नेपाली सिनेमाका 'महानायक' राजेश हमाल र नेपालका लोकतान्त्रिक पार्टीबीच दाँजिनलायक कुरा छन्। दुवैको अस्तित्वमा अर्ध सत्यको भूमिका छ।
झन्डै साढे दुई दशकदेखि नेपाली सिनेमा राजेशको कब्जामा छ। एकताकका नामी हिरो शिव श्रेष्ठलाई उनले चरित्रनायकको रोलमा धकेलिदिए। कुनै समय हरेक युवतीका 'ड्रिमब्वाय' भुवन केसीलाई पनि 'भिजिटिङ हिरो' मा सीमित गरिदिए। नयाँ चटपटे हिरोहरू केही समय उफ्रन्छन् र थचारिन्छन्। तालु खुइलिँदै गए पनि, उमेरले ५० छुन खोजे पनि छ फिट अग्ला राजेश ह्यान्डसम छन्। उनको बिहे हुने खबर सुन्दा जीवनै असफल भएको ठान्ने मोडेल, हिरोइन, सेलिब्रिटी र सर्वसाधारण युवती कति छन् कति! सार्वजनिक कार्यक्रममा उनीसँग अटोग्राफ लिनेको तँछाडमछाड हुन्छ। राजेश सम्भवतः सबैभन्दा शिक्षित नेपाली सिनेकर्मी हुन्। उनी अंग्रेजी फरर बोल्न सक्छन्। संसारकै गतिविधिबारे जानकारी राख्छन्। टेलिभिजन एंकरिङमा पनि निपुण छन्। अल्पभाषिताका कारण आफ्नो गम्भीर व्यक्तित्व सुरक्षित राख्न सफल छन्। धेरैपल्ट उनले सिनेमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको इज्जत जोगाइदिएका छन्। चार वर्षअघिको भारतीय राजदूतावासले आयोजना गरेको सिनेमा उत्सवमा भारतकी प्रख्यात् अभिनेत्री नन्दिता दास र राजेशको एउटा सेसन थियो। त्यसमा राजेशले कमाल गरिदिए। उनले नेपाली सिनेमामा आफ्नो भूमिका र सीमा प्रस्ट राखेर नेपालको इज्जत जोगाइदिए। आखिर सत्य बोल्नुमा के हानि छ? उनले त्यही गरे सुमधुर अंग्रेजीमा।
तर, राजेशको अर्को पाटो अभिनयकलाको समस्या हो जसमा उनी लगभग शून्य छन्। सिनेमाका सिर्जनाविहीन भूमिकाहरूले गर्दा होला, कहिलेकाहीँ त उनी माइनस दुई वा तीन डिग्रीमा झर्न पुग्छन्। स्वाभाविक हो किनभने उनी कलाकार होइनन् स्टार हुन्। उनका चरित्रहरूमा तेस्रो दर्जाका हिन्दी सिनेमाको प्रतिशोधी पुरुषबाहेक समकालीन जीवनको झलक कतै पाइँदैन। दुई सयभन्दा बढी उनका सिनेमामा थोरैमात्र व्यावसायिकरूपले सफल छन्। फेरि पनि उनको क्षमता मान्नैपर्छ। पूरै सिनेमा डुबाएर पनि उनी एकछत्र हिट हुन्छन्। निर्माता–निर्देशक उनलाई अनुबन्धित गर्न पाउनुलाई अहोभाग्य ठान्छन्।
राजेशकै शैलीमा नेपाली राजनीतिक दलहरूको लोकतन्त्र पनि अर्ध सत्य साबित भइरहेको छ। लोकतन्त्र राजनीतिको प्राविधिक पद्धतिमात्र होइन, शासकीय जीवनशैली पनि हो। आधारभूत आवश्यकता पूर्ति जनताको मौलिक हकका रूपमा सुरक्षित हुनुपर्छ। त्यसमा राज्यले दायित्व लिनुपर्छ। तर नेपालमा लोकतन्त्रका नाममा नवउदारवादको पृष्ठपोषण भइरहेको छ। यो भनेको बजारको सुषूप्त राजलाई खुला निमन्त्रणा हो।
नवउदारवादको पञ्जा
नेपाली कांग्रेसका सर्वप्रिय नेता बीपी कोइरालाको सपना प्रजातान्त्रिक समाजवाद थियो। उनले प्रजातन्त्रको नाममा फस्टाएको चरम पुँजीवादलाई मानवीय अनुहार दिन प्रयास गरेका थिए। लोकतन्त्र मुनाफावादको अधीनमा पर्दैछ। पैसा छ, स्वर्गीय सुखभोग यहीँ छ। पैसा छैन, बाँच्ने अधिकार पनि छैन। मानवीय गरिमासाथ बाँच्न पाउने जनताको मौलिक हक, शिक्षा, स्वास्थ्य र रोजगारको हक पूरा गर्न राज्यले नै दायित्व लिनुपर्ने हो। तर कांग्रेस कुन बाटो हिँडिरहेको छ? बीपीको समाजवादको कि बजार अर्थतन्त्र भनिने नवउदारवादको? प्रस्ट छ– रामशरण महतको 'आविष्कार' नवउदारवादको।
हाम्रो राजनीतिक भ्रष्टीकरणको जड नै नवउदारवाद हो। यो विशुद्ध मुनाफावाद हो। आर्थिक उदारीकरणको युग सुरु हुनुअघि लाइसेन्स कोटा राजमा भ्रष्टाचारबाट मन्त्री र प्रशासनिक अधिकारीहरूले फाइदा लिन्थे। कर्पोरेट जगतको गुनासो हुन्थ्यो, घुसबिना लाइसेन्स दिइँदैन। भारतीय पत्रकार सत्येन्द्र सिंहका अनुसार उदारीकरण प्रक्रियापछि घडीको सुई उल्टो घुमेर भ्रष्टाचारको प्रक्रिया बदलिन थालेको हो। ठूल्ठूला घोटालामा सरकारी अधिकारीलाई भ्रष्ट बनाउनमा कर्पोरेट जगतको पृष्ठभूमिका हुन थाल्यो। कर्पोरेट, नेता र अधिकारीहरूको गठजोड सुरु भयो। असली फाइदा कर्पोरेट जगतलाई भयो। प्रजातन्त्र पुनर्स्थापनापछि नेपालमा पनि धेरै ठूला घोटाला भएका छन्। कर्पोरेट जगतले देशलाई अरबौँ रुपियाँ राजस्व नोक्सान गरिदिएको छ। यसप्रति नेता, सरकारी निकाय, नागरिक समाज, दबाब समूहहरू र मिडियासमेत कति मामलामा तैँ चूप मै चूप छन्।। विडम्बना, यस्ता ठूला घोटालाप्रति आँखा चिम्लेर भ्रष्टाचारविरोधी आन्दोलनहरू मालपोत, नक्सापासमा हुने सानोतिना घुसखोरीको विरोधमा सीमित छन्।
लोकतन्त्रको आवरणमा फस्टाएको उदारीकरणका क्रममा ठूला कर्पोरेट घरानियाको हितमा नीतिहरू बन्छन्। यसले जनजीविकाका आधारभूत आवश्यकतामाथि कर्पोरेट जगतको सत्ता स्थापित गरिदिएको छ। जनसाधारणलाई जीवन बाँचिनसक्नु भएको छ। झट्ट देख्दा कर्पोरेट जगतलाई मर्यादामा राख्न कानुन र कानुनपालक निकाय छन्। यथार्थमा कर्पोरेट जगतले यी सबैलाई नियन्त्रण गरिरहेको छ। नेता र सरकारी अधिकारीहरू तिनकै हितको रक्षा र जनसाधारणलाई उपेक्षा गरिरहेका छन्। रूपमा तेस्रो विश्वको लोकतन्त्र नियम र पद्धतिले चलेको होला, सारमा कर्पोरेट घरानियाको स्वार्थमा चलिरहेको छ। कर्पोरेट संसारबाट नियन्त्रित देशको कुनै मानवीय भविष्य हुँदैन किनभने उसलाई आफ्नो नाफाबाहेक संसारका सबै कुरा बेकार लाग्छन्। सरकार स्वयं व्यापारीको भूमिकामा देखा पर्छ। यसले तात्कालिक लाभ हेर्छ, भावी पुस्ताको उज्ज्वल भविष्यको सम्भावनालाई गोली ठोक्छ। अमेरिका, युरोपतिर झ्यालटुङ भइसकेको नवउदारवादले तेस्रो विश्वमा सोह्रवर्षे जवानी प्राप्त गरिरहेको छ। यसले हरेक क्षेत्रमा हत्या, हिंसा, बलात्कार, गुण्डागर्दी, सेक्स र नाफामा समेत प्रतिस्पर्धा ल्याएको छ। मानवीय भावना, सम्बन्ध र प्रेमलाई समेत बजारको वस्तु बनाइदिएको छ।
उत्पीडितको उपराष्ट्रियता!
हाम्रो देशमा लामो समयदेखि शासन–प्रशासनमा कुलीनहरूको हालीमुहाली र खस–आर्य राष्ट्रियताको राज छ। माओवादी जनयुद्ध यही प्रथाविरुद्ध उत्पीडित र दुःखीको राज्य ल्याउने र तिनकै उपराष्ट्रियता कायम गर्ने उद्देश्यसहित थालिएको थियो। त्यसैलाई मियो मानेर दोस्रो जनआन्दोलन भयो। संविधान सभाको चुनाव, गणतन्त्र, छुवाछुतमुक्त, धर्म निरपेक्ष र समावेशी राज्यको स्थापना भयो। मधेस आन्दोलनले यसमा संघीयताको अर्को खुड्किला थप्यो। समावेशी राज्य निर्माणका लागि झन्डै ६० प्रतिशत जनप्रतिनिधि समानुपातिक पद्धतिबाट चुनिने व्यवस्था गरियो। न्यायमूलक राज्य बनाउने यो अत्यन्त सुन्दर व्यवस्था थियो। तर त्यसमै पनि नवउदारवादको आँखा लाग्यो।
नवउदारवादी शासन व्यवस्थामा सबै कुराको छिनोफानो पैसाले गर्छ। शिक्षा, स्वास्थ्य र रोजगारजस्ता आधारभूत आवश्यकता जनताका मौलिक अधिकार हुन नसक्नु यसको विशिष्टता साबित भएको छ। धनी र पहुँच हुनेले अति उच्च स्तरको शिक्षा पाउँछन्। जति प्रतिभा भए पनि गच्छे र पहुँच नहुनेले पढ्नै पाउँदैनन्। स्वास्थ्य र रोजगारमा पनि यही हुन्छ। पैसा छैन भने बाँच्ने अधिकार पनि हुँदैन। यो लोकतन्त्रको भ्रष्टीकरण नभए के हो? हुँदाहुँदा अब समानुपातिक चुनावजस्तो न्यायमूलक पद्धतिलाई समेत नाफाको राजनीतिले कब्जा गर्यो। पार्टीका नाममा व्यापारिक दुकान खोलेर बस्नेहरूका कुरा छाडौँ, लोकतन्त्र र नयाँ नेपालको नारा उराल्नेहरूले समेत पैसा खन्याउन सक्नेलाई सभासद्जस्तो महत्वपूर्ण पद सुम्पन थाले। एमालेमा रामकुमारी झाँक्री, ठाकुर गैरे, राजेन्द्र राईहरू उपेक्षित भए, राज्यलक्ष्मी गोल्छाहरू उचालिए। एमाओवादीमा त्यागी नेताभन्दा रवीन्द्रप्रताप शाह महत्वपूर्ण ठहरिए। मधेसी मुद्दा उठाइरहेको फोरम लोकतान्त्रिकमा मधेस आन्दोलन विरोधीहरूले आसन जमाए। कांग्रेसमा दुई शीर्ष नेताबीच समानुपातिक सभासद्को भागबन्डा भयो। उत्पीडित प्रतिनिधित्वका नाममा पनि त्यस समुदायका कुलीन र पैसावाललाई टिप्ने काम भएको छ। यसले समानुपातिक प्रतिनिधित्वको विरोध गर्ने टाठाबाठाको आवाजलाई बल दिएको छ। नाफावादी राजनीतिकै परिणाम थियो, प्रत्यक्ष निर्वाचनमा पराजित केही नेताले राजनीतिक पृष्ठभूमि नभएका आ–आफ्ना पत्नीलाई सभासद् बनाउनु।
नवउदारवाद पद्धति होइन, नाफामुखी प्रवृत्तिका रूपमा विकसित हुँदैछ। लोकतन्त्रको सौन्दर्य अर्ध सत्य साबित हुनु सबैभन्दा दुःखद् कुरा हो।