नेपाल अध्ययन केन्द्रले केहीअघि नगरकोटमा एउटा बहस चलायो– नेपाली लेखनमा समय चेतना। शीर्षक जस्तो भए पनि बहस साहित्यमा रूपान्तरणको मुद्दामाथि केन्द्रित हुन पुग्यो। कवि श्यामलको अवधारणापत्रबाट उठान भएको बहसमा विमल निभा, नारायण ढकाल, सुरेश ढकाल, आभाष, घनश्याम भुसाललगायतले उत्तेजक टिप्पणी गरेका थिए।ग्लामर र चेतना
भेनेज्वेलाकी अभिनेत्री एलिसिया क्याकाडोले भनेकी रहिछन्, ‘ग्लामर अस्थायी हो, चेतना सधैँका लागि।' एउटी ग्लामरस अभिनेत्रीबाट आएको यो आत्मस्वीकृतिको प्रशंसा जति गरे पनि कम हुन्छ। यही ऐनामा कस्मेटिक र कालजयी लेखनको प्रतिविम्ब हेर्न सकिन्छ। नेपाली मिडिया र पुस्तक बजारमा अहिले कस्मेटिक लेखनलाई केन्द्रमा राखिएको छ। यस्तो लेखनको प्रवर्द्धनमा पुस्तक प्रकाशक, बिक्रेता, दलाल, मिडियाकर्मी, ठुटे समीक्षक, लेफ्िटस्ट एलिट, एलिटिस्ट डेमोक्रेट र निखिल हल्लावाजहरूको अघोषित र अपवित्र गठबन्धन छ। अहिलेलाई नेपाली लेखनको सबैभन्दा ठूलो समस्या र अवसर दुवै यही हो। अवसर कुन अर्थमा भने आज बजारअनुकूल लेख्न सक्ने जति झूर लेखक पनि हिट हुन्छ। यही अवसर बजारको पछि नलाग्ने लेखकलाई अभिशाप हुन्छ।
खासमा हरेक सिर्जनाको उद्देश्य प्रगतिशील र परिवर्तनकारी चेतना फैलाउनु हो। यो चेतना नभएको सिर्जना धार नभएको खुकुरीजस्तै हुन्छ। यहाँ लेख्ने सिप हुने धेरैजसो लेखक समाजको चरित्र, समयको पदचाप, व्यवस्थाको क्रुरता र राजनीतिको अन्तर्यसँग राम्ररी परिचित छैनन्। यी सबै बुझ्नेहरूमा लेख्ने सिप अभाव छ। यो नेपाली लेखनको अर्को ठूलो समस्या हो। बहस यी समस्यामा प्रवेश नगरी ‘प्रगतिशील' लेखनको डाँडाभाटा केलाउन केन्द्रित भयो।
परिवर्तनकारी चेतना
प्रगतिशील र परिवर्तनकारी चेतना प्रगतिशील लेखक संघ वा कम्युनिस्ट पार्टीका सांस्कृतिक संगठनसँग आबद्ध लेखकको मात्र पेवा होइन। हो, नेपाली वामपन्थी लेखन नेपाली लेखनकै महत्वपूर्ण अंग हो। धनुषचन्द्र गौतम, डीपी अधिकारी, राजव, मनु ब्राजाकी, खगेन्द्र संग्रौला, जगदीश घिमिरे, विमल निभा, श्यामल, मीनबहादुर बिष्ट, गोविन्द वर्तमान, पूर्णविराम, आहुति, कृष्ण सेन इच्छुक आदिका लेखनले नेपाली लेखनकै मानचित्रको महत्वपूर्ण क्षेत्र ओगट्छ। मुख्य कुरा, परिवर्तनकारी चेतनामाथिको पकड र सिर्जनशील प्रस्तुति हो। यस्तो पकड कुनै संगठनसँग सम्बद्ध नभएका न्याय र परिवर्तन पक्षधर लेखकदेखि गैरवामपन्थी लेखकमा समेत हुन सक्छ। विजय मल्ल कम्युनिस्ट पार्टीका सदस्य थिएनन्। बरु उनले कुनै समय नेपाली कांग्रेससँग सम्बद्ध भएर राणा शासनविरुद्ध संघर्ष गरेका थिए। उनका कविता यस्तो चेतनाका अनुपम नमुना हुन्। ‘लेनिन', ‘छोरीलाई मानचित्र पढाउँदा' जस्ता कविता र ‘विजय मल्लका कविता' शीर्षक ग्रन्थ यसका बलिया साक्षी हुन्। कथाकार गोविन्द गोठाले अर्का उदाहरण हुन्। उनका कथा राणाकालीन नेवारी सांस्कृतिक चेतनाका सुन्दर नमुना हुन्। उनको कथा ‘त्यो क्रान्तिको प्रतीक' कुनै पनि वामपन्थी लेखकको कथाभन्दा धेरै बढी वामपन्थी र सिर्जनात्मक छ।
भारतीय कवि धूमिल कम्युनिस्ट पार्टीसँग सम्बद्ध थिए कि थिएनन् थाहा छैन। तर, अमानवीय परम्परामाथि शक्तिशाली प्रहार अनि सत्य र न्यायप्रतिको अपराजित प्रतिबद्धता उनका कविताका प्राण हुन्। ‘रोटी और संसद' कवितामा उनले भनेका छन्, एउटा मान्छे रोटी बेल्छ। अर्को खान्छ। यहाँ तेस्रो व्यक्ति पनि छ जो न रोटी बेल्छ, न खान्छ। ऊ केबल रोटीसँग खेल्छ। त्यो को हो? यसबारे हाम्रो संसद मौन छ। राष्ट्रको त्यति ठूलो समस्याको समाधान राष्ट्रवासीको भाग्यरेखा कोर्ने संसदले नदिए अरु कसले दिन्छ? भारतीय संसदीय व्यवस्थाको पाखण्ड र सीमामाथि योजति ज्वलन्त प्रश्न अरु के हुन सक्छ? भारतीय आख्यानकार तथा टिप्पणकार उदय प्रकाश पनि सायद कुनै वामपन्थी संगठनसँग सम्बद्ध छैनन्। आउटलुक मासिकको सर्वेक्षणमा भारतकै सर्वाधिक प्रिय लेखक दरिएका उनी आफ्ना लामा कथामा भारतीय व्यवस्थाको जडता, पाखण्ड र अमानवीय अनुहार उद्घाटन गर्छन्। साहित्यमा इतिहास तथा राजनीतिक अभिलेखन गर्नसमेत उनी अनुपम छन्। ‘और अन्त मे प्रार्थना' मा उनले भाजपा शासनको धज्जी उडाउँदै सोही पार्टीका इमानदार कार्यकता डा. दिनेशमनोहर वाकणकरको बर्बादीको मार्मिक कथा भनेका छन्।
विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदीआइन', ध्रुवचन्द्र गौतमको ‘अलिखित', ‘कट्टेलसरको चोटपटक', नयनराज पाण्डेको ‘उलार' अन्य केही उदाहरण हुन्। हिन्दु पौराणिक कथाको समयसापेक्ष र मानवीय व्याख्या गर्ने नेपाली कृति सायद बीपीको ‘मोदीआइन', मोदनाथ प्रश्रितको ‘देवासुर संग्राम' र राजेश्वर देवकोटाको ‘द्वन्द्वको अवसान' मात्र हुन्। मोदीआइनमा एउटी प्रेमाशक्त युवतीका आँखाबाट महाभारत युद्धलाई हेरिएको छ। कृष्ण र पाण्डवहरूले धर्मयुद्ध भनेको महाभारत प्रेमाशक्त युवतीका आँखामा शक्तिको दम्भ, क्रूरता अनि प्रेम, दया, करुणा, क्षमाशीलताको हत्याभन्दा बढी केही होइन। त्यसले पाण्डवलाई राज्य दिलाउनुको मूल्यमा सारा मानवीय मूल्य र मान्यताकै उल्लंघन गर्यो। राजतन्त्रवादी बाल्जाकको उत्कृष्ट सामाजिक चित्रणबारे त म्याक्सिम गोर्कीको प्रशंसाले धेरै कुरा स्पष्ट हुन्छ।
जडताको अन्त्य
स्वनिर्मित र परम्परागत नायक, खलनायकको अवधारणामा बाँधियो भने लेखनको रंग कृत्रिम हुन्छ। नोबल साहित्य पुरस्कार विजेता रुसी लेखक मिखाइल सोलोखोबको एउटा कथा ‘बर्थमार्क' मा भांग्रेलको प्रतिक्रान्तिकारी सेना आतामान नायक छ। अञ्जानमा आतामानको हातबाट उसैको छोरा मारिन्छ जो इमानदार कम्युनिस्ट थियो। जडतावादी प्रगतिशीलहरूले यसलाई प्रतिगामी कथा भनिदिन सक्छन् किनभने यसमा क्रान्तिको रक्षक इमानदार युवकको दुःखद् अन्त्य छ। अर्थात् सत्य पराजित छ। तर इमानदार र सत्य पक्षधरले सधैँ जित्नैपर्छ भनेर संसारको कुन संविधानमा लेखिएको छ? सोलोखोबकै अर्को कथा ‘पराई रगत' मा ग्राम सोभियतका लागि रसद अन्न बटुल्दै हिँड्ने कम्युनिस्ट युवकप्रति खराब धारणा राख्ने बुढा गाब्रिला नायक छ। प्रतिक्रान्तिकारीको आक्रमणमा परेर कम्युनिस्ट युवक मृत्युको संघारमा पुग्छ। बुढा गाब्रिलाको दम्पती त्यस युवकलाई बचाउँछन् र प्रतिक्रान्तिमा लागेर क्रान्ति रक्षकद्वारा मारिएको आफ्नै छोराको दर्जामा उसलाई राख्छन्। तर, पूरै निको भइसकेपछि त्यो युवक सहरमा आफ्नै कारखाना फर्कन्छ। साहित्यमा जडताको अन्त्य यस्तो स्वाभाविक प्रस्तुतिले मात्र हुन सक्छ।
चिनियाँ लेखक लु सुनको प्रसिद्ध कथा ‘आह क्युको साँचो कथा' को अन्त्यमा नायक आह क्यु क्रूरतापूर्वक मारिन्छ। आह क्यु गरिब र सर्वहारा वर्गको युवक हो। तथापि ऊ अनुशासित, नैतिक र उन्नत संस्कृति भएको मान्छे किःमार्थ होइन। उसको विद्रोह पनि सचेत छैन। सचेत, उन्नत, नैतिक र सही दृटिष्कोण नहुँदा हरेक विद्रोहीको यस्तै दुःखद् अन्त्य हुन्छ। यो कथा स्वाभाविक र उन्नत लेखनको सुन्दर नमुना हो। प्रगतिशीलका नाममा सौन्दर्य चेतना नभएका कतिपय लेखकप्रति व्यंग्य गर्दै बहसमा कवि श्यामलले भनेका थिए, ‘हुँदै नभएका तत्वमाथि निरन्तर प्रहार भएको छ र समाजका वर्तमान चरित्रका कारक तत्वहरूलाई बेवास्ता गरिएको छ।'
अधिकांश नेपाली प्रगतिशील लेखनको अर्को ठूलो समस्या हो, प्रेम र यौनप्रति अस्पष्ट दृष्टिकोण। शीर्ष नेतृत्वबाट पैँचो लिइएको तिनको गाँजेमाजे दृष्टिकोणभन्दा ओशो रजनीशको दृष्टिकोण कता हो कता उन्नत र यथार्थवादी छ। उनी भन्छन्, ‘डार्विन, आइन्सटाइन बन्नुपर्ने पूर्वका युवकको मन चौबीसै घण्टा युवतीको स्कर्ट वरिपरि घुमिरहेको हुन्छ। अनि मेरी क्युरी बन्नुपर्ने युवतीहरू चौबीसै घण्टा युवकलाई आफ्नो स्कर्ट वरिपरि घुमाउने उपायमा तल्लीन हुन्छन्। यौन यति वर्जित नभइदिएको भए हामीले धेरै अघि डार्विन, आइन्सटाइन र मेरी क्युरीहरू जन्माइसक्ने थियौँ।'