दुई हप्ताअघि यसै स्थानमा स्तम्भकारले दक्षिण सुडानमा भइरहेको जातीय युद्ध र नेपाली सेनाले शान्ति स्थापना खातिर गरेको कामका विषयमा लेखेको थियो। त्यो लेख पढ्दा जोसुकैलाई पनि लेखकलाई नेपाली सेनाले आफ्नो खर्चमा घुमाउन लगेको रहेछ भन्ने कुरा प्रष्ट हुन्थ्यो। तर लेखको अन्त्यमा एक वाक्य 'नेपाली सेनाले संयुक्त राष्ट्र संघको हवाईजहाजमा राखेर करिब १० दिनको सो भ्रमण आयोजना गरेको थियो र सम्मिलित हरेक पत्रकारलाई दिनको २५ अमेरिकी डलरका दरले केही खर्च पनि दियो' भनेर लेखिनुपर्थ्याे। लेखकले सो विवरण लेखेर पनि अन्तिममा काटेर छाप्न पठाएको थियो। नेपाली मिडियामा यो चलन नआइसकेकाले अलि बढी नै आदर्शवादी देखिन्छ कि भनेर रोकियो। लेखको पेटबोलीमा त बुझिएकै छ भन्ने पनि सोचियो तर अहिले मिडियाको पारदर्शिता तथा विदेशी लगानीको कुरा चर्कोरूपमा उठेको हुनाले सो विषय पुनःउठान गर्नुपरेको हो। जनताको सूचनाको माध्यम पारदर्शी भएन भने सूचना दूषित हुन्छ। जसरी मन्दविषले विस्तारै कसैको ज्यान लिँदै जान्छ त्यसैगरी दूषित मिडियाले समाजलाई बिस्तारै भत्काउँदै र अराजक बनाउँदै लग्छ। जनताले सत्य, तथ्य र स्वार्थजडित समाचारमा भेद पाउँदैनन्।
अहिले उठेका विषय मिडिया पारदर्शिता र विदेशी लगानीको हो। यी विषय एक आपसमा जति नजिक छन् त्यति नै छुट्टिएका पनि छन्। मिडिया सधैँ पारदर्शी हुनुपर्छ, विदेशीको लगानी छ भने त झनै पारदर्शी हुन आवश्यक हुन्छ। त्यसैले मिडियामा विदेशी लगानी कस्तो अवस्थामा लिने वा नलिने भन्नुभन्दा पहिले वैदेशिक सहयोग लिएको वा नलिएको विषयमा मिडियाले आफ्ना पाठक, दर्शक, स्रोतालाई थाहा दिने कि नदिने भन्ने महत्वपूर्ण विषय हो। मिडियाले कुनै कुरा लेख्दा अथवा कुनै विषय उठान गर्दा उसको संस्थागत तथा व्यक्तिगत स्वार्थ छ वा छैन भन्ने कुरा पाठकले प्रष्टसँग थाहा पाउनुपर्छ। अनिमात्र तिनले वस्तुनिष्ठ निर्णय गर्न सक्छन्। वैदेशिक सहायता लिएको भएमात्र पारदर्शी हुनुपर्ने कदापि होइन।
गएको हप्ता हिमाल साउथ एसियनका सम्पादक कनकमणि दीक्षितले सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकप्रति विरोध गर्नका लागि अथवा नेपालमा शान्ति खल्बलाउनका लागि विदेशीबाट ठूलो रकम कुम्ल्याए भनेर एनेकपा माओवादीका सभासद्हरुले व्यवस्थापिका संसदमा ठूलै हल्लीखल्ली मच्चाए। नेपाली मिडियाले पनि दीक्षितमाथि लागेको आरोप निकै महत्व दिएर प्रकाशित गरे। तर त्यसको भोलिपल्ट कुरा प्रष्ट भयो– सो ६ करोड चानचुन रकम शान्ति भाँड्ने उद्देश्यले आएको होइन, हिमाल साउथ एसियन प्रकाशनार्थ सहयोगका रूपमा आएको रहेछ। नर्वेली राजदूतले विभिन्न राजनीतिक नेतासँग भेटेर सहयोगको उद्देश्यसमेत बताएर सो रकम शान्ति भाँड्नका लागि खर्च हुन नदिने विश्वास दिलाए। जब कुनै मिडियाले राजनीतिक षड्यन्त्रको सिकार भई यस्तो समाचार महत्वका साथ प्रकाशित गर्छ र भोलिपल्टै सो कुरा गलत प्रमाणित हुन्छ भने त्यस्ता मिडियाको जिम्मेवारी के हुने? दीक्षितले पैसा शान्ति भाँड्नै खर्च गरेका हुन् भनेर प्रमाण ल्याउनुपर्ने कि नपर्ने? उनको मानहानि भएको सिद्ध भयो भने जिम्मेवार मिडिया हुने कि संसदमा आवाज उठाउने माओवादी? यस विषयमा प्रेस काउन्सिल र आचारसंहिता विशेषज्ञहरुले पक्कै यथोचित कदम चाल्लान्। अहिले हामी पारदर्शिता र विदेशी लगानीकै विषयमा ध्यान केन्द्रित गरौं।
लगानी कहाँबाट आएको छ भन्दा पनि लगानी पारदर्शी छ कि छैन भन्ने विषय महत्वपूर्ण हो। जस्तो हिमाल साउथ एसियनको वेबसाइटको पुछारमा सो प्रकाशन हाल नेपालस्थित नर्वेजियन राजदूतावास तथा ओपन सोसाइटी फाउन्डेसनको सहयोगमा चलेको छ भनेर थपिएछ। यदि पहिल्यै त्यो कुरा थपिँदो हो र पत्रिकामा पनि छापिँदो हो त यो विषयमा धेरै ठूलो कुरा उठाउनुको अर्थ रहँदैन थियो। तर नेपालको कानुनले स्वदेशी मिडियामा विदेशी लगानी आउन दिँदैन, यस्तो अवस्थामा राजदूतावासको सहयोगलाई के गर्ने वा विदेशी फाउन्डेसनको सहयोग ल्याउन पाउने वा नपाउने विषयमा छुट्टै छलफल चलाउनैपर्छ। अझ प्रकाशन जे र जस्तो भए पनि पत्रिका नै हुन्छन् कि हुन्नन्? यदि हिमाल साउथ एसियनलाई प्राज्ञिक जर्नल मान्ने हो भने फेरि लगानीको नियम कस्तो हुने?
तर मिडिया जस्तो भए पनि यो जनसाधारणसम्म पुग्ने हुनाले यसले पाउने सहयोग पारदर्शीचाहिँ हुनैपर्छ। हिमाल साउथ एसियनले आफूलाई नर्वेले सहयोग गरेको छ भनेर खुल्लारूपमा घोषणा गर्ने हो भने श्रीलंकाको विषयमा यसले प्रकाशित गर्ने लेखमा त्यहाँका पाठकले आफ्नै ढंगले अर्थ लगाएर ग्रहण गर्लान् वा नेपालमा पनि कुनै त्यस्तै विषयमा लेख आएमा नर्वेले यसरी सोच्दोरहेछ भन्लान्।
विदेशी मिडियाको लगानीभन्दा पनि विदेशी विचारलाई नेपाली चोली लगाउन पाउने कि नपाउने भन्ने विषय बढी महत्वपूर्ण हो। चोली नलगाई आएका विदेशी विचारको त बाढी नै छ नेपालमा। जस्तो केही दिनअघि सगरमाथाको बेसक्याम्पमा आएको हिमपहिरोको विषयमा अन्तर्राष्ट्रिय मिडियामा धेरै कुरा आइरहेको छ। तिनले नेपाल सरकारको समर्थन वा विरोधमा जे लेखे पनि नेपाली जनता धेरै उत्तेजित वा व्यथित हुन्नन् तर त्यही विषयमा नेपाली मिडियाले लेखेमा हाम्रो विचार निर्माण प्रक्रियालाई धेरै असर पार्छ। त्यसैले हामी हरेक क्षण सिएनएन, बिबिसी, अल–जजिरा, स्टार न्युज, जीन्युज, आजतक आदि च्यानलमै झुम्मिएका भए पनि तिनले नेपाल र नेपाली जनताका विषयमा बोलेका कुराले हामीलाई धेरै सकारात्मक वा नकारात्मक प्रभाव नपर्न सक्छ। टेलिभिजनमात्र होइन, इन्टरनेटमार्फत नेपालीले संसारभरकै समाचार प्राप्त गरिरहेका हुन्छन् विभिन्न माध्यमबाट। यस्तो सञ्चारको बाढी आएको भए तापनि तिनको विचारको बाढीले नेपाललाई बगाउन सकेको छैन। कसैले नेपाल र नेपालीको विरोधमा कुरा गर्छ वा नेपालको हितविपरित कार्य गर्छ भने फलानो मिडिया फलानोले चलाएको हुनाले उसको विचार हो नेपालीको होइन भन्ने गरिन्छ। नेपालमा मिडिया उपभोक्ताले त्यसै गर्दै आएका छन्।
कसैले नेपालभित्र विदेशी लगानी अपारदर्शीरूपमा भित्र्यायो भने उसले उठाएका कुराले नेपाली मिडियाग्राहीलाई रनभुल्लमा पार्न सक्छ वा कतिपय अवस्थामा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामा पनि गम्भीर असर पर्न सक्छ। नेपाली मिडिया उद्योगको जानकारी राख्ने व्यक्तिहरुले बुझेकै छन्, नेपाली मिडियामा सिधै लगानी गर्न नपाइने भए तापनि पछाडिको ढोकाबाट लगानी छिरेकै छन्। यदि यसरी लुकेर आउने लगानी रोक्न सकिँदैन भने बरु विदेशी लगानी खुला गरेर मिडियाग्राहीहरुले लगानीको स्रोत प्रष्ट बुझ्नेगरी आउन दिए मिडियामा स्वस्थ प्रतिस्पर्धा हुन सक्थ्यो।
मिडियामा विदेशी लगानी आउन दिने वा नदिने भन्ने विषय अन्य उद्योगको जस्तै हो। यदि विदेशी लगानी आउँदा नेपाली लगानी डुब्ने अवस्था छ, नेपालीलाई यस्तो उद्योग चलाउन विदेशी पुँजी र सिप जरुरत पर्दैन भने तिनलाई भित्र्याउनुको कुनै तुक छैन। तर सँगसँगै यदि विदेशी लगानीले मिडियाको स्तरोन्नति गर्छ, पत्रकार र पत्रकारिताको अवस्था सुध्रन्छ, मिडिया जिम्मेवार बन्दै जान्छन् भने कुल लगानीमा केही प्रतिशत दिनेगरी खोल्न अनुमति दिन सकिन्छ। अहिले जस्तो लगानी गर्न पनि नदिने र चोर बाटोबाट आएका लगानीका विषयमा सरकार चुइँक्कसमेत गर्न नसक्नुचाहिँ साह्रै चिन्तनीय अवस्था हो।
मिडियामा विदेशीमात्र होइन, स्वदेशी लगानी पनि पारदर्शी हुनुपर्छ। मिडिया सधैँ घाटामा छ, देखिएको लगानीकर्ताको मिडिया चलाउने हैसियत छैन तर पत्रकारलाई तलब नदिए पनि मिडिया चलिरहेको छ भने त्यो पनि गलत हो। उसले कोबाट कुन स्वार्थका लागि पैसा लिइरहेको छ भन्ने पाठकले थाहा पाउनुपर्छ। कसैले कालो धन्दा गर्ने व्यक्तिसँग लिएका हुन भने तिनले कुनै विषयमा कस्तो अडान राख्छन् भन्ने पनि जनताले बुझ्छ र उसको अडानलाई साथ दिने वा नदिने निर्णय गर्छ। राजनीतिक दलका नेताले समर्थन गरेको पत्रिकाको विषयमा पनि यो कुरा लागु हुन्छ।
अन्त्यमा, यो लेखक सुडान गएको जस्तै सबै पत्रिकाका पत्रकार विभिन्नथरी संस्था वा देशको सहयोगमा विदेश घुम्छन्। तिनले त्यहाँबाट आएपछि लेखेका समाचारको अन्त्यमा घुमाउने संस्था वा स्रोत खोल्ने परम्परा पनि बसाल्नुपर्ने देखिएको छ। किनकि नेपालमा पत्रकारितालाई बलियो बनाउने हो भने पारदर्शिताको विकल्प छैन।