एकीकृत नेकपा (माओवादी), नेकपा (एमाले) र नेपाली कांग्रेसले गठन गरेका वार्ताटोलीहरू साझा संकल्प प्रस्तावको तयारीमा लागेका छन्। यति लामो छलफल गरे पनि तपसिलका विषयमा केन्द्रित भएकाले निकास निस्कन नसकेको हो। वार्ताटोलीका मनमा एउटा कुरा छ, छलफल भने उही नागरिक सर्वोच्चता र संकल्प प्रस्तावमा सीमित हुन्छ। पानीमा मदानी घुमाएर त घिउ निस्कन्न नि।
नेताहरूको आपसी अविश्वास र प्रतिशोधको मानसिकताको बन्दी सिंगो देश, संविधान निर्माण र शान्तिप्रक्रिया बन्न पुगेको छ। संविधानसभाको चुनावअघि विश्वासको संकट थिएन। सतहमा समस्या देखिए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल गिरिजाप्रसाद कोइरालाई भेट्थे। समस्याका विषयमा खुलस्त कुराकानी हुन्थ्यो, अनि सतहमा आइपुगेका तीब्र मतभेद समाप्त हुन्थे।
आतंककारीको बिल्ला भिराइएका, टाउकोको मूल्य तोकिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०६३ असार २ गते बालुवाटारमा सात दलका नेताबीच प्रकट हुनु विश्वासको राजनीतिको फल थियो। संविधानसभाको चुनावै हुन नसक्ने अवस्थातिर देश गइरहेको बेला बालुवाटारमा कोइराला-दाहालबीच आधा घन्टा लामो वार्तापछि भएको आठबुँदे सहमति पनि राजनीतिक विश्वासको फल थियो।
अहिले परिस्थिति उल्टो छ। प्रधानमन्त्री माधवकुमार नेपालसहित माओवादी अध्यक्ष दाहाल, कांग्रेस सभापति कोइराला, एमाले अध्यक्ष झलनाथ खनालले गत असोज १७ गते कांग्रेसको र १८ गते एमालेको चियापान कार्यक्रममा संयुक्तरूपमा नै तीन दिनभित्र गतिरोध अन्त्य हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए। दसैँ बिदापछि पनि संसद्को अवस्था उस्तै छ।
शीर्ष नेताहरूले तिथि नै तोकेर सार्वजनिकरूपमा संसद्को गतिरोध अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि पूरा भएन। शीर्षनेताहरूले बैठक बसी टुंगो लगाउने संयुक्त प्रतिबद्धता व्यक्त गरे पनि त्यसले मूर्तरूप लिन सकेको छैन। बल्लतल्ल बैठक बसे पनि पुनः छलफल गर्ने सहमतिबाहेक अन्य निष्कर्ष निस्केन। लोकतान्त्रिक नेताका बोली जनताले पत्याउँछन् भन्नेतर्फ तिनले हेक्का राख्नुपर्थ्यो। सत्तारुढ २ दलको चियापानपछि माओवादीको चियापानमा प्रधानमन्त्री र कांग्रस सभापति अनुपस्थित हुनु बरु फेरि पनि गतिरोध अन्त्य हुने प्रतिबद्धता मात्रै आउनुले नेताहरूको साख घटाएको छ।
नेताका गलत व्यवहारका कारण दल कमजोर हुन्छन्। राजनीतिक दल कमजोर भएपछि लोकतन्त्रविरोधीले षड्यन्त्र गर्ने ठाउँ पाउँछन्। दलका खिचातानीकै आडमा 'असोज १८' र 'माघ १९' को 'शाही कु' भएको थियो। संसद्वादी दलहरू र माओवादीको संयुक्त गठबन्धनले लोकतन्त्र र गणतन्त्र स्थापित गरेको हो। राजनीतिक प्रणालीको निर्माण गर्ने बेलामा सबै दल एकै डुंगामा यात्रा गरिरहेका छन्। अर्कोलाई डुबाउन कुनै षड्यन्त्र गरे सबै डुब्नेछन्।
संसद् बन्दी छ। जनताको मुख थुनिएको छ। एमाले अध्यक्ष खनाल पार्टीको आन्तरिक काममा देश दौडाहामा लाग्छन्। संसद् खुलाउने जिम्मेवारी बोकेका प्रधानमन्त्री मन्त्रिपरिषद्का सदस्यलाई पर्यटक बस चढाएर काठमाडौंका समस्या देखाउने पथप्रदर्शक बन्छन्। संयोगमात्र पनि हुनसक्ला, कोइरालाको स्वास्थ्य पनि त्यसैबेला गम्भीर हुँदैजान्छ। माओवादी अध्यक्ष दाहाल चीनतर्फ लाग्छन्। मानौं सिंगै नेपाल त्यस्तो 'थिएटर' हो, नेताहरू 'नट' हुन् र अनि जनता चाहिं तमासे।
कांग्रेस माओवादी जनविद्रोह गरी सत्ता हत्याउने तयारीमा रहेको आरोप लगाउँछ। सडकमा भाषण गर्छ तर शीर्षतहमा यस विषयमा कुराकानी हुँदैन। माओवादी अध्यक्ष आफ्ना नेताहरूको सामूहिक हत्यासम्म हुनसक्ने षड्यन्त्र भएको बताउँदै हिंड्छन्। तर, न माओवादीले सत्ता हत्याएर कम्युनिष्ट अधिनायकत्व लाद्ने परिस्थिति छ, न त उनीहरूलाई दमन गरेर नै समाप्त गर्नसक्ने अवस्था छ। दुवै पक्षलाई यसबारे राम्ररी जानकारी भए पनि यसैलाई जनता ढाँट्ने बहाना बनाउन भने छाड्दैनन्।
शक्तिको बाँडफाँडमा भएको धोखा झाँगिदै अहिलेको अवस्था आइपुगेको हो। कोइराला र नेपाललाई माओवादीले वचन दिएर पनि राष्ट्रपति हुन दिएनन्। चुनावबाट सबैभन्दा ठूलो दल भएको माओवादीले सरकार छाड्नुपर्ने अवस्था आयो। शीर्षनेताहरूको छलफल त यस्ता विषयमा केन्द्रित हुनुपर्छ। मन माझामाझ गर्ने हो भने निकास सजिलै निस्कन्छ।
बजेट पारित गर्न २ दिन सदन खोल्ने उपायको खोजी हैन, देशलाई संक्रमणकालबाट निकास दिने स्तरको समझदारी बनाइनुपर्छ। शान्तिप्रक्रिया टुंगोमा पुर्याउने, नयाँ राजनीतिक प्रणालीको निर्माण गर्ने दायित्व पनि मुख्य राजनीतिक दलहरूकै हो। संकल्पको मस्यौदाका शब्दमाथि मात्रै छलफल गर्दै जानु टाउको दुखेको औषधि नाभीमा दलेजस्तो मात्र हुनेछ।