प्रधानमन्त्री निरंकुश रहेनन्
०३ फागुन २०७०
•
१४ मिनेट पाठ
प्रधानमन्त्री निरंकुश रहेनन्
विसं २००७ सालको क्रान्तिलाई बाह्र्र वर्षीय नवयुवक सुशील कोइरालाले कति महसुस गरे वा गरेनन् तर उनको राजनीतिक जीवन डोर्यातउन भने त्यही क्रान्तिको प्रतिध्वनिले निकै सघायो। किनभने वि.सं. २०११ सालमै उनी राजनीतिमा प्रवेश गरिसकेका थिए। विसं २०१७ मा राजाले निरंकुश शासन लादेपश्चात सोह्र वर्ष निर्वासनमा बीपी कोइरालाको सानिध्य राजनीति सिकेका कोइरालाले गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण सहयोगी बनेर राजनीतिलाई नजिकैबाट नियाले। यस्ता अनुभवी र पाका नेपालका नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई २०६४ को राजनीतिक परिवर्तनको भनकै भएन त भन्न नमिल्ला तर अहिलेको राजनीतिक विवाद हेर्दा भने उनले त्यस परिवर्तनलाई आत्मसात् गर्न नसकेको भान परेको छ। कि गिरिजाबाबु आँफैले जिन्दगीभर नमानेको कुरामा अन्तिममा ल्याप्चे लगाएर गएको विषयमा उनलाई चित्त नबुझेको हो? सायद उनी उल्ट्याउन चाहन्छन् गिरिजाबाबुले गरेको ‘राजनीतिक गल्ती'।
विसं २०४७ को सफल जनआन्दोलनपश्चात २०४८ साल वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसले २०५ स्थानको संसद्मा ११० सिट जित्यो र साधारण बहुमत हासिल गर्योव। त्यही निर्वाचनपश्चात गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसका प्रभावशाली प्रधानमन्त्री र सर्व शक्तिमान नेता पनि बने। उनको ‘किचेन क्याबिनेट'को सबैभन्दा प्रभावशाली सदस्यको भूमिकामा रहे सुशील कोइराला। स्पष्ट बहुमत ल्याएर विजयी बनेका गिरिजाप्रसाद कोइरालालाई आफ्नै दलका केही सदस्यले सहयोग गरेनन् र संसदीय व्यवस्थाको सर्व शक्तिमान प्रधानमन्त्री हुन पाइन भन्ने पीडा थियो। पार्टीभित्रैका विरोधी छत्तीसे सांसदलाई भाग दिनुभन्दा मध्यावधि निर्वाचनको बाटोबाट निरंकुश प्रधानमन्त्री बन्ने बाटो रोजे उनले। त्यो राजनीतिको प्रमुख वास्तुकारमध्ये सुशील दा पनि एक जना हुन्। त्यसैबेला उनलाई विरोधीले अँध्यारो कोठामा बसेर कूटिल राजनीति गर्ने शकुनीका रूपमा पनि चित्रण गरे। 
त्यसपश्चात राजधानीको मध्यभागमा बग्ने बागमतीमा धेरै पानी बग्यो। अझ बागमतिमा त पानी पनि बग्न नसकेपछि ढलमतिमा परिणत भयो। र, ढल नेपाली राजनीतिमा पनि पस्यो। शक्तिशाली प्रधानमन्त्री बन्ने दौडमा सम्पति र दलालीको खेलमा राजनीति डुब्यो। माओवादी र राजा नेपालका राजनीतिक नेताको कुरुप चरित्रको चित्रण गरेर जनताको मन जित्न सफल भए। तर सँगसँगै राजनीतिको फोहोरी खेलमा राजाले चलेको गलत चालका कारण माओवादी राजालाई पछार्न सफल भए। जुनबेला माओवादी राजनीतिमा आयो त्यसबेला शक्तिशाली प्रधानमन्त्रीको अवधारणाका पक्षधर प्रजातान्त्रवादी समूह खुसी भयो। त्यस समूहले सोचेको थियो अब नेपालमा बहुमतीय प्रणालीको लोकतान्त्रिक व्यवस्था चलाइनेछ। तर राजनीतिले कोल्टे फेरिसकेको थियो। नेपालको राजनीतिक इतिहासमा राजाले मात्र स्थान गुमाएको होइन शक्तिशाली वा तानाशाही प्रधानमन्त्रीको पनि अवधि समाप्त भइसकेको थियो। जुनबेला निर्वाचन पद्धति समानुपातिक हुने भनेर अन्तरिम संविधान जारी भयो त्यसै दिनदेखि नेपालमा निरंकुश प्रधानमन्त्रीको सम्भावना समाप्त भएको हो। संसद्मा ५८ प्रतिशत प्रतिनिधि समानुपातिक आधारमा चुनिएर आउने निर्वाचन प्रणाली अपनाइसके पछि त्यहाँ एउटा राजनीतिक दलको साधारण बहुमत आउने संभावना बिरलै हुन्छ। त्यसैले सुशील कोइरालाले तानाशाही प्रधानमन्त्रीको भूमिका अब खोजेर पनि पाउँदैनन् र सायद चाहेर पनि यस्तो अवस्थामा परिवर्तन गर्न सक्दैनन्। 
समानुपातिक व्यवस्थाको सबैभन्दा खराब पक्ष के हो भने यो समावेशी त हुन्छ तर सरकार चलाउनका लागि त्यति सहयोगी र गतिशील हुँदैन। सबै जाति, क्षेत्र, धर्म र विचारका विभिन्न दलमा विभाजित राजनीतिक दलहरू संसद्मा आएपछि सबै क्षेत्रमा प्रधानमन्त्रीले चाहेजस्तो गरी अघि बढ्न गाह्रो हुन्छ। समानुपातिक प्रतिनिधित्वको यो प्रणाली प्रभावकारी सरकार चलाउन सहयोगी नभए पनि सबै वर्गले आफ्नो आवाज मुखरित भएको ठान्छन् र सरकारलाई सघाउँछन्। जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्व भएका राष्ट्रमा समानुपातिक व्यवस्था बढी प्रभावकारी भएका उदाहरण छन्। नेपालको द्वन्द्व व्यवस्थापन गर्ने विदेशी सल्लाहकारहरूले नेपालमा पनि अफ्रिकाको जस्तै द्वन्द्व छ भन्ने सोचका साथ यो व्यवस्था भिœयाइदिए। यस्तो व्यवस्थामा जनताले आफूले चाहेको शासक आओस् भनेर ज्यादा बल लगाउन पनि सक्दैनन्। किनभने अधिकांशतः सहमतीय सरकार बन्छ र जनताले मत नदिएर साना बनाइदिएका दलपनि सरकारमा पुग्छन्। राजनीतिशास्त्रीहरू यस्तो अप्ठेरो अवस्थालाई निर्वाचनले गर्न नसकेको पहिचान भन्ने गर्छन्। 
अहिलेको विश्व राजनीतिमा संयुक्त राज्य अमेरिकाकोजस्तो सर्वशक्तिमान् निर्वाचित शासकको अवस्था सकिँदै गएको छ। प्रधानमन्त्रीय पद्धतिको सबैभन्दा सफल उदाहरण बेलायतमा समेत संयुक्तको सरकार बनाउनुपर्ने अवस्था आएको छ। बहुमतीय लोकतान्त्रिक प्रणालीको अर्को सफल उदाहरण बनेको भारतमा समेत विभिन्न जात, जाति र धर्मका पक्षपोषक राजनीतिक दलहरू क्षेत्रीय स्तरमा बलियो बनेर केन्द्रमा मिलिजुली सरकार बनाउनुपरेको दुई दशक हुन लागिसकेको छ। ब्राजिलका राष्ट्रपतिले समेत मिलिजुली सरकार चलाउनुपर्ने अवस्था देखेर विपक्षी दललाई प्रधानमन्त्रीको पद दिनुपरेको छ। 
अब बन्ने संविधानमा नेपाल पुनः बहुमतीय संसदीय प्रणालीमा फर्कनसक्यो भनेमात्र नत्र गिरिजाप्रसाद कोइरालाले आफूले सधैँ हुनखोजेको सर्व शक्तिशाली प्रधानमन्त्रीको पद सधैँका लागि तुहाएर गएका छन्। सुशील कोइरालाले चाहँदैमा त त्यो फर्कन्न। 
कुरोको चुरोमा आऊँ। गृह मन्त्रालय पाएमा सरकार आफूले चलाएजस्तो हुने र नपाएमा देशै अरुले चलाएको हुने होइन। बहुमतीय निर्वाचन प्रणालीमा थोरै राजनीतिक दल निर्वाचित हुने हुँदा कुन दलले शासन चलाएकेा छ भनेर जनताले मुल्यांकन गर्ने अवस्था हुन्थ्यो तर समानुपातिक निर्वाचनपछिको सहमतीय सरकारमा त्यस्तो आग्रहले काम गर्दैन। कुन राजनीतिक दलले कुन मन्त्रालय चलाएको छ र कसले कस्तो काम गर्दैछ भनेर त जनता आफैँ मूल्यांकन गर्छन्। 
अहिले सुशील कोइरालालाई २०५१ सालको गिरिजाप्रसाद कोइरालाको अडानले छोएको देखिएको छ। त्यतिबेला गिरिजाबाबुले शक्तिशाली प्रधानमन्त्री हुने लालच नबोकेका भए, शक्ति र साधनको सही बाँडफाँट गरेर अघि बढेको भए न मध्यावधि निर्वाचनमा जानुपर्थ्यो न देश अहिलेको जस्तो दुर्दान्त अवस्थामै पुग्थ्यो। 
विसं २०४८ को निर्वाचनले गिरिजाप्रसाद कोइरालालाई जसरी मौका दिएको थियो ठीक त्यसैगरी २०७० सालको निर्वाचनले सुशील कोइरालालाई अवसर दिएको छ। उनले यस मौकाको सदुपयोग गर्छन् कि दुरुपयोग गर्छन त्यो हेर्न बाँकी नै छ। तर अहिलेको राजनीतिक व्यवस्था र निर्वाचन पद्धतिमा पनि कोइराला निरंकुश वा राम्रो शब्दमा सर्वशक्तिशाली प्रधानमन्त्री हुन खोज्दैछन् भने त्यो उनका लागि राजनीतिक आत्मघात हुनेछ। 
सरकारमै बस्न नेपाली कांग्रेसले नेकपा (एमाले) सँग अनुचित सम्झौता पनि गरेर जानुपर्छ भनेको चाहिँ होइन। तर्क के हो भने सहमतीय राजनीतिक प्रणाली अवलम्बन गरिएको हो भने खेल पनि त्यसैअनुरूप खेलिनुपर्छ। जनताले त्यसैगरी बझ्छन्। एमालेले भ्रष्ट छवि भएका व्यक्तिलाई गृहमन्त्रीका रूपमा पठाउँछ भने त्यो उसको समस्या हो, नेपाली कांग्रेसको होइन। उसले शक्तिशाली उपप्रधानमन्त्री पठाउँछ र हुनेवाला स्थानीय निर्वाचनमा कांग्रेसको अवस्था कमजोर तुल्याउँछ भनेर कसैले तर्क गर्छ भने उसले विगतका निर्वाचनको अध्ययन नगरेको ठहर्छ। किनभने निर्वाचन गराउनेहरूले धेरैपल्ट हावा खाएका छन्। वामदेव गौतमले २०५४ को स्थानीय निर्वाचनमा एमालेको पकड बलियो बनाएको अवस्थामा उनको छवि यति प्रष्टिसकेको थिएन। अब उनैको नेतृत्वमा एमाले सरकारमा आउँछ भने जनताले पनि उनको बदलिएको छवि र एमालेको व्यवहारअनुरूप निर्णय लिनेछन्। 
सुशील कोइरालाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी मन्त्रीलाई ठेगानमा राख्नसक्नु र उनीहरुलाई स्वच्छ र जनमुखी बनाउनसक्नु हो। नेपालको संविधानले अहिले पनि प्रधानमन्त्रीलाई निकै शक्तिशाली बनाएकैे छ। सरकारमा बसुन्जेल कुनै मन्त्रीले सही काम गरेन, कुनै मन्त्रालय प्रभावकारी भएन भनेर प्रधानमन्त्री निरीह बन्नुपर्ने अवस्था छैन। हो, प्रधानमन्त्री बन्ने व्यक्तिमा आत्मविश्वास भने चाहिन्छ। आफूअन्तर्गतका सबै मन्त्रीलाई सही तवरले काम गराउनसक्ने क्षमता हुनुपर्छ। 
कदाचित् एमालेका गृह मन्त्रीको गलत रवैयाकै कारण कोइरालाले राजीनामा दिनुपर्यो् भने उनको व्यक्तित्व अझ बढ्छ, पार्टीको साख झन् मजबुत हुन्छ। तर अहिले एमालेलाई गृह नदिएर अन्य दलको बलमा सरकारमा टिक्नुपर्यो, भने न त लोकतान्त्रिक संविधान बन्छ न देशले सही राजनीतिक बाटो पहिल्याउँछ। 
सुशील कोइरालाका लागि गिरिजाबाबुले छुट्टै प्रकारको राजनीतिक वातावरण सिर्जना गरेर गइदिएका छन्। हेर्नुछ, उनले आफ्ना दाजु र राजनीतिक गुरुले बनाएका पहेली समाधान गर्न सक्छन् कि सक्दैनन्?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस