एक जना ओझा थरका पश्चिमतिरका सरकारी कर्मचारी थिए। उनी गृह मन्त्रालयमा उच्च पदसम्म पुगे। साह्रै भद्र, भलादमी र नैतिक। जिन्दगीमा कहिल्यै तलबभन्दा एक पैसा बढी कमाउने कोसिस गरेनन्। आफ्ना छोराछोरीलाई उनले सरकारी विद्यालयमा पढाए।जब उनी सरकारी सेवाबाट निवृत्त भए त्यसबेला उनीसँग जीवन गुजारा गर्न पेन्सनबाहेक अन्य स्रोत थिएन। काठमाडौंमा घर बनाउन नसकेर डेरामा बसेका थिए। उनले जीवनको उत्तरार्द्धमा साह्रै दुःख पाए। बुढेसकाल चरम आर्थिक अभावमा गुजि्रयो। उनीसँगैका सहकर्मीले त्यही सरकारी जागिरबाट काठमाडौंमा दुईचारवटा घर बनाए, छोराछोरीलाई विदेशमा पढाए र समाजमा स्थापित भएर बाँचे। अहिले कसैले पनि ती ओझा थरका कर्मचारीलाई सम्झेका छैनन्, न त तिनका आदर्शमा बाँच्ने प्रण कसैले गरेका होलान्। जसले ती आदर्शमा बाँच्ने प्रण गर्छन् तिनले भविष्यको अन्धकार पनि स्वीकार गर्नुपर्छ। एउटा रोगी, उपेक्षित, गरिबीसहितको त्रासद अन्त्यका लागि तयार हुनुपर्ने अवस्था छ। अनि सरकारी कर्मचारी निष्ठावान, नैतिक र राष्ट्र सेवक होउन् भन्ने कल्पना कसरी गर्न सकिन्छ?
तर वनमन्त्री महेश आचार्यले कसरी हो कुन्नि सरकारी कर्मचारी सधैँ नैतिक बन्न चाहन्छन् र तिनलाई राष्ट्रको घाउ दुख्छ भन्ने कल्पना गरेछन् । उनको विचारमा पुराना सरकारी कर्मचारीले समयमा सही काम नगर्नाले अर्थात् चुरे पर्वतमालाको दोहन गर्ने छुट दिनाले अहिले पछुतो मानेका छन्। त्यसैले आफ्नो मन्त्रालयका सचिव तथा सहसचिवहरूलाई आचार्यले भनेछन् समयमै जवाफदेही र उत्तरादायी बन्नुपर्छ, पछि पश्चाताप गरेर केही फाइदा हुन्न। तर पुराना गलत निर्णय लिने वा कर्तव्य निर्वाह नगर्ने कर्मचारीलाई मन्त्री आचार्यले ठानेजस्तो कुनैपनि प्रकारको पश्चाताप भएको छैन होला। किनभने उनीहरूलाई आफूले गरेको कार्यको परिणाम पहिल्यै थाहा थियो। कुनै पनि निर्णय गर्दा कसैले थुप्रै पैसा बित्थैमा दिन्छ भने प्रकारान्तरमा त्यसको गलत असर हुन्छ भन्ने भेउ सबैलाई हुन्छ। बरु उनीहरूलाई पश्चाताप चाहिं किन अझै धेरै पैसा कमाउन सकिएन, किन हरेक निर्णयमा पैसा झर्ने स्थानमा अझ धेरै अडिन सकिन वा किन कुनै अमुक व्यापारीसँग साझेदारीमा काम गर्न सकिएन भन्ने पो होला त। आफूले गलत निर्णय गरेर नेपालको वातावरण विनाश भयो, नेपाल मरुभूमिकरण हुनथाल्यो वा भविष्यका सन्ततिका लागि तराई उर्बर कृषि भूमि नहुने भयो भन्नेमा कुनै दुःख वा पीडा कमै भएको होला। अझ छैन नै होला।
चुरे दोहन अहिले एउटा ज्वलन्त उदाहरणमात्र हो। नेपालका धेरै सरकारी कर्मचारी कुनै पनि रूपमा राष्ट्रहितका लागि कामगर्न तत्पर छैनन्। अधिकांश कर्मचारी कसरी भन्सार, कर, मालपोत, वैदेशिक रोजगारआदि स्थानमा सरुवा मिलाएर जाने भन्ने ध्याउन्नमा हुन्छन्। सबैलाई सकभर राष्ट्र दोहनको ‘लाइसेन्स' चाहिएको छ। कुनै ठूलो काम गरेर एकैपल्ट करोडौँ कमाउने र जागिरे जीवन सकिएपछि वैभवपूर्ण जीवन गुजार्नु परेको छ। आफूले गरेका निर्णय र कानुन कार्यान्वयनमा चुकेका कारणले देश कसरी आक्रान्त भयो र देशको विकास किन हुन सकेन भन्नेमा कसैको ध्यान बिरलै गएको होला।
जुनबेला महेश आचार्य कर्मचारीलाई असल कर्म गर्न सुझाव दिँंदै थिए त्यसबेला सायद धेरै कर्मचारी मन्त्रीकै आस्था र निष्ठामा मनमनै प्रश्न गर्दै थिए होलान्। फेरि त्यस्तो प्रश्न आफँैमा गलत पनि नहोला। आचार्य एक जनाको गलत कामको लामो फेहरिस्त नहोला तर हाम्रा राजनीतिक नेता र मन्त्रीहरूको विगतले त भ्रष्टाचारको ठूलै ढड्डा जम्मा पारेको छ। जनतालाई दुःख दिएर पैसा कमाउने र कलम घुमाउँदा मोटै रकम झर्ने स्थानमा नेताहरूले सही मानिस पठाउने हो भने कर्मचारीलाई धेरै नैतिकताको उपदेश दिने जरुरतै पर्दैन। कर्मचारीलाई भ्रष्ट र अनैतिक बनाउन राजनीतिक नेताहरूनै बढी जिम्मेवार छन्। नेताका आफ्ना मान्छेलाई आम्दानी हुने, राम्रा स्थानमा सरुवा गर्नुपर्ने, नेतालाई खर्च चाहिने र कर्मचारीलाई राजनीतिक दलको कार्यकर्ताजस्तो व्यवहार गर्ने संस्कारमा सुधार नआउन्जेल आध्यात्मिक प्रवचनले मात्र राष्ट्र दोहनको कार्यबाट नेपाली कर्मचारीतन्त्र विमुख हुने अवस्था देखिँदैन।
अहिलेको महंगीका अवस्थामा साधारणरूपमा केही कमाएका कर्मचारीका लागि समेत अवकाशप्राप्त जिन्दगी अत्यधिक कठिन हुनथालेको छ। खुट्टा लागेका छोराछोरी सकभर बूढा बाबुआमाको हेरविचार गर्नु नपरोस् भन्ने चाहन्छन्। अर्थात्, अब छोराछोरीलाई घर, जग्गा दिएर पनि बूढाबुढी अन्तिम अवस्थामा एक्लो पर्ने, उपचारबाट विमुख हुनुपर्ने र कसैको सहारा नपाउने अवस्थामा आइसकेको छ।
विराटनगरका एक सुब्बा सरहको पदमा कार्यरत भूतपुर्व कर्मचारीले ठीकै कमाए। घरबार जोडे, छोराहरूलाई पढाए, खुट्टा टेकाए। अहिले जीवनको उत्तरार्द्धमा आईपुगेका उनलाई हेर्ने कोही छैन। उनलाई हलचल गर्न नसकिने रोगले गाँजेको छ। आफूसँग भएको ५० हजार रुपैयाँ उपचारका लागि लगाइसके। अब छोरासँग पनि बाउका लागि खर्च गर्ने पैसा छैन। छोराको आफ्नै परिवारको अरू नै ठूला समस्या छन्। बिरामी बाबु छोराको दयामा बाँचेका छन्।
गरिबीले गाँजेको नेपालमा सबै बूढाबुढीको अवस्था करिबकरिब उस्तै हो। जसले समयमै पैसा कमायो, उसको हालत अलि राम्रो होला अरूको त्यस्तै हो। त्यसैले सरकारी कर्मचारीको मात्र ध्यान पुर्यााउनु देशको जिम्मेवारी होइन भन्ने तर्क व्यावहारिक र स्वाभाविक पनि सुनिन्छ। तर यो तर्क आफैँमा सही किन होइन भने सरकारी कर्मचारी इमानदार, कर्तव्यनिष्ठ र नैतिक भएनन् भने तिनले एक लाख कमाउन देशको करोडौंको नोक्सान पुर्यारउन सक्छन्। चुरे दोहनको इजाजत होस्, उड्डयन सुरक्षामा हेलचेक्य्राइँका विषय हुन्, स्तरहीन डाक्टर उत्पादन गर्ने कुरा होस्, राजस्व मार्ने उपाय होस् वा अन्य विषय सबैमा कर्मचारीको थोरै आर्थिक लाभको लोभका कारण देशले अर्बौं नोक्सान सहनु परेको छ, लाखौंको ज्यान व्यर्थमा गुम्ने अवस्था आएको छ। सरकारी कर्मचारीलाई अवकाशप्राप्त जीवन बिताउन धेरै समस्या नआउने हो भने तिनले देशको विकास र निर्माण कार्यमा अलि बढी नैतिकता देखाउँछन्। हुनत, तलब र सुविधा बढी हुँदैमा अनैतिक मान्छेले भ्रष्टाचार नगर्ने भन्ने चाहिँ होइन। भ्रष्टाचार त जापान, अमेरिकाजस्ता देशमा पनि भएका देखिन्छन्। तर ती देशका कर्मचारी नेपालका सरकारी कर्मचारीभन्दा धेरै गुना देश र जनताप्रति उत्तरदायी छन्। त्यसको एउटा कारण अवकाशप्राप्त जीवनको सुरक्षा पनि हो।
त्यसैले जबसम्म सरकारी कर्मचारीका लागि जीवन निर्वाह लायक तलब र अवकाशपश्चात उपचार तथा जीवन निर्वाह गर्नपुग्ने न्यूनतम सुविधाको प्रत्याभूति हुँदैन तबसम्म देशलाई करोडौं घाटा पर्ने भएपनि कोही संवेदनशील हुनेछैनन्। हुनत, अहिले छोरा छोरी पढाउन र परिवार चलाउन केही तलबै बढाउनु पर्ने देखिन्छ। तर कर्मचारीको तलब मात्र बढाएर यो समस्याको समाधान हुने चाहिँ होइन। औषधि उपचारका लागि स्वास्थ्य बिमा, सरकारीमात्र होइन सबै क्षेत्रका जागिरेले सामाजिक सुरक्षाका लागि अनिवार्य रकम जम्मा गर्नुपर्ने व्यवस्था र एउटा उमेर पुगका सबैलाई बीमाजस्ता व्यवस्था गर्नुपर्छ। कुनै भ्रष्टाचार आरोप नपरेको अवस्थामा देशले स्तर हेरी सस्तो आवास दिलाउने, उपचार गर्ने, भत्ता दिने कार्य गर्नुपर्छ। अहिले सेवा निवृत्त व्यक्तिको जीवन धेरै कष्टकर भएन भने भोलि अवकाशपछिको डरले धेरैले मन लागि नलागि भ्रष्टाचार र देश दोहनको कार्यमा लाग्नु पर्दैन। धेरै व्यक्ति त्यस्ता कार्यमा लाग्न पनि चाहँदैनन्। होइन भने आफूले गरेको निर्णयमा पछि पश्चाताप गर्नुपर्ला भनेर अहिले भ्रष्टाचार र देश डुबाउन कोही हच्केलान् भन्ने विश्वास गर्न सकिन्न।