दोस्रो पुस्ताको सुधार?
१२ जेष्ठ २०७१
•
१४ मिनेट पाठ
दोस्रो पुस्ताको सुधार?
अहिले नेपालमा थरीथरीका सुधारका कुरा चलेका छन्। सुधार भनेको परिवर्तन हो। परिवर्तन दुई किकिमलेे हुन सक्छ– सापेक्ष र निरपेक्ष। तर त्यसो भन्दैमा परिवर्तन न पूर्ण सापेक्ष हुन सक्छ न पूर्ण निरपेक्ष।क्रान्तिकारी परिवर्तन पनि अद्भूत निरपेक्ष परिवर्तन नभएको र नियमित सुधारका सबै आधार सापेक्ष बन्न नसकेका उदाहरण राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तहमा देख्न सकिन्छ। यद्यपि यहाँ दुवैखाले सुधार र परिवर्तनका गन्जागोल अभिव्यक्ति आइरहन्छन् तर जनताले त काम, दाम, माम, स्वास्थ्यमा सन्चो, टाउकोमा ओत, काम लाग्ने शिक्षा र जनधनको सुरक्षाको प्रत्याभूतिबाट सिर्जित खुसी र सुखी जीवन चाहेका छन्। शासकहरुले आफ्नो काम, कर्तव्य तथा जिम्मेवारीलाई जेसुकै नाम दिउन्, उनीहरुलाई खासै मतलव छैन। यति भन्दाभन्दै पनि परिवर्तन र सुधारका डाँडाभाँटाहरुको थरीथरीको न्वारान हुने गरेकाले त्यसैमध्येको दोस्रो पुस्ताको सुधार नाम दिइएको भुलभुलैया जस्तो लाग्ने शब्द सौन्दर्य र अरुको लहैलहैमा बोलिएको शब्दबारे यहाँ चर्चा गरिएको छ। खासगरी सन् १९८० को दशकसम्म पश्चिमा –विश्व बैंक समूहसमेत) विकासको चुहिएर हुने पद्धति (टि्रकल डाउन एप्रोच)मा विश्वास गर्थ्याे। अनि समष्टिगत आथ्र्िाक स्थायित्वलाई नै सुधार र विकास प्रमुख सूचक ठान्थ्यो। 
सन् १९८० को दशकको प्रारम्भबाट विश्व बैंकसमेतमा चुहिएर हुने र प्रत्यक्ष सम्बोधन गरिने (टि्रकल डाउन भर्सेस डाइरेक्ट एड्डे्रस एप्रोच) विकासका पक्षपोषकबीच वैचारिक द्वन्द्व सुरु भयो। यसै अवधिमा समष्टिगत आथ्र्िाक स्थायित्व मात्रले पर्याप्त हुँदैन भन्ने महसुस गरी अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकको पहलमा सुधारको काम थालियो जसले पुँजी र बजारलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्छ, मूल्य, ब्याजदर र विनिमय दरको निर्धारण बजार प्रणालीअनुरूप हुनुपर्छ, बजार प्रणालीलाई कुशलपूर्वक काम गर्न दिनुपर्छ भन्नेखालका विचारले स्थान पाउँदै गए। यसका लागि विश्व बैंक समूहको प्रभावमा लगानी, वित्त, राजस्व र कर, उद्येागसमेतका क्षेत्रमा सुधारका कार्यक्रम ल्याइए। नेपालमा पनि त्यसको प्रभाव पर्यो र संंरचना सुधार सुविधा (साफ) एवं प्रवर्धित संंरचना सुधार सुविधा (इस्ााफ) जस्ता कार्यक्रम ल्ाागु गर्न भनी विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई सहायता उपलब्ध गराए। त्यसले सहरी क्षेत्रमा लगानी त बढ्यो। खासगरी बैंक, वित्त, दूरसञ्चार, हवाईसमेतका सेवा क्षेत्रको विस्तार भयो। जसलाई पहिलो चरण वा पहिलो पुस्ताको सुधार नाम दिइएको छ। तर यस्तो सुधारका लागि चाहिने आधारभूत विषयहरु कमजोर भएकाले यसको प्रतिफल भने अनुपातिक दृष्टिले हेर्दा खासगरी सहरी तथा हुनेखानेको भागमा बढी पर्योो। समानुपतिक र सामाजिक दृष्टिले न्यायपूर्ण हुन सकेन। 
हुन त कतिपय उदीयमान देश (चीनसमेत) को समष्टिगत आर्थिक परिसूचकहरु बलियो नभएका होइनन्। यिनीहरुले कम लागतको पुँजी, बढ्दो उपभोग र उच्च मूल्य तथा बलियो वृद्धिदरको फाइदा लिएकै हुन्। खासगरी विश्व बैंक समूहले अल्पविकसित तथा विकासोन्मुख देशमा प्रयोग गर्न खोजेको यस पद्धतिले आर्थिक सूचक त सोलोडोलोरूपमा माथि उचाल्यो तर यो समावेशी र भुइँमा छुनेखालको भएन। अपेक्षितरूपले आय र साधनस्रोतको वितरण आर्थिक सामाजिक लक्ष्यतर्फ निर्देशित नै भएन। देशभित्रैका क्षेत्रीय अर्थतन्त्र तथा देश–देशबीच समेतमा साधनको वितरणमा असन्तुलन देखिन थाल्यो। गरिब देशमा अपेक्षाकृत लगानी अत्यन्तै न्युन भयो। हुने र नहुनेबीचको खाडल गहिरो फराकिलो हुँदै गयो। यद्यपि यसबाट आर्थिक सुधारका सूचकहरु सकारात्मक भएको र वृद्धि दर पनि उच्च हुँदै गएको दाबी गरियो। अनि यस सुधारलाई सुशासन स्थापना गर्न र सामाजिक न्याय तथा गरिबीलाई प्रत्यक्ष सम्बोधन गर्ने किसिमको बनाउन आवश्यक छ भन्ने सोचका साथ अन्तर्राष्ट्रिय मुद्रा कोषले १९९९ मा दोस्रो चरणको सुधारको कार्यक्रमबारे बहसलाई अन्तिम बिन्दुमा पुर्याययो। अनि सन् १९९९ मा आइपुग्दा विश्व बैंकको दुई समूह (लबी) मध्ये गरिबहरुको हातमा साधन पुर्या९उन प्रत्यक्ष सम्बोधन गर्नुपर्छ, चुहिएर जाने साधनले उनीहरुलाई माथि उठाउन सक्दैन भन्ने लबी बलियो भयो। र, सन २००० को विश्व विकास प्रतिवेदन गरिबीमाथि प्रहार (एट्टेकिङ पभर्टी) भन्ने नारा लिएर आयो। 
नेपालमा पनि अन्य देशमा झैं (विश्व बैंकको पहलमा) गरिबी न्युनीकरण रणनीतिको नाम दिएर दशौँ योजना तर्जुमा गरियो। हुन त नेपालमा अहिले आएर दोस्रो पुस्ताको सुधारको कुरा ल्याइएको छ, कसैलै यसलाई अर्को पुस्ताको सुधार र कसैले अर्को चरणको सुधार भन्ने गरेका छन्। यद्यपि यो सुधारको काम सन् २००० बाटै सुरु भएको देखिन्छ। मुद्रा कोषकै शब्दमा भन्ने हो भने पनि भूमण्डलीकरण (ग्लोबलाइजेसन) ले जुन अवसर सिर्जना गर्योम त्यसको प्रतिफल गरिब तथा न्युन आय भएका देशहरुलाई दिलाउन कोष सुधारको दोस्रो चरणमा प्रवेश गर्दैछ (१९९९), भनिएको सन्दर्भ केलाउन सकिन्छ। तर यसलाई अवसरसँग मात्र जोडेर हेर्नु भन्दा पनि भूमण्डलीकरणले खडा गरेका चुनौती तथा हुने र नहुनेबीच बढ्दो खाडल विश्वव्यापीरूपमा देखिएको र त्यसको प्रभाव धेरथोर सबैतिर फैलिएको बिर्सन मिल्दैन। यसले सबैलाई अवसरमात्र दिएको छैन, आन्तरिक अर्थतन्त्रको कतिपय क्षेत्रलाई जर्जर पारेको पनि छ। जस्तै– नेपाल जस्ता अल्पविकसित देशहरुमा कृषि उत्पादनमा परेको नकारात्मक प्रभाव र कृषि प्रधान देश भएर पनि खाद्यान्नसमेतका कृषि उत्पादनको दिनानुदिन बढ्दो पैठारीले व्यापार घाटामा भएको उच्च वृद्धिसमेतलाई उदाहरणका रूपमा लिन सकिन्छ। त्यसपछिको अवधिमा जन्मिएको वित्तीय संकट (प्रारम्भ बिन्दु अमेरिका) तथा ऋण संकट (प्रारम्भ बिन्दु युरोप) को पनि मूल्यांकन गर्नुपर्छ। यी कुरालाई सम्बोधन गर्नेगरी ल्याइने सुधार मात्र आउँदो पुस्ताका लागि उत्तम सुधारको नमुना हुन सक्छ। 
यहाँनेर एउटा टड्कारो प्रश्न के छ भने बैंकको संख्या बढेरमात्र पुग्छ? अपेक्षित उत्तर के हो भने त्यसले साधनमाथि गरिब तथा विपन्न वर्गको पहुँच बढाएको छ भने त्यो खुसीको कुरा हो तर भूमण्डलीकरणले त कतिपय अवस्थामा ग्रामीण तथा दुर्गम स्थानको साधन निक्षेपका रूपमा सहरमा ल्याएर धनीहरुको हातमा पो हालेको छ, सहरी क्षेत्रमा उपभोगमा जाने कर्जा प्रवाहमा लगाएको छ। अपेक्षा त के हो भने पुँजी र वित्त साधनमाथि गरिब वर्गको पहुँच बढोस्, यस क्षेत्रमा सुशासन होस्। यस सिलसिलामा पुँजी खाताको परिवर्तत्यताको कुरा उठ्छ भने पनि त्यसले सामाजिक न्याय र आर्थिक लोकतन्त्रलाई कहाँनेर सहयोग पुर्या्उने हो, त्योस्पष्ट हुनुपर्छ। साँच्चै भन्ने हो भने पश्चिमा भनेर भनिनेहरुले ल्याएको सुधारको पहिलो चरणले नियमन तथा संस्थागत सुशासनलाई बेवास्ता गरेकै हो। झन् सुधारको त्यो दृष्टिकोण नेपालजस्ता देशमा आइपुग्दा त सन् १९८० को देशमा हिन्दु संयुक्त परिवारका लागि लागु हुने उपभोक्ता व्यवहार मोडेलमा एउटा बच्चाले खोजेको खेलाउन किन्दा बच्चाको चाहना, हजुरआमाको बुझाई, बुहारी (बच्चाकी आमा)ले खेलौना मगाइदिन पतिलाई गरेको आग्रह र पतिले सेवकलाई दिएको आदेशबीचको अन्तरपछि आएको खेलौनाको रूप जस्तै फरक भएर आई नियमनरहित, स्वछन्दकारी र संवेदनहीन छाडा पद्धतिका रूपमा ग्रहण र प्रयोग भएको पाइएको छ। यद्यपि अमेरिकामा समेत त्यही रूप देखिँदाको परिणति त सबैले भोगेकै हो। अन्यथा वालस्ट्रिट मोभमेन्टको आवश्यकता नै किन पर्थ्याे र? यसलाई दोस्रो चरणको भनिएको सुधारले सम्बोधन गर्ला? उत्तर आउन बाँकी छ। 
नियमनलाई नियन्त्रणको नाम दिई छाडा हुने प्रवृत्ति र नियमनको ठाउँमा नियन्त्रण तथा निषेध गर्न खोज्ने दुवै प्रवृत्ति घातक हुन्छन्। नियन्त्रण वा लाइसेन्सिङ र नियमन फरक विषयवस्तु हुन्। आर्थिक लोकतन्त्रमा पनि नियमन अपरिहार्य हुन्छ। यो राज्यको दायित्व हो। नियमनको वातावरणलाई बलियो बनाउनु पनि सुधारको अर्को पाटो हो। सामाजिक सेवा, सामाजिक सुरक्षा तथा कृषि र लघु तथा साना उद्योगमा समेत अनुदान निषेध गर्ने प्रकारको सुधारको पहिलो चरण असफल भएकाले पनि अर्को चरणले यी कुरालाई पद्धतिगतरूपमा सम्बोधन र समाधान गर्न सक्नुपर्ला। प्रशासनिक अवरोध, व्यवस्थापकीय उदासीनता र शून्य जवाफदेहिताको अवस्थामा सुधार सम्भव हुँदैन। दोस्रो चरणको सुधारको आधारभूत जग पहिलो सुधारको आधारस्तम्भबाट मात्रै सम्भव पनि छैन। पहिलो चरणको सुधारका कतिपय आयाम नेपालको सन्दर्भमा समेत परिवर्तन भइसकेका छन्, कतिपय आयाम थपिएका छन्। समानुपातिक र समावेशी विकास महत्वपूर्ण मुद्दा बनेको छ भने सहकारी आन्दोलनले नेपालमा प्रमुख साझेदारको दर्जा पाएको छ। त्यसैले पहिले त जग नै विस्तार गर्नुपर्छ अनि मात्र सुधारको कुरा आउँछ। अन्यथा यो रहर पूरा गर्ने पुतली खेल मात्र बन्न सक्छ।
अर्को समाचार
दोस्रो चरणको सुधार आवश्यक
११ चैत्र २०७१
•
१६ मिनेट पाठ
दोस्रो चरणको सुधार आवश्यक
भारतीय वित्त मन्त्री अरुण जेट्लीले आउने वर्षको बजेट दोस्रो पुस्ताको सुधारको पूर्ण प्याकेज हुने घोषणा गरे जसका लागि चालु वर्षको बजेटले प्रस्तावित सुधारका केही महत्वपूर्ण आधार सुरुवात गरिसकेको पनि छ। दोस्रो पुस्ताको सुधारका लागि कोइला अध्यादेश, प्राकृतिक साधनको विवेकशील प्रयोग, कर प्रणालीमा सुधार र जग्ग्ाा प्राप्ति व्यवस्थाले विशेष आधार दिनेछन्। गत वर्षको संघीय बजेट कार्यक्रम प्रस्तुत गर्ने क्रममा वित्त मन्त्री पि चिदाम्बरमले पनि सन् २०४३ सम्म भारतलाई विश्वको तेस्रो आर्थिक शक्ति बनाउने दीर्घकालीन सोच योजना संसदमा प्रस्तुत गरेका थिए। सरकार परिवर्तन भए पनि आर्थिक समृद्धिका लागि लिइने नीतिमा खासै परिवर्तन हुनुहुन्न भन्ने सङ्केत पनि यसले दिएको छ। साथै राजनीतिक दलहरु सत्तामा जाने र जनविश्वास जित्ने आधार पनि सुधार र समृद्धिका योजनासिवाय केही होइन भन्ने निष्कर्ष पनि यी घटनाले देखाएको छ। त्यसैले विपरीत वैचारिक धारको प्रतिनिधित्व गर्ने वित्त मन्त्रीहरुको उद्देश्य भने एउटै रहेछ– भारतीय अर्थतन्त्रलाई पूर्ण खुला र स्थिर नीति वातावरणमा गतिशील बनाउने।नेपालमा पनि गत वर्षदेखि दोस्रो चरणको सुधारको आवश्यकताका विषयमा चर्चा चल्दै आएको छ। तर पहिलो चरणको सुधार के हो र दोस्रो चरणको सुधार किन आवश्यक भयो भन्ने विषयमा भने त्यति चर्चा गरिएको छैन। साठीको दशकदेखि नै विपन्न मुलुकको आर्थिक–सामाजिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, राष्ट्रसंघीय विकास कार्यक्रमलगायतका विश्व संस्थाहरुले सुधार प्रस्ताव अघि सार्दै आएका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषका अर्थशास्त्री जोहन विलियम्सनले सन् १९८९ मा अघि सारेका दश बुँदे सुधार रणनीतिबाट प्रथम चरणको सुधार कार्यसूची तयार भएको थियो जसलाई ‘वासिङ्टन सहमति′ पनि भनिन्छ। वित्त सुधार, सार्वजनिक खर्च व्यवस्थापनमा सुधार, कर प्रणाली सुधार, ब्याज दर सुधार, प्रतिस्पर्धात्मक विनिमय दर, व्यापार उदारीकरण, वैदेशिक लगानीका लागि नीति सुधार, निजीकरण, वित्तीय क्षेत्र सुधार र सम्पत्ति अधिकारको सुनिश्चितता प्रथम चरणका सुधारका कार्यसूची थिए। प्रथम चरणको सुधार कार्यक्रमबाट विकासशील मुलुकहरुले अर्थतन्त्रलाई खुला र उदार बनाई केही महत्वपूर्ण उपलब्धि पनि हासिल गरे। प्रथम चरणको सुधारको सिफारिस गरिएको करिव साढे दुई दशकपछि अन्तर्राष्ट्रिय मुद्रा कोषले नै दास्रो चरणको सुधार कार्यक्रममार्फत विपन्न मुलुकलाई विश्वव्यापीकरणको अवसर हात पार्ने रणनीति अघि सारेको छ। दोस्रो चरणको सुधारको उद्देश्य बजार अर्थतन्त्रमा राज्यको क्षमता विस्तारसहित सामाजिक वस्तु तथा अवसरहरुको सुनिश्चितता हो। जसका लागि वित्तीय क्षेत्रको सुदृढीकरण, सवल सुशासन, सार्वजनिक लगानीको सामाजिकीकरण र घनीभूत संरचनात्मक सुधार आवश्यक मानिन्छन्।
प्रथम चरणको सुधारले विकासशील मुलुकको अर्थतन्त्रलाई ‘ओपन अप′ गरे पनि आन्तरिकरूपमा सामाजिक प्रगति र बाह्यरूपमा प्रतिस्पर्धा क्षमता विकास गर्न सकेन। परिणामतः मुलुकभित्र ठूलो सामाजिक वर्ग सीमान्तीकरणमा पर्न गए भने अन्तर्राष्ट्रिय बजारमा विपन्न मुलुकहरु सीमान्तकृत हुन पुगे। त्यसैले केवल संरचनात्मक सुधारले अल्पकालमा केही उपलब्धि हासिल गर्न सजिलो भए पनि त्यसलाई संस्थातगत र आन्तरिकीकरण गर्न थप प्रयासलाई निरन्तरता दिनु जरुरी ठानिएको छ। पहिलो र दोस्रो चरणका सुधारमा कतिपय कुरा भने समान रहन्छन् तर एकै भने होइन। पहिलो चरणमा मुद्रास्फीति नियन्त्रण र आर्थिक वृद्धिलाई प्राथमिकतामा राखिन्छ, दोस्रोमा सामाजिक अवस्था सुधार, बाह्य प्रतिस्पर्धा क्षमता विकास र समष्टिगत आर्थिक स्थिरतालाई। पहिलो चरणका सुधार रणनीति कानुन तथा नीति परिवर्तन र राज्यको कार्य आयतन घटाउनु हो भने दोस्रो चरणमा उपयुक्त संस्थागत आधार, सामाजिक सेवा विस्तार र अन्तर्राष्ट्रिय आर्थिक आबद्धतामा केन्द्रित रहन्छन्। पहिलो चरण सुधार संयन्त्रमा बजेट कटौती, लगानी उदारीकरण, सामाजिक बिमा कोष र निजीकरणलाई लिइएको थियो भने दोस्रो चरणका सुधार संयन्त्रमा राज्यको पुनर्संरचना, निजामती सेवा सुधार, सेवा प्रणालीको पुनर्संरचना, निर्यात प्रबर्द्धन र नियमन संयन्त्रको सवलीकरण पर्छन्। पहिलो पुस्ताका सुधार पात्र सीमित र दोस्रोमा राज्य प्रणालीभित्र र बाहिरका पात्र समेटिन्छन्। पहिलो पुस्ताका सुधारको नतिजा र प्रभाव तत्काल देखिन्छन् भने दोस्रो पुस्ताको सुधारका प्रभाव देखिन मध्यम र लामो अवधि पर्खनुपर्छ। तर के भुल्नुहँुदैन भने पहिलो पुस्ताको सुधार दोस्रो चरणको सुधारका लागि आधार हो।

नेपालले पनि प्रजातन्त्र पुनर्स्थापनासँगै नब्बेको दशकमा पहिलो चरणको सुधार सुरु गरेको थियो। प्रथम निर्वाचत सरकारले बडो महत्वका साथ एकैचोटी उदारीकरणको नीति अख्तियार गरेको थियो। उदारीकरणका नीतिअनुरूप थुप्रै संरचनागत परिवर्तन गरिएका थिए। थालिएका सबै संरचनागत परिवर्तनले अर्थतन्त्रलाई खुला र उदार बनाइ निजी क्षेत्रको भूमिका मनग्गे विस्तार गर्न पुग्यो। ज्याला, मूल्य, ब्याज, विनिमय, लगानी, व्यापार, रोजगारी जस्ता आर्थिक विषय बजार संकेतबाट निर्देशित भए भने सरकारको कार्यक्षेत्रलाई लक्षित वर्ग र सामाजिक न्यायमा निर्दिष्ट गरियो। यसबाट सरकार छरितो एवम् प्रभावकारी र सरकारबाहिरको क्षेत्र कार्यकुशल देखियो। सुधारका लागि लिनुपर्ने नीति संरचनाका क्षेत्रमा सहयोग पुर्यारउन प्रधान मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन भएको थियो। तत्कालीन अर्थ मन्त्री महेश आचार्य, योजना आयोगका उपाध्यक्ष रामशण महत, सचिवद्वय भोलानाथ चालिसे र दीपेन्द्रपुरुष ढकाल एवम् अर्थविद् प्रवीण दीक्षितको समूहले सुधारशिल्पीको भूमिका निर्वाह गरेका थिए। आठौँ योजना अवधिमा थालिएका सुधारका प्रयासहरु विलिम्सनका सिफारिससँग तदात्म्यता राख्नेखालका थिए। निजीकरण, वित्तीय क्षेत्र उदारीकरण, कर प्रणालीमा सुधार, सार्वजनिक खर्च व्यवस्थापनलगायतका सुधार कदमले अर्थतन्त्रमा तत्कालीन परिणाम देखिए। यी प्रयासबाट निजी क्षेत्र एकदमै उत्साही देखिए। वस्तु तथा सेवा उत्पादन ह्वात्तै बढ्न गयो भने व्यापार उदारीकरणका कारण सहजरूपमा अन्तर्राष्ट्रिय तहमा उत्पादित वस्तु/सेवा उपयोग गर्ने अवसर नेपाली उपभोक्ताले पाए। नेपाली आकाशमा धेरै वायुसेवा सञ्चालक देखिए, बैंक तथ वित्तीय मध्यस्थता सेवा विस्तार भयो, विद्यालय र उपचार केन्द्रहरु पनि मनग्गे खुले भने सूचना प्रविधि सेवाले अन्य क्षेत्रलाई आपसमा आबद्धीकरणमा लग्यो। जलविद्युत्बाहेक पूर्वाधार संरचना पनि आशालाग्दो परिणाम देखिएको छ। तर उत्पादन उद्योगहरु भने विस्तार हुन सकेनन्। दशक लामो द्वन्द्वका बाबजुद पनि नेपाली अर्थतन्त्रले विस्तारको चरण पूरा गर्योक। सुधार अभियानको एक दशकमा नेपाली अर्थतन्त्र यस क्षेत्रकै उदार अर्थतन्त्रका रूपमा चिनिन पुग्यो।
तर दशक लामो द्वन्द्व र त्यसपछि देखिएका गैरआर्थिक कारणबाट सुधार अभियानले समाउनुपर्ने गति पाएन, पहिलो चरणका सुधार उपलब्धि कायम राख्न पनि कठिन देखिएको छ। रोजगारी सिर्जना, उत्पादन क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा क्षमता विकास नगरी उदारीकरणको फाइदा लिन सकिँदैन। उदीयमान छिमेकी अर्थतन्त्रहरुको छायाँमा मात्र पर्यौँ  भने आउने दशक पनि गुम्नेछ। यो शताब्दी एसियाको बन्दैछ। राजनीति पूर्ण लिकमा आएपछि थप प्रयास गरांैला भन्ने सोच राखिए पनि अर्थतन्त्र पछि पर्नेछ। सुधार गर्न सकिन्न भन्ने सोच वृत्ति र तत्काल नतिजा नदेखिए हतास हुने प्रवृत्ति पनि सुधारका बाधक हुन्। सन् १९९८ मा बेइजिङ विश्वविद्यालयमा वक्तव्य दिने क्रममा विश्व बैंकका उपाध्यक्ष एवम् प्रमुख अर्थशास्त्री जोसेफ स्टिग्लिजले आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिका लागि परम्परागत सम्बन्ध प्रणाली आन्दोलन, परम्परागत सोचविरुद्ध आन्दोलन, परम्परागत शिक्षाविरुद्ध आन्दोलन र परम्परागत उत्पादन प्रणालीविरुद्ध आन्दोलन गरेर नै चीनले प्रगतिको यात्रा पक्डेको औल्याएका थिए। सामाजिक रूपान्तरणका लागि व्यावहारिक ज्ञान र सिप आवश्यक छ। विश्वविद्यालय र अन्य शैक्षिक प्रतिष्ठानहरु व्यावहारिक ज्ञान, सिप र कार्यसंस्कृति सुधारका केन्द्र बन्नुपर्छ। भोको पेट (गरिबी), निस्त्रि्कय श्रम (बेरोजगारी) र कोरा शिक्षा (तर्क गर्न सक्ने तर सिप नदिने) ले कुनै पनि व्यवस्थालाई अस्थिर गराउँछ। अपार सम्भावना भएको युवाशक्ति, अव्यावहारिक शिक्षा र नकारात्मक सोचका कारण जनमत नभएका राजनीतिक दलका पक्षमा उपयोग भएका हुन्। हामीले गम्भीर भएर सोच्नुपर्छ– खोइ हामीले जीवनमुखी शिक्षा दिएको? त्यसैले जति उच्च शिक्षा दिइन्छ, व्यक्ति कामबाट त्यति नै विमुख हँुदै गएको छ। पूर्वाधार र नीति संरचना परिवर्तन त गर्यौँन तर खोइ यसलाई उत्पादन प्रक्रियासँग जोड्न सकेको? समस्या कार्यसंस्कृति र व्यवहारमा भए पनि उपचार संरचनाबाट खोज्ने परिपाटी हटेको छैन। त्यसैले मानव पुँजी निर्माण गरी अहिलेसम्म ‘भर्जिन′ रहेका प्राकृतिक स्रोतहरुको उपयोग गरेर नेपाली अर्थतन्त्र उकास्न सकिन्छ। चीन तथा दक्षिण कोरिया पनि तीन दशकअघिसम्म झण्डै हाम्रै अवस्थामा थिए। अहिले दोस्रो चरणको सुधार कार्य यस कारण पनि सजिलो छ कि नब्बेको दशकका सुधारशिल्पीहरु अहिले सरकारमा छन्, त्यही समय सुधार नेतृत्व गर्ने राजनीतिक दल नै सरकारको नेतृत्वमा छ र त्योभन्दा पनि ठूलो अवसर आर्थिक–सामाजिक रूपान्तरणको विषय साझा मुद्दा बनेको छ। विकासप्रति सर्वसाधारण अधैर्य छन्, युवा कामका लागि आतुर छन्, लगानीकर्ता उपयुक्त वातावरण खोजिरहेका छन्। बहुराष्ट्रिय कर्पोरेट गुरिल्लाहरु सहकार्यमा तम्सिएका छन्। फगत खाँचो दरिलो इच्छाशक्ति र सुधार कार्यको निरन्तरताको हो। जसका लागि राजनीतिज्ञले अर्को चुनावभन्दा पर नदेख्ने, प्रशासनले वृत्तिसीमा मात्र देख्ने र निजी क्षेत्र शीघ्र नाफामा मात्र रमाउने प्रवृत्तिविरुद्ध सचेत नागरिकहरुको निष्पक्ष पहरेदारी भए त्यो खाँचो पनि पूरा हुनेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस