बढीमा ३३५ व्यक्तिको नामावली हो, जसबाट दलहरुले आफ्नो मतको परिणामअनुसार स्वतन्त्ररूपले अन्तिम नामावली छान्न पाउँछन्। यसले गर्दा ३३५ मध्ये कुनै दलले २० वटा सिट पाउने भयो भने त्यस दलले कुनै पनि २० व्यक्ति छान्न पाउँछ। यो प्रक्रियालाई केवल एउटै व्यवधान खडा गरिएको छ, जुन हो– महिलाको ५० प्रतिशत सहभागिता र मधेसी जनजाति, पिछडिएका वर्गको तोकिएको मापदण्ड। तर यी मापदण्डले पनि नेतृत्वलाई व्यापारी, नातेदार र प्रेमिका छान्न रोक्न सकेन त।
अब हुने निर्वाचनमा समानुपातिकको प्रतिनिधित्व बन्द सूचीबाट हुने व्यवस्था गरियो भने यो समस्याबाट मुक्ति मिल्न सक्छ। बन्द सूचीमा दलहरुले उपल्लो नामबाट सभासद् तोक्न पाउँछन् सबै ३३५ बाट, यताउता गर्न पाउन्नन्। अर्थात् कुनै दलले ६० समानुपातिक सिट पायो भने उसले बुझाएको सूचीको पहिलो नम्बरदेखि ६० नम्बरसम्मका व्यक्ति स्वतः सभासद् बन्न सक्छन्। यसमा महिलाको प्रतिनिधित्व प्रत्याभूत गर्न हरेक बिजोर नम्बर महिला नै हुनुपर्ने व्यवस्था गर्योन भने ५० प्रतिशत महिला सभासद् स्वतः पर्छन्। अन्य पिछडिएका, दलित आदिका हकमा जुन दलले त्यस्ता समूहको व्यक्तिको नाम माथि राख्छ, त्यसै दललाई उक्त समूहले मतदान गर्नेछन्। समानुपातिकमा १०० सिट पाउन सक्ने दलले दलित, मधेसी, पिछडिएका वर्गबाट ८०, ९० भन्दा पछाडि राख्छ भने तिनले त्यस्तो वर्गको मत पनि पाउन्नन्।
त्यसैले समानुपातिकमा अहिले देखिएको प्रवृत्ति अन्त्य गर्न समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्नुपर्छ भन्ने विचार सही होइन। केवल समानुपातिकको प्रतिनिधित्व हुने प्रक्रियामा परिवर्तन गरे पुग्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस