देशमा विद्यमान जातीय, क्षेत्रीय र लैङि्गकलगायत विभेदविरुद्ध व्यापक चर्चा/परिचर्चा हुने गरेका छन्। यीमध्ये पनि जातीय र क्षेत्रीयताको प्रसंगले अन्य सबै विषयवस्तुलाई उछिनेर बहसको केन्द्रीय विषयवस्तु बन्न सफलमात्र हैन, यस सवालले राजनीतिको मियोलाई नै फरक दिर्शातर्फ डोर्याउन सफल देखिन्छ।मतलव पाँच छ वर्षको अवधिमा साम्यवादलाई विश्वास गर्ने शक्ति र तिनका शीर्षस्थ नेतृत्वहरुकै देशमा राज चल्यो। हुन त समयानुकूल परिभाषित गर्ने सन्दर्भमा ती दलको साम्यवाद अहिले अरु नै वादमा रूपान्तरित भइसकेको छ तर पनि उनीहरुले देखेको सपनाको राज्य भनेको वर्गबिहीन समाजको निर्माण गर्नु हो या वर्गीय उत्पीडनमा परेका समुदायलाई शक्तिशाली या अधिकारसम्पन्न बनाउँदै उनीहरुको एकाधिकार स्थापित गराउनु हो तर यस सिद्धान्तप्रति आस्था राख्ने राजनीतिक दलहरुले सरकार सञ्चालन गरिरहेकै बेला देशमा सबैभन्दा बढी जातीय र क्षेत्रीय सवालको ज्वाला दन्कियो। जसका कारण ती राजनीतिक शक्तिसमेत आफ्नो सिद्धान्त र मार्गदर्शनबाट विचलित भइरहेको प्रष्टै देखियो। वर्गीय विभेद अन्त्य गर्ने सपना बाँडेर संघर्षको लामो इतिहास तय गरिसकेका र युद्ध कौशलसमेत देखाइसकेका प्रभावशाली कम्युनिष्ट दलहरु समेत यतिबेला जातीय र क्षेत्रीयताको घेराभित्र संकुचित हुन पुगेका छन् र वर्गीय समस्याको समाधान उनीहरुको प्राथमिकताबाट ओझेल परेको छ।
विभेद चाहे त्यो वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङि्गक आदि जुनसुकै प्रकारको होस्, विभेद नै हो। प्रत्येक विभेदको असर र प्रभाव पीडादायी नै हुने गर्छ। विभेदको त्यही प्रभावले पीडित समुदायलाई आन्दोलित बनाउँछ, त्यसैले यी सबैखाले विभेदबाट समाजलाई मुक्त नगरेसम्म शान्ति सम्भव हुँदैन तर यी सबै विभेदलाई एकै पटक जादुको छडी घुमाएको आधारमा समाधान गर्न सकिने पनि होइन। त्यसैले देशको अवस्थाको आधारमा एउटा त्यस्तो सवाललाई राजनीतिक शक्तिहरुले प्राथमिकतामा पार्न सक्नुपर्छ कि जसको समाधानबाट बहुसंख्यक जनताले हित महसुस गर्न सकून् र त्यो परिवर्तनले विभेदका अन्य रूपहरुलाई पनि क्रमशः परास्त गर्दै लान सकोस्। मार्क्सवादमा व्याख्या गरेजस्तो नेपालमा अहिलेको वर्गीय विभाजन औद्योगिक पुँजीपति र उद्योगहरुमा काम गर्ने श्रमिक वर्गबीच मात्र विभाजित छैन अथवा त्यो चरणमा पुग्ने गरी नेपाल औद्योगिक युगमा पुगिसकेकै छैन। त्यसैले यहाँको वर्गीय विभाजन समाजको प्रत्येक तह र तप्काभित्र यसरी अन्तरघुलित अवस्थामा देख्न सकिन्छ जसको निश्चित स्वरूप कुनै भूभाग, क्षेत्र या समुदायबाट निर्क्यौल गर्न असम्भव छ।
कामको अवसर दिने मालिक वर्गको उत्पीडनमा परेका भन्दा गर्ने ठाउँ नै नभेटेर न्युन वर्गमा दरिएका मान्छेहरुको संख्या नेपालमा बढी छ। त्यसैले मालिक वर्गबाट श्रमको उचित मूल्य, सेवा, सुविधा, स्वतन्त्रतालगायत मागविरुद्ध भन्दा भोकविरुद्धको अधिकारको प्रत्याभूतिको माग नेपालको वर्र्गीय उत्पीडनले खोजिरहेको छ। यो कुरा राजनीतिक शक्तिहरुले स्पष्ट बुझेका छन् तर नबुझेको अभिनय गर्न नै उनीहरुलार्ई फाइदा छ। जुनसुकै अभियान या आन्दोलनलाई सशक्त बनाउन संगठनको आवश्यकता पर्छ नेपालमा केही समयअघिदेखि जातीय र क्षेत्रीय सवाल चरमचुलीमा पुग्नु सवालसँग सम्बन्धित संगठनहरुकै कारण हो। बलिया संगठनहरुको सशक्त र ध्वंसात्मक गतिविधिप्रति राजनीतिक शक्तिहरु नतमस्तक बनेका धेरै उदाहरण छन्। यसका साथै ठूलो जमातको समर्थन आफू र आफ्नो दलप्रति कायम राख्न उनीहरु आफ्नो सैद्धान्तिक अडानलाई पनि ढुलमुल चरित्रमा रूपान्तरण गर्न सक्छन् तर अरु सवालको तुलनामा वर्गीय विभेदविरुद्धको आवाज सशक्त नहुनु यस सवाललाई क्रमबद्ध तवरबाट अघि बढाउने शक्तिहरु संगठित र एकताबद्ध नहुनु नै हो। कारखाना या कुनै प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवीहरु आ–आफ्ना युनियनमा आबद्ध भएर अधिकारका लागि अघि बढे पनि उनीहरुको संघर्ष आफू र आफ्नो मालिकबीचको लेनादेनासँग मात्र सीमित छ, समग्र न्युन वर्गको उत्थानको सवाल ट्रेड युनियनहरुको संघर्षमा समाहित हुन सकेको छैन। त्यसैले छरिएर रहेको न्युनवर्गीय अस्तित्व पनि छरिएकै अवस्थामा छ। वर्गीय उत्पीडनभित्र बहुसंख्यक जनता समाहित छन् भन्ने घामझैँ छर्लङ्ग भए पनि सशक्त शक्तिका रूपमा एकत्रित भएर राजनीतिक दलसँग टक्कर लिन नसकेका कारण दलहरुबाट यो क्षेत्र उपेक्षित भइरहेकोमा दुई मत छैन।
सम्पन्न वर्गको पक्षपोषण गर्ने र न्युन वर्गलाई हेयको दृष्टिले हेर्र्ने नेपाली समाजको वर्गीय चरित्रलार्ई सायद यहाँ दोहोर्याइरहनु नपर्ला। गलतै काम गरेर कोही व्यक्ति सम्पन्न भएको छ भने पनि उच्च वर्गीय सामाजिक हैसियतकै आधारमा उसको मानप्रतिष्ठा ह्वात्तै बढ्ने गरेको हामीले देख्दै आएका छौं। यस विपरीत इमानदार र निष्ठालार्ई आफ्नो जीवनशैली बनाउने कतिपय विद्वान् र चिन्तनशील व्यक्तिहरुसमेत वर्र्गकै आधारमा कठैवरामा रूपान्तरण हुने कुरा पनि सामान्य नै छ। यसैको आधारमा साँच्चिकै निमुखा अर्थात न्युनतम आधारभूत आवश्यकताबाट समेत वञ्चित रहेका उत्पीडित वर्गभित्रका मान्छेप्रतिको सामाजिक सम्बन्ध र व्यवहार कस्तो छ, त्यो अनुमान गर्न गाह्रो छैन।
नेपालमा जातीय विभेद सभ्य समाजको कलककै रूपमा विद्यमान छ तर मान्छेमा आएको चेतना र समाजको क्रमिक विकाससँगै यसमा अपेक्षित सुधार आइरहेको छ। शिक्षा र चेतनाको कमी भएका ठाउँमा छुवाछुतसम्बन्धी अनपेक्षित घटना हुने गरेका भए पनि नयाँ पुस्ता र सहरी क्षेत्रमा जातपातको घेरा आफ्सेआफ साँघुरिँदै छ। छुवाछुतसम्बन्धी व्यवहार पनि वर्गीय हैसियतका आधारमा कम, बढी र हुँदै नभएको स्थिति पनि हामी सजिलै देख्छौँ। समुदायमा कुनै दलित परिवारको आर्थिक हैसियत माथि छ भने उसले जातीय विभेदको महसुससमेत गरेको हुँदैन। ऊ र समाजका अन्य गैरदलितबीच आवत–जावत, सँगै खानपान, पर्व र अवसरमा डाक बोलाउ आदि कुनैमा पनि फरक व्यवहार हँुदैन। उच्चवर्गीय दलितको घरमा न्युन वर्गीय माथिल्लो भनिएको जातको मान्छे काम गर्न बसेको दृष्टान्त पनि धेरै छ। तर त्यहीँ नजिकै अभाव र गरिबीसँंग पौठेजोरी खेल्दै झुप्रामा जिन्दगी गुजारिरहेको अर्को दलित परिवारको दैनन्दिन जीवन जति कष्टकर हुन्छ, ऊमाथि थोपरिने छुवाछुतको सामाजिक व्यवहारले झन् बढी आक्रान्त हुने गरेको देख्छौँ हामी। त्यसैले समाजमा विभेदका जति पनि रूप छन् तिनलाई बढाउने र घटाउने हैसियत वर्गले नै निर्र्धारण गर्छ। मान्छेको वर्गीय उत्थान भयो भने आवरणमा रहेका अन्य विभेद आफ्सेआफ च्यातिँदै जान्छन्। त्यसैले राजनीतिक शक्तिहरुले देशको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखी समाजमा विद्यमान वर्गीय विभेदलार्ई अन्त्य गर्र्ने दृढ इच्छाशक्ति राख्ने हो भने अन्य प्रकारका विभेद अन्त्यका लागि उनीहरुले टाउको दुखाउनै नपर्ने अवस्था आउँछ।