नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेशमा जारी ट्वान्टी–२० विश्वकपमा उत्साहजनक प्रदर्शन गरेर सम्पूर्ण देशलाई खुसीमा रमाउने मौका दिएको छ। भौतिक पूर्वाधार र घरेलु संरचना नहुँदानहुँदै पनि नेपाली टोलीले टेस्ट खेल्ने विपक्षीलाई कडा टक्कर दियो।बराबरको प्रतिस्पर्धी हङकङलाई ८० रनको फराकिलो अन्तरमा हरायो भने आफूमाथि सधैँ दबदबा कायम गर्दै आएको अफगानिस्तानमाथि पनि ९ रनको सनसनीपूर्ण जित दर्ता गरायो।
विसं १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसोसिएट सदस्यता हासिल गरेको नेपाली क्रिकेटको करिब सात दशक लामो इतिहासमा बितेको साता अपूर्व र ऐतिहासिक महत्वको रह्यो। टोलीले आईसीसीको आधिकारिक प्रतियोगितामा जितको नतिजामात्र निकालेन १४ वर्षदेखि टेस्ट खेल्दै आएको विश्वकै उत्कृष्ट खेलाडीको जमात बंगलादेशलाई उसकै मैदानमा कडा टक्कर दियो। साथमा अन्तिम खेलमा एक दिवसीय मान्यताप्राप्त अफगानिस्तानलाई हराउँदासम्म क्रिकेट पछ्याइरहेको सम्पूर्ण विश्वसामु नेपालले आफ्नो उदीयमान छवि प्रमाणित गरिसकेको थियो।
विक्रम सम्वत् २००२ सालमा नेपालकै पहिलो आधिकारिक खेल संस्थाका रूपमा दर्ता भएको नेपाल क्रिकेट संघले २०७० सालमा पाएको सफलतामा सबै क्षेत्रको माया र साथ पक्कै महत्वपूर्ण छन्। तर, सबभन्दा बढी जसको भागिदार भने व्यक्तिगत भविष्यलाई दाउमा राख्दै खेलप्रतिको लगावका भरमा दिनरात मेहनत गर्ने टोलीका खेलाडी र प्रशिक्षकहरु नै हुन्। आईसीसी र एसीसीको सहयोग, नेपाल क्रिकेट संघको प्रयास, नेपाल सरकारले सिदाका रूपमा दिएको सहयोग अनि विभिन्न क्लबको योगदान यतिखेर नेपाली क्रिकेट उत्कर्षमा पुग्दा सम्झन लायक छन्। खासगरी क्रिकेटलाई व्यावसायिक रूप दिन नौ जना राष्ट्रिय खेलाडी अनुबन्धन गर्ने सशस्त्र प्रहरी बलको प्रयास सराहनीय छ।
तर, यी सब प्रयास अझ अघि बढ्नका लागि त परै जाओस् नेपाली क्रिकेटले हासिल गरेको शिखरमा कायम रहनमात्र पनि अब पर्याप्त हुँदैनन्। विश्वकपका लागि बंगलादेश जानुअघि नै नेपाली टोली विजयी बनिसकेको थियो। पहिलो पटक नेपाललाई कुनै पनि टिम खेलको विश्वकपलाई लायक बनाउने ऐतिहासिक काम टोलीले गरिसकेको थियो। त्यसैले विश्वकपका तीन खेलमा हासिल गरेको दुई जितमामात्र नेपाली टोलीको क्षमता सीमित राखिनु हुन्न। पछिल्लो समय राजनीतिले विभिन्न जात र क्षेत्रमा विभाजित गरेको नेपाललाई सग्लो रूपमा पुन उभ्याउन क्रिकेट टोलीले गरेको योगदान अतुलनीय छ। खेलाडीले आफ्नो काम पूरा गरिसकेका छन्। अव पालो सरकार, क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्को हो।
राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सरकारभन्दा पहिला संघले अघि बढ्दै गरेको क्रिकेटको गतिलाई नेतृत्व लिनुपर्ने बताएका छन्। नेपालमा क्रिकेटले खेलभन्दा बढी संस्कारको रूप लिइसकेको अवस्थामा पारसको भनाइअनुसार अब क्रिकेटमा चुस्त व्यवस्थापन आवश्यक छ। व्यावसायिक प्रतिष्ठानहरु क्रिकेटमा लगानी गर्न तँछाड्मछाड् गरिरहेका छन्। सरकार पनि पछिल्लो समय सकारात्मक बनेको छ। यो सबको व्यवस्थापन गर्दै उकालो चढ्दै गरेको क्रिकेटलाई थप उचाइमा पुर्याउने काम संघकै हो। विश्वकप खेल्ने भइसक्दा देशमा एउटै अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुनु, देशको घरेलु क्रिकेट सिजन मुस्किलले तीन सातामा सम्पन्न हुनु भने अत्यन्त लज्जा र ग्लानिको विषय हो।
देशलाई एकताको सूत्रमा गाँस्ने, सम्पूर्ण देशवासीलाई खुसी मनाउने दूर्लभ अवसर दिने क्रिकेट पक्कै पनि ठूलो लगानीको हक राख्छ। पारसले भनेझैँ लगानी गर्न तयार व्यावसायिक प्रतिष्ठान र सरकारलाई क्रिकेटप्रति आकर्षित गर्न सक्नुपर्छ। एकदिवसीय र ट्वान्टी–२० विश्वकपका आगामी संस्करणमा छनोट हुन आजैदेखि तयारी थाल्नुपर्छ। नेपाली टोली अर्को विश्वकपका लागि बिदा हुँदा कम्तीमा देशभित्र व्यावसायिक घरेलु संरचना र अन्तर्राष्ट्रिय स्तरका केही रंगशाला छोडेर जाने वातावरण बन्नुपर्छ। अन्यथा समयले कसैलाई कुर्दैन। नेपाली क्रिकेटको सर्वोच्च निकाय क्रिकेट संघलाई पनि कुनै बहानाले काम गर्न नसकेको भन्दैमा समयले माफी दिनेछैन।