राजधानीमा जारी शिल्पी थियटरको नाटक ‘कोमा : अ पलिटिकल सेक्स' मा सामयिक राजनीतिक विसंगतिको एउटा विम्ब छ। पहिलो संविधान सभा विघटन भएको भोलिपल्ट २०६९ जेठ १५ गते नाटकको प्रमुख पात्र कोमामा पुग्छ।अनौठा कथाकार कुमार नगरकोटीको यो नाटक त्यसपछि विसंगतिबोधहरूको काव्यिक उडानमा हुइँकिन्छ। राजनीतिक विसंगतिका पार्श्व–प्रभावहरू दर्शाउन निर्देशक घिमिरे युवराजले यसलाई पूरै हास्यमय र ‘इरोटिक' बनाएका छन्। नयाँ संविधान जारी भएपछि मात्र ‘कोमाम्यान' बिउँझने घोषणा गरिन्छ। नाटक भन्छ, ‘त्यो सम्भावना अत्यन्त कम छ, तैपनि आशा गरौँ।'
भीष्म प्रतिज्ञा
महाभारतका पात्र राजकुमार देवव्रत पिता शन्तनुको प्रेमको सम्मानमा युवराज पदमात्र त्याग्दैनन्, आजीवन ब्रह्मचारी बस्ने प्रतिज्ञा गर्छन्। यही भयानक (भीष्म) प्रतिज्ञापछि उनी भीष्म नामले प्रख्यात हुन्छन्। नभन्दै धर्मसंकटमा समेत उनले प्रतिज्ञा तोडेनन्। प्रतिज्ञा नतोड्दा उनले आफ्नै गुरु परशुरामसँग युद्ध गर्नुपर्योस, काशी राजकुमारी अम्बाले आत्महत्या गर्नुपर्योु। हस्तिनापुरको राजसिंहासन उत्तराधिकारीबिहीन हुने स्थितिमा पनि उनले ब्रह्मचार्य तोडेनन्, बरु विकल्प खोजे। त्यसैले आज पनि कसैको दृढ प्रतिज्ञालाई भीष्म प्रतिज्ञा भनिन्छ। तर यिनै भीष्म पछि लाचारीको पर्याय बने।
पहिलो संविधान सभा विघटनपछि संविधान कोमामा छ। यसलाई बिउँझाउने प्रयासहरू भइरहेका छन्। तर, ती भरपर्दा छैनन्। संविधान निर्माणको व्यवस्थापन गर्न पुगेका प्रधान मन्त्रीहरू भीष्म प्रतिज्ञा गर्ने देवव्रतजस्ता होइनन्, लाचार भीष्मजस्ता मात्र लाग्छन्। नेपाली राजनीतिमा एक हदसम्म गिरिजाप्रसाद कोइराला ‘भीष्म प्रतिज्ञ' थिए। संकटकाल थप्ने विषयमा पार्टीमा विवाद भएपछि तत्कालीन प्रधान मन्त्री शेरबहादुर देउवाले संसद विघटन गरे। पार्टी नै फुटाए। संसद पुनःस्थापनाको माग राखेर सर्वोच्च अदालतमा मुद्दा चल्यो। देउवाकै कारबाही सदर भयो। तर, कोइरालाले संसद पुनःस्थापनाको माग राख्न छाडेनन्। कतिले यसलाई ढिपी भने। कोइराला एकरति हलचल भएनन्। छ राजनीतिक दलको नेतृत्व गरेर उनी आन्दोलनमा होमिए। घोषित चुनाव गराउन नसकेपछि देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले ०५९ असोज १८ गते संवैधानिक ‘कु' मार्फत बर्खास्त गरे। लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा प्रधान मन्त्री भए। देउवाको पार्टीसमेत आन्दोलनमा आयो। पछि राजाले देउवालाई पुनःस्थापना गरे। देउवाले प्रतिगमन सच्चिएको घोषणा गरे। एमाले आधा सच्चिएको घोषणा गरेर सरकारमा सामेल भयो। कोइराला निराश भएनन्। ०६१ माघ १९ मा फेरि देउवालाई बर्खास्त गरी राजाले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे। दलका नेतामाथि पक्राउ पुर्जी जारी गरी पञ्चायत फर्काउने प्रयत्न गरियो। कोइरालाको नेतृत्वमा देउवा–कांग्रेस र एमाले फेरि आन्दोलित भए। त्यतिखेर पनि कोइरालाको संसद पुनःस्थापना मागमाथि देउवा व्यंग्य गर्थे। तर उनी दायावाया हुनेवाला थिएनन्। ०६२ मंसिर ७ गते दिल्लीमा विद्रोही माओवादी र संसदवादी दलबीच १२ बुँदे सम्झौता भयो। माओवादीसमेत संलग्न भएपछि आन्दोलनको बलले राजा गले। ०६३ वैशाख ८ गते राजाले प्रजातन्त्र फुकुवा भएको घोषणा गरे। संसद पुनःस्थापनामा कोइरालाले सम्झौता गरेनन्। आखिर राजाले वैशाख ११ गते संसद पुनःस्थापना भएको घोषणा गर्नैपर्यो । कोइराला आफ्नो भीष्म प्रतिज्ञामा यसरी सफल भए। संविधान सभा निर्वाचनका लागि माओवादी पनि ‘भीष्म–प्रतिज्ञ' थियो। चीनमा जस्तै नौलो जनवादी व्यवस्था ल्याउन जनयुद्धमा होमिएको उसले संस्थापन पक्षसँग यसलाई बटम लाइन बनाएको थियो। त्यसमा कुरा नमिल्दा देउवा सरकार र लोकेन्द्रबहादुर चन्दको शाही सरकारसँग उसले शान्तिवार्ता भंग गर्योौ र वार्ता टोली नाटकीयरूपले भूमिगत भयो। संसदीय दलहरू आखिर बाह्रबुँदे सम्झौतामा उसको मागमा सहमत हुन बाध्य भए।
लाचार भीष्म
भीष्मको ब्रह्मचार्य प्रतिज्ञा पूर्णरूपले सफल भयो। तर, हस्तिनापुरलाई अकंटक, शान्त र न्यायको भूमि बनाउने उनको प्रण सफल हुन सकेन। राजपरम्पराअनुसार राजाको जेठो छोरा नै राजा हुनुपर्थ्याे। उनकै अभिभावकत्वमा दृष्टिविहीनताको निहुँमा जेठा धृतराष्ट्रलाई पन्छाई कान्छा पाण्डुलाई राजा बनाइयो। राजकाजबाट बिरक्तिएर पाण्डु वनवासी भएपछि धृतराष्ट्रलाई राजा बनाइयो। दृष्टिविहीन हुनु अयोग्यता थियो भने पाण्डुपछि विदुरलाई राजा बनाउनुपर्थ्यो। धृतराष्ट्रलाई नै किन रोजियो? दासीपुत्र हुनु विदुरको अयोग्यता थियो भने उनलाई धृतराष्ट्र र पाण्डुका भाइको दर्जा किन दिइयो? यसको जवाफ भीष्मका क्रियाकलापबाट कतै पाइँदैन। पाण्डु र माद्रीको निधनपछि पाँच पाण्डवलाई लिएर कुन्ती हस्तिनापुर फर्किइन्। पाण्डवहरू धृतराष्ट्रपछि आफूले राज्य पाउनुपर्ने, नभए अंशबन्डा हुनुपर्ने आकांक्षा राख्थे। राज परम्पराअनुसार पाण्डवहरू राज्यका उत्तराधिकारी हुन सक्दैनथे। अर्कातिर राज्यको अंशबन्डा कसैलाई स्वीकार्य हुन सक्दैनथ्यो। पाण्डवहरूलाई बेलैमा यो कुरा बुझाउन नसक्नु भीष्मको भयानक गल्ती थियो। हरेक कुरामा लाचारी व्यक्त गरेर उनले पाण्डवमाथि अत्याचार गर्न कौरवलाई एक प्रकारले प्रोत्साहित नै गरे। द्रौपदीको चीरहरण हुन लाग्दा भीष्मले गाँजेमाजे कुरा गरे। बरु दुर्योधनकै भाइ विकर्णले विरोध गरे। वनवास र गुप्तवासको सर्त पूरा गरेपछि पाण्डवले आफ्नो भागको राज्य स्वतः पाउनुपर्थ्यो। यस्तोमा दुर्योधनलाई हस्तक्षेप गरेर युद्ध रोक्न नसक्नु हस्तिनापुरको अभिभावक भएका नाताले भीष्मको भयानक लाचारी थियो।
संसद पुनःस्थापनाको भीष्म प्रतिज्ञामा कोइराला सफल भए भने संविधान सभाको निर्वाचनमा माओवादी। तर शान्ति प्रक्रिया पूरा गर्ने मामलामा दुवैको नियति लाचार भीष्मको जस्तै भयो। कोइरालाको नेतृत्वमा संविधान सभाको चुनाव सफल भयो। चुनावमा नेपाली कांग्रेस पराजित भएपछि उनको ध्यान संविधान निर्माणमा भन्दा माओवादीप्रति प्रतिक्रियात्मक हुनुमा देखियो। आखिर संविधानको अस्पष्ट रेखा नकोरिँदै उनी संसारबाट बिदा भए। त्यसपछिका प्रधान मन्त्री प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई सबै लाचार भीष्म साबित भए। तीमध्ये कसैको कार्यकाल अभिमानको यज्ञमा होमिँदै त कसैको कृपालुको गुन तिर्दैमा सकियो। सरकार तिनको नेतृत्वमा भए पनि सत्ता अन्त कतै थियो।
सुशील कोइराला सत्ता साझेदार नेकपा (एमाले) संसदीय दलका नेता केपी ओली र आफ्नै उपसभापति रामचन्द्र पौडेल दुवैलाई एक वर्षभित्र प्रधान मन्त्रीको सिंहासन सुम्पने गोप्य सम्झौता गरेर प्रधान मन्त्री भएका हुन्। सुशील अनावश्यक मुद्दामा अत्यन्त कठोर छन् तर उनको सम्झौताले त्यही कठोरता पनि लाचार हुन बाध्य हुन्छ। यसबाट प्रस्ट हुन्छ, उनको कार्यकाल अकंटक छैन। भाषणमा जति दोहोर्यााए पनि एक वर्षभित्र संविधान जारी हुने सम्भावनाको खाता उनले खोल्न सकेका छैनन्। सुशीललाई प्रधान मन्त्री बनाउन तीन महिना, वामदेवलाई गृह मन्त्री बनाउन आधा महिना, संविधान सभा नियमावली बनाउन एक महिना, सरकारको नीति तथा कार्यक्रम ल्याउन एक महिना, प्रमाणीकरणको विवादमा आधा महिना खर्च गरेर संविधानमा कामै नगरी कसरी एक वर्षभित्र संविधान बन्छ? त्यसमाथि स्थानीय चुनावमा तीन महिना, एमाले महाधिवेशनमा अर्को दुई महिना खर्च भयो भने बाँकी समयसीमा खोकेरै सकिन्छ।
गुरु द्रोणले शिष्यको परीक्षा लिने क्रममा चरा खसाल्नुपर्दा अरू वरिपरिका सबै दृश्य देख्थे, अर्जुन चराको घाँटीमात्र देख्थे। यसरी उनी निशाना लगाउन सफल हुन्थे। यसैलाई अर्जुनदृष्टि भनिन्छ। एक वर्षभित्र जारी गर्ने हो भने संविधानप्रति साँच्चिकै अर्जुनदृष्टि चाहिन्छ। यो बेग्लै कुरा हो, झलनाथको ‘अर्जुनदृष्टि' ले काम गरेन। कोइरालालाई भने अवसर छ। नयाँ नियमावलीले विघटनकै विन्दुबाट संविधान निर्माणको ढोका खोल्दैछ। यस हिसाबले अब शासकीय स्वरूप, संघीयताको संख्या, नामकरण र सीमांकनको काम बाँकी छ। शासकीय स्वरूपमा सहमति हुनसक्छ। तर, संघीयताका पुरानै मुद्दामा फेरि विवाद हुनेवाला छ। त्यस्तो स्थितिमा ०६९ जेठ २ गते मुख्य दलबीच सम्झौता भएजस्तै संघीयताको नामकरणको जिम्मा प्रादेशिक सभालाई र संख्या तथा सीमांकन विज्ञलाई जिम्मा लगाउनुको विकल्प रहँदैन। त्यसका लागि पनि दलहरूलाई सम्झौतामा ल्याउनुपर्छ। सरकारको ध्यान त्यतातिर देखिन्न।
भीष्म प्रतिज्ञाले मात्र संविधान निर्माण सम्भव हुन्छ, लाचारीले समयसीमा त्यसै सकिन्छ।