संसारको आर्थिक राजधानी मानिने अमेरिकाको न्यु योर्क सहरमा करिब ३० वर्षअगाडि शान्ति सुरक्षाको अवस्था कति भयावह थियो भन्ने आज कसैले कल्पना पनि गर्न सत्तैmन । त्यसबेला न्यु योर्कको म्यानहाटनमा चल्ने रेलका डिब्बामा फोहोर शब्द लेखिएका हुन्थे, अनेकथरी चित्र बनाइएका हुन्थे, गुन्डाहरूबाट लुटिनु त्यस सहरवासीका लागि एक सामान्य दिनचर्या थियो । कस्तो अशान्त, आपराधिक शहर थियो भने कम्तीमा चार, पाँच डलर नगद बोकेर नहिँड्ने व्यक्ति लुटिएको अवस्थामा अपराधीले मर्लान्त हुनेगरी पिट्ने डर हुन्थ्यो । अपराधको यस्तो बिगबिगी भएको अवस्थामा सन् १९८४ को डिसेम्बर २२ मा बर्नहार्ड गोएट्ज नामक गोरा व्यक्तिले चलिरहेको ट्रेनको डिब्बामै आफूलाई जिस्काउने र पैसा माग्ने चारजना काला युवालाई पेस्तोल निकालेर गोली प्रहार गरे । त्यस्तो अपराध गरेबापत ती जेल गएनन् बरु उनलाई अदालतले रिहा गरेको दिन उनको घर बाहिर सहरका धेरै व्यक्तिले नाच गान गरेर उत्सव मनाए । जनता अपराधीको आतंकमा कति धेरै पिल्सिएका थिए भने गोएट्ज तिनका लागि ‘हिरो’ साबित भए । तर त्यही व्यक्ति सन् १९९६ मा जब सोही मुद्दामा न्यायिक सुनुवाइका लागि अदालत गए त्यसबेला उनलाई सम्झने कोही थिएन । न्यु योर्क अमेरिकाको र विश्वकै सबैभन्दा सुरक्षित सहरमा गनिन थालेको थियो । कसरी संभव भयो यो परिवर्तन ?
विश्व प्रसिद्ध पुस्तक द टिपिङ्ग प्वाइन्टमा माल्कम ग्ल्याडवेल लेख्छन्, यस्तो ठूलो परिवर्तन ससाना बदलावका कारण सम्भव भयो । यसको सुरु न्यु योर्कको रेलसेवाबाटै भयो र सर्वत्र फैलियो । यसका लागि सबैभन्दा महत्वपूर्ण कार्य मनोविज्ञान अध्ययनले ग¥यो । जेम्स विल्सन र जर्ज केलिङ्ग भन्ने दुई मनोवेत्ताले ‘ब्रोकन विन्डो’ अर्थात् फुटेको झ्याल भन्ने आलेख सन् १९८२ मा द एटलान्टिक भन्ने पत्रिकामा छपाएका थिए । त्यस लेखमा तिनको भनाइ के थियो भने कुनैपनि घरको एउटा झ्याल फुटेको छ र त्यसलाई नबनाई राखियो भने अराजक मनस्थितिका मान्छेले त्यस घरका अरु झ्याल पनि फुटाउँछन् र अन्ततः घरभित्रै पसेर आगोसमेत लगाउँछन् । केलिङ्गको यस सिद्धान्तलाई पछ्याउने डेभिड गन भन्ने एक जना न्यु योर्क मेट्रोको निर्देशक भएर आएपछि उनले सबैभन्दा पहिले रेलका डिब्बामा बनाइएको ‘ग्राफिटी’ सफा गर्ने काम गरे । जब डिब्बामा कोरिएको सबै केरमेट सफा हुनथाल्यो बिस्तारै यात्रु पनि अनुशासित बन्न थाले र रेलभित्र हुने दुर्घटनामा पनि कमी आउन थाल्यो । त्यसै समय अर्का विलियम ब्राटन भन्ने व्यक्ति ट्रान्जिट प्रहरी प्रमुख भएर आए । उनले पनि ब्रोकन विन्डो नीतिलाई नै पछ्याए । रेल सेवामा यात्रुले पैसा नतिरेर हरेक महिना लाखौं डलर घाटा भइरहेको थियो । उनले सबैभन्दा पहिले रेलको पैसा छिराउने ठाउँ बन्द गरेर ढोकाबाट पैसा उठाउने बदमासमाथि कारबाही थाले । यस कारबाहीमा पर्नेहरु रेलको पैसा ठग्ने ठगमात्र थिएनन्, सहरमा नानाथरी बदमासी गर्नेहरू पनि थिए, कतिपय त पुलिसले खोजी गरिरहेका गुन्डा थिए । यसरी फुटेको झ्याल ठीक गर्ने अभियानले न्यु योर्कलाई नयाँ रुप दियो र सर्व साधारणका लागि यो सहर बस्न र काम गर्न उपयुक्त सहर बन्यो ।
अमेरिका र विश्वको आर्थिक राजधानीबाट नेपालको राजधानी सहर काठमाडौं आऔँ । यहाँ पनि अहिले फुटेको झ्याल मर्मत गर्ने केही कर्मठ व्यक्ति देखापरेका छन् । तिनले सुरु गरेको होस्टेमा सबैले हैसें मिलाउने हो भने हाम्रो विकासको ‘टिपिङ्ग प्वाइन्ट’ अर्थात् अघि बढ्ने विन्दु पनि सुरु हुन सक्छ । विकासको गति सुरु हुन केही गर्नु पर्दैन । जागरुकता, जाँगर र केही गरौं भन्ने एउटा भावना विकास हुनुपर्छ अरु सबै चिज ठीक ठीक ठाउँमा आफँै पर्न थाल्छन् ।
सडकको कुनै एक ठाउँमा अलिकित फोहोर कसैले फ्याँकिदिने हो र केही दिन त्यत्तिकै छाडिदिने हो भने त्यहाँ फोहोरको डुंगुर जम्मा हुन्छ । त्यसपछि त्यहाँबाट फोहोर सफा गर्न निकै गाह्रो हुन्छ । सफा विदेशी सहर नपुगेको नेपाली खोज्न अहिले गाह्रो छ । सिंगापुर, दोहा, दुबई, क्वालालम्पुर, टोकियो, सोलजस्ता सहरमा कुनै नेपालीको मुखमा थुक आउँदैन, कसैको कफ जम्दैन अनि भएको पिच्च पिच्च थुक्ने बानी पनि हराउँछ । त्यही व्यक्ति काठमाडौं पुग्नेबित्तिकै सडकमा थुक्न थाल्छ र आफूले के गरेँ भन्ने चालै नपाई यस सहरको बदख्वाईँ गर्न थाल्छ । त्यस्तो किन हुन्छ भने हाम्रो सहरमा जथाभावी थुक्न प्रतिबन्ध छैन । थुकेपछि फोहोर फ्याक्न सजिलो भयो । त्यसपछि यसो कुना लागेर पिसाब फेर्न पनि मिल्यो । जसरी न्यु योर्कको रेलमा ‘ग्राफिटी’ मेट्न महेनत गरियो त्यसैगरी यस्ता ससाना काममा प्रहरी र सम्बन्धित निकाय लाग्ने हो भने यसको सकारात्मक असर पूरै सहरको सुन्दरता र सफाइमा पर्ने थियो ।
अहिले वाग्मती नदी सफाइको अभियानमा गायत्री समूहका डाक्टर राजु अधिकारी, एपेक्स कलेज र जीवन विज्ञान केन्द्रका अध्यक्ष एल पी भानु शर्मा, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलको अगुवाइमा जसरी हजाराँैं व्यक्ति लागेका छन् त्यसले पनि काठमाडौंको सफाइमा र सुन्दरता बढाउन निकै ठूलो सहयोग पु¥याएको छ, पु¥याउँदै छ । यी व्यक्तिलाई फुटेको झ्याल पहिले बनाउनुपर्छ अनिमात्र घरका अरु झ्याल फुट्दैनन् र त्यसपछि घर बस्न लायक हुन्छ भन्ने ज्ञान भएका कारणले नै वाग्मती सफाइजस्तो असंभव देखिने अभियानमा लागेका हुन् ।
काठमाडौंका सडकमा अहिले मादक पदार्थ सेवन गरेर सवारी चलाउँछु भन्ने व्यक्ति भेटिन मुस्किल भइसकेको छ । ‘मापसे’ नियन्त्रण अभियान महत्वपूर्ण र सफल कदम हो फुटेको झ्याल मर्मत गर्ने दिशामा । मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउँदा सडक दुर्घटना कम भएकोमात्र होइन यस्को प्रभावले अन्य प्रकारका आपराधिक घटनामा पनि निकै कमी आएको हुनुपर्छ । अझ पारिवारिक कलहमा पनि यसको सकारात्मक असर परेको छ, कसैले अध्ययन गरेर परिणाम देखाइदिए राम्रो हुनेथियो । बाबुले पैसा रक्सीमा खर्च नगर्दा बाल, बालिकाको लुगा र कापी कलम किन्न केही सजिलो भएको हुनुपर्छ ।
यो फुटेको झ्याल मर्मत गर्ने अर्का अभियन्ता काठमाडौं प्रहरी प्रमुख रमेश खरेल हुन । उनको नाम सधैँ सञ्चार माध्यममा आउँछ र उनका समकक्षी र प्रतिस्पर्धी उनको रिसमा आफू कालो भएको आभास पनि पाउँदैनन् । रमेशले गरेको काम धेरै ठूलो होइन । उनले त सहरमा गुन्डागर्दी समाप्त हुनुपर्छ भनेको मात्रै हो । कुनै पनि गुन्डालाई प्रहरीले पक्राउ गरेपछि उसलाई कारबाही गरिछाड्ने र कुनैपनि राजनीतिक नेता वा मन्त्रीको फोन नलिने उनको हठले गर्दा उनलाई लोकप्रिय बनाएको मात्र होइन राजधानीमा अपराध कमी गर्न पनि धेरै ठूलो योगदान गरेको छ ।
उनको राजनीतिक सिद्धान्त कसैलाई मन पर्ला वा नपर्ला तर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थालेको काठमाडौंका सडक चौडा गर्ने अभियानले सम्पूर्ण नेपालको विकास क्रमलाई अघि बढाएको छ । नेपालीको सडकमात्र होइन मन पनि चौडा भएको छ । अब काठमाडौं संसारको राम्रो राजधानी भनेर दरिन सकिने अवस्थामा पुगेको छ । यस सहरले विश्वका ठूला लगानीकर्तालाई अब नेपालमा लगानी गर्ने वातावरण छ भनेर विश्वास दिलाउनसक्ने भएको छ । डा. भट्टराईले पनि फुटेको झ्याल मर्मत गर्ने अभियानमा धेरै ठूलो योगदान गरेका छन् ।
अन्त्यमा, विकसित राष्ट्रको हाराहारीमा पुग्ने हो भने सबैभन्दा पहिले फुटेको झ्याल मर्मत गर्ने जाँगर सबैमा आउनुपर्छ । कुनै ठाउँमा फोहोर फाल्ने, पिसाब गर्ने र बित्थामा हर्न बजाउने चालकलाई यो शिष्टता होइन भनेर भन्ने आँट गर्नुहुन्छ भने तपाईं पनि फुटेको झ्याल मर्मत गर्ने अभियन्ताका रुपमा आफैँ गर्व गर्न सक्नुहुन्छ ।