हिजोको परिवेश र आजको वास्तविकताअन्तर्गतको छलफल शृंखलाको यो सातौँ पटक हो ‘समय प्रवाह’ को यो पेजमा। गत महिनाको निष्कर्ष थियो– मुलुक प्रोक्सी रुलतिर जाँदैछ। र, यस अवधिका अर्थराजनीतिक गतिविधिहरू र निस्केका सङ्केतहरू झन् प्रगाढ र प्रस्ट देखिएका छन्, प्रोक्सी रुलतिरको यात्रामा अगाडि बढेको। आज लेख्न बस्दा अनायास एउटा पुरानो हिन्दीको कहावत मेरो मनमा आयो। त्यो हो– ‘घडी का पता नहीं है लटक रहा है चेन।’ नेपालको यतिखेरको अवस्थासँगको यसको सन्दर्भ अथ्र्याउनु भन्दा अगाडि म दुइटा कुरा भन्न चाहन्छु।
पहिलो, कुनै पनि तन्त्रको या मन्त्रको शासन पद्धति होस् र कुनै पनि नेपाली चाहे त्यो आलङ्कारिक वा कार्यकारी राष्ट्रपति होस् या खाग पति, त्यो व्यक्ति मुलुकको संविधान, ऐन, कानुन भन्दा माथि र उसले गरेको निर्णयको ठीक या बेठीक निक्र्याेल कानुनबमोजिम कसैले या कुनै अङ्गले गर्ने अवस्था मुलुकमा छैन भने त्यो मलाई स्वीकार्य छैन। नेपाली हुनुको गर्व र जन्मसिद्ध अधिकार हो यो मेरो। त्यस्तो अवस्था भनेको राज्य सञ्चालनमा सन्तुलन र नियन्त्रण प्रणाली बिलकुल नभएको अवस्था हो। यसलाई ‘डिस्फङ्सनल एनार्की’ अर्थात् शिथिल अराजकता भन्न सकिन्छ। नियन्त्रण प्रणाली पूरै भत्काएर अराजक तानाशाह बन्ने यात्रा हो यो। हाम्रो प्रधानमन्त्री केपी ओली अहिले त्यो यात्रामा गइरहेका छन् राष्ट्रपतिसँगको ‘सङ्गठनात्मक साँठगाँठ’ र राज्यका अङ्गहरूमा संसद् छल्दै कब्जा गरेर।
फङ्सनल एनार्की पनि हुन्छ जहाँ भद्रगोलसँग सरकार चलेको हुन्छ, सत्ताधारीहरूले लुटेका हुन्छन् र सरकारले खास केही नगर्दा पनि आर्थिक वृद्धि राम्रैसँग भइरहेको हुन्छ। यसको विशेषता हो कानुन भन्दा माथि कोही पनि हुन सक्तैन त्यहाँ। यो शब्द हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा प्रसिद्ध अमेरिकी अर्थशास्त्री डा. ग्यालब्रेथले केनेडी राष्ट्रपति भएको बेला अमेरिकी राजदूत भएर भारतमा रहँदा भारतीय अवस्थाको वर्णन गर्ने क्रममा कुनै बेला प्रयोग गरेका थिए। भारतीय विद्वान्हरू भन्छन्– अहिले पनि ‘फङ्सनल एनार्की’ नै छ र चिन्ता गर्छन् कहिलेसम्म रहने यस्तो अवस्था भारतमा ? तर रमाइलो पक्ष के छ भने भारतीय मध्यम वर्ग जो जीवन्त र निर्णायक छ र यी विद्वान्हरू जो चिन्तित छन्, तिनीहरू नै आफ्नो स्वार्थ परिपूर्ति गर्ने बेला सरकारसँग मिलेमतो गर्छन्। तर यस विषयको छलफल होइन हाम्रो आजको। त्यसैले दोस्रो कुरामा लागौँ। त्यो हो छलफलमा प्रयोग गरिएका केही शब्दहरू विषय वा प्रसङ्गले अर्को अर्थ नलागोस् भनेर परिभाषित गरिएका छन्। ती हुन्– चुड्की अध्यादेश, भष्मासुर भेरिएन्ट, सन्तुलित, असन्तुलित र नियन्त्रित सन्तुलन।
चुड्की अध्यादेश
प्रधानमन्त्रीको अभद्रता, दुव्र्यवहार भ्रष्टाचार, बेइमानी, संसद् छल्ने दूषित नियत, संविधानले नदिएको अधिकार लिने प्रपञ्च, सत्तामा प्रभाव जमाउन गरिने संवैधानिक नियुक्तिका लागि गरिने संशोधन, सत्तामा आफू टिक्न असंवैधानिक निर्णय र मुलुकको स्वार्थको सौदाबाजीलगायतका विभिन्न राजनीतिक निर्णयका लागि राष्ट्रपतिसँग सङ्गठनात्मक मिलेमतोबाट तत्काल जारी हुने वा जारी भएका अध्यादेशलाई जनाउँछ। विगत दुई महिनाभित्र जारी भएका १२ अध्यादेशहरू अधिकांश चुड्की अध्यादेश छन्।
भष्मासुर भेरिएन्ट
कोरोना भाइरसले प्रोटिनको सुरक्षा कवचभित्र बसेर मानव शरीरभित्र छिरी हाम्रा कोषहरू ध्वस्त पार्न टिक्नका लागि म्युटेसन अर्थात् स्वरूप बदल्दै गएर निस्केको ट्रिपल भेरिएन्ट जस्तै सत्तामा टिक्नका लागि मुलुकको दीर्घकालीन हितको सौदाबाजी कोरेर मुलुकलाई नोक्सान पु¥याउन सत्ताको सुरक्षा कवचभित्र बसी स्वरूप बदल्दै जाँदा निस्केको नयाँ स्वरूप हो।
सन्तुलित
सुकुलगुन्डा अर्थतन्त्रको बनावटबाट अन्तको उपनिवेशवादी अर्थतन्त्रमा मुलुकलाई रूपान्तरण हुनबाट जोगाएर आफ्नो आन्तरिक तागत अभिवृद्धि गरी आर्थिकरूपमा मुलुक बाँच्न सक्ने अर्थतन्त्रको विकास र त्यसलाई टेवा दिने राजनीतिक पुँजी निर्माण गरेर आफ्नो मुलुकको हितका लागि आफँैले आर्थिक र राजनीतिक निर्णय गर्न सक्ने बाटोमा हिँडेको अवस्था।
असन्तुलित
ओरालोमा ब्रेक फुस्किएको साइकलको जस्तो अवस्थाबाट मुलुक गइरहेको र दुर्घटना हुँदा त्यसको असर वरिपरि पनि पर्न सक्ने। नियन्त्रण गुमेको र जुन बेला जे पनि हुन सक्ने अवस्था।
नियन्त्रित सन्तुलन
ठूलो र बलियो देशले सानो र कमजोर देशमा आफ्नो स्वार्थ लाद्ने र शोषण गर्ने प्रयोजनका लागि नियन्त्रणमा राख्न आफूलाई छोप्ने आवरणको पर्दा पछाडिबाट आफू नदेखिइकन आफ्ना चट्टाबट्टामार्फत आर्थिक र राजनीतिक निर्णयमा पकड जमाउने अभिप्रायले प्रयोग गर्ने सबै हत्कण्डाहरू र गरिने सबै काम जसअन्तर्गत ठूलो देशले सानो देशमा नियन्त्रण राखेर सन्तुलन कायम गर्न खोजेको अवस्था।
अब ‘घडी का पता नहीं है लटक रहा है चेन’ लाई हेरौँ। यो ब्रिटिस इन्डियाको वेलाको कहावत हो। ब्रिटिसले भारतलाई कोलोनी अर्थात् उपनिवेश बनाएर करिब २०० वर्ष राज गर्यो। यसलाई ‘ब्रिटिस–राज’ भनिन्छ। जम्बु दीपे भारत खण्डे भन्ने अर्कै कथा हो। साँच्ची नै भन्नुपर्दा ब्रिटिस आउनुअगाडि भारत भन्ने देश नै थिएन। थिए त्यहाँ करिब ६०० राजाहरू जो आआफ्नो क्षेत्रमा राज गर्थे। नेपाल स्वतन्त्र मुलुक थियो त्यतिबेला। ब्रिटिस आएका थिए त्यहाँ शोषण गर्न र धन कमाउन। र, रकम बेलायत लैजान। १९औँ शताब्दीको उपनिवेशवादी शोषणको उच्च अवस्था थियो। अहिलेको भारतमात्र होइन, पाकिस्तान र बङ्गलादेश पनि ब्रिटिस इन्डियाअन्तर्गत थिए। कसरी राज्य गर्ने यत्रो ठूलो भूभागमा ? मकौलीले योजना बनाए ब्रिटिस शिक्षामार्फत।
उनले परिकल्पना गरे एउटा यस्तो वर्गको जसले ब्रिटिसलाई हुबहु नक्कल गरोस् र त्यसमा गर्व गरोस्। त्यहीअनुरूपको शिक्षा दिइयो। यसअनुरूप आइसिएस अफिसर उत्पादन गर्यो ब्रिटिसले। यसरी त्यत्रो उपमहादेशमा राज गर्न सकेको कडी यही नै थियो– भारतीय यो वर्ग जसले भारतीय ब्रिटिस बनेर भारतमाथि ब्रिटिस मालिकको उपनिवेशवादी शोषणका लागि अत्यन्त राम्रोसँग काम गर्न सक्यो। यो विषयमा छलफल लामो हुन जान्छ। यो ‘इमिटेसन’ यस्तो विषय हो जसमा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट एक जना नेपाली प्राध्यापकले पनि विद्यावारिधि नै गरेका छन्। हाम्रो छलफलका लागि यतिमात्र बुझौँ कि यसरी तालिम पाएकाहरूले भारतीय नोकरशाही हाँकेका थिए। नेपालीले यो दास मानसिकताको तालिम कहिले लिन परेन किनकि हाम्रो मुलुक सधैं स्वतन्त्र भएर रहेको थियो। तर अंग्रेजी हाउभाउ र चालचलनको हामीकहाँ पनि मान्यता थियो। र, एक अर्थमा अहिले पनि छ जो आफूलाई माथिल्लो ठान्ने मानसिकतामा रमाउँछन्, अङ्ग्रेजी हाउभाउ समाजमा गर्न सक्दा।
दोस्रो विश्व युद्धको समाप्तिपछि धान्न नसक्ने कारणले गर्दा सन् १९४७ मा ब्रिटिसले भारतलाई आजादी दिएर गए। तर यो चलन अझै रह्यो। कलकत्तामा अझ बढी जहाँ ब्रिटिस सबभन्दा बढी राजकाज गरेर बसेका थिए। १९११ भन्दा अगाडि त ब्रिटिस इन्डियाको राजधानी नै थियो। पछि कस्तो अवस्था पनि देखियो भने घडी नभए पनि इज्जत राख्न चेन लट्काएर सडकमा घुमिरहेका मानिस हुन्थे। मान्छेको हैसियत गुम्यो, औकात रहेन तर भ्रम गएन। लडाइँ हारेको मान्छे कुनै चमत्कार भएर जित्छु कि भनेर अझै आशामा झुण्डिएको जस्तो अवस्था। त्यसपछि यो कहावत बन्यो– ‘घडी का पता नहीं है लटक रहा है चेन।’ यसमा अन्तर्निहित मर्म हो लथालिङ्ग भएको छ, हैसियत गुमिसक्यो तर पनि अझै दम्भ र अर्थहीन व्यवहार। यो कस्तो भ्रम ? कस्तो इन्द्रजाल ?
अब यसलाई हाम्रो सन्दर्भमा हेर्नु भन्दा अगाडि भारतीय बाबुहरूको ‘इमिटेसन युग’ मै फर्कौँ एकै छिन केबल नेपालसँगको सम्बन्धको बुनियाद हेर्न। ब्रिटिस इन्डियाको उपनिवेशवादी परराष्ट्र नीति जसअन्तर्गत नेपाल पनि परेको थियो त्यसलाई जीवन्त राख्न बाबुहरूले पसिना बगाएका थिए। त्यो काम उच्च दक्षतासँग गरेका कारण ‘स्टार अफ इन्डिया’ बाट सम्मानित गरिएका थिए सर गिरिजाशङ्कर बाजपेयी। उनलाई भारत स्वतन्त्र भएपछि नेहरूले जान दिएनन् र झन हुँदै नभएको सेक्रेटरी जनरलको पद सिर्जना गरेर ब्रिटिस इन्डियाको उपनिवेशवादी परराष्ट्र नीतिलाई निरन्तरता दिने कामको जिम्मा लगाए। र, यसमा थपे उनको असंलग्न परराष्ट्र नीतिलाई। यो विरोधाभाषपूर्ण थियो।
यो विरोधाभाषले गर्दा भारतको छिमेकी मुलुकहरूसँगको सम्बन्ध कहिले मिलान खाएन। कारण हो पहिलोबाट उपनिवेशवादी सोचको निरन्तरता र दोस्रोबाट आफूसरहकै स्वतन्त्र मुलुकको आन्तरिक मामलामा तटस्थ बस्नुपर्ने। भारतको सुरक्षा चासो बुझ्न सकिन्छ तर दक्षिण एसियाको पुरानो र कहिले उपनिवेश नबनेको आफूसरहको स्वतन्त्र मुलुक हो नेपाल भन्ने मर्म मानसिकरूपबाट भारतले अहिलेसम्म आत्मसात् गर्न सकेको छैन। जसको फलस्वरूप असन्तुलित रहँदै आएको छ सम्बन्ध। र, भारत माइक्रोम्यानेज गर्न सधैं उद्यत हुँदै आएको छ। यसबारे मैले ४० वर्षअगाडि विस्तृतरूपमा लेखेको थिएँ। र, यसबीचमा धेरै पटक लेखिसकेको छु।
यो कुरा अब त बिलकुल पर्दापछाडि लुकेको छैन। जगजाहेर छ। १९५० को सन्धिदेखि महाकालीसम्मका असमान सन्धिहरू होस् या त्यसपछि अहिलेसम्मका घटनाहरू होस्, ती सबले प्रष्टसँग बोलिरहेका छन्। माओवादी हुर्काएको कुरा होस् या १२ बुँदे समझदारी होस् या राजतन्त्र फालेको होस् या माओवादीलाई सत्तामा ल्याएको होस्, यी सबैमा भारतीय संलग्नता रहेको कुरा कार्यान्वयनमा संलग्न भारतीय कूटनीतिज्ञ र राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरू नै प्रामाणिकरूपमा बोलिरहेका छन् अब त। कतिपय भारतीय कूटनीतिज्ञको चासो भनेको अहिले ओलीकोमा जस्तो खुल्लमखुल्ला गर्नुभएन। जे गर्ने हो पर्दापछाडिबाट गर्नुप¥यो, छाप देखिनु भएन भन्नेमात्र हो। र, प्रजातन्त्रलाई छाडेर तानाशाही बाटोबाट ओलीलाई पात्र बनाएर गन्तव्य पुगिँदैन भन्ने आवाज यसै मेसोबाट आएको छ।
यहाँनेर प्रश्न आउँछ भारतको गन्तव्य के नेपालमा ? सन्तुलित, असन्तुलित वा नियन्त्रित सन्तुलन। यसको उत्तर खोज्नका लागि अहिले नेपालमा जुन विचित्रको अवस्था देखिएको छ त्यसलाई पहिले सर्सर्ती हेरौँ। कहीँ नभएको जात्रा भएको छ। आलङ्कारिक राष्ट्रपतिले सक्रिय राष्ट्रपतिको इमेज दिन खोजिरहेको जस्तो आभास छरिएको छ। शायद यस प्रयोजनका लागि हुन सक्छ कि राष्ट्रपतिले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले चियाउनै सक्तैन भन्नको मिथकका लागि। जुन निर्णयले यो भताभुङ्ग भएको छ, सारा गणतान्त्रिक संरचना त्यसबारे आफूकहाँ आएको मुद्दामा टुलटुल हेर्नेमात्र हो सर्वोच्चले भन्ने आशय जुन प्रधानमन्त्री र राष्ट्रपतिको छ, त्यो कुनै पनि चेतनशील नेपालीलाई स्वीकार हुन सक्दैन। सभामुख भन्छन्– प्रधानमन्त्री नियुक्त हुने ठाउँ प्रतिनिधिसभा मात्र हो।
आवाज सहरमा मात्र होइन, गाउँ र बस्तीबाट पनि मुस्लो बनेर उठिरहेको छ– सरकार बन्न सक्ने÷नसक्ने कुराको जाँच गर्ने केवल प्रतिनिधि सभाले मात्र हो, राष्ट्रपतिले होइन। प्रधानमन्त्रीसँगको ‘सङ्गठनात्मक साठगाँठ’ मा तय गरिएको र देखाइएको आलङ्कारिक राष्ट्रपतिको दायित्व निर्वाह गरेको यात्राबाट नयाँ सरकार बनाउने सांसद संख्या भन्दा बढी १४६ प्रतिनिधिसभाका सदस्यहरू उभिएपछि प्रधानमन्त्री ओलीलाई टिकाउन हठात बाटो बदलेर दूषित नियत परिपूर्तिका लागि खुलेर देखिएको निर्णयको स्वरूप मध्यरातको अँध्यारोले कसरी छोप्न सक्छ र ? यो निर्णय स्वरूपले गर्दा अहिले मुलुकको स्वरूप अँध्यारो भएको छ– मुलुक असन्तुलित छ। प्रधानमन्त्रीको राज्य गर्ने वैधानिकता गुमेको छ। सरकार अवैधानिक बनेको छ।
राजनीतिक ध्रुवीकरण चरमोत्कर्षमा छ। कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व लिने संस्थागत निर्णय नै गरेको छ। स्थिति वारपारको बनेको छ। मिलेमतोबाट संवैधानिक नियुक्ति गर्नुपर्यो भने संसद् विघटन गर्ने। अनि आफूलाई मिल्ने गरी अध्यादेशबाट ऐन संशोधन गरेर आफ्नो मान्छे नियुक्त गरी त्यो अङ्ग कब्जा गर्ने। अहिले हामी सबैले देखिरहेका छौँ, निर्वाचन आयोगको दशा। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अझै प्रधानमन्त्रीको आदेश लिने सामान्य प्रशासन मन्त्रालय सचिव नै रहेको मानसिकतामा छन्। आसेपासेलाई राजदूत बनाउन शैक्षिक योग्यतासम्म पनि स्नातक नचाहिने बनाए। यो कस्तो तमासा हो ? यस्तै छ हाल सबैतिर बाँडीचुँडी नियुक्तिको कथा र व्यथाहरूको। बजेट ल्याउनुपर्यो भने पनि संसद् विघटन गर्ने। त्यो पनि हरेकपल्ट लगातार। बिजनेस पार्टनरका लागि ऐन बदलिन्छन्। महामारीले मुलुकको अर्थतन्त्र चाउरिएका बेला स्विस बैंकमा नेपालीको रकम ४६ अर्ब काटिसक्यो– एकै वर्षमा करिव २३ अर्ब वृद्धि भएर।
अन्तलाई खुसी पारेर टिक्न जे पनि गर्ने ? चुरे समथल पार्ने होस् या संसद् विघटनको लगत्तै भोलिपल्ट नागरिकता अध्यादेश ल्याएर होस्। विगत तीन वर्षदेखि संसद्मा अड्काएर राखेका थिए ओलीजी आफैंले। कुनै हालतमा पास हुन नदिने भनेर कुर्लन्थे उनी। तर अहिले एउटा भष्मासुर भेरिएन्टलाई टिकाउन मुलुक नै जुवामा थापेजस्तो भएको छ। करोनाको यत्रो महामारी छ, सरकार लाचार छ। बाढी/पहिरोले यत्रो जनधनको क्षति मुलुकमा भएको छ, सरकार लाचार छ। कन्ट्रोभर्सी जन्माउन सक्यो भने सत्य कुरा पनि भासभुस पार्न सकिन्छ भन्ने उनको राजनीतिक जग छ। त्यसैले प्रधानमन्त्री भन्छन्– सरकारले बोलाएर ल्याएको हो र बाढी/पहिरो ? सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला सुनाउनेछ। सर्वोच्चले प्रतिनिधिसभा बिउँत्याए सरकार आन्दोलनमा जान्छ, भन्छन् प्रधानमन्त्री धम्क्याउँदै। कस्तो बेतुक र हल्काफुल्का कुरा ? यस्तो पनि शासन व्यवस्था हुन्छ कहीँ ? लोकतन्त्र रे ! गणतन्त्र रे !
अब फर्कौँ त्यो प्रश्नमा– भारतले के चाहेको यत्रो भद्रगोल गराएर ? के चाहेको हो– सन्तुलित, असन्तुलित वा नियन्त्रित सन्तुलन ? ठीक एक वर्षअगाडि प्रतिनिधिसभामा चुच्चे नक्सा पास हुँदा भारतलाई के अशोक स्तम्भबाट लिएको निशान चिह्नको बाघ बन्न खोजेको छिमेकीसँग भनेर ललकार्ने ओली सर्कसको बाघसरह लुरुलुरु अगाडि पछडि हिँड्ने अवस्थामा आइपुगेका छन् अहिले। चुच्चे नक्सा समेटिएको पाठ्यपुस्तक वितरणमा नै रोक लगाए। तक्मामा त्यो नक्सा छैन। कालापानी क्षेत्रको हाम्रो भूभागमा युद्धस्तरमा बाटो बनाइरहेको छ र त्यस्तै हाम्रो जमिन हडपिरहेको छ सबैतिर तर चु गर्न नसक्ने भएका छन् ओली। यसबारे हाम्रो राजदूत परराष्ट्रको निर्देशन छैन भन्छन्। यो हुन सकेको एउटै कारण हो तानाशाही ‘इमिटेड’ गर्दागर्दै चिप्लेका ओलीले गुमाए आन्तरिक तागत। बाहिरी ‘सपोर्ट सिस्टम’ मा टिक्न सके फेरि तङ्ग्रिएर टोपीबाट खरायो झिक्न सक्छु भन्ने उनको विश्वासले डोराएको हो। भष्मासुर भेरिएन्ट पहिचान भयो। त्यसपछि सामन्त गोयल पठाएर मध्यरातको ‘बालुवाटार डिल’ ले तय भएको यात्रा पछि ओलीजी चेन लट्काएर हिँड्ने अवस्थामा आइपुगे जुन हामी सबैले देखिरहेका छौँ। ओलीजीलाई साहसिक काम गर्न लगाइएको छ डन क्युहोटको जस्तो र सहायकमा स्यान्जोपाञ्जा जस्तै पात्र जोडिदिएको छ। इतिहासले जे देखाएको छ त्योअनुसार भन्दा सन्तुलित नेपाल भारतले देख्न सक्दैन। असन्तुलित नेपाल हुँदै गयो भने त्यसको असर यो क्षेत्रमा नै नराम्रोसँग पर्छ। नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडा बन्यो भने त्यसको असर नदीको पानी बगेर गएजस्तै गरी भारतमै पुग्छ। ब्रिटिसले बनाइदिएको भारतको सङ्घीयता कुनै बलियो छैन। वास्तवमा कमजोर छ त्यत्तिकै जति सोभियत सङ्घको थियो। अमेरिकाको जस्तो बलियो सङ्घीयता होइन जहाँ सबै १३ राज्य मुलुकसरह नै सक्षम थिए, संयुक्त राज्य अमेरिका बन्नुअगाडि। अन्यमा भारतले नेपालमा लिँदै आएको ‘नियन्त्रित सन्तुलन’ ले नेपाललाई हानि त प्रशस्त गरेकै छ तर भारतलाई पनि नोक्सान गरेको छ।
सिक्किममा धेरै नेपाली छन् तर नेपाल सिक्किम होइन। विश्व शक्ति बनेको इम्पेरियल ब्रिटेनसँग लडेको पुरानो देश हो यो। भोटसँग लडेको, चीनसँग पनि लडेको देश हो यो। आफ्नो स्वाभिमानमा बाँचेर आएको देश हो यो। नियन्त्रित सन्तुलनबाट नेपाल भुटान पनि बन्न सक्तैन जतिसुकै यहाँका एक्टरहरूलाई खेलाएर उसको आवश्यकताअनुसार तोडफोड वा जोडजाड गरे पनि। त्यसैले यो उपनिवेशवादी मानसिकताको नीति अवलम्बन गरेर नेपालमा सधैँ भद्रगोल गराएर न नेपालको, न भारतको हित सन्निहित छ। सन्तुलित नेपाल मात्र भारतको तागत हुन सक्छ। त्यसैले हेक्का रहोस्, त्यो लट्किएको चेन खाली छ। समय छैन त्यहाँ। र, समयले ठूलो सानो कसैलाई पर्खँदैन। खाली चेन लट्काउन विवश गराएर कसैको पनि हित हुँदैन। चेतना भया।
(अर्थ–राजनीतिक विश्लेषक)

कतिपय भारतीय कूटनीतिज्ञको चासो भनेको अहिले ओलीकोमा जस्तो खुल्लमखुल्ला गर्नुभएन। जे गर्ने हो पर्दापछाडिबाट गर्नुपर्यो, छाप देखिनु भएन भन्नेमात्र हो। र, प्रजातन्त्रलाई छाडेर तानाशाही बाटोबाट ओलीलाई पात्र बनाएर गन्तव्य पुगिँदैन भन्ने आवाज यसै मेसोबाट आएको छ।नक्कल गर्ने भारतीय बाबुहरूको प्रधानता भएको बेलामा सहरमा बेग्लै देखिएर प्रतिष्ठित हुन चाहने साधारण भारतीयहरूले पनि जे/जस्तो साधारण क्वालिटीको कपडाको भए पनि तीन पिसको सुट लागाउँथे। ब्रिटिसले सिकाइदिएको चलनअनुसार इस्टकोटको माथिल्लो खल्तीमा एउटा चेन अड्काइएको हुन्थ्यो र त्यो लामो चेन तल्लो खल्तीमा हुलेर घुसारिएको हुन्थ्यो एउटा गोलो घडीमा। र, फुत्त फुत्त घडी खल्तीबाट अलिकति झिकेर टाइम हेर्थे। यो एक प्रकारको ‘स्टेटस सिम्बोल’ जस्तो बनेको थियो त्यो इमिटेसन गर्न सकेर माथिल्लो वर्गमा पुगेको र पुग्न लालायित व्यक्तिहरूका लागि।