समानुपातिक सभासद् सिफारिस गर्ने क्रममा सबै पार्टीमा भाँडभैलो भयो। पार्टीमा लामो समय योगदान पुर्या्एका, त्यागी र आदर्शको राजनीति गरेका नेता/कार्यकर्तालाई प्रायः दलले पाखा लगाए। यसको बदलामा आफन्त, नातेदार, पैसावाल र व्यापारीहरुलाई समानुपातिक सभासद्मा सिफारिस गरे। नेकपा एमालेले राज्यलक्ष्मी गोल्छासँग तीन करोड रुपियाँ लिएर उनलाई सभासद्मा सिफारिस गरेको घटना सार्वजनिक भयो। नेताका आफन्त, नातेदार र पैसावाला व्यक्तिहरुलाई सभासद्मा सिफारिस गरेको भन्दै राप्रपा नेपाल फुट्यो। शीर्ष नेताका आफन्त, नातेदार र पैसावाला व्यापारीहरुलाई सभासद् बनाएको भन्दै नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले पार्टी निर्णयविरुद्ध “नोट अफ डिसेन्ट” लेखे। फोरम लोकतान्त्रिकमा प्रत्यक्ष निर्वाचित सभासद्सहित ४ जनाले राजीनामा दिए।
यसैगरी एनेकपा माओवादीमा अध्यक्ष नजिकका र पैसावालाले मात्र सभासद्को अवसर पाएको भन्दै वरिष्ठ नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ संघर्ष गरिरहेका छन्। सद्भावना, संघीय सद्भावना र फोरम गणतान्त्रिकका अध्यक्षले आ–आफ्ना श्रीमतीलाई सभासद् बनाएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीले पैसा लिएर सभासद् बनाएको भन्दै विभिन्न जिल्लामा पार्टी कार्यालय तोडफोड गरे।
समानुपातिक सभासद् छनौट गर्ने क्रममा सार्वजनिक भएका यी केही घटनाक्रमले मात्रै पनि भ्रष्टाचारको विद्यमान परिभाषामा पुनर्विचार गर्नुपर्ने टड्कारो आवश्यकता औल्याउँछ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ मा भ्रष्टाचार कसुरबारेको नेपाली परिभाषा उल्लेख छ। जसको भाव हुन्छ– “कुनै पनि सार्वजनिक निकायमा कार्यरत् व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ र लोभका कारण सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत प्रयोगमा उपयोग गर्नु भ्रष्टाचार हो।” उक्त ऐनले सार्वजनिक पद धारण गरेका व्यक्तिले गर्ने गैरकानुनी क्रियाकलापलाई भ्रष्टाचार भनी परिभाषित गरेको छ। यसै परिभाषाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारबारे छानविन गर्ने र मुद्दा दायर गर्ने काम गरिरहेको छ।
तर पछिल्लो समय सार्वज्ानिक भएका समानुपातिक सिफारिस गर्ने जस्ता विभिन्न घटनाक्रमले भ्रष्टाचारको विद्यमान परिभाषामा व्यापक परिवर्तन र परिमार्जनको आवश्यकता खड्किएको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई मात्र भ्रष्टाचारको परिभाषाभित्र राख्दा ठूलो ठाउँ भ्रष्टाचार नियन्त्रणको दायरा भन्दा बहिर रहेको छ। अनियमितरूपमा सार्वजनिक कार्यालयको एउटा पियन नियुक्त गर्नुलाई भ्रष्टाचार गरेको भनी कारबाही गरिने कानुन भएको मुलुकमा देशको नीति नियम निर्माण गर्ने अझ यसपालि त संविधान निर्माण गर्ने व्यक्तिहरुको चयन गर्ने क्रममा भएको खुलेआम अनियमितता र नातावादलाई भ्रष्टाचारको परिभाषा भन्दा बाहिर राखेर हेरियो भने त्यसले ठूलो दुर्घटना निम्त्याउँछ। त्यसैले यतिखेर नेपालमा भ्रष्टाचारलाई हेर्ने, विश्लेषण गर्ने र त्यसको नियन्त्रणका लागि गरिने साँघुरा परिभाषालाई व्यापक बनाउनु आवश्यक छ।
नेपालको भ्रष्टाचार नियन्त्रण ऐनले भ्रष्टाचारको कारणका रूपमा सार्वजनिक पद धारण गर्नुलाई लिइएको छ। तर भ्रष्टाचारका कारणहरुबारे गरिएका विभिन्न अध्ययन हेर्ने हो भने यो निकै कमजोर परिभाषा हो। मानवशास्त्री लरिसा लोमिनाजले बीसौं शताब्दीको मध्यतिर चिलीमा गरेको एक अध्ययनअनुसार राजनीतिक नेतृत्व तथा कर्मचारीतन्त्रका व्यक्तिहरुले आफ्नो परिवार, नातेदारहरुको अपेक्षा र चाहना पूरा गर्नका लागि बढी भ्रष्टाचार गर्ने गरेको भेटेका थिए। अध्ययनका क्रममा भ्रष्टाचारमा संल्ाग्न भएका व्यक्तिहरुले आफ्नो परिवार तथा नातेदारको अपेक्षा पूरा गर्नका लागि भ्रष्टाचार गर्नुपरेको बताएका थिए। यसैगरी भारतका पूर्व केन्द्रीय सतर्कता आयुक्त एन भित्तलले सेवाबाट निवृत्त भएपछि इन्डिङ करप्सन नामक पुस्तक लेखेका थिए। उक्त पुस्तकमा पनि उनले भारतमा भ्रष्टाचार मौलाउनुमा पारिवारिक अपेक्षा र दबाबको महत्वपूर्ण हात रहेको औल्याएका छन्। समाजशास्त्री एल्थासले आफ्नो पुस्तक द सोसोलोजी अफ करप्सनमा भ्रष्टाचारको समाजशास्त्रबारे उल्लेख गरेका छन्। भ्रष्टाचार सामाजिक कारणले हुने उनको निष्कर्ष छ।
अर्का विद्वान् एसएस गिलले सामाजिक संरचनात्मक पक्ष, सामाजिक बनोट, ऐतिहासिक प्रवृत्तिले भ्रष्टाचार निम्त्याउँछ भन्नेे सवाल उठाएका छन्। उनी आफ्नो पुस्तक द प्याथोलोजी अफ करप्सनमा भन्छन्– “भ्रष्टाचारलाई व्यक्तिको स्वार्थको उपजका रूपमा लिनु गलत हो किनकि व्यक्तिको स्वार्थ पनि सामाजिक संरचनाकै उपज हो। त्यसैले भ्रष्टाचारको कारण खोज्नका लागि व्यक्तिको स्वार्थमा मात्र नअल्भि्ककन सामाजिक संरचनामा पुग्नुपर्दछ।” यसैगरी, अर्का विद्वान् हे उडका अनुसार आधुनिक समाजमा भ्रष्टाचारको जरो राजनीतिक वृत्तमा रहेको छ। राजनीतिक पद प्राप्त गर्नका लागि गरिने निर्वाचनमा हुने व्यापक खर्च, पार्टी कार्यकर्ता, नेता तथा अन्यलाई पार्टीमा राखिराख्नका लागि गरिने खर्च र अपारदर्शी आय–व्ययले भ्रष्टाचारलाई संस्थागत गरिरहेको हुन्छ।
नेपाली समाजमा हेर्ने हो भने पनि अधिकांश साना र ठूला भ्रष्टाचारमा परिवारको हात छ। राजनीतिक दलका नेता तथा कार्यकर्ताको प्रत्यक्ष संलग्नता छ। निर्वाचनमा गरिएको खर्च उठाउनका लागि व्यापारी, दलाल र तस्करहरुलाई पद बेच्नुपर्ने अवस्थामा नेपालका राजनीतिक दलका शीर्ष नेता पुगेका छन्। व्यापारीसँग नाजायज किसिमले लिएको रकमको साँवा–ब्याज पदमा पुगेपछि उनीहरुको फाइदाअनुसारको कानुन बनाएर तिर्नु परिरहेको छ तर नेपालको विद्यमान भ्रष्टाचार निवारण ऐनले यस्ता सवाललाई आफ्नो परिभाषाभित्र समेट्न सकिरहेको छैन। नेपालको भ्रष्टाचारको परिभाषाले यसलाई व्यक्तिगत सवालको रूपमा मात्र लिएको छ। व्यक्तिको मनोविज्ञान, लोभ, चाहनाले निम्तिने गलत कार्यका रूपमा मात्र भ्रष्टाचारलाई परिभाषित गरिएको छ। यो आफैँमा साँघुरो र अपर्याप्त परिभाषा हो।
एउटा वास्तविकता के हो भने व्यक्तिको चाहना, लोभ, मोह, सबै सामाजिक संरचनाको उपज हो। हामी कस्तो समाजमा बस्छांै? कस्तो सामाजिक संस्कार, रीतिरिवाज र मूल्य/मान्यतामा हामी रहेका छौं भन्ने कुराले हाम्रो सोचाई, बुझाई र चाहना निर्माण गर्छ। भ्रष्ट व्यवहार पनि सामाजिक संरचनाको उपज हो। भ्रष्टाचारको परिभाषामा यस्ता सवाल पनि समेट्नु आवश्यक छ।
राजनीतिक दल, यसका नेताहरुले इमानदारितालाई पाखा लगाउँदै आफन्त र पैसा तिर्न सक्नेलाई समानुपातिक सभासद्का लागि सिफारिस गरे भन्ने घटनालाई पनि हामीले यस्ौअनुसार हेर्नुपर्छ। राजनीतिक दल तथा तिनका शीर्ष नेताहरुले पैसामा पद साट्नुमा हे उडले भने जस्तै निर्वाचनमा हुने व्यापक खर्च, कार्यकर्ता र नेता जोगाउन पैसा नभई नहुने अवस्थाको उपज हो। भर्खरै सम्पन्न संविधान सभाको निर्वाचनमा हरेक दलले करोडौं रुपियाँ खर्च गरे। सो पैसा उठाउनका लागिसमेत यस किसिमका पैसा लेनदेनका घटना भएका हुन्।
राजनीतिक क्षेत्र दिन/प्रतिदिन भ्रष्टाचारको आहालमा डुब्नुमा दलका कार्यकर्ता, नेता तथा निर्वाचनमा हुने व्यापक खर्चको भूमिका महत्वपूर्ण हुन्छ। पार्टी सरकारमा जानेबित्तिकै मन्त्री हुने व्यक्तिले पार्टीको खर्च उठाइदिनुपर्छ। पार्टीको खर्च चलाइदिनुपर्छ। मन्त्री नहुने नेता र अन्य पद नपाउने कार्यकर्तालाई पालिदिनुपर्दछ। पार्टीको कार्यक्रममा देश दौडाहा गर्ने शीर्ष नेतालाई हेलिकप्टरको खर्च व्यवस्था गरिदिनुपर्दछ। परिवारका व्यक्तिहरुले आफू, आफन्त र नातेदारलाई जागिर लगाउने, ठेक्कापट्टा पारिदिनेलगायत् नाजायज काम गर्न दबाब दिन्छन्। नियमले आउने आम्दानीले नेतालाई आफ्नै खर्च धान्नसमेत अपर्याप्त हुने अवस्थामा यस्ता नाजायज माग पूरा गर्नका लागि नेताले भ्रष्टाचार नगरी सुखै पाउँदैन। त्यसैले बाध्य भएर भ्रष्टाचार गरेर पार्टीको र आफ्नो निर्वाचन खर्च उठाउँछ। अनि सबैको आवश्यकता र माग पूरा गर्छ।
नेपालको इतिहासदेखि हँुदै आएका भ्रष्टाचारका विभिन्न घटना हेर्ने हो भने यस्ता विभिन्न सामाजिक संरचनात्मक कारणहरु जबर्जस्तीरूपमा देखिएका छन् तर नेपालको कानुनले भ्रष्टाचारका यस्ता सवाललाई आफ्नो परिभाषाभित्र समेट्न सकेको छैन। भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ मा सार्वजनिक पद धारण गरेको व्यक्तिको स्वार्थ र लोभका कारण भ्रष्टाचार हुन्छ भनिएको छ। यसैको आधारमा मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्दै अख्तियारले गरिरहेको अनुसन्धान र मुद्दा दायर गर्ने कामले भ्रष्टाचारको न्युनीकरण गर्नका लागि खासै योगदान गर्न सकेको छैन। यसले भ्रष्टाचार नियन्त्रणलाई समग्रतामा नभई अंशमा मात्र ध्यान दिएको देखिन्छ। त्यसैले यदि भ्रष्टाचार नियन्त्रणका लागि साँच्चै प्रतिबद्ध हुने हो भने भ्रष्टाचारको बदलिँदो परिभाषा समेट्नु पहिलो सर्त हो।