शान्तिसुरक्षामा सुधार गर्न सरकारले विशेष सुरक्षा योजना घोषणा गरेको छ। योजनाको केहीले विरोध गरेका छन् भने केहीले सफल हुनेमा शंका गरेका छन्। सरकार योजना सफल हुनेमा ढुक्क देखिन्छ।
हालका दिनमा वीरगंजमा भएका घटनाहरूले योजनालाई नै चुनौती दिएको छ। असोज १५ गतेमा पर्साको भौराटार गाउ"मा प्रहरीको गोलीबाट नागरिक मारिएपछि सुरक्षाकर्मीसँग नै त्रास बढेको देखिएको छ। गाउ"मा प्रहरीले असुरक्षा बढाएको जनताले ठान्नु यस योजनाको विफलता हो। जनताका मनमा सुरक्षाकर्मीप्रति अविश्वास उत्पन्न भएको मौका छोपेर विभिन्न सशस्त्र समूहदेखि तस्करलगायतले ऐक्यबद्धता जनाउन थालेका छन्।
यसै साता वीरगंजमा भएका बमकाण्ड र गोली काण्ड हेर्दा विशेष सुरक्षा योजना फुस्सा साबित हुने आशंका व्याप्त भएको छ। वीरगंमा एक साताभित्र तीनवटा घटना भएको छ। एकजना व्यापारीको घरमा नै गोली हानी हत्या गरियो। वीरगंजको पानी टंकी टोलको श्यामलोचन सापकोटाको घरमा असोज २७ गते बेलुकी सात बजे बम विस्फोट भएको छ। वीरगंज मेन रोडको रानीसती मंदिर र हिमालयन बंैकअगाडि पन्ध मिनेटको अन्तरालमा दुई जना व्यापारीलाई गोली हानिएको छ। त्यसै गरी जालीनोट कारोबारी, गाँजा, चरेस अफिम तस्करले सीमावर्ति बुडगाई गाउ"मा सुरक्षा निकायलाई चुनौती दिन तथा सुरक्षा कारबाहीको प्रतिरोध गर्न तीन दिन लामो बैठक गरेका छन्।
विशेष सुरक्षा योजनाको कार्यान्वयनका क्रममा भएका कार्यक्रम स्थलको छेउछाउमा नै आपराधिक घटना भएका छन्। सुरक्षा योजनाअन्तरगत खटिएका सुरक्षाकर्मीले घटना रोक्नमात्र हैन अपराधी पक्रर्न पनि सकेको देखिएन। घटनाको अवस्था र परिस्थति हेर्दा या त सुरक्षा निकाय घटना रोक्न सजग हुन सकेको छैन नभए सुरक्षा निकायभन्दा अपराधी शक्तिशाली छन् भन्ने देखिन्छ। अंचल र जिल्ला प्रहरी कार्यालयको छिमेकमा रहेको पानी टंकी टोलस्थित श्यामलोचनको घरमा बम पड्कनु सुरक्षा निकायलाई चुनौती हो। रानीसती मंदिर र हिमालयन बैकअगाडिको गोली काण्डमा व्यक्त पीडित र प्रत्यक्ष दर्शीले सुरक्षा निकायप्रति आक्रोश व्यक्त गरे। सुरक्षा निकाय जनताप्रति संवेदनशील नभएको उनीहरूको गुनासो थियो। प्रहरी रहेको र गोली चलेको ठाउँको दूरी बीस कदम जतिमात्र भएको गोली चलेको सुरक्षाकर्मी र प्रमुखले देखिरहेका अवस्थामा पनि प्रहरी घटना भएको बीस मिनेटपछि मात्र घटना स्थल पुगेको गुनासोे संचारकर्मीसित पिडितले गरेका थिए। त्यसभन्दा पन्धमिनेट पहिले हिमालयन बैक सामु गोली चलेपछि त्यस घटनाको अपराधीलाई प्रक्राउ गर्न नाकाबन्दी गरेको भए सम्भवतः पछिल्लो घटना हुन सक्ने थिएन।
सुरक्षा निकायको प्रमुख दायित्व जनताको रक्षा हो। अरू काम गर्न नसके पनि नागरिकको जीउधनको रक्षा गर्न सके सफल भएको मानिन्छ। गा"जा, चरेस, ब्राउनसुगर, कोक, फेन्सिडिल नरफिनलगायतको लागूपदार्थ र राजस्व छलिएका वस्तु प्रक्राउ गर्न सधैँ सफल प्रहरी ज्यान जोगाउन किन विफल हुन्छन्? योनीजस्ता गोप्य अंगमा राखेको समान बरामद गर्न सफल प्रहरी केही दिनको लामेा योजना पश्चात् हुने गरेको गोली घटना, बम काण्डजस्ता मानवीयताविरुद्धका अपराध रोक्न किन सफल नभएका हुन्? घटना रोक्नमात्र हैन अपराधी प्रक्रन पनि विफल भएका छैन। अदालतमा विचाराधीन मुद्दामा लागू औषध तथा तस्करीसम्बन्धी धेरै छन्। तर मानवीयताविरुद्धका घटनाकोे मुद्दा छैन। यसबाट सुरक्षाकर्मीको बढी ध्यान तस्कर प्रक्राउ गर्नमा रहेको अर्थात् आर्थिक लाभतिर गएको भान हुन्छ। नागरिकको जीउघनको सुरक्षा भने महत्वहीन भएको देखिएको छ।
सशस्त्र र जनपद दुवै प्रहरीको ध्यान तस्करतर्फ केन्द्रित भएकाले बेलाबखत सुरक्षा निकायबीच नै मतभेद भएका घटना सार्वजनिक हुने गरेका छन्। तस्करीतर्फ बढी केन्द्रित हुनु विशेष सुरक्षा योजना विफल हुने संकेत हो भन्ने गृह मंत्रालयले बुझनु पर्छ।
सुरक्षा योजना सफल बनाउन प्रहरीले आफ्नो रणनीति र कार्यनिति बदल्नैपर्छ। जनधनको रक्षा र सीमा सुरक्षा तथा तस्करी नियन्त्रण अलगअलग निकायलाई जिम्मा दिनुपर्छ। कामका आधारमा मूल्यांकन गर्ने परिपाटी बसाउनुपर्छ। जनताका मनमा सुरक्षाबलप्रति पनि अविश्वास र त्रास छ। यसलाई हटाउन जनता र सुरक्षाकर्मीबीच अन्तरक्रिया थालनी गर्नुपर्छ। विशेष सुराकीका आधारमा गोप्य तस्करीको समान प्रक्राउ गर्न सफल भएजस्तै प्रयास आपराधिक घटनाको योजना पत्ता लगाउन पनि गर्नुपर्छ। अनिमात्र सुरक्षा अवस्थामा सुधार हुन सक्छ। अन्यथा विशेष सुरक्षा योजना पनि खोक्रो आडम्बर साबित हुनेछ।