कर्णाली टेक्नुअघि मैले कर्णालीमै केन्द्रित केही किताब पढेको थिएँ। बालकृष्ण पोखरेलको ‘सोधाइ र जवाफ', जनकलाल शर्माको ‘कौतुकमय डोल्पा' र शारदा शर्माको ‘भुइँफूलको देशमा'। पोखरेलको ‘सोधाइ र जवाफ' कथासंग्रहभित्रको ‘एउटा स्वर्गीय आकाशमा नारकी बादल' को प्रभाव मनभरि थियो।कथामा सेनाले जुम्लाको रिमी गाउँमा गरेको अत्याचारविरुद्ध एक बंगाली युवक अजोय बोस त्यही अनकण्टार गाउँमा बसेर प्रायश्चित गर्ने प्रण गर्छ। जुम्ला एयरपोर्टमा विमान उत्रनेबित्तिकै मैले त्यस गाउँबारे सोधेको थिएँ। अहिले त्यो डोल्पामा पर्छ रे।
जुम्ला बजारमा हिपटाइट जिन्समा साकिराजस्तै कम्मर मर्काउँदै हिँड्ने युवतीहरू मस्तै देखिन्थे। जुम्ला बहुमुखी क्याम्पस र कर्णाली प्राविधिक शिक्षालय (केट्टिस) का छात्रछात्रा काठमाडौँमा जस्तै दिउसै अँगालो मारेर हिँडिरहेका हुन्थे। साँझ अँध्यारो भइसकेपछि ठिटाठिटी जोडी बनेर हिँडेका दृश्य पनि सामान्य थियो। खेतमा काम गर्ने महिलामात्र हुन्थे। कहाँसम्म भने गोरुको पुच्छर निमोठ्दै दाइँ गर्ने र ढुंगा चिठेर पर्खाल लगाउने काममा समेत महिला नै लागेका भेटिन्थे। बजारभरि मदिरा र मासुका आधुनिक भट्टी देखिन्थे। धान काटेपछि बाँझो राखिएको जमिनमा केटाकेटी र किशोरहरू फुटबल खेलिरहेका हुन्थे। उत्तेजनामा ती काठमाडौँका जंकीले जस्तै स्वादले अश्लील भाषा बोल्थे। बजारको मुटु अस्पताल रोडको किनारामै फुटबल लिग चलिरहेको थियो। दर्शकदीर्घाको अभावमा मानिस छानाछानामा अटेसमटेस र जाम हुने गरी सडकमा उभिएर प्रतियोगिता हेरिरहेका हुन्थे। जुम्ला बजारमा चार दिन बस्दा सांग्रिला एसोसिएसनको चाँजोमा प्रत्येक बिहान बजारवरिपरिका गाउँ मालाभिड, कार्तिकस्वामी, बुर्थाबाडामा स्थानीय बासिन्दाका घरमा कोदाको रोटी, उसिनेको आलु, टिम्मुर राखेको नुनखुर्सानी, अर्गानिक ओखर, स्याउ, घिउ, मह र आलु–चोतोको तरकारी खाजाका रूपमा दिइन्थ्यो। रेसा, खनिज र भिटामिन झिकिएको सेतो चामलको मोहमा स्थानीय बासिन्दाले यस्तो प्राकृतिक खाद्य बिर्सँदै गएका थिए। जुम्ला बजारमा रहुन्जेल पोखरेलको कथामा व्यक्त भएजस्तो आदिम अत्याचारले थिचिएको समाजको छायाँ कतै भेटिएन। बरु त्यहाँ संसारमै एकरूपताको तस्बिर खिच्दै हिँडेको भूमण्डलीकरण र पुँजीवादको छायाँ यत्रतत्र देखिन्थ्यो।
भिरमा जिन्दगी
सहरबजारतिर महिला र पुरुषको चेतनास्तर, जीवनशैली र निर्भिकताको दूरी साँगुरिँदैछ। कर्णालीमा भने सानैदेखि त्यो दूरी प्रस्ट देख्न सकिन्छ। जुम्ला बजारबाट डाँफेलेक, खाली हुँदै छिटो हिँड्दा सात घण्टा लाग्ने नेउरीगाढ पुग्नै लाग्दा धाराछेउमा खेलिरहेका दुई बालक र पानी थापिरहेकी एक किशोरी भेटिए। फोटो लिन खोज्दा बालकहरू तुरुन्त तयार भए। तिनकी दिदी भने लाजले पानी थाप्न छाडेर धाराको ढुंगे पिलरको छेको लागेर बाहिर आउनै मानिनन्। अलि पर भिर बाटोमा चार बालक ठिंग उभिरहेका थिए। ‘हामी रेस्लिङ खेल्न लाका, लौ फुटो खिच्नुस्', बालकै भए पनि तिनले आफ्नो पौरुष यसरी दर्शाए। नेपालगन्जबाट हवाईजहाजमा जुम्लातिर आउँदा दैलेख, कालीकोट र जुम्लाका पट्यारलाग्दा अग्ला हिमाली पठार देखिन्थे। त्यहाँको कठिन जनजीवनको सहजै अनुमान गर्न सकिन्थ्यो। जुम्ला बजार छाडेर आएपछि त्यस्ता अग्ला न अग्ला पहाड अनि गहिरा न गहिरा खोल्सा त कति हुन् कति! नेउरीगाढको झोलुंगे पुलबाट दक्षिण फर्केको गगनचुम्बी पहाडतिर क्यामराले जुम गर्दा ठाडो टुप्पामा घाँस काटिरहेका तीन महिला देखिए। कस्तो कहालीलाग्दो जीवन! चौथा, न्युरोड, भुलभुलेपछि आइपुग्यो घुच्चीको लेक। यही लेक जुम्ला र मुगुको सदरमुकाम। उत्तर–पश्चिम उकालो जंगल रारा जाने बाटो। सोझै उत्तर भिरालो लाग्दा आरुगाढा, रैसुडा, पोटिला, पिना, भामबाडा, गमगढी पुगिने। हामी गमगढीतिर ओरालो लाग्यौँ। बाटो कति भिरालो भने हिँड्दा खुट्टाले होइन, टाउकाले टेकिएलाजस्तो। त्यसमाथि बाटैभरि गुच्चाजस्ता गोला ठूल्ठूला गिर्खे ढुंगा। चिप्लेर कुनै पनि बेला खुट्टा ठनक्कै होला भन्ने डर। छेउतिर चिप्लिए छंगाछुर भिरबाट सोझै गडगडाउँदै बगिरहेको मुगु कर्णालीको शरणमा परिन्थ्यो। आरुगाढा पुग्नै लाग्दा मुगु कर्णालीको सोझै माथि पाखाको थाप्लामा दुई युवती लहलहाउँदो घाँस काटिरहेका थिए। ती नन्द–भाउजू थिए। नजिक गएर हेर्दा कहालिएर आफैँ कर्णालीको शरणमा पुगिएलाजस्तो। ‘यस्तो भिरमा किन जानुहुन्छ दिदी?' तिनलाई सोधियो। पतिले छाडेर माइत बसिरहेकी नन्द जमनी रावलको जबाफ आयो, ‘मुगाली आइमाईलाई ज्यानको के माया हजूर!' कर्णालीबासी महिलाको विडम्बना झल्काउने यो त्यस्तो मर्मभेदी जबाफ थियो जसले हामीजस्ता सहरको सुविधामा बस्ने सारा मानिसको अभिमानलाई धुजाधुजा पारिदिन्थ्यो।
अगम्य एकान्त
रैसुडाको हिमाली उत्तिसको घारीले घेरिएको पानीघट्टनजिकै खेतमा चार बालबालिका कोदाको नल चपाइरहेका थिए। हाम्रो जिज्ञासामा तिनले भने, ‘यो हुखु (ऊखु) जस्तै घुलियो हुन्छ। भोक लाग्दा हामी त यही खान्या हुम्।' पिना गाविसपछि गमगढी पुग्नै लाग्दा आउँछ भामबाडा। जुम्ला बजार छाडेपछि यति सुखद र सुन्दर दृश्य कहीँ देखिएको थिएन। त्यहाँ पाँगोले छापेको हरेक घरका छानामा पहेँलपुर धानका बिस्कुन र कोदाको पुष्ट कुन्यु देखिन्थे। कति घरका छानामा केटाकेटी फुटबल खेलिरहेका हुन्थे। खेत र चौरभरि घोडा, गाईवस्तु चरिरहेका दृश्य अझ रमाइलो लाग्थ्यो। भामबाडाको उर्बर जमिनमा राख्न नदिई डाँडाको थाप्लोमा सदरमुकाम बसाउन लगाएर त्यहाँका बासिन्दाले राम्रै गरेछन्। गमगढीबाट चार घण्टा उकालो रारा राष्ट्रिय निकुञ्जको बाटो हिँड्दा जंगलको माझबाट दक्षिणतिर जमिनभन्दा तल समस्थलीमा चाँदीजस्तो सेताम्मे बादल लागेको अनुपम दृश्य देखियो। पर पुग्दा थाहा भयो, त्यही रारा ताल रहेछ। राराको सौन्दर्यबारे गरिएका बखानहरू कृत्रिम लाग्छन् किनभने त्यसको असली वर्णन गर्न शब्द काफी छैनन्। घामको कोणअनुसारै राराको पानीका रंगहरू फरक–फरक देखिन्छन्। किनारमा सँग्लो, अलिपर सुनौलो, त्यसभन्दा पर हरियो, अलिपर नीलो, त्यसभन्दा उता इन्दे्रणी र त्यसभन्दा पर सेतो छाल जोडजोडले ओहोरदोहोर गरिरहेका हुन्छन्। तीन किमि चौँडाइ र पाँच किमि लम्बाइ भएको राराको फेरो लगाउन हामीलाई मात्र सवा तीन घण्टा लाग्यो।
भोलिपल्ट पुग्नु थियो सिञ्जाको गोठीज्युला। राराबाट दक्षिण–पश्चिम माझघट्टको बाटो हुँदै लागियो चुचामारेको अच्चकाली जंगली उकालो। यहाँबाट उता कतै बिजुली छैन। मोबाइल र क्यामेराको चार्ज सकिन्छ। सबै कुरा दिमाग र हृदयमै टेप गरिराख्नुपर्ने। हिमाली रसानयुक्त कालीमाटी र पाँगोको खुड्किलायुक्त बाटो, बाटैभरि देवदारुका बडाबडा रूखहरू लडेर तेर्सिँदा त्यसैमाथि हिँड्नुपर्ने। उक्लँदाउक्लँदा बल्ल लेकको थाप्लो देखिन्छ। उकालो सकियो होला भन्ने अनुमानले त्यतिखेर फेल खान्छ जब थाप्लोमा पुग्दा फेरि अर्को थाप्लो देखिन्छ। यस्ता थाप्ला कति हुन् कति। जोडले हिँड्दा बल्ल पाँच घन्टामा चुचामारेको लेक सकिन्छ। उत्तरतिर समउचाइमा हातैले भेटिएलाजस्तो राराताल आँगनजस्तै फैलेको देखिन्छ। उत्तरतिर चंखेली हिमाल र राराको लोभलाग्दो प्रकृति अनि दक्षिणतिर चिसो लेकबाहेक मान्छेको चहलपहल कतै देखिन्न। थाप्लैथाप्लो आधा घण्टा हिँडेपछि आउँछ ठाडो ओरालो बाटो। अघि उकालो उक्लेको ऋण अब टाउकाले टेकिएलाजस्तो ठाडो ओरालो ओर्लेर तिनुपर्छ। तीन घन्टा ठाडो ओरालो ओर्लेपछि बल्ल चिसो न चिसो गैरीमा आइपुग्यो गोर्सेना। त्यहाँ बस्तीका नाममा काठले बारेको एउटामात्र एकतले घर थियो। ६९ वर्षका झैँ लाग्ने ३९ वर्षे जयलाल रावल राडीपाखी बुनिरहेका थिए। सिञ्जाबाट बिरलै यता आउने यात्रीलाई उनी खाना बनाएर खुवाउँदा रहेछन्। ‘बर्खा र हिउँ पर्ने बेला त मान्छेको अनुहार देख्नै कम्तीमा महिना दिन कुनुपर्छ हजुर!' उनले भने। पश्चिमतिर अग्लो न अग्लो चट्टाने पहाड, पूर्वतिर अन्धमुष्टि जंगल। यस्तो अगम्य एकान्तमा एक्लैएक्लै कसरी जयलालको जिन्दगीको गाडी गुडिरहेको होला? सायद त्यो गुडिरहेकै थिएन।