गत केही महिनादेखि सञ्चार माध्यममा नेपालमा वैकल्पिक शक्तिको उदयबारे विभिन्न चर्चा/परिचर्चा भयो। नेपाली समाजले भविष्यको नेपालको नेतृत्व कस्तो हुने अपेक्षा गरेको छ भन्ने विषय खोतलेका ती लेख र बहसले आगामी दिनमा निकै महत्व राख्नेछ।
नेपाली समाजलाई यस्ता लेखमार्फत झक्झकाउने सबै प्रेरणाका पात्र छन्। यसै विषयमा वैकल्पिक शक्ति र २१ औँ शताब्दी समयसापेक्ष नेतृत्व बनाउने आधारहरुबारे २ वर्ष लामो पृथक् अनुभव थप्न चाहन्छु जसले यस मुद्दालाई अझ प्रखर बनाउन सक्छ। दुई वर्षअघि देशमा अस्थिरता र नेतृत्वमा देखिएको दूरदर्शिताको कमी, इच्छाशक्तिको अभाव, खुट्टा तान्ने प्रवृत्ति र चरम भ्रष्टाचार जस्ता कु–संस्कारबाट नेपालको राजनीति रुमल्लिरहेको बेला एकाएक पहिलो संविधान सभा विघटन भयो। यसले नेपाली राजनीतिमा अन्यौल मात्र नल्याएर आमनागरिकमै देशको नेतृत्वप्रति पहिले कहिलै नदेखिएको चरम वितृष्णा नै पैदा गर्यो्। यो संविधान सभा विघटन भएलगत्तै सबैको मनमा एउटै प्रश्नले पोलिरहेको थियो– अब के गर्ने?।
यही मूल प्रश्न लिएर हामी समाजका विभिन्न पेशा र पृष्ठभूमिका नागरिक मिली उत्तर खोज्न लाग्यौँ। लगातार २२ साता र लगभग १,००० जनासँगको प्रत्यक्ष तथा अप्रत्यक्ष अन्तरक्रियापछि समस्या राजनीतिक संस्कारमै रहेछ, त्यसैले सबभन्दा जरुरी यो देशमा राजनीतिक कु–संस्कार बदल्नुपर्छ र यस्तो आमूल परिवर्तन ल्याउन एउटा पृथक् राजनीतिक विकल्प दिएरमात्र सकिन्छ भन्ने निष्कर्ष निक्लियो। परिवर्तन रातारात नहुने र नयाँ संस्कार जरैबाट सुरु गर्नुपर्ने स्थितिले नै एउटा २१ औँ शताब्दी समयसापेक्ष सु–संस्कृत राजनीतिक शक्ति 'विवेकशील नेपाली' को सुरुवाती जग बस्यो। यो दुई वर्षमा 'विवेकशील नेपाली' बनाउँदा हामीभित्र मूल प्रश्न नै २१ औँ शताब्दी समयसापेक्ष नेतृत्व बोकेको शक्ति कस्तो हुनेछ त? भन्ने थियो। हामीलाई विश्वास थियो कि यस मूल प्रश्नको उत्तर आत्मसात् गरी अघि बढेमात्र नेपालमा कुनै वैकल्पिक शक्ति दीर्घकालीनरूपमा टिक्न सक्नेछ। अब नेपालमा उदाउने वैकल्पिक शक्तिमा हुनुपर्ने, हामीले औँल्याएका, कम्तीमा पनि १२ आधार यसप्रकार थिए :
परिणाममुखी : यो शक्तिले परिणाममुखी मूल्य/मान्यतालाई आत्मसात् गर्ने माटो र समयसापेक्ष परिवर्तनशील सिद्धान्त बोकेको हुनेछ। हामीले औँल्याएका यस माटो र समयसापेक्ष सिद्धान्तले कम्तीमा पनि यी ८ सु–संस्कारलाई आत्मसात् गरेको हुनेछ– दायित्वबोध, उत्तरदायित्व, समृद्धि, सशक्तीकरण, स्वतन्त्रता, विविधता, सेवक सरकार र समयसापेक्षता।
मध्यममार्गी : यो शक्ति मध्यम मार्गबाट चल्नेछ जसले एकातिर नागरिकलाई जिम्मेवार र अर्कोतिर नेतृत्वलाई जवाफदेही बनाइराख्नेछ। नागरिकलाई समृद्धिको संवाहक बनाएर सेवक सरकारले लोककल्याणको निश्चित्तता दिनतिर धकेल्नेछ।
नरमपन्थी : नरमपन्थी (चरमपन्थी होइन), संवेदनशील र संयम विचार बोकेका नैतिकवान् नेतृत्वले नै यो देशलाई एकतामा बाँधिराख्न सक्नेछ। यो शक्ति ले जहिल्यै फरक कामभन्दा पनि भएकै काम फरक ढंगले गर्ने चेष्टा गर्नेछ।
समतामूलक समृद्धि : यो शक्तिले नेपालमा समतामूलक (समान) समृद्धिलाई मूल मुद्दा बनाई राजनीतिलाई लोककल्याणमूलक अर्थतन्त्रमै केन्द्रित राख्नेछ।
प्रणाली आधारित : समस्या मान्छेमा होइन संस्कारमा हो। त्यसै भएर प्रभावकारी व्यक्तित्व भन्दा पनि यो शक्ति प्रभावकारी प्रणालीमा आधारित रहनेछ। यो शक्तिको प्रभावकारी प्रणाली (संरचना) भित्र सरकारको जस्तै ३ निकाय हुनेछ— व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका। उक्त शक्तिभित्रको व्यवस्थापिकाचाहिँ वर्तमान राजनीतिक शक्तिको जस्तै हुनेछ, देश हाँक्न चाहने नेता र कार्यकर्ताले भरिएको। अनि यसको कार्यपालिकाचाहिँ शक्ति हाँक्न चाहिने कुशल कर्मचारीतन्त्रले भरिएको हुनेछ। त्यसैगरी यो शक्तिभित्रको न्यायपालिकाले चाहिँ यसको मर्म र मूल्य/मान्यता जोगाउन नैतिकता र अनुशासित राख्ने शक्तिशाली दायित्व बोकेको हुनेछ। यी तीनै अंग स्वाधीन हुनेछन् र उनीहरुबीच नियन्त्रण र सन्तुलन कायम राखिएको हुनेछ जसले गर्दा यो शक्ति जवाफदेही, कुशल, सुसंस्कृत र पारदर्शीरूपमा चल्न सक्नेछ।
आत्मनिर्भर कार्यकर्ता रहेको : नेपालमा राजनीतिक शक्तिहरु भ्रष्ट हुनुको एउटा मूल कारण तिनका कार्यकर्ता परनिर्भर हुनु हो। यसलाई सुरुमै निमोठ्नु अत्यन्त जरुरी हुनेछ। अबको कुनै पनि वैकल्पिक शक्तिले हरेक सदस्यलाई अनिवार्यरूपमा स्वरोजगार वा अवसर सिर्जना गर्ने दिशातिर धकेल्नैपर्नेछ ताकि अरुको शरण वा प्रभावमा पटकपटक यसले आफ्नो घँुडा टेक्नु नपरोस्।
मूल्य/मान्यतामा अडिग : यो शक्तिले आफूलाई सु–संस्कृत राखिराख्न आफ्ना हरेक सदस्यलाई मूल्य मान्यतामा बाँच्न झक्झकाइराख्नेछ। दृष्टिकोण, नीति वा कार्यशैलीमा सदस्यबीच चरम विभेद भए पनि शक्ति अघि बढ्नेछ तर यसले बोकेका मूल्य मान्यता सबै सदस्यले आत्मसात् नगरे यो शक्ति विलिन हुँदै जानेछ।
नेतृत्व विकास गर्ने पद्धति : यो शक्तिले आफ्नो संगठनभित्र यस्तो सवल 'नेतृत्व विकास प्रणाली' विकास गरेको हुनेछ जसले लगातार बनाउँदै गर्ने नेताहरुभित्र शक्तिमा पुग्ने मात्र होइन, पुगेपछि राष्ट्र र जनहितका काम गरी परिणाम देखाउने खुबीले भरिएको हुनेछ। यसले उत्पन्न गरेका नेता जीत–हारको वातावरण होइन, जीत–जीतको वातावरण बनाउन निपूर्ण हुनेछन्।
पारदर्शी र योग्यतामुखी : अबको वैकल्पिक शक्तिले पारदर्शिता र योग्यतामुखी प्रणालीलाई भित्रैबाट आत्मसात् गरेको हुनेछ। चन्दाको स्रोत संकलनदेखि चिया खर्चको विवरणसम्ममा यसले पारदर्शिता लागु गरेको हुनेछ भने नेतृत्व बढुवामा योग्यतामुखी प्रणाली नै संस्थागत गरिएको हुनेछ।
नियमित नेतृत्व फेरबदली : अन्ततः पद र शक्तिले सबैलाई भ्रष्ट बनाउँछ। तसर्थ, संगठनभित्र नेतृत्व नियमित समयान्तरमा परिवर्तन हुने संस्कार एकदम जरुरी छ। वैकल्पिक शक्तिले आफूभित्र बनाएको प्रणालीले नेतृत्वलाई नियमितरूपमा फेरबदल गर्नेछ। २१ औँ शताब्दीमा त्यागको तुलना परिणाममुखी योगदानबाट गरिनेछ जसको वैज्ञानिक तरिकाले लेखाजोखा गरिएको हुनेछ।
युवाकेन्द्रित : यो शक्तिको स्रोत र प्राथमिकता भनेकै युवा पिंढी हुन्। युवा र युवा ऊर्जा बोकेको नेतृत्वले यसको मान्यता र नयाँ राजनीतिक संस्कारलाई गाउँगाउँसम्म लैजानेछन् र नयाँ शक्तिको नेतृत्व आफँै लिनेछन्।
म्याराथन दौडाहा : अन्ततः यो वैकल्पिक शक्ति १०० मिटर होइन, लामो रिले म्याराथन दौडने मनसायले खडा भएको हुनेछ। नेपालमा त्यही शक्ति सफल हुनेछ जो कुनै कार्यमा लाग्दा अरुलाई उछिनी पहिलो भएर भन्दा पनि त्यसलाई सफल नतुल्याएसम्म अरुभन्दा पहिले थाक्ने छैन।
के यी २१ औँ शताब्दी समयसापेक्ष नेतृत्वका आधार हुँदैमा सफल भइन्छ त? सोध्नुहोला। यिनै आधार बोकी गत मंसिरको संविधान सभाको निर्वाचनमा हामीले निर्वाचन आयोगमा दल दर्ता भइनसकेको हुनाले काठमाडौँका चार क्षेत्र १,४,५ र ८ बाट चार स्वतन्त्र युवा उमेदवार खडा गर्यौँ । चारै जनाले स्वतन्त्ररूपमा ‘कुकुर’ छाप लिएर कुल ३०६६ मतको सम्मानजनक नतिजा ल्यायौँ। एक महिना मात्रको चुनावी अभियानबाटै दुई क्षेत्रमा अहिलेका चार प्रमुख दलपछि पाँचौँ स्थान ओगट्न सफल भयाँै र यी ठाउँमा एउटा नयाँ शक्ति भएर आफूलाई सावित गर्यौँ। यसरी अगाडि बढ्दै गर्दा 'विवेकशील नेपाली' लाई अहिलेसम्म देशभित्र ७३ जिल्ला तथा देशबाहिर २५ मुलुकमा भएका झण्डै १ लाख नेपाली नागरिकले अपनाइसकेका छन्।
यिनै २१ औँ शताब्दी समयसापेक्ष नेतृत्वका आधारमा चल्दै आएका २ वर्ष लामो हाम्रो क्रियाकलापले हामीलाई विश्वास बढाएको छ कि नेपालभित्र अब जीत–हारको होइन, जीत–जीतको वातावरण बनाउने शक्तिले नै नेतृत्व पाउनेछ। अन्त्यमा हामी वा कुनै पनि वर्तमान र भविष्यका राजनीतिक शक्तिको औचित्य एउटै रहनुपर्नेछ– नेपाललाई शान्त र समृद्ध बनाउने। यो हासिल गर्न सबभन्दा बढी तयार र बलियो शक्ति त्यो हुनेछ जो २१ औँ शताब्दी समयसापेक्ष नेतृत्वले भरिभराउ हुनेछ।
अध्यक्ष, विवेकशील नेपाली