धर्मयुद्धको सारथि बन्न गोकुलमा हुर्केर, गोठालो बनेर बाँसुरीको धुनले सबैको मन जित्नु पर्दैन। जन अधिकारको प्रत्याभूति गर्न, निरकुंश साम्राज्यवादीसँग लड्न सबैले चर्खा चलाएरै सत्याग्रही बन्न पनि जरुरी छैन। रंगभेद समाप्त गर्न, मानवताका अभियन्ता बन्न २७ वर्ष जेल, नेल र पाशविक यातना भोग्नुपर्छ भन्ने पनि छैन।देश बनाउन त एक जना डा. गोविन्द केसीमात्रै भए पनि पुग्छ। फूलको मन भएको हाडको डाक्टर भए पुग्छ। असत्य सँग लड्न आफ्नो प्राणको आहुति दिन नहिचकिचाउने निडर व्यक्तित्व भए पुग्छ। त्यति हुन नसके डा. केसीले गरेको कामको फेहरिस्त सुनेर उनीप्रति गर्वगर्न सके पुग्छ। उनले गरेको काम ठीक हो भनेर सबैले आआफ्नो स्थानबाट आवाज बुलन्द गर्नसके पुग्छ।
नेपाल परिवर्तन गर्न हामीलाई फगत् एक जना गोविन्द केसी चाहिएको छ। तपाईँ, मैले सबैले, उनको सिको गरेेर सही र गलत छुट्याउन सक्ने चेतनाको विकास गर्नुपरेको छ। त्यसो भएन भने चाहिँ हामी फेरि पनि जहाँको तहीं रहनेछौं। यस पल्ट डा. शशि शर्माले चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनबाट राजीनामा दिएर एकपल्ट फेरि डा. गोविन्द केसीको प्राण बच्ला तर सारमा केही हुँदैन। डा. केसीजस्ता सत्य र निष्ठायुक्त जीवनयापन गर्ने र असत्यसँग लड्न प्राणको बाजी लगाउनेको जीवनले फेरि पनि द्रव्य पिचासहरूको सिकार बन्नु नपर्ला भन्न सकिन्न। यसपल्ट बाँचे भने पनि फेरि कुनै दिन डा. केसी शिक्षण अस्पतालको कुनै चिसो कुनामा अक्सिजनको पाइप जोडेर जीवन र मृत्युको लडाइँमा लडिरहेको देख्नुपर्ने दिन आउनेछ। अनि फेरि हामी उनको जीवनको भीख माग्दै तीनै नरपिचासका अगाडि रोइकराइ गर्नुको कुनै विकल्प रहनेछैन।
सबैलाई लाग्दो हो नहुनुपर्ने भइरहेछ, हुनुपर्ने भएको छैन। सबैले सोच्दा हुन सबै समस्याको समाधान नेतृत्वमा अल्झेको छ र सरकारमा बल्झेको छ। तर हैन। यो एक भ्रम हो। ठूलो भ्रम। हरेक समस्याको समाधान तपाईं र मसँग छ। विगतमा पनि ठूला ठूला तानाशाह, हत्यारा, लुटेरा, अन्यायी र अत्याचारीसँग लडेको यो तन र यो मन आज पनि समाजका विसंगतिहरूसँग पौठेजोरी खेल्न अधिर छ, सल्बलाएको छ र सक्षम छ। हामीलाई चाहिएको त एउटा नेतृत्वमात्र हो। एक निष्ठावान, त्यागी, सत्यवान नेतृत्व। त्यही नेतृत्व हो डा. गोविन्द केसी। आउँ यो लोभी, पापी र अनैतिकहरूले हाम्रो आँखाअगाडि लगाएको भौतिक मोहको पर्दा च्यातौँ, अघि बढौँ एक सुयोग्य, स्वच्छ र सबल नेतालाई साथ दिन। यसपल्ट सडक बन्द गर्नुपर्दैन, टायर बाल्नुपर्दैन अनि जिन्दावाद र मुर्दावादको नारा लगाउनु पर्दैन। सक्ने सबै एकपल्ट शिक्षण अस्पताल जाऔँ र डा. केसीप्रति ऐक्यबद्धता देखाऔँ। राजधानीबाहिर हुनेले एकपल्ट सरकारी अस्पताल वा स्वास्थ्य केन्द्र जाऔँ र जे गलत भएको छ त्यसप्रति विरोध जनाऔँ। सबैले एकपल्ट बोलौं, त्यस्तो बोली जुन आवाजको आँधी बनोस्, दृढताको चट्टान बनोस् अनि द्रव्य पिचासका लागि तातो ज्वालामुखी बनोस्।
तर आफूलाई कुनै अभियानमा समर्पित गर्नुअघि एकपल्ट जान्नु जरुरी हुन्छ, किन डा. गोविन्द केसीको आन्दोलन स्तुत्य छ, ग्राह्य छ र किन अनुसरणीय लायक छ? किनभने डा. केसी २६ जना मनोनीत हुन बाँकी मध्ये एक सभासद् बन्न पाउँ भनी आन्दोलनरत भएका होइनन्। न त उनलाई राष्ट्रपतिको कुर्सीको अभिलाषा छ न राजदूतको। उनलाई यो अनशनमार्फत् न त चिकित्साशास्त्र अध्ययन संस्थानको डिन बन्ने लालसा छ न त शिक्षण अस्पतालको कार्यकारी निर्देशक। न उनले कुनै राजनीतिक दलको पक्षमा आन्दोलन गरेका हुन् न त कुनै राजनीतिक दलको विपक्षमा। उनले गरेको यो आन्दोलन तपार्इँ हाम्रा लागि र अझ हाम्रा सन्तानका लागि हो।
छपन्न वर्ष उमेर पुगेका डा. केसीको यस आन्दोलनले कसैलाई सहयोग गर्छ भने नेपाली जनतालाई मात्र गर्छ। उनले आफ्नो जीवन दाउमा राखेर यो आन्दोलन गरेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनसाधारणका लागि हो। भोलि पैसा र पहुँच भएका नेपालीले आफू र आफन्तलाई बचाउन विदेश धाउनु नपरोस्, यहाँ बस्नेहरु गलत चिकित्सकको हातमा परेर अकाल मृत्युको मुखमा पर्नु नपरोस् भन्ने हो। चिकित्सकको नाममा सेतो गाउन लगाएर, स्टेथेस्कोप घाँटीमा बेरेर बसेकाहरू बधशालाका नायक नबनुन्, तिनको स्टेथेस्कोपले विषालु सर्पको रूप धारण नगरुन् भन्ने हो।
तीनवटै प्रमुख राजनीतिक दल, नेपाली कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का केही स्वार्थी, जनताको रगत चुसेर मोटाउने तत्वले निर्वाचनअघि नै मेडिकल कलेजको सम्बन्धन दिलाउने नाममा करोडौं रुपियाँ 'हाम' गरिसकेका रहेछन्। अब चिकित्साशास्त्र अध्ययन संस्थान ( चिशाअसं)ले सम्हाल्न सके पनि नसके पनि, ती सम्बन्धन चाहने कलेजमा यथोचित सेवा सुविधा भएपनि, नभएपनि अर्थात् जसरी पनि आफूले खाएको 'घुस'को ऋण तिर्न बाध्य भएका छन् तिनै दलको काटोमा नियुक्त त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र रेक्टर। त्यसैले गुणस्तरीयता नभएकालाई र चिशाअसंमा निगरानी गर्नसक्ने क्षमता विकसित नहुन्जेल सम्बन्धन नदिऊँ भन्ने तत्वलाई देखी नसहँदा रहेछन् यी ऋणी जीवहरू। डा. प्रकाश सायमीलाई टिक्नै दिएनछन् यी जीवले। किनभने उनी अहिले कुनैपनि हालतमा नयाँ सम्बन्धन दिनु हुँदैन भन्नेमा रहेछन्। बिचरा सायमीले स्वास्थ्यको कारणले दिएको राजिनामा भनेको त, यिनले दिएको पीडाका कारण बिग्रेको स्वास्थ्यका कारण पो रहेछ। जब अरूले डटेर मुकाबला गर्न सक्दैनन् अनि अघि बढ्नुपर्दो रहेछ उही दुब्ला, पातला र सधैँ समाजका लागि ज्यान हत्केलामा राखेर हिँड्ने डा. गोविन्द केसीलाई।
यसरी जनताको स्वास्थ्यमा खेलबाड हुनुहुँदैन, कुनै गुणवत्ता, स्तरीयताको जाँच र अनुगमन नगरी जथाभावी डाक्टर बनाउने कारखाना बन्नु हुँदैन नेपालका शिक्षण संस्था भन्ने दृढ विश्वासका साथ जनताका लागि त्याग गर्ने व्यक्तित्वका लागि तपाईँले र मैले शब्द पनि खर्चिन नसक्ने हो भने के होला भोलिको हाम्रो स्वास्थ्य संस्थाको हालत? त्यस अवस्थामा त अधिकांश डाक्टरहरू भनाउँदाले जिउँदो बिरामी लगेर पोस्टमार्टम नगर्लान् भन्न नसकिने हुन्छ। तर यस्तो अवस्था आउनु अघि नै समस्या बुझ्नुपर्छ। यो कुरा डा. केसीले अहिलै बुझेका छन्। उनले अहिलै थाहा पाइसकेका छन् द्रव्य पिचासहरूले कसरी खेल्दैछन् सोझा र सिधा जनताको जीवनसँग। अहिलेनै डा. केसीको आवाज बुलन्द भएन भने हुनेखाने त विदेशमा गएर उपचार गर्लान्, नेपालमा बसेकाहरूको जिन्दगीको समर्पण कसलाई गर्ने, डाक्टरलाई कि बधशालाका नायकलाई?
यो संसारमा ज्यादै थोरै होलान् आफूले चाहेको परिवर्तन आफै बन्न सक्ने क्षमता, दृढता र आत्मविश्वास राख्ने व्यक्ति। डा. गोविन्द केसी त्यस्तै एक सशक्त शक्तिका स्रोत हुन्। सत्य र निष्ठाका लागि प्राण आहुति गर्न सदैव तत्पर नेपाली र मानवताका पुजारी डा. गोविन्द केसी समाजका हरेक ठाउँमा नहोलान् तर जहाँ छन् त्यहाँ तिनको महत्व हुनुपर्छ। समाजले त्यस्ता व्यक्तिको सम्मान गर्नुपर्छ र तिनले भनेको सत्यको पथमा सरकार वा राजनीतिक दल हिँड्न खोज्दैनन् भने जबर्जस्ती गर्नु पनि पर्छ। त्यस आस्थाका पुञ्ज, दृढताका प्रतिविम्ब र सत्यको प्रतिनिधि पात्रलाई नेपालीत्वको सच्चा प्रतिध्वनि हो मान्ने हो भने सबैजना एकजुट हुनुपरेको छ डा. गोविन्द केसीलाई बचाउन र डा. केसी प्रवृत्तिलाई समाजका अन्य क्षेत्रमा पनि लागु गर्न।