राजनीतिको माओवादी चौतारीमा 'वैज्ञानिक' शब्द खुबै चल्तीमा छ। वैज्ञानिक चिन्तन, वैज्ञानिक विश्लेषण, वैज्ञानिक संश्लेषण, वैज्ञानिक आँकलन, वैज्ञानिक अवलोकन, वैज्ञानिक संस्कृति आदि यस चौतारीका थेगोतुल्य शब्दहरु हुन्। तर, परिणतिको ऐनामा माओवादी नेता कमरेडका कथनी नियाल्दा तिनका चिन्तन लम्फु जोतिसीको धुलौटो कोराइ र कुण्डली केलाइभन्दा खासै वैज्ञानिक जँच्दैन। बाइसे गुरुजीहरुको चवालीसे सरकार बनेयता कमरेड प्रचण्डका भविष्यवाणीहरु स्मरण गरौँ।
अठार दलको अश्रुवर्षा र हारगुहारको कृपापूर्ण प्रत्युत्तरमा राष्ट्रपति रामवरण यावदले 'तथास्तु' भनी आशीर्वाद दिए। त्यही आशीर्वाद टेकेर बाइस दलको बाइसमुखे माधव सरकार बन्यो। जब माधव सरकार बन्यो, प्रचण्डले एकरत्ति बियाँलो नगरीकन उद्घोष गरे - यो असंवैधानिक कठपुतली सरकार तीन महिनामा शेष हुनेछ। तीन महिना बितेर गए। प्रचण्डको उद्घोष खेर गयो, कठपुतलीको अस्तित्व यथावत् रह्यो। त्यसपछि प्रचण्डले माधव सरकार महिना दिनमा चिलिम हुने जोखाना सुनाए। महिना दिन बित्यो। प्रचण्डको जोखाना चिलिम भयो, माधव सरकार पुलकित मुद्रामा जीवित रहिरह्यो। तत्पश्चात् प्रचण्डले कठपुतली जम्बोरीले बहुमत गुमाइसक्यो भने। प्रचण्डको भनाइ गोपिक्याँच भयो, कठजम्बोरीको बहुमत रहिरह्यो। अनि त्यसपछि दुई हप्ता, अनि त्यसपछि एक हप्ता, अनि त्यसपछि आजभोलि नै - एवं रीतले प्रचण्ड माधव सरकार सकिने दिनको लगालग घोषणा गरिरहे। तर, उनका सबै घोषणा खोलैखोला गए, आजका मितिसम्म माधव सरकार ङिच्च हाँस्दै सिंहदरबारको सिंहासनमा गजधम्म बसिरहेकै छ। पाँचवटा उद्घोषमध्ये बरु संयोग र काकतालीले गर्दा राशिफल बताउने छट्टुबाजेको एउटा उद्घोष मिल्दो हो। प्रचण्डको त्यही पनि मिलेन। माओवादी महलको वैज्ञानिकताको गफले हरिबिजोकसँग हावा खायो।
दृष्टि र दिशा, मति र गति एवं चरित्र र चर्तिकलाका हिसाबले माधव सरकार गणतन्त्र नेपालको सरकार भनिनलायक सरकारै होइन। यो त केवल सरकार नामको चवालीस सदस्यीय मलामीगण हो। यो मलामीगण लोकतान्त्रिक गणतन्त्रका आदर्श र सपनाहरुलाई दागबत्ती दिन इतिहासको मसानघाटतिर लम्किरहेको प्रतीत हुन्छ। तर, चरित्र र अभिस्ट जस्तोसुकै होस्, यो अस्तित्वमा त छ नै। संसदीय गणितमा सधैँ जनअभिमत झल्किन्छ भन्ने केही छैन। त्यसको सबुत माधव सरकार हाम्रा सामुन्ने छ। राजनीतिक र नैतिक दृष्टिले, जनादेश र परिवर्तनकामी सपनाका दृष्टिले माधव सरकारको जगै छनै। तर बिडम्बनावश, यसले वैधानिकताको झिल्के पगरी भने गुथ्न पाएको छ। बाइस दलीय वफादार भरियाहरुले यसलाई सप्रेम उलिन्काठमा बोकेका छन्। गणीतीय हिसाबले यससँग बहुमत छ। छनलाई बाइस दलभित्र विचार न आचारका, थर न ठेगानका, घर न घाटका एवं हुती न हैसियतका थुप्रै बतासे दलहरु पनि छन्। तर, सत्ताको सुस्वादु फल मिलुजुली, बाँडीचुँडी खाने गरी समर्थनकारी मत चारतिर सिला खोजेर, बाइस ठाउँ टालेरै भए पनि बहुमतको जोहो गरिएको छ। मतको प्रकृति र मतधारीहरुको दाउ जेसुकै होस्, जबसम्म बहुमत छ तबसम्म माधव सरकार रहने नै भयो। माओवादीले भनेर र कनेर भगवान्का कृपाले यो स्वतः शेष हुने होइन क्यारे!
सन्तानले हरामबिराम गरे जन्म दिने आमालाई उसलाई सम्झाइबुझाइ गर्ने र उस्तै परे हप्काउने हक हुन्छ। यो ममतामयी आमाको आफ्नो सन्तानको सदाचार र सुखद् भविष्यप्रतिको चिन्ताको सच्चा अभिव्यक्ति हो। राष्ट्रपति रामवरण यादवको जन्म संसद्रुपी माताको कोखबाट भएको हो। त्यसैले विधि-व्यवहारमा यिनले केही तलबितल गरे यिनलाई केही भन्ने हक मातारुपी संसद्लाई हुनुपर्ने हो। तर, बाइस दलका अन्तरे गुरुजीहरु समवेत स्वरमा भन्छन् - मातेलाई त्यो हक छैन। मानौँ अठार दलको बुई चढेर र बाइस दलको सलामी पाएर राष्ट्रपति यादवले जन्मदातृ माताको शिर टेकिसके। मानौँ यी आफूलाई राष्ट्रपति चुन्ने मताधिकारी सांसद-विधायकहरुले छुनै नहुने, केही भन्नै नहुने नव-नरेश भइसके। सके नरेश बन्ने उनको चाहना नहुँदो हो। तर उनको खोपडीमा अनुचित मनोकांक्षा भरिदिएर बाइसे गुरुजीहरुले मानौँ उनको मनोविज्ञानको कायाकल्प गरिसके। त्यसैले माओवादीले धूलामा लम्पसार परेरै याचना गरे पनि संसद्मा राष्ट्रपतिको विवादास्पद कदमबारे बहस गर्ने र न्यायिक नीतिको तराजुमा यादवको कदमलाई तौलिएर दूधको दूध पानीको पानी छुट्याउने सम्भावना अब तिलको दानाजति पनि रहेन। राष्ट्रपति यादव नाताले बाइसे गुरुजीहरुको चतुमुर्खी ब्रह्मातुल्य माधव सरकारका जनक हुन्। जनकको कृत्यमाथि प्रश्न उठ्नुको अर्थ हो, निजको सन्तानरुपी माधव सरकार परमधाम हुने सम्भावना बलशाली बन्नु। माधव सरकार बाइस दलको राजनीतिक सुझबुझ, बौद्धिक सामर्थ्य र नैतिक धरातलको खाँट्टी प्रतिबिम्बन हो। यी दुःखीहरुसँग योभन्दा गतिलो सरकारको विकल्पै छैन। त्यसैले राष्ट्रपति यादवको कदमको प्रतिरक्षा र माधव सरकारको दीर्घायुको निम्ति बाइस दलका श्रीहजुरहरु आत्मदाह गर्न तयार छन्।
कठोर यथार्थ यस्तो छ। तैपनि माओवादी 'कठपुतली माधव सरकार जाऊ, मलाई खाली ठाउँ बनाऊ' भन्दै अहोरात्र अरण्य रोदन गरिरहेछ। दुई करोड जागेका आँखा अपलक हेरिरहेका छन्, दुई करोड जागेका कान एकचित्तले सुनिरहेका छन्। ती सचेत कान र सचेत आँखाधारी मनुवाहरु माओवादीको खुरुन्धार सत्तालिप्सा देखेर भित्रभित्रै लज्जित भइरहेका हुनन्। परिवर्तनका एजेन्डा, परिवर्तनको आवेग, निर्वाचनबाट प्राप्त जनादेश र नवोदित शक्तिका दृष्टिले माओवादी सरकारको राजनीतिक र नैतिक दाबेदार पक्कै हो। तर सरकारको आसनमा माधवमण्डली अचल अजिङ्गरझैँ विराजमान छ। उसलाई बाइसे लर्कोको निशर्त धाप प्राप्त छ। बहुमत जोरजाम गरेर कुर्सी नहल्लाई कसरी ढल्छ माधव सरकार? अनि कुरैकुराले, धम्की र रोइलोले कसरी बन्छ माओवादी नेतृत्वको राष्ट्रिय सरकार?
कटु सत्य के हो भने माओवादी र सरकारको आसनबीचमा विकराल खाडल छ। यो राष्ट्रपति यादवको कदमबाट बनेको खाडल हो। अप्रकट सत्य भन्छ - राष्ट्रपतिको यो कदम त कास्टिङमात्र हो। अर्थात् यो पूर्व राजा ज्ञानेन्द्रको असोज अठाहरको कृत्यको पुनरावृत्ति हो। त्यो खाडलमा उही ज्ञानेन्द्र शैलीको माघ १९ को कदम भर्सिरहेको छ। अहिले उपयुक्त समयको पर्खाइ छ। यो चौतर्फी गडबडीको पर्खाइ हो। बाइस दलभित्रैका कतिपय सारथीहरुले मुख फोरिसके - राष्ट्रपति सेना पछि लाएर आऊ, हाम्रो जराजीर्ण अस्तित्व बचाइदेऊ! अभिजात महलका कतिपय बौद्धिक, लेखक, स्तम्भकार र एनजीओजीवी नागरिक समाजका कतिपय उच्च नागरिकहरु राष्ट्रपतिलाई पम्प भर्न मरिमेटेर लागिपरेका छन्। यी सबका नजरमा मुलुकका यावत् अर्थ-राजनीतिक-सांस्कृतिक समस्याहरुको हल अब युद्धको आगोसिबाय अरु केहीमा छैन। हिजो संसद्वादी काजीहरु यस्तै ठान्थे। तिनले यसैगरी राजा ज्ञानेन्द्रलाई गुहारेर सैनिक बुटले आफ्ना शिरमा टेकिमागेका थिए। शाही बुटको टेकाइले कुच्चिएका आफ्ना शिरको अथाह पीडा तिनले हिजोको आजै बिर्से। सके पीडाको न्यास्रो लागेर होला, यी महोदयहरु फेरि सैनिक शासनलाई उदार दिलले आमन्त्रण गरिरहेका छन्। विनाशकाले विपरीत बुद्धि त्यसै भनिएको कहाँ हो र!
लायक प्रतिपक्षसँग नालायक सत्ताधारीसँग घर्षणकारी संवाद गर्ने माध्यम तीनवटा हुन्छन्। ती हुन् - वचन, मुद्रण र पत्थर प्रक्षेपण। जब सडकमा उद्वेलित नागरिकहरुका धेरै टाउका देखिन्छन् र तिनका प्रलयकारी वचन सुनिन्छन्, भयातुर शासकहरु छेरभालु हुन्छन्। लाग्छ, माघ १९ को प्रेत बौरिनसक्ने खाडल पुर्न तेस्रो जनआन्दोलन अब अनिवार्य छ। घोषित माओवादी जनआन्दोलनको प्रकृति कस्तो होला? यसको प्रमुख माध्यम पत्थर-प्रक्षेपण होला कि विशाल आकारको जनगोलोको तुमुलध्वनियुक्त वचन होला? पत्थर प्रक्षेपणले माओवादी र सरकारका आसनबीचको विकराल खाडलबाट माघ १९ को गोमन सर्पलाई जन्म दिने छ। तुमुलध्वनियुक्त वचनले सत्ताधारी अन्तरे गुरुजीहरुलाई बिदाइको नमस्कार गर्नेछ। नेतृत्वकारी माओवादी कणहरुलाई चेतना भया!
अठार दलको अश्रुवर्षा र हारगुहारको कृपापूर्ण प्रत्युत्तरमा राष्ट्रपति रामवरण यावदले 'तथास्तु' भनी आशीर्वाद दिए। त्यही आशीर्वाद टेकेर बाइस दलको बाइसमुखे माधव सरकार बन्यो। जब माधव सरकार बन्यो, प्रचण्डले एकरत्ति बियाँलो नगरीकन उद्घोष गरे - यो असंवैधानिक कठपुतली सरकार तीन महिनामा शेष हुनेछ। तीन महिना बितेर गए। प्रचण्डको उद्घोष खेर गयो, कठपुतलीको अस्तित्व यथावत् रह्यो। त्यसपछि प्रचण्डले माधव सरकार महिना दिनमा चिलिम हुने जोखाना सुनाए। महिना दिन बित्यो। प्रचण्डको जोखाना चिलिम भयो, माधव सरकार पुलकित मुद्रामा जीवित रहिरह्यो। तत्पश्चात् प्रचण्डले कठपुतली जम्बोरीले बहुमत गुमाइसक्यो भने। प्रचण्डको भनाइ गोपिक्याँच भयो, कठजम्बोरीको बहुमत रहिरह्यो। अनि त्यसपछि दुई हप्ता, अनि त्यसपछि एक हप्ता, अनि त्यसपछि आजभोलि नै - एवं रीतले प्रचण्ड माधव सरकार सकिने दिनको लगालग घोषणा गरिरहे। तर, उनका सबै घोषणा खोलैखोला गए, आजका मितिसम्म माधव सरकार ङिच्च हाँस्दै सिंहदरबारको सिंहासनमा गजधम्म बसिरहेकै छ। पाँचवटा उद्घोषमध्ये बरु संयोग र काकतालीले गर्दा राशिफल बताउने छट्टुबाजेको एउटा उद्घोष मिल्दो हो। प्रचण्डको त्यही पनि मिलेन। माओवादी महलको वैज्ञानिकताको गफले हरिबिजोकसँग हावा खायो।दृष्टि र दिशा, मति र गति एवं चरित्र र चर्तिकलाका हिसाबले माधव सरकार गणतन्त्र नेपालको सरकार भनिनलायक सरकारै होइन। यो त केवल सरकार नामको चवालीस सदस्यीय मलामीगण हो। यो मलामीगण लोकतान्त्रिक गणतन्त्रका आदर्श र सपनाहरुलाई दागबत्ती दिन इतिहासको मसानघाटतिर लम्किरहेको प्रतीत हुन्छ। तर, चरित्र र अभिस्ट जस्तोसुकै होस्, यो अस्तित्वमा त छ नै। संसदीय गणितमा सधैँ जनअभिमत झल्किन्छ भन्ने केही छैन। त्यसको सबुत माधव सरकार हाम्रा सामुन्ने छ। राजनीतिक र नैतिक दृष्टिले, जनादेश र परिवर्तनकामी सपनाका दृष्टिले माधव सरकारको जगै छनै। तर बिडम्बनावश, यसले वैधानिकताको झिल्के पगरी भने गुथ्न पाएको छ। बाइस दलीय वफादार भरियाहरुले यसलाई सप्रेम उलिन्काठमा बोकेका छन्। गणीतीय हिसाबले यससँग बहुमत छ। छनलाई बाइस दलभित्र विचार न आचारका, थर न ठेगानका, घर न घाटका एवं हुती न हैसियतका थुप्रै बतासे दलहरु पनि छन्। तर, सत्ताको सुस्वादु फल मिलुजुली, बाँडीचुँडी खाने गरी समर्थनकारी मत चारतिर सिला खोजेर, बाइस ठाउँ टालेरै भए पनि बहुमतको जोहो गरिएको छ। मतको प्रकृति र मतधारीहरुको दाउ जेसुकै होस्, जबसम्म बहुमत छ तबसम्म माधव सरकार रहने नै भयो। माओवादीले भनेर र कनेर भगवान्का कृपाले यो स्वतः शेष हुने होइन क्यारे!