कालो अक्षरले ‘युएन' लेखिएको एउटा सेतो पालभित्र केही नेपाली सैनिक अधिकृत तथा पत्रकार बसेका छन्। काला जातिका एक जना निकै अग्ला युवक नेपाली सेनाले कसरी आफू र आफ्ना जातिका व्यक्तिलाई सुरक्षा दिइरहेको छ भन्ने वर्णन र नेपाली सेनाको मुक्तकण्ठले प्रशंसा पनि गर्दै थिए।उक्त सानो समारोहमा काला जातिका केही महिला पनि प्लास्टिकका मेचमा बसेका थिए। युवकको भनाइ सकिनेबित्तिकै एकैछिन अघिसम्म बिना कुनै पर्दा सहजरूपमा काखको बच्चालाई दुध चुसाइरहेकी महिला उभिइन् र प्रभावशाली ढंगले आफ्ना कुरा राख्न थालिन्। उनले बोलेको स्थानीय भाषा नेपाली सैनिक र पत्रकारले नबुझे पनि उनको बोलाइको गंभीरता र प्रस्तुति निकै आर्कषक र गहन देखिन्थ्यो। ती महिलाको भनाइलाई युवकले अंग्रेजीमा अर्थ्याउँदै गए। उनको बोलीभन्दा अझ गहकिला र अर्थपूर्ण थिए उनले सोधेका प्रश्न। करिब बीस बाईस वर्षकी निएपल डोमाइले त्यहाँ आउने सबै उच्चस्तरीय अधिकारीलाई एउटै प्रश्न सोध्ने गरेको बताइन् – कहिलेसम्म आफूहरू आन्तरिक शरणार्थीका रूपमा संयुक्त राष्ट्र संघले सुरक्षा दिएको शिविरमा बस्नुपर्ने हो? कहिलेसम्म उनको आफ्नै देशमा आफ्नो ज्यानको सुरक्षाका लागि विदेशीले सहयोग गर्नुपर्ने हो? कहिले उनको बाँच्न पाउने अधिकार स्थापना हुने हो?
यो कथा हो अफ्रिकी महादेशको करिब मध्य भागमा पर्ने संसारको सबैभन्दा नयाँ राष्ट्र दक्षिण सुडानको। सुडानबाट भर्खरै छुट्टिएको दक्षिण सुडानको इतिहास अत्यन्तै रक्तरञ्जित र लामो छ। सन् १८९९ देखि १९५५ सम्म ब्रिटिस तथा इजिप्सियनको संयुक्त शासनको एउटा भाग रहेको सुडानले सन् १९५६ मा स्वतन्त्रता प्राप्त गर्यो। तर सुडानको समस्या त्यत्तिकैमा सकिएन। दक्षिण सुडानले स्वायत्तताको लडाइँ चलायो। सन् १९७२ मा भएको संझौताले दक्षिण सुडानलाई स्वायत्तता दिएपश्चात् केही शान्त भएको मुलुक १९८३ मा तत्कालीन राष्ट्रपति जाफर नुमेरिकले स्वायत्तता निलम्बन गरेपछि पुनः गृहयुद्धको आगोमा फस्यो। त्यस क्रममा २२ वर्षमा करिब १५ लाख जनाको ज्यान गएपछि र ४० लाख घरवारविहीन भएपछि ९ जुलाई २०११ मा नयाँ राष्ट्रको मान्यता पाएको दक्षिण सुडान पुनः गृहयुद्धको भुमरीमा फँसेको छ।
दक्षिण सुडानले आफ्नो स्वतन्त्र अस्तित्व प्राप्त गर्नुअघि सुडानका जनता धार्मिकरूपमा विभाजित थिए। उत्तरतर्फका अधिकांश व्यक्ति मुसलमान र दक्षिणतर्फका बहुसंख्यक जनसंख्या इसाई भएका कारणले धर्मका नाममा ठूलो लडाइँ भयो। यसरी अत्यधिक ज्यान र धनमालको क्षति भएपश्चात बनेको दक्षिण सुडानले विखण्डनको आगो निभाउन सकेन। उत्तरका मुसलमानसँग छुट्टिएर बनेको दक्षिण सुडानमा अब जातिवादको आगो लागेको छ। एकपल्ट मिलेर दुस्मनलाई परास्त गर्न सफल इसाई धर्मावलम्बी अब जातका नाममा टुक्रिएका छन् र एक अर्काको कट्टर दुस्मन बनेका छन्।
दक्षिण सुडानमा सबैभन्दा धेरै जनसंख्या भएको डिन्का जातिको प्रतिनिधित्व गर्ने राष्ट्रपति साल्भाकिर मायारदितले दोस्रो ठूलो जनसंख्या भएको नुयर जातिका उप राष्ट्रपति डा. रिक माचरलाई पदमुक्त गर्ने र केही समयपश्चात राष्ट्रपतिको सुरक्षामा रहेका नुयर जातिका सैनिकको हतियार खोस्ने निर्णय गरेपश्चात जातिगत द्वन्द्वले उग्ररुप लियो। डिसेम्बर १५ मा नुयर जातिका सैनिकले खोसिएको हतियार पुनः उठाउने निर्णय गरेपछि भएको आन्तरिक लडाइँमा दुवैतर्फका सयौं सैनिकको हताहत भएको अनुमान छ। त्यो लडाइँको असर देशभर पर्यो। जुन जुन जातिको जहाँ जहाँ बाहुल्य छ त्यहाँ त्यहाँबाट अर्को जातिका मानिसलाई मार्ने, महिलालाई बलात्कार गर्ने, सम्पति खोस्ने कार्य भयो। सबैतिरबाट भागेका गरिब जनता विभिन्न स्थानमा रहेका संयुक्त राष्ट्र संघ र शान्ति सेनाका क्याम्प वरिपरि जम्मा हुनथाले। केही दिनमै लाखौं आन्तरिक शरणार्थीलाई खान, बस्न तथा सुरक्षा दिने जिम्मेवारी संयुक्त राष्ट्र संघको दक्षिण सुडान मिसनमाथि थपियो।
दक्षिण सुडानमा मानवीय र संस्थागत सहयोग गर्ने अधिकार लिएर गएको राष्ट्र संघको मिसन (छोटकरीमा अनमिस) त्यहाँको जातीय लडाइँको भुमरीमा परेर आफै अचम्म परेको छ। नयाँ र एकदमै कमजोर राष्ट्रका रुपमा देखा परेको दक्षिण सुडानमा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा विकास गर्नका लागि संस्थागत संरचना निर्माण गर्ने तथा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पुर्याउने तयारी साथ काम सुरु गर्दागर्दै अनमिसको काम अचानक परिवर्तन भएको छ। सुरक्षा परिषद्ले नयाँ निर्णय गरेर अनमिसलाई नयाँ अधिकार दिनुपर्ने अवस्थाको सिर्जना भएको छ।
केबल २५ प्रतिशत साक्षरता भएको दक्षिण सुडानमा बसोबास गर्ने अधिकांश जनताको उल्लेख्य पेसा वा व्यवसाय केही छैन। अत्यन्त उर्वर भूमि भए पनि यहाँको जमिन अधिकांश बाँझोनै रहेको छ। सरकारको अधिकांश आम्दानी तेल उत्खनन्बाट भए पनि उत्तरी छिमेकी सुडानसँगको तेल उत्खननको विवाद तथा आन्तरिक द्वन्द्वले सरकारले तेल विक्री प्रबन्ध राम्रोसँग गर्न सकेको छैन। देशभर नै स्वास्थ, शिक्षा र जनचेतनाको कमी छ। अधिकांश जनता अझैपनि अन्धविश्वास र कुरीतिबाट मुक्त हुन सकेका छ्रैनन्। साना साना झुप्रामा बस्ने र गाई र गोरुलाई सम्पति मान्ने जातिको बाहुल्य छ। गाईको दूध बेचेर घिउ, मख्खन, दही बनाउने र पैसा कमाउने हैन आफूसँग कति सय वा कति हजार गाई छन् भनेर आत्मसन्तुष्टि लिने। कुनै नेपाली धनी व्यक्तिले आफूसँग कति तोला सुन वा चाँदी छ भनेर गमक्क भएजस्तो। भएका गाई, गोरुको पनि कुनै सुरक्षा छैन। कुनै पनि युवकले कुनै युवतीलाई चाह्यो भने हुनेवाला ससुरालाई सकभर धेरै गाईको बथान उपहार दिनुपर्छ। आफूसँग गाई छैन भने आफू र साथीहरुको समूहनै गएर गाईको बथाननै अपहरण गर्ने चलन छ यहाँका युवामा। यस्तो गाई अपहरणमा एके ४७ राईफलको प्रयोग हुन्छ। कयौं हताहत हुन्छन्। त्यसैले गाई धनीहरु लामो समयसम्म गाई एकै ठाउँमा राख्दैनन्। एक प्रकारले फिरन्ते जीवनको अन्त्यनै भइसकेको छैन यो देशमा।
यस्तो अवस्थाको देशमा सैनिक, पत्रकार र रक्षा मन्त्रालयको प्रतिनिधि रहेको नौ सदस्यीय टोलीको नेतृत्व गर्दै गएका सैनिक जनसम्पर्क निर्देशनालयका सहायक रथी (ब्रिगेडियर जनरल) जगदीशचन्द्र पोखरेलले ती युवा महिलाको प्रश्नको के उत्तर दिउन्? संसारले भनिरहेको आपसी द्वन्द्व र हिंसाको अन्त्य गर भन्नुबाहेक अरु के नै गर्न सक्छ बाहिरी संसारले दक्षिण सुडानको समस्या समाधान गर्न? तर ती महिलाको प्रश्नको उत्तर दिन नसके पनि तिनी र तिनको जातिलाई सुरक्षा दिन नेपाली सेनाले गरेको कार्यको सर्वत्र प्रशंसा सुनिन्छ दक्षिण सुडानमा। नुयर जातिकी उनी र उनको समूहलाई रुम्बेकमा नेपाली सेनाले सुरक्षा प्रदान गरेको छ भने अन्य स्थानमा डिन्का समुदायलाई पनि सुरक्षा दिनु परेको छ। जोंगलाई भन्ने स्थानमा केही महिना पहिले भारतीय सेनाको केही जवान हताहत भएको र ब्यारेक नै लुटेर डिन्का समुदायको धेरै व्यक्तिको हत्या भएको स्थानमा अहिले नेपाली सेना नै खटिएको छ। नेपालभन्दा करिब ४ गुना ठूलो र सवा एक करोड जनसंख्या भएको यो कान्छो राष्ट्रको सुरक्षाका लागि करिब देशैभरि नेपाली सेनाको उपस्थिति बढेको छ र यसले स्थिति नियन्त्रण गर्न निकै सहयोग पनि पुर्याएको छ। रिजर्भ फोर्स बटालियनका रूपमा रुम्बेकमा अवस्थित नेपाली बटालियन १ ले गरेको उल्लेखनीय कार्यले नेपाल र नेपालीको सम्मान बढाएको छ धेरै नेपालीले नामसमेत नसुनेको त्यस देशमा।
डिसेम्बर १५ मा दुई पक्षका सैनिकहरुको मारामार हुनेबित्तिकै हाइटीमा शान्ति सेनाको मिसन सकाएर नेपाल फर्कन लागेको नेपाली सेनाको ३५० सैनिक सम्मिलित एक गणलाई तुरुन्तै यता फर्काएर राजधानी जुबा सहरको सुरक्षाको जिम्मेवारी दिइएको छ। यसलाई नेपब्याट २ भनिएको छ। जुबा सहरमा नेपालीले गरेको कार्यको प्रशंसामात्र भएको छैन। अझ युएनले नेपाली सेनालाई जिम्मेवारी पनि थपेको छ त्यहाँ ८५० सैनिक पुर्याउने निर्णय गरेर।
तर दक्षिण सुडानमा शान्ति स्थापना गर्न जाने नेपाली सैनिकको कार्य सजिलो छैन। पचास डिग्रीको गर्मीमा बाक्लो सैनिक पोसाक माथि २ किलोको बुलेट प्रुफ ज्याकेट, गह्रौं हेल्मेट र बन्दुक बोकेर ड्युटीमा बस्नुपर्छ। चप्पल लगाउने र साइकल चढ्ने जोसुकै पनि एके ४७ राइफल लिएर हिँड्ने त्यस्तो डरलाग्दो स्थानमा आफूले आफ्नै सुरक्षाका लागिबाहेक हतियार चलाउन पाइन्न। पानी नपरे प्रचण्ड गर्मी, पानी परेपछि हिँड्न मुस्किल अझ अत्यन्त विषालु सर्पको डर भएको त्यस्तो स्थानमा नेपालका छोरा र छोरीले देशकै इज्जत राख्दै सशक्त ढंगले कामगरेका छन्। यसले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको छ तर सँगसँगै धर्म र जातीयताको लडाइँ कसरी सानोभन्दा सानो गुट बनाउँदै कहिल्यै ननिभ्ने हिंसात्मक द्वन्द्वको भुंग्रो भएर रहन्छ भन्ने ज्ञान पनि दिएको छ। तथ्य र तथ्यांक केही राखिने चलन नभए पनि डिसेम्बर १५ देखि अहिलेसम्म दसौं हजार मानिसको हताहत भइसकेको अनुमान छ दक्षिण सुडानको जातीय युद्धमा।
दक्षिण सुडानबाट फर्किने क्रममा एक सैनिक अधिकारीले बढो भावुक हुँदै भने – ‘राजनीतिक नेताले बरु जस्तोसुकै बदमासी गरुन् तर जातीयताको नारामा नेपालीलाई पनि यहाँजस्तै टुक्राउने काम नगरुन्।'