अस्ति भर्खरै हो उनी सर्व शक्तिमान थिए। त्यस बेलाका शासकले शासन सत्ता आफ्नो हातमा लिएको घोषणालाई खारेज गर्ने शक्ति थियो उनमा। उनको आज्ञाबिना नेपालमा एउटा पात पनि हल्लन नसक्ने अवस्था थियो।प्रचण्ड शक्तिका जाज्वल्यमान ती व्यक्ति जहाँ गए पनि उनलाई हेर्नेको भिड लाग्यो। राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चार माध्यम उनको जीवनी र गतिविधिको एक झल्को प्रकाशन, प्रसारण गर्न लालायित बन्यो। लोकतन्त्र स्थापनका लागि छ, सात दशक लडेका राजनीतिक शक्तिभन्दा एक दशक सशस्त्र संघर्ष गरेको उनको दल बढी सुदृढ र लोकप्रिय देखियो। स्वर्गीय गिरिजाप्रसाद कोइरालाजस्ता खप्पिस राजनीतिक खेलाडीले गराएको संविधान सभाको निर्वाचनमा पुष्पकमल दाहाल ‘ प्रचण्ड'को दल सबैभन्दा ठूलो आकारमा उदायो। एनेकपा (माओवादी) सरकारमा आयो र विजयको डंका फुक्यो। अब यो देशमा अर्को चालीस वर्ष उनकै दलको शासन रहने उद्घोष गरियो, धेरैले पत्याए। तर शान्ति प्रक्रियामा प्रवेश गरेको र सरकारमा आएको एक दशक नपुग्दै प्रचण्ड पथका प्रवर्तक आफै बाटो हराएर किंकर्तव्य विमूढ अवस्थामा आइपुगेका छन्।
डाक्टर र वैद्य दुवैको ओखती एकैपल्ट गर्न खोजेका हुनाले पनि प्रचण्डको अवस्था बिग्रँदै गएको हो। प्रचण्डको रोगनै डाक्टर र वैद्य दुवैभन्दा जान्ने र प्रभुत्वशाली हुनुपर्ने बाध्यता हो। एमाओवादीको सशस्त्र राजनीतिक प्रस्थान विन्दुदेखिनै दाहालले डाक्टर र वैद्यलाई दुई विपरीत ध्रुवमा राखेर आफूले शक्ति प्रयोग गरे। यी दुई विपरीत धु्रवीय शक्ति केन्द्रलाई सन्तुलनमा राखेर लामो समयसम्म शक्ति केन्द्रमा अडिन सफल पनि भए। तर वैद्यले छुट्टै दल खोलेर अंशबन्डा गरिसकेपछि भने दाहाललाई एमाओवादीभित्रै शक्ति सन्तुलन मिलाउन अप्ठेरो अवस्था आइपुगेको छ। डाक्टरको प्रतिस्पर्धामा देखिएको अर्को शक्तिकेन्द्रको प्रकाश त्यति चम्किलो भएन र चम्किलो हुन सकेको अवस्थामा पनि दाहाललाई दलको नारायणकाजी श्रेष्ठको समूह तयार होला नहोला प्रष्ट भएन। त्यसैले दाहाल पुनः आफ्ना राजनीतिक गुरु मोहन वैद्य ‘किरण'सँग हात मिलाउन पुगेका हुन्।
वैद्यले उनलाई स्वीकार्छन वा स्वीकार्दैनन्? स्वीकार्दा पनि कुन रूपमा स्वीकार गर्लान् त्यो विकास क्रम हेर्न बाँकी नै छ। यस लेखको उद्देश्य चाहिँ किन पुष्पकमल दाहालले अहिले नेकपा–माओवादीसँग मिल्न जानु हुँदैन भन्ने तर्क प्रस्तुत गर्नु हो। उनले लिनसक्ने गलत राजनीतिक निर्णयले देश र जनताको हित गर्दैन र यो कदममा अघि बढे भने उनको समेत अन्त्य अवश्यम्भावी छ भन्ने बुझाउनु हो। पुष्पकमल दाहालको राजनीतिक विचारसँग स्पष्ट रूपमा विमती राख्ने व्यक्ति वा समूहको विचारले उनलाई सजिलै प्रभावित नपार्ने स्पष्ट छ। यस्ता लेख र तर्क उनलाई पुँजीवादी शक्तिले चलाएको पाखण्डपूर्ण दलाली र पूर्वाग्रही प्रचारवाजी लाग्न सक्छ। तथापि प्रचण्डले जीवनको पूवार्द्धमा नेपाली सेनाको जागिर नखाएर कम्युनिस्ट नेता बन्नलिएको अठोटले देशलाई जसरी धेरै नकारात्मक र थोरैमात्र सकारात्मक असर पार्योन त्यसैगरी अहिले फेरि जीवनको उत्तरार्द्धमा उनले लिन लागेको वा लिनसक्ने निर्णयले देशलाई असुरक्षा, अव्यवस्था र विवेकहीनताको अवस्थामा पुर्या उन सक्ने परिस्थिति निर्माण भएको छ। त्यसो हुनाले अप्रिय र अपाच्य भए पनि अहिलेको राजनीतिक अवस्थाको ठोस मूल्यांकन गरेर ठोस निर्णयमा पुग्न लागि र प्रचण्डलाई सही राजनीतिक पथमा उभ्याउन सबैले आआफ्नो स्थानबाट सकेको भूमिका खेल्नुपर्ने अवस्था आइपरेको छ।
यस देशमा कसैले आफ्नो स्वार्थपूर्तिका लागि पुनः रगतको होली नखेलोस् र जनतालाई फेरि दुःखको आहालमा घचेट्ने कार्य नहोस् भन्ने आग्रहले बन्दुकको नालबाट सत्ताको बाटो देख्नेको मन नघोच्न सक्छ। तर विगतमा कसरी उनीहरू सफल भए र अब किन इतिहास दोहोरिँदैन भन्ने तथ्यको मननन गरी हतियार सहितको संघर्षमा जाने मनस्थिति बनाउनु देश र दुवै माओवादीका लागि घातक सिद्ध हुन सक्छ। विसं २०५२ सालमा सुरू गरिएको संघर्ष तत्कालीन माओवादीको एकतर्फी प्रभाव र विचारले मात्र संभव भएको होइन। त्यसबेला राजालाई लोकतान्त्रिक शक्तिको शिर कुल्चिनु थियो र विदेशी शक्ति केन्द्रलाई राजाको। दुवैले माओवादी विद्रोहलाई आफ्नो उद्देश्य प्राप्त गर्ने हतियार बनाए। माओवादी भने आफूले दुवै थरीका शक्तिलाई सफलताका साथ उपयोग गरेको निष्कर्ष निकाल्दै सफलताको श्रेय लिँदै हिड्यो। यो बुद्धि र कूटनीतिको लडाइँमा माओवादीले अन्तिम समयमा धोका दिएका कारण राजा लडे। हेर्दा माओवादीको विजय देखियो तर भारत पनि यो नतिजामा दुःखी भएन। भारतलाई राजतन्त्रको समाप्तिपश्चात माओवादीलाई कमजोर बनाउनु अर्को मुख्य चाहना थियो। किनभने भारतको अहिलेको सबैभन्दा ठूलो समस्यानै उस्को देशको एक तिहाइ हिस्सामा फैलिएको माओवादी हिंसा हो। अब नेपालमा माओवादीलाई कमजोर पार्नु उताका माओवादीका लागि एक सशक्त जवाफ हुनसक्छ। विसं २०६४ सालको निर्वाचनमा नै माओवादी ठिक्कको अवस्थामा आउने भारतीय आंकलनथियो, जुन सही भएन। नेपाली जनता एकपल्ट परिवर्तनको मुहार हेर्न लालायित देखिए। तर २०७० सालसम्ममा एमाओवादी जनतामाझ अत्यन्त अप्रिय भयो। माओवादीले देखाएको सर्वसत्तावादको उन्माद र कानुनी शासनको उपहास जनताले चुपचाप पचाउन सकेन। विसं २०७०मा एमाओवादी तेस्रो स्थानमा आउनुमा यिनै कारण पर्याप्त भए।
अब फेरि पुष्पकमल दाहाल र मोहन वैद्य मिलेर सशस्त्र संघर्षको बाटो लिने निर्णय गरे भने के हुन्छ? नेपाललाई एक असफल र अस्थिर राष्ट्रका रुपमा कायमै राख्न चाहने शक्तिले त्यस विद्रोहलाई समर्थन गर्छ। धर्म फैलाउने र जातीय विद्वेष फैलाएर आफ्नो उद्देश्य प्राप्त गर्न चाहने शक्तिले त्यस कार्यलाई आर्थिक र नैतिक समर्थन पनि गर्ला। तर भारतको नीति २०५२ को जस्तो हुने संभावना कम छ। तथापि उस्को कूटनीतिक चालबुझ्न गाह्रो पर्न सक्छ। यस्तो सशस्त्र संघर्षमा कूटनीतिक रणनीति दुईधारे तरवारजस्तो हुन्छ। सशस्त्र संघर्षलाई एउटा उचाइमा पुर्या्एर नेपाल सरकारलाई आफ्नो दबाबमा राख्ने र त्यसपछि सरकारलाई आर्थिक, राजनीतिक र हतियारसहितको सहयोग दिएर विद्रोहलाई निमिट्यान्न हुनेगरी कुल्चिने डिजाईनमा पनि भारत खेल्न सक्छ। तर जे भए पनि भारतमा रहेको माओवादीको समस्या समाधानार्थ उसले नेपालमा माओवादी आन्दोलन असफल बनाउनुको विकल्प महंगो हुनसक्छ। यद्यपि केही समयका लागि नेपालमा फेरि लडाइँ, झगडा र अव्यवस्था भएर उसलाई खासै फरक पर्दैन। उस्को उद्देश्य आफ्नो देशमा रहेको माओवादी आन्दोलन कसरी कमजोर हुन्छ त्यो हेर्नु हो, नेपाली जनताको सुख र स्थिरता साह्रै ठूलो कारण बन्दैन।
पश्चिमा राष्ट्र जसलाई नेपालमा असमानता, कुरीति, भेदभाव चरम रुपमा छ भन्ने परेको छ वा त्यस्ता आरोपमार्फत धर्म फैलाउने उद्देश्य लिएका छन्, तिनले पनि यस्तो संघर्ष फेरि सुरु भएमा आगोमा घिउ थप्न सक्छन्। तर चीनलाई नेपालको अस्थिरता र जातिवादी आन्दोलनले तिब्बत मामलामा समस्या खडा गर्ने भान परेको देखिन्छ। चीनले बारम्बार नेपालमा जातीय संघीयता हुनुहुँदैन भनेर औपचारिक रूपमै भनेको छ। चीनका नेता माओत्सेतुंगका नाममा चलाएको आन्दोलनलाई चीनले खासै रुचाएको देखिँदैन। तथापि भारतको प्रभाव न्यून हुने अवस्था देखेमा चीनले यस्तो आन्दोलनलाई पूरै उपेक्षा गर्ने अवस्था नहुन पनि सक्छ। यहाँ पनि राजनीतिको दुईधारे तरवार चल्न सक्छ।
त्यसैले दाहाल र वैद्य मिलेर फेरी सशस्त्र संघर्ष गर्ने निर्णय गरे भने विभिन्न शक्ति केन्द्रले समर्थन गर्न पनि सक्लान् तर अबको यस्तो संघर्षको निर्णायक चरण शान्ति सम्झौता र सरकारमा प्रवेश भने नहुन सक्छ। बरु अब सुरु हुने यस्तो संघर्षबाट नेपालमा जनविद्रोहको माध्यमबाट कम्युनिष्ट सर्वसत्तावादी शासन स्थापित गर्न सकिन्छ भन्ने हरूको नामनिसानै मेटिने जोखिम बढी देखिन्छ। लोकतन्त्रमा विश्वास गर्ने र कुनै पनि रुपको सर्वसत्तावादमा जनताको भलो हुँदैन भन्ने चेतना राख्नेहरुका लागि पनि माओवादीहरुको समाप्ति सही नै लाग्ला। तर नेपाल राष्ट्रका लागि भने माओवादी आन्दोलन पुनः सुरु हुनु पनि घातक हुन्छ र त्यसको अन्त्य हुने समय कुर्दा पनि देशको अस्तित्वनै संकटमा परिसकेको हुनेछ।
पुष्पकमल दाहाल, मोहन वैद्य र अन्य नेतालाई आफ्नो जीवन रहँदै नेपाल एएटा शान्तिपूर्ण र विकसित देशका रूपमा स्थापित होस् भन्ने चाहना छ भने जनविद्रोहको बाटो छाडेर शान्तिपूर्ण राजनीति र जनताको सम्पूर्ण लोकतान्त्रिक अधिकारका लागि संघर्ष गर्नु हितकर हुनेछ। प्रचण्ड पथले पुर्याजएको भिरको बाटोबाट देश फर्केर लोकतान्त्रिक मूल्य र मान्यताको उकालो लाग्ने क्रममा छ। सबैले यो होस्टेमा हैसें मिलाउनु आजको आवश्यकता हो। जसरी डाक्टर बाबुराम भट्टराई लोकतन्त्र र शान्तिका लागि नयाँ राजनीतिक शक्तिको आवश्यकताका कुरा गर्दैछन् त्यो हेर्दा प्रचण्ड इतिहासमा जस्तै वैद्यको बाटोमा हिँडेर अन्तिममा बाबुरामको शरण पुग्ने अवस्थामा पुग्ने संभावना देखिँदैछ।