केही यमा सञ्चार माध्यममा आएका विभिन्न नेता, पत्रकार तथा विश्लेषकले नयाँ शक्ति निर्माणका बारेमा आआफ्ना धारणा व्यक्त गरेका छन्। त्यस्ता धारणामा एउटा पक्षले नयाँ र निर्णायक शक्तिको उदय अपरिहार्य देखेको र अर्को पक्षले त्यस्तो चर्चा नै असान्दर्भिक ठानेको पाइन्छ।मुलुकको वर्तमान संकट र बेथितिको निम्ति पहिलो पक्षले हाल क्रियाशील दलहरुलाई जिम्मेवार ठान्छ र त्यस्ता समस्याको समाधान पुराना पार्टीहरूबाट असम्भव मान्छ। अर्को पक्ष भने नयाँ शक्ति निर्माणको बहसलाई बेतुकको चर्चा हो भन्ने निष्कर्षमा पुगेको छ देखिन्छ।
सत्तामा पुगेका दलहरुको विफलताले नै नयाँ दलको गठनको आवश्यकता र आधार तयार हुने हो। बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा यसो हुन अस्वाभाविक होइन। कुनै विश्लेषक वा नेताले स्वीकार गर्नु वा नगर्नुले नयाँ दलको औचित्य र उदय निर्धारण हुने होइन। त्यसैले नयाँ शक्ति निर्माणका पक्षमा रहेकाहरू अग्रसर हुन हच्किनु पर्ने कारण देखिँदैन।
नयाँ शक्ति निर्माणलाई असान्दर्भिक, हावाको महल र फगत हल्लीखल्लीजस्ता संज्ञा दिनेहरू पनि बहसमा संलग्नता हुनुलाई भने त्यस्तो शक्ति निर्माणका पक्षमा रहेकाहरूले सकारात्मकै ठान्नुपर्छ। विपक्षमा रहेकाहरूको संलग्नताले नयाँ शक्ति निर्माणका आधार पहिल्याउन झनै सहज बनाइदिएको छ। हुनत, राजनीतिमा सैद्धान्तिक पक्षलाई बढी महत्व दिनेहरू हालका दलहरुबाटै मुलुक समृद्धिको बाटोतर्फ लम्किने भरोमा देखिन्छन्। सिद्धान्तबिनाको राजनीतिले जनपरिचालन गर्न नसक्ने तिनको तर्क छ। तर के हाल ठूला र निर्णायक स्थितिमा रहेका नेपाली कांगे्रस, नेकपा (एमाले) र एनेकपा (माओवादी)लगायतका दलहरू तिनको घोषित सिद्धान्तअनुसार चलेका छन् त? सिद्धान्तबाट निर्देशित भएका भए एउटै दलको सरकार ढालेर उही दलको अर्को नेताको नेतृत्वमा सरकार गठन हुने परिस्थिति किन निम्तिन्छ? एउटै सिद्धान्त मान्ने र त्यही सिद्धान्तबाट निर्देशित व्यक्तिको संयोजनबाट दल निर्माण भएको भए यस्तो विसंगति त देखिनु नपर्ने हो। आफ्नै दलको सरकार ढालेर उही दलको अर्को नेताको नेतृत्वमा सरकार गठन हुनुले सिद्धान्त हैन अवसरवादबाट निर्देशित रहेको पुष्टी हुन्छ। यो २०४६ यता नेपालमा धेरै पटक देखिएको उदाहरण हो।
दलको मूल्यांकन तिनको घोषित सिद्धान्तका आधारमा गर्ने कि तिनले गरेका कामको आधारमा? सबै दलका समर्थक आआफू आबद्ध दलको सिद्धान्त राम्रो ठान्छन्। त्यसो भए सबै दलको सिद्धान्त राम्रै रहेछ। सबै दलको सिद्धान्त राम्रो भए पनि जनताको जीवनस्तर उकास्न त सकेको देखिएन। अर्थात्, सिद्धान्त जस्तो भए पनि दल संचालन गर्ने नेतृत्वको नैतिकता, आचरण र चरित्रले मुख्य भूमिका खेल्नेरहेछ। संसदीय व्यवस्थाको चर्को पक्षधर गर्ने कांग्रेसकै कुरा गरौँ। हाल राष्ट्रपति पदमा आसीन रामवरण यादवलाई कुन संसदीय मान्यताको आधारमा बचाउ गरिरहेको छ कांग्रेसले? आफूलाई कम्युनिस्ट भन्ने एमाले र एमाओवादी कुन सिद्धान्तअनुसार संसदीय व्यवस्थामा छन्?
निर्णायक भूमिकामा रहेका दल कांग्रेस, एमाले र एमाओवादीबाट नै मुलुकले निकास पाउने र राजनीतिक प्रक्रिया पनि सुदृढ हुनेमा विश्वस्त हुनेहरूको आशाको केन्द्रमा रहेका केही युवाले आआफ्ना दलको शुद्धीकरण गर्न नसक्ने पुष्टि गगन थापा, गोकर्ण विष्टजस्ताहरूको बेलाबखतका अभिव्यक्तिले पनि गरेका छन्। तर, उनीहरूको अवस्था हेर्दा तिनले पार्टीभित्रै संघर्ष गरेर नेतृत्व हात पार्न सक्लान् भन्ने ठान्नु दिवास्वप्न हुने देखिन्छ। सबै दलका गगन र गोकर्णको वास्तविक स्थिति यसभन्दा फरक छैन।
अब पुरानो पुस्ताले युवालाई काम गर्न दिएन भनेर युवा जमातको सहानुभूति आफ्नो लिएर राजनीतिक अभीष्टमात्र पूरा गर्ने कि तगारो नै भत्काएर छोटो बाटोबाट सिंगो राष्ट्रकै उन्नतिमा महत्वपूर्ण भूमिका खेल्न सक्रिय हुने भन्ने विषयमा सबै दलका गगन र गोकर्णहरुले निर्णय लिन ढिलो गर्नुहुँदैन।
यस क्रममा राजनीतिबाहिर रहेका विभिन्न पेसा र क्षेत्रका भरपर्दा, लोकप्रिय र नेतृत्व क्षमता भएका व्यक्ति तथा विभिन्न दलका विश्वासिला र लोकप्रिय व्यक्तित्वहरूको संमिश्रणबाट नयाँ शक्ति सनर्माण सम्भव देखिन्छ। यद्यपि, सिद्धान्तलाई बढी महत्व दिनेहरुले विभिन्न सिद्धान्तका नाममा राजनीति गरेका व्यक्तिहरु एउटै दलमा कसरी अटाउन सक्छन् र कसरी एउटै पार्टी विधानमा बा“धिन सक्छन् भन्ने प्रश्न गर्न सक्छन्। यस प्रश्नको उत्तर प्रश्नकर्ताले नै निकाल्नेछन्। त्यसको निम्ति प्रश्नकर्ताको ध्यान यस विषयमा केन्द्रित गर्नुपर्ने हुन्छ। विभिन्न सिद्धान्त र वादका अनुयायीको उपस्थिति रहेको संविधान सभाबाट फरकफरक सिद्धान्त र वादका समर्थकलाई स्वीकार्य संविधान आउन सक्छ त? अनि ती सबै वादका समर्थक एउटै संविधानभित्र अटाउलान् वा उनीहरु त्यस संविधानमा बा“धिन सक्लान्? यी विभिन्न प्रश्नहरुको उत्तर नै माथि उठाइएको सम्भावित एउटा प्रश्नको जबाफ हुनेछ। नेपालीहरू अहिले जसरी संविधान निर्माण गर्ने प्रयासमा लागेका छन् त्यो नै नयाँ राजनीतिक शक्ति निर्माणका निम्ति गरिएको प्रस्तावलाई पुष्टि गर्ने दह्रो आधार हो।
नया“ शक्तिको आवश्यकता र सम्भावनाको चर्चापछि अब चुनौतीहरू पनि नियालौँ। नयाँ दल निर्माण गर्नु नै नयाँ शक्ति निर्माण भने होइन। नयाँ दललाई निर्णायक शक्तिका हैसियत दिलाउन जनताबाट अनुमोदित भई स्थापित हुनु महत्वपूर्ण हुन्छ। यसैले नयाँ शक्ति निर्माणको पहल गर्नेहरू सम्भावित चुनौतीको सामना गर्न पनि तयार रहनुपर्छ। पहिलो चुनौती त जनविश्वास आर्जनु नै हो। सयौंको संख्यामा रहेका दलमा एउटा दल थपिँदैमा त्यसले जनविश्वास हासिल गरेर निर्णायक शक्तिको रूप लिइहाल्छ भन्ने त छैन। नयाँ दलको नाममा सत्तामा पुर्याएपछि एमाओवादीले कांग्रेस एमालेकै रुप धारण गर्न पुगेको देखेर आजित नेपाली जनताले नयाँ नामधारी कुनै दललाई तत्काल विश्वास गर्नुपर्ने कुनै दह्रो आधार पनि छैन। हाल अस्तित्वमा रहेका ठूला दलको विकल्पमा अर्को पार्टी नै नभएकाले यिनीहरू निर्णायक शक्ति बनेका पनि होइनन्। निर्वाचनबाट जनताले मत दिएर नै यिनलाई निर्णायक बनाएका हुन्। अरू, सयौं दल हुँदाहुँदै लगातार यिनै तीन दललाई जनताले मत दिनुको कारण यिनले गरेको सकारात्मक कामबाट प्रभावित भएर पनि होइन। अर्कातिर, सिद्धान्तका आधारमा मत दिनेको संख्या नेपालमा निकै कम छ। यसको मुख्य कारण वंशका आधारमा तय गरिने राजनीतिक धारणा हो। जतिसुकै शिक्षित र सचेत भनिए पनि अधिकांश पढेलेखेका र सचेत युवाले पुस्तैनी आधारमा आफ्नो राजनीतिक धारणा तय गर्नेगरेको पाइन्छ। प्रजातन्त्रमा व्यक्तिले आफ्नो स्वेच्छाले दल चयन गर्छ भन्ने सैद्धान्तिक मान्यता सही नै होला तर अधिकांश नेपालीको राजनीतिक दृष्टिकोण पारिवारिक आधारमा तय हुनेगरेको तथ्य बिर्सन मिल्दैन।
यसैगरी विसं २००७ र २०४६ सालदेखि गाउँगाउँसम्म संगठन बिस्तार गरेका दलको विकल्प बनेर आउने काम पक्कै सहज हुनेछैन। विसं २००७ सालमा हजुरबाबुले र २०४६ तथा २०६३ सालमा बाबुले रोजेको दलकै समर्थक बनिरहनुपर्छ भन्ने मानसिकताबाट ग्रसित नेपालीको ठुलो हिस्सालाई त्यो कर्मकाण्डी सोचबाट मुक्त पार्ने क्षमता नयाँ राजनीतिक शक्ति निर्माणको पहल गर्नेहरूसँग छ कि छैन भन्नेले नै नयाँ शक्ति स्थापित हुने कि नहुने टुंगो लगाउँछ। यसबाहेक हाल विभिन्न दलका आडमा व्यक्तिगत स्वार्थ पूर्ति गर्न पल्किएका र अरुको मेहनतले तयार भएको ठूलो दलको फेरो समातेर आफूलाई सुरक्षित ठान्ने प्रवृत्ति बोकेकाको मानसिकता बदल्ने ठोस प्रयास नयाँ शक्ति निर्माणमा संलग्न हुनेहरूले गर्न सक्छन् कि सक्दैनन् भन्ने पनि अर्को मुख्य चुनौती हो।
हरेक युगले आफुलाई आवश्यक परेको शक्ति पैदा गरेको इतिहास छ र यो प्राकृतिक नियम पनी हो। के नेपालमा मात्र यो नियम नलाग्ला त? त्यसैले कसैले चाहे पनि नचाहे पनि नयाँ शक्ति निर्माण त हुन्छ नै। राष्ट्रले खोजेको युगनायक मुलुकले अवश्यै पैदा गर्नेछ।