तेलमा खेल
०९ कार्तिक २०६६
•
११ मिनेट पाठ
तेलमा खेल
बजारमा वस्तु तथा सेवाको मूल्य अकासिएको र उपभोक्ताको पहुँचको अधिकार समाप्त हुँदै गएको बखत वाणिज्य तथा आपूर्ति मन्त्रीले छठपछि पेट्रोल, मट्टितेल, डिजेल, ग्याँसको मूल्य बृद्धि हुने घोषणा गरेकाछन्। जनता थप महंगीको मारमा पर्ने चिन्तामा परेका छन्। इन्धन व्यापारी तेल संचय गर्न र कसरी हुन्छ मट्टितेल सस्तो अनि डिजेल महंगो गर्न दबाब दिन थालेका छन्। इन्धनको मूल्यबृद्धिमा के कस्तो खेल हुन्छ? तेलबाट बढी नाफा लिने को हो? इन्धनको मूल्यमा हुने लुटबाट कसरी मुक्ति पाउन सकिन्छ? जस्ता विषयमा अहिले सबै उपभोक्ताले चासो राखेका छन्।

नेपालमा पेट्रोलियम पदार्थ ल्याउने र वितरण गर्ने एकलौटी अधिकार नेपाल आयल निगमलाई छ। निगमले पनि आफैँ वा आफ्ना डिलरबाट आपूर्ति गर्ने गरेको छ। पछिल्लो अवधिमा जो सुकैले पनि तेल ल्याउन पाउने सूचना जारी भए पनि स्पष्ट कानुनी व्यवस्था, भण्डारण क्षमता तथा स्वच्छ व्यापारिक वातावरणको अभाव र उत्पादन, नेपालमा प्रवेश गर्नु अघि प्रशोधन तथा थोक कारोबार गर्ने तेल व्यापारीले धेरै नाफा लिनेसमेत कारणले बजारमा अरू तेल व्यापारी प्रवेश गर्न मानिरहेका छ्रैनन्। नेपाल आयल निगमले आफू प्रशोधन पनि गर्दैन र थोक कारोवार पनि गर्दैन। सन् १९९६ पछि भारतीय आयल निगमबाहेक अरूसँग तेल खरिद गर्न नपाउने र सो निगमले प्रत्येक महिनाको १५।१५ तारिकका दिन जति रकमको बिल पठायो त्यति भुक्तान गर्नुपर्ने बाध्यकारी सम्झौताको आधारमा नेपालमा इन्धन कारोबार चलेको छ। तेल कमिसनबाट सिर्जना भएको यो बाध्यकारी सम्झौताले त्यसभन्दा पहिले नाफामा रहेको नेपाल आयल निगम अहिले घाटामा छ। नेपाली इन्धन क्षेत्र र अर्थतन्त्र ध्वस्त बन्दै गएको छ। उपभोक्तामाथि आर्थिक लुट बढ्दै गएको छ। नेपालको अन्तर्राष्ट्रिय तेल बजारमा पहुँच समाप्त भएको छ। सो सम्झौतापछि नेपाली उपभोक्ता विदेशी तेल कम्पनीको बन्धक बनेका छन्। तैपनि यसमा कसैको ध्यान गएको देखिँदैन।
तेल उत्पादन गर्ने, प्रशोधन गर्ने र थोक कारोबार गर्नेले लागत पारदर्शी नगरेको र बढी नाफा लिएकोमा दुनियाँभर विरोध भइरहेको छ। नेपालमा थोकमा तेल पठाउने भारतीय आयल निगम पनि अत्यधिक नाफामा छ। तर भारतीय तेल कम्पनीले पठाएको बिलमा नेपाल आयल निगमले चुनौती दिन नपाउने र नेपाल आयल निगमले भारतीय तेल कम्पनीको मात्र तेल बेच्नुपर्ने बाध्यताले इन्धनका नेपाली उपभोक्ता मारमा परेका हुन्। भारतमा सार्वजनिक वितरण प्रणालीमार्फत् अनुदानमा वितरण गर्ने तेल र सरकारले लिने लेभी मूल्यको तेलमा पर्ने घाटाको भारसमेत थोक तथा खुद्रामा बेच्ने तेलमा गाभ्ने गरेको पाइन्छ। भारतीय जनताले प्रयोग गर्ने न्यूनतम इन्धन सार्वजनिक वितरण प्रणालीको अनुदानबाट रासन कार्डमार्फत् सस्तोमा वितरण गरिन्छ। त्यहाँ बजारमा पाइने खुद्रा इन्धन सम्पन्न विलासी तथा व्यापारमा प्रयोग गरिने भएकाले खुद्रा मूल्य बढी कायम गर्ने गरिएको छ। त्यही बढी मूल्यलाई आधार मानेर नेपालमा इन्धनको मूल्य कायम गरिन्छ। भारतमा खुद्रोमा बेचिने महंगो इन्धन मूल्यलाई देखाएर नेपालका तेल अधिकारीहरू सीमावर्ती बजारबाट तेल भारतर्फ तस्करी हुने भएकाले भाउ बढाउनै पर्ने बाध्यता भएको तर्क दिन्छन्।
नेपाली इन्धन बजार आपूर्तिमा एकाधिकार, अपारदर्शी मूल्य निर्धारण, गुणस्तरहीनता र शून्य नियमनको भुमरीमा फसेको छ। भारतीय तेल कम्पनीले पठाएको तेल बील, आयल निगमभित्रका अनियमित क्रियाकलापले पैदा गरेको दायित्व, आयल निगमबाट आफ्ना डिलर दिने अनुचित भुक्तानी, सरकारले लिने अनुचित कर, निगमको ऋणको साँवा ब्याजको दायित्व सबै नेपाली उपभोक्ताले तेलको मूल्यमार्फत चुकाउनु परेको छ। यीनमा कुन दायित्व सही र कुन गलत भनेर उपभोक्ताले कहिल्यै परीक्षण गर्न पाएका छैनन्। यी दायित्व सार्वजनिक गरेर, स्वतन्त्र मूल्य विश्लेषकबाट संपरीक्षण भई इन्धनको मूल्य निर्धारण नभएसम्म अहिले लिइने पैसा उपभोक्ताको बाध्यताको फाइदा उठाएर गरिएको लुटजस्तै देखिएको छ।
तेलको आपूर्ति, मूल्य र गुणस्तर नियमन गर्ने कानन तर्जुमा हुनु आवश्यक छ। तेल बेच्ने निकायले होइन छुट्टै स्वतन्त्र निकायले इन्धनको मूल्य निर्धारण गर्नुपर्छ। मूल्य निर्धारण गर्दा उपभोक्ताको अन्य वस्तुमाथिको पहुँचको अधिकार सुनिश्चित हुनेगरी प्रतिस्पर्धी तथा उचित मूल्य निर्धारण हुनुपर्छ। अनुचित मूल्य बृद्धि भएमा उपभोक्ताले हस्तक्षेप गर्ने र सार्वजनिक सुनुवाइ हुने व्यवस्था हुनुपर्छ भन्ने अपेक्षा सामान्य उपभोक्ताले राखेको पाइन्छ। तर सरकारी उदासीनताले यस्ता कुनै काम हुन सकेको छैन।
मूल्य घटाउँदा वा बढाउँदा जनताको जानकारीका लागि वासलात, बिल र मूल्यका भारहरू सार्वजनिक गर्ने गरिँदैन। कुनै छलफल तथा सूचना पुस्तिका पनि प्रकाशित हुँदैन। उपभोक्तालाई त्यस्ता भार उपर चित्त नबुझे उजुरी दिने तथा त्यसको सुनुवाइ हुने प्रत्याभूति पनि छैन। यस्तो प्रकृतिको मूल्य वृद्धि जनतासँग मनोमानी रकम असुल्ने उपाय मात्र हो। हो, राज्यका लागि अति संवेदनशील विषय जस्तै हातहतियार खरखजना, राष्ट्रिय सुरक्षा, अत्यावश्यक वस्तु तथा सेवा क्षेत्रमा सरकारको पूर्ण नियन्त्रण हुनुपर्छ। तर व्यापारमा एकाधिकारले उपभोक्ताको हित गर्दैन। एकाधिकारपूर्ण बजारमा उपभोक्ताले असल गुणको माल वस्तु कम मूल्यमा पाउन सक्दैनन्। एकाधिकारमा उपभोक्तालाई सूचना र छनौटको अधिकार हुँदैन। अर्थशास्त्रको नियमअनुरुप कुनै माल र सेवाको आपूर्तिकर्ता धेरै भए प्रतिस्पर्धाबाट मूल्य घट्छ। एकाधिकार व्यापारमा भने त्यसको ठीक उल्टो हुन्छ। त्यसैले तेल क्षेत्रमा पनि उपभोक्ता अधिकार संरक्षण र प्रतिस्पर्धा गर्ने कानुन तत्काल लागू गर्नुपर्छ।
मूल्य वृद्धि हुने घोषणासँगै केही इन्धन व्यापारी, अनुचित संचयको खेलोफड्कोमा लागेको पाइन्छ। संगठित व्यापारी भने मट्टितेलभन्दा डिजेलको मूल्य बढी कायम ग।ाउन लागिपरेको सुनिएको छ। बंगलादेशलगायतका केही देशमा जस्तै नेपालमा पनि डिजेल र मट्टितेलले एउटै मूल्य कायम भएपछि मट्टितेलको खपत ३ चौथाइ घटेको थियो। सस्तो मट्टितेललाई डिजेल पेट्रोलमा मिसाउने धन्दा पनि कम भएको थियो। यसले गर्दा इन्धनबाट चल्ने इन्जिन मिसावटयुक्त तेलबाट मुक्त हुँदै थिए भने केही पेट्रोल पम्प घाटामा गएर बन्द हुने क्रममा थिए। तिनैले अहिले इन्धनको मूल्य बढाउँदा मट्टितेलभन्दा डिजेल महँगो पार्न दबाब दिएका छन्। सरकार जनताप्रति जिम्मेवार छ कि मिसावटराज चलाउने कालाबजारीप्रति उत्तरदायी छ भन्ने कसी मूल्य वृद्धिको निर्णयबाट लाग्ने भएको छ।
उपभोक्ताको हितभन्दा आयल निगम र त्यसका डिलरलाई फाइदा हुने गरी अनुचित संचय र मिसावट गर्न प्रेरित गर्ने मूल्य वृद्धि नीति तत्काल परिवर्तन गर्नुपर्छ। स्वतन्त्र निकायले सार्वजनिक सुनुवाइ गरेरमात्र मूल्य निर्धारण गर्ने प्रचलन सुरु गर्नुपर्छ। वास्तविक मूल्य कायम गरी जनतालार्ई मार कम पर्ने गरी इन्धनको मूल्य कायम गर्न सरकारले ध्यान दिनु आवश्यक छ। यसका लागि मूल्य निर्धारण गर्ने छुट्टै निकायको गठन गर्नुपर्छ। मूल्य निर्धारण गरिएपछि जनताको गुनासो सुनुवाइ हुने भन्ने मंच र अवसर दिनुपर्छ। अनिमात्र सरकार जनताप्रति उत्तरदायी भएको देखिनेछ। नत्र यसरी नै मूल्यबृद्धि गर्ने हो भने उपभोक्ताले सरकारले नै आफूलाई लुटेको ठान्नेछन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस