तोकिएको समयभित्र राष्ट्रिय सरकार गठन गर्न दलहरु विफल भए। सहमतिको सरकार निर्माण गर्न मुख्य दलहरुबीच गम्भीर छलफलसम्म पनि भएन। राष्ट्रिय सहमतिको सरकार गठन गर्ने अवधि थप गर्न पनि कुनै दलले चासो लिएन। संविधानले सबैभन्दा बढी प्राथमिकता दिएको राष्ट्रिय सहमतिको सरकारका पक्षमै दलहरु नभएको देखिएको छ। यस्तो व्यवहारले शान्ति प्रक्रिया र संविधानमाथि प्रहार गरेको छ।
ठूलो दल एनेकपा माओवादी सरकार गठन प्रक्रिया सुरु हुनै नदिने हठमा छ। दोस्रो दल नेपाली कांग्रेस सरकारको नेतृत्व लिने जिम्मेवारीबाट पन्छिसकेको छ। सरकार गठन गर्ने तत्परता देखाएको नेकपा एमालेले पनि आन्तरिक छलफलमै अलमिलएको छ। महत्वपूर्ण भूमिका खेल्न सक्ने मधेसवादी दलहरु आफ्ना कार्यसूचीलाई मनाउने मौकाका रुपमा अहिलेको संकटलाई प्रयोग गरिरहेका छन्।
सार्वभौम नेपाली जनताले नयाँ संविधान लेखनका लागि सभासद् छानेका हुन्। साथै दोस्रो जनआन्दोलन लगत्तै थालिएको शान्ति प्रक्रियालाई सफलतापूर्वक टुंग्याउने जिम्मेवारी पनि संविधानसभा निर्वाचनबाट जनताले दिएका छन्। यी दुबै काम दलहरुले बिर्सेको देखिएको छ। जनादेश बिर्सेर निहित कार्यसूचीलाई मात्र प्राथमिकता दिनु जनतालाई धोका दिएसरह हो।
प्रधान सेनापति अवकाश प्रकरणमा न्यायालयलाई स्वतन्त्रतापूर्वक निर्णय गर्ने अवसर दिनु नै बुद्धिमानी हुनेछ। विधिको शासनमा विश्वास गर्ने हो भने अदालतले गर्ने निर्णयले सम्भवतः अरु धेरै अन्योलको पनि टुंगो लाग्नेछ। मुलुकलाई लामो समय सरकारविहीन अवस्थामा राख्दा शान्ति प्रक्रिया बिथोलिने खतरा हुन्छ। शान्ति प्रक्रियाको मूल पक्ष रहेको माओवादीले यसमा गम्भीर हुनु आवश्यक छ।
मुलुकलाई निकास दिने पहिलो दायित्व माओवादीको हो। माओवादी भर्खरै सरकारबाट हटे पनि अर्को सरकार बनाउन झिनै भए पनि पहल गर्दैछ। संसदीय परम्पराअनुसार दोस्रो ठूलो दल कांग्रेसले भने सरकार बनाउने जिम्मेवारी अर्को दललाई दिएको छ। यसको कारण स्पष्ट पारिएको छैन तर कांग्रेसको आन्तरिक किचलो त्यसमा हावी भएको बुझ्न सकिन्छ।
कांग्रेसको समर्थन भएर मात्र एमालेले संसदमा बहुमत जुटाउन सक्दैन। उसले अरु दल विशेषगरी निर्णायक भूमिका भएका मदेसवादी दललगायतसँग समर्थनको आग्रह गर्नुपर्ने थियो। तर सरकारको नेतृत्व गर्ने व्यक्तिको नामसम्म पनि आधिकारिकरुपमा सार्वजनिक गर्न सकेको छैन। अरु दलसँग पनि गम्भीर छलफल गरेको देखिएको छैन।
मुलुकलाई थप अराजकता र अन्योलतर्पु नघचेट्ने हो भने सबभन्दा पहिले माओवादीले संसद् चल्न दिनुपर्छ। प्रधानमन्त्री छनौट प्रक्रिया सकिएपछि पनि माओवादीले चाहेअनुसार राष्ट्र्रपतिको विवाद सदनमा लैजान सक्ने हुनाले संसद् अवरुद्ध गर्नु अनुचित छ। आफूले सरकारको नेतृत्व नगर्ने भए पनि सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन कांग्रेसले एमालेलाई सहयोग गर्नैपर्छ। राष्ट्रिय सहमतिको सरकार गठन नहुने स्पष्ट भएकाले अब बहुमतको सरकार गठनका लागि ढोका खुलेको छ। स्पष्ट र पारदर्शी कार्यसूचीसहित तत्काल सरकार गठनको प्रयास गरी मुलुकमा शान्ति र लोकतन्त्रको जग बसाउन दलहरु अगाडि सरुन्।