गहन निष्ठा र स्वयम्को आध्यात्मिक रुपान्तरणको विशिष्टताले महात्मा गान्धी र किसुनजीको जीवन डोरिएको छ। गान्धीका केही गुणहरुसँग मिल्ने र केही गुणहरुसँग ठ्याक्कै उल्टा देखिने नेपालका राजनेता किसुनजी हुन्। गान्धीजीलाई ‘महात्मा' ले विभूषित गरेझैं किसुनजीलाई नेपाली समाजले सन्त नेताको मानले विभूषित गरेको छ। नेपाली राजनीतिमा निष्ठा र श्रद्धाको राजनीति गरेकामा किसुजनीलाई नेपालको गान्धी पनि भन्ने गरिएको छ।गान्धीजी जस्तै किसुनजी पनि नेपाली राजनीतिमा अद्वितीय देखिन्छन्। भारतीय र नेपाली राजनीतिमा यी दुवैले जस्तो निष्ठाको राजनीति गर्ने अर्को व्यक्ति देखिँदैन। गान्धीजी र किसुनजीले साधारण जीवनमा त आकाशको फल मानिने आध्यात्मिक मान्यताको प्रयोगलाई कुटिल महत्वाकांक्षा र पैसाको खेल बन्दै गएको राजनीतिमा प्रतिस्थापित गर्ने प्रयास गरे र केही हदसम्म सफल पनि भए। यसैमा यिनीहरुको विशेषता लुकेको मैले देखेको छु।
लक्ष्यमात्रै पवित्र भनेर पुग्दैन र साधन पनि पवित्र हुनुपर्छ भन्ने मान्यता गान्धीजी र किसुनजी दुवैको थियो। अझ राजनीतिमा यो दार्शनिक पक्षका सहयोगीहरु खोज्न त झन गाह्रो छ। सत्य निष्ठा, सादगी र पारदर्शिता जस्ता दुर्लभ गुणलाई आफ्नो जीवनमा साहसिक प्रयोग गर्ने गान्धीजी र किसुनजी समाजमा पे्ररणाका स्रोत बन्न सकेको देखिन्छ। भारतको स्वतन्त्रता आन्दोलनमा गान्धीजीको विशिष्ट योगदान देखेका त्यस समयका राजनीतिक वृत्तका नेपाली युवाहरु पनि गान्धीजीबाट प्रभावित भएका थिए। किसुनजी, महेन्द्रनारायण निधि, तुलसी मेहर, प्रदीप गिरि, नरहरि आचार्य आदि नेपालका गान्धीवादी नेता हुन्।
गान्धीजी र किसुनजीले आफ्नो निष्ठा र ऊर्जाको स्रोत भगवत् गीतालाई मानेका छन्। पूर्व र पश्चिमका सबै दार्शनिक, अध्यात्मका अन्वेषकलाई विस्मयसागरमा डुबाउने उपनिषद्को सार मानिएको गीताको विशेष स्थान छ। गीतालाई माता भनेर सम्बोधन गर्ने गान्धीजी विषम द्वन्द्वमा त्यसको समाधान गीतामै पाउ“छु भन्थे। गीताकै आधारमा गान्धीजीले आफ्नो जीवन दर्शन विकसित गरेका थिए। यो समानता किसुनजीको जीवनमा पनि देखिन्छ। गीतालाई किसुनजी सर्वोपरि मान्नुहुन्थ्यो। किसुनजी प्रत्येक दिन गीता पाठ गर्नुहुन्थ्यो। उहाँलाई गीताका ७ सय श्लोक लगभग कण्ठस्थ थियो।
ओशोको गीताको व्याख्या पढेपछि धेरै पढिए पनि कमै बुझिने ग्रन्थ गीता रहेछ भन्ने मलाई बोध भयो। गान्धीजी, तिलक, राधाकृष्णन्, विनोवा, श्री अरविन्दको गीताको व्याख्या पढिसकेपछि ओशोको गीता व्याख्या अद्भूत र अत्यन्त उच्चकोटीको लाग्यो। मनुष्य चेतनाको विकास शृंखलामा ओशोको देन अद्वितीय छ। मानवीय चेतनामा क्रान्तिकारी परिवर्तन ल्याउने ओशोले गीतामाथि दिएको २२० अमृत प्रवचन छन्। ओशोको गीताको सरस व्याख्याले किसुनलाई खुब आह्लादित बनाउँथ्यो। किसुनजीलाई मैले ओशोका गीता दर्शनका ८ वटै पुस्तक उपहार दिएको थिएँ। किसुनजीसँगको भेटमा मलाई खुब घत लागेको प्रवचनांशको टेप उहाँलाई सुनाउ“थे। किसुनजी वाहवाह भन्नुहुन्थ्यो। यस्तो व्याख्या त मैले कल्पनै गरेको थिइनँ भन्नुहुन्थ्यो। ओशोप्रतिको उहाँको समादरले हाम्रो सम्बन्धमा अझ प्रगाढता ल्यायो। लगभग हरेक हप्ता या उहा“ तपोवन आउनुहुन्थ्यो या उहाँलाई भेट्न म जान्थेँ। राजनीतिक वृत्तमा ओशोलाई समादर गर्ने व्यक्तित्वहरुमध्ये किसुनजी अग्रणी हुन्। नेपाली कंाग्रेसका नेता सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधी पनि ओशोका अनन्य प्रेमी थिए। किसुनजीको जेल जीवनमा सूर्यप्रसादजीमार्फत ओशोका किताब पुग्थे। दर्शनलाई राम्रोस“ग बुझ्ने यी तीनै पुस्तक अनुरागी थिए। ४६ सालको ओशो पुस्तक प्रदर्शनीको उद्घाटनको निमन्त्रणा दिन जाँदा किसुनजीले ओशोको तत्कालीन नाम भगवान् रजनीशकै सम्बोधनबाट ओशोको नाम लिनुभयो। यस्ता स्थितप्रज्ञ महापुरुषलाई भविष्यमा भगवान् भनिने नै छ, त्यसैले म अहिले नै यही सम्बोधन प्रयोग गर्छु भन्दै उद्घाटनको सहमति दिँदा हामी सबै रजनीशप्रेमी आह्लादित भएका थियौं। त्यसपछिका दिनहरुमा मेरो आत्मीयता उहा“स“ग अझ बढ्यो। श्रीअरविन्द, शिवपुरीबाबा, रमण महर्षि, ओशो र तीर्थाटनबारे हामी घण्टौं बसेर सत्संग गर्थ्यौं।
ओशोले गान्धीजीको ठूलो प्रशंसा गर्नुभएको छ र त्यत्तिकै गहन आलेचना पनि। निष्ठाको राजनीति र सत्यको प्रयोगमा अडिग गान्धीजीका गुणहरुको ओशोले प्रशंसा गर्दै गान्धीजी जस्तो पुत्र पाउन पृथ्वीले हजारौं वर्ष तपस्या गर्नुपर्छ भन्नुभएको छ भने आधुनिक तकनिकीको प्रयोगको सट्टा पारम्परिक सिपको मात्रै प्रयोग गर्ने गान्धीजीको विचारको आलोचना त्यत्तिकै प्रवलरूपले गर्नुभएको छ।
अत्यन्त संयमित जीवन चर्या गान्धीजीको विशेषता हो। सत्याग्रहहरुमा धेरै अनसन गर्नुपरे पनि संयमित जीवनका कारणले गान्धीजीको हत्या हु“दा ७९ वर्षको उमेरमा पनि स्वस्थ, सक्रिय र फूर्तिलो नै हुनुहन्थ्यो। किसुनजी पनि बिहान ४ बजे नै उठ्ने, गीता पाठ गर्ने, आफ्नो लुगा आफँै धुने, साद्गी बस्ने गान्धीवादी जीवनचर्या भए पनि खानपानमा भने गान्धीजीको जस्तो संयम थिएन। सुरा सुन्दरीको प्रसंगमा उहा“ बारम्बार आलोच्य पनि बन्नुभयो।
विवाहित गान्धीजी ब्रह्मचर्य प्रयोगमा अडिग र अलिक हठी नै देखिनुहुन्थ्यो तर अविवाहित किसुनजीमा यस्तो पूर्वाग्रह थिएन। यो मामिलामा म किसुनजीको दृष्टि वैज्ञानिक र व्यावाहरिक मान्छु किनभने फ्रायडको मनोवैज्ञानिक सत्यस“ग उहाँ नजिक देखिनुहुन्छ। गान्धीजीको त्यो धारणा पुरातन र अवैज्ञानिक हो। पछिल्ला दिनहरुमा गान्धीजीलाई स्वप्नदोष हुन्थ्यो र कामवासनाले सताउँथ्यो र जीवनको उत्तरार्धमा युवतीहरुस“ग शयन गरेर कामवासनामाथि विजय पाउने तन्त्रको प्रयोगमा चेष्टारत रहनुभयो। किसुनजी र गान्धीजीमा अद्भूत मिल्ने गुण भनेको जीवनचर्याको पारदर्शिता हो। गान्धीजीले कुनै कुरा लुकाएर गर्नुभएन र किसुनजीले आफ्नो जीवन व्यवहार खुलेर सुनाउनुहुन्थ्यो, लोकाचारको डरले उहा“लाई विचलित र भयाक्रान्त पार्दैनथ्यो। त्यो अखण्ड नैतिक बल किसुनजीमा थियो। राजनीतिक व्यक्तिहरुमा यो दुर्लभ छ।
अर्को रोचक प्रसंग : बीपीलाई मोहनशमशेरले दोस्रो पटक जेलमा थुनेका थिए। जेलमा बीपीले अनशन थाल्नुभो। जेलबाट बीपीलाई छुटाउनका लागि राणा प्रधान मन्त्रीलाई दबाब दिन कलकत्ता आएका गान्धीजी भेट्न किसुनजी जानुभयो। गान्धीजीले चिठी लेखिदिए राणाहरुले बीपीलाई छोड्नेछन् र आफ्ना नेताको ज्यान बच्नेछ भन्ने आशय थियो यो भेटको। किसुनजी भन्नुहुन्थ्यो, जब म गान्धीजीलाई भेट्न कोठामा छिरें, मैले गान्धीजीको शिरवरिपरि चम्किलो आभामण्डल देखेँ। जगजग प्रकाश वलयमा चम्केको थियो गान्धीजीको शिर। सामान्य आँखाले देख्ने नसकिने त्यो आभा किसुनजीले देख्नुभएछ। गान्धीजीले चिठी लेखेको कुरा राणा जासुसहरुले नेपाल खबर गरेछन् र चिठी नपुग्दै बीपी छाडिए। गान्धीजीलाई धन्यवाद दिन गएका किसुनजीले गान्धीजीलाई भेट्दा फेरि उहा“को आभामण्डल देख्नुभएछ। गान्धीजी जस्तो व्यक्तिको शुद्ध र शक्तिशाली आभामण्डल हुनु अनौठो होइन तर किसनुजी जस्तो युवा राजनीतिक व्यक्तिले सहजरूपले नांगो आँखाले आभामण्डल देख्नु किसुनजीकै आध्यात्मिक उचाईलाई दर्शाउ“छ।
किसुनजीको अर्को विशिष्ट पक्ष ईश्वरप्रतिको अटुट आस्था हो। राजनीतिलाई आध्यात्मिक साधनाका रूपमा लिएको बताउनुहुन्थ्यो किसुनजी। जीवनका सबै व्यवहार, मानसिक र भावनात्मक रंग र मौसमहरु यही साधनाको सेरोफेरामा भएका हुन्थे किसुनजीका लागि। उहा“ले जीवनमा धेरै विशाद र धोका झेल्नुपर्योा। बारम्बार चुनाव हारेको पीडा, आफँैले हुर्काएको पार्टीबाट अलग्गिनुपरेको तीतो यथार्थका माझ पनि किसुनजी विचलित हुनुभएन्। यस्ता विषम परिस्थितिका माझ पनि किसुनजीले एकमात्र ईश्वरलाई आलम्बन मानी आफ्नो ब्रह्मसत्यमा अडिग हुनुभयो र उहाँको विनोदशैली कुनै परिस्थितिमा पनि कम भएन।
नेपाली जनता स्वतन्त्र नभएसम्म मेरो अन्तिम आध्यात्मिक मुक्तिलाई म थाँती राख्छु भनी निष्ठामा टिकेको राजनीतिमा अडिग रहनुभयो किसुनजी। ४६ सालको सफल जनआन्दोलनले कुपन्डोलको एक सानो चिसो कोठाबाट उहाँलाई बालुवाटारको प्रधान मन्त्री निवास पुर्यानयो। आन्दोलनको मर्म र उद्देश्य संविधान बनाउने मुख्यरूपमा रहे पनि विषम परिस्थितिबाट देशलाई डोर्यानउँदै एक वर्षभित्रै उच्चकोटीको संविधान बनाई सफल निष्पक्ष चुनाव सम्पन्न गराई निर्वाचित सरकारलाई शासन सुम्पिएर आफँै चुनाव हारेको पीडा पिएर आफ्नो छाता, सुराही र टीनको बाकस लिएर बालुवाटारबाट बाहिरिनुभयो। जनतालाई गरेको वाचा पूरा भएको र वनारस गएर बाँकी जीवन बिताउने इच्छा किसुनले व्यक्त गर्दा गणेशमानजीले शिशु प्रजातन्त्रलाई तपाईँले छोड्न पाउनुहुन्न, तपाईँको खाँचो देश र पार्टीलाई छ, नजानूस् भन्नुभएपछि किसुनजी रोकिनुभएछ।
शासकीय पद र प्रतिष्ठा मेरो मुक्तिको मार्गमा आइपरेका सिंढी मात्रै हुन्, गन्तव्य भने होइनन् भन्ने किसुनजीको अर्जुनदृष्टि आफ्नो मुक्ति र निर्वाणमा सधैँ केन्द्रित रह्यो तर मुक्ति पदका यी पथिकले हामी सबै नेपालीलाई स्वतन्त्रता/सुख दिन कुनै सम्झौता नगरी १४ वर्षको कठोर काराबास सह्यो र आफ्नो आस्थामा एक्लै भए पनि हिँडिराख्ने अदम्य नैतिक बलको उदाहरण छाडेर गयो। आज उहाँको महाप्रयाण दिवसमा उहाँको सजल स्मृतिलाई हार्दिक नमन।