संविधानअनुसार प्रधान मन्त्री बन्न ३०१ सभासद्को अनुमोदन आवश्यक पर्छ। एकै दलले संसदमा बहुमत प्राप्त गर्न नसकेको वर्तमान अवस्थामा कम्तिमा दुई दलको समर्थनविना कुनै पनि व्यक्ति प्रधान मन्त्री बन्न सक्दैन। नेपाली कांग्रेस संविधान सभामा सबैभन्दा ठूलो दल भएकाले उसको नेतृत्वमा सरकार गठन हुनुपर्ने भनाई अस्वाभाविक होइन तर भविश्यमा सरकारले मनोनीत गर्ने सदस्यको भाग जोड्दासमेत नेपाली कांग्रेसलाई कार्यकारी चलाउन झण्डै १०० सभासद अपुग हुन्छ। तसर्थ नेकपा एमाले अथवा नेकपा एमाओवादीको समर्थनबिना नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुन सक्ने देखिन्न। आफ्नै दलको नेतालाई प्रधान मन्त्रीबाट हटाएर पद हत्याउने मान्यता राख्ने एमालेले कांग्रेसलाई समर्थन गर्ने आश्वासन त्यति भरपर्दो देखिन्न। संविधान सभा निर्वाचन परिणामसमेत अस्वीकार गर्न पछि नपर्ने एमाओवादीले नेपाली कांग्रेसलाई के कति आधारमा सरकार गठनमा सघाउला त्यसको थप उत्खनन् आवश्यक देखिन्छ।
सुशील कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस गत संविधान सभा निर्वाचनमा होमियो तसर्थ अघोषित प्रधान मन्त्रीको उमेदवार हुन उनी। शेरबहादुर देउवा तथा रामचन्द्र पौडेलको कार्यकारी भोगिसकेका जनताले हालसम्म सरकार सञ्चालन नगरेका र स्वच्छ तथा इमानदार नेताको छाप बनाएका सुशील कोइरालाले सरकार चलाएको हेर्न चाहे। जनमतको कदर गर्दै कांग्रेसको संसदीय दलले निर्विवाद कोइरालालाई आफ्नो नेता चुन्नुपर्ने थियो तर त्यस्तो हुन सकेन। कोइरालाका अतिरिक्त नेताद्वय देउवा तथा पौडेलसमेतले प्रधान मन्त्रीको पदमा आफ्नो दावा पेश गरेपछि संसदीय दलको नेता छान्न निर्वाचन समिति गठन भयो।
सर्वसम्मत निर्णय हुन नसक्दा कुनै पनि विषयको छिनोफानो निर्वाचनबाट गरिनु अन्यथा होइन तर लोकतान्त्रिक अभ्यासले सार्थकता पाउन स्वतन्त्र निर्वाचनमात्र पर्याप्त हुँदैन बरु स्वाभाविक परिणाम अपेक्षित रहन्छ। निश्पक्ष निर्वाचन भएर पनि परिणाम स्वाभाविक हुन नसक्दा प्रजातन्त्रले हारेको उदाहरणका लागि २०४७ सालको संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराई र मदन भण्डारीको प्रतिस्पर्धा हेर्दा पुग्छ। उक्त निर्वाचन स्वतन्त्र थियो तर परिणाम अस्वाभाविक निस्कियो। त्यस बखत भट्टराईले निर्वाचन नहारेका भए मुलुकले अर्को कोल्टो फेर्थ्याे भन्ने मान्यता राख्ने राजनीतिक विश्लेषक अहिले पनि मनग्गे छन्।
शक्तिको बाँडफाँट गर्ने सर्तमा सुशील कोइरालालाई प्रधान मन्त्रीका रूपमा स्वीकार गर्न सकिने देउवाको भनाई रह्यो। कोइराला प्रधान मन्त्री भए आफूले पार्टी हाँक्न पाउनुपर्ने उनको दावी देखियो। त्यस्तै, विगतको संविधान सभामा दलको नेता रहेकाले पछिल्लो संसदीय दलको स्वामित्व ग्रहण गर्दै आफूलाई नै पार्टीले फेरि संसदीय मुखिया तोकोस् भन्ने अर्का प्रत्यासी रामचन्द्र पौडेलको भनाई आयो। पौडेलको भनाई व्यक्तिगत स्थार्थकेन्द्रित देखियो भने देउवाको मागले नीतिगत बहस खोज्छ।
२०४७ सालमा प्रधान मन्त्री नियुक्त भएपछि गिरिजाप्रसाद कोइरालाले एक व्यक्ति एक पदको मान्यता अघि सारे, अनि पार्टी महामन्त्रीको पद त्यागे तर त्यही मान्यतामा गिरिजाप्रसाद टिक्न सकेनन् बरु पछिल्ला दिनमा उनले पार्टी सभापति तथा प्रधान मन्त्रीको दोहोरो दायित्व लिए। एक व्यक्ति एक पदको मान्यता शक्ति पृथकीकरणमा आधारित भएकाले नीतिगतरूपमा बेठिक भन्न सकिन्न तर कांग्रेसले असल संस्कारलाई निहित स्वार्थमा दुरुपयोग गरेको देखियो। पार्टी संस्थापन पक्षले सदैव एक व्यक्ति बहुपदको वकालत गर्ने अनि इतर समूहले एक व्यक्ति एक पदको मान्यता राखे। कृष्णप्रसाद भट्टराई सभापति भएका बखत गिरिजा समूहले अनि गिरिजा कोइराला सभापति भएका बखत देउवा क्याम्पले अनि हाल सुशील कोइराला सभापति भएका बखत अर्को पक्षले एक व्यक्ति एक पदको सिद्धान्तमा जोड दिएको देखियो। एउटै व्यक्ति संस्थापनमा रहँदा र नेतृत्वभन्दा पृथक रहँदा फरकफरक मान्यताको वकालत गर्ने दोहोरो प्रवृत्ति नै कांग्रेसको वर्तमान विवादको कारण हो।
सुशील कोइराला सभापति भएकाले मात्र पदको विभाजन गरिनुपर्ने मान्यता देउवाले राखेका होइनन् भने उनको माग स्वाभाविक छ र समाधान कठिन देखिन्न। सिद्धान्तको प्रतिपादन व्यक्तिमुखी हुन सक्दैन बरु समदुरीमा आधारित हुनुपर्छ। वर्तमानको नियम सुशील कोइरालाको हकमा मात्र होइन बरु भविश्यका सबै सभापतिलाई उक्त विधानले बाँध्ने हो भने देउवाले उठाएको आवाजको कसैले विरोध गर्न सक्दैन। सिद्धान्त स्थापनाका खातिर गरिने क्षणिक कुर्वानी कदापि बेठिक हुन सक्दैन। कुनै पनि व्यक्ति प्रधान मन्त्री भएपछि उसको दायित्व फराकिलो बन्छ। कार्यव्यस्तताका कारण समेत एकै व्यक्तिले प्रधान मन्त्री तथा सभापतिको दोहोरो दायित्व कुशलतापूर्वक निर्वाह गर्न सक्दैन। तसर्थ प्रधान मन्त्री भएपछि सुशील कोइरालाले पार्टीको दायित्व छोडून् भनी हाल देउवाले उठाएको माग नाजायज होइन तर सभापति प्रधान मन्त्री बनेपछि सभापतिको दायित्व कसले लिने भन्ने विषयमा नीतिगत समाधान खोज्नुपर्छ। सभापतिले इच्छाएको व्यक्ति वा विगतको पार्टी निर्वाचनमा सभापतिका निकटतम प्रतिस्पर्धी अथवा अन्य व्यक्तिमध्ये कसले कार्यबाहक सभापतिको दायित्व लिने भन्नेमा पार्टी प्रष्ट हुनुपर्छ।
नीतिगत समाधानको बदला क्षणिक समाधान खोज्ने युवाको वर्चस्व भएको मुलुक उभो लाग्न सक्दैन र त्यही मान्यता दलको हकमा पनि लागु हुन्छ। विगतको तुलनामा कांग्रेसको केन्द्रीय समिति तथा संसदीय दलमा उल्लेख्य युवाहरुको उपस्थिति देखियो तर उनीहरु समस्याको नीतिगत समाधान खोज्ने भन्दा नेतामुखी अभिव्यक्ति दिन तल्लिन देखिए। पार्टीको इमानदार सिपाही बन्ने भन्दा नेताको कार्यकर्ता बन्नमा युवा लालायित देखिएकाले कांग्रेसको भविश्यप्रति चिन्ता गरिनु अन्यथा होइन।
पार्टी सरकारमा गएका बखत सभापति र प्रधान मन्त्री फरक फरक व्यक्ति हुनसके दुवै निकाय प्रभावकारी हुनका अतिरिक्त सरकारबाट हुने कमसल निर्णयको दायित्वबाट पार्टीलाई जोगाउन सकिने भएकाले तद्नुरूपको कारबाही लाभदायिक देखिन्छ। तसर्थ, पछि विधानमा लिपिबद्ध गर्ने गरी हालका लागि केन्द्रीय समितिबाट एकल पदीय प्रस्ताव पास गराउन सके पद विभाजनको विषयले कांग्रेसमा स्थायी समाधान पाउँथ्यो। सभापतिले आफ्नो अनुकूल पार्टी विधान संशोधन गर्ने परम्परा बसेको कांग्रेसमा त्यस्तो एकल दायित्वसम्बन्धी धारामा निश्चित समय संशोधन गर्न नपाउने गरी प्रतिबन्धात्मक वाक्यांश थप्न सके पदको झगडा शिथिल हुन्थ्यो। क्षणिक स्वार्थ साँध्नभन्दा समस्याको स्थायी समाधानमा युवा तागत खर्चिन सके पार्टीले नया ऊर्जा पाउँथ्यो।