अहिले मुलुकमा भित्रिरहेको रेमिटेन्स आयबारे सर्वत्र चर्चा भइरहेकोे छ। निर्यात, पर्यटन, रेमिटेन्स, वैदेशिक सहयोग आदि विदेशी मुद्राका प्रमुख र परम्परागत स्रोतमध्ये विगत केही वर्षदेखि रेमिटेन्स नेपालको विदेशी मुद्राको प्रमुख स्रोत हुन पुगेको छ। मुलुक लामो आन्तरिक द्वन्द्वमा फस्दा पनि यही स्रोतका कारण आर्थिक क्षेत्र खासै बिग्रिएन। यस अर्थमा द्वन्द्वका वर्षहरू र त्यसपछि पनि रेमिटेन्सलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड भन्नुपर्छ। मुलुकभित्रको अवस्था ठीक भएको भए रेमिटेन्सबाट प्राप्त परिवर्त्य विदेशी मुद्राबाट हामी विकासका धेरै काम गर्न सक्ने थियौंँ र अहिले पनि छौंँ। वैदेशिक रोजगार नेपाली अर्थतन्त्रमा कृषिपछि दोस्रो ठूलो क्षेत्रका रूपमा देखापरेको छ।
मुलुक विषम परिस्थितिमा रहेको अवस्थामा मनग्गे विदेशी मुद्रा प्राप्त हुनु सकारात्मक भए पनि धेरै रेमिटेन्स भित्र्याउने मुलुक भन्ने चिनारीले मुलुकको अर्थतन्त्र राम्रो नरहेको सन्देश दिन्छ। त्यसबाट मुलुकभित्र रोजगारका पर्याप्त अवसर नभएकाले नागरिकहरू कामको खोजीमा विदेश जानुपरेको निष्कर्ष निस्कन्छ। तर बेरोजगारीका कारणले मात्र नभएर ज्यालामा पर्ने अन्तरका कारण पनि मानिसहरू स्वदेशमा काम पाउँदापाउँदै विदेश जान्छन्। भारत त्यसको ज्वलन्त उदाहरण हो। विगत डेढ दशकयता भारतको अर्थतन्त्रमा ठूलो सुधार आएको छ। त्यहाँ आर्थिक वृद्धि दर उच्च छ। प्रतिव्यक्ति आय अहिले एक हजार अमेरिकी डलर पुग्न लागेको छ। गरिबी घटेको छ र रोजगारका अवसर पनि पर्याप्त छन्। तथापि भारत केही वर्षयता विश्वको सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने मुलुकका रूपमा चिनिन्छ। यसो हुनुमा ज्याला अन्तरको महत्वपूर्ण भूमिका छ।
पछिल्ला वर्षहरूमा नेपाल भित्रिने रेमिटेन्स रकम तीब्ररूपमा बढ्न थालेपछि यो बढी चर्चाको विषय भएको हो। तथ्यांकले हाल मुलुकका तीस प्रतिशत परिवारले रेमिटेन्स पाइरहेको देखाएको छ। यस्तै, कुल रकम २ खर्ब ९ अर्ब ७० करोड अर्थात् कुल गार्हस्थ उत्पादनको झण्डै २२ प्रतिशत पुगिसकेकाले पनि चर्चाको विषय हुनु स्वाभाविकै हो। अहिलेको चर्चा विशेषगरी देश विकासमा रेमिटेन्सबाट प्राप्त रकमको उपयोग नभएको र त्यसको सदुपयोग गर्न सकिएको भए विकास दर पनि उच्च हुन सक्थ्यो भन्नेजस्ता विषयमा केन्द्रित छ। रेमिटेन्स पनि विदेशी सहायताजस्तै राज्यलाई आफ्नो योजनामा खर्च गर्न प्राप्त भएको रकम हो भनेजस्तो गरिएको छ।
देश विकासमा रेमिटेन्सको उपयोग गर्ने सम्बन्धमा बुझ्नुपर्ने कुरा के छ भने विदेशबाट नेपालीले जुन रेमिटेन्स रकम पठाउँछन् त्यसका दुई पक्ष छन्ः पहिलो, विदेशी मुद्राको पक्ष हो जुन बैंक तथा वित्तीय संस्थाको माध्यमबाट आयो भने अन्ततोगत्वा नेपाल राष्ट्र बैंकको अधीनमा जान्छ। वाणिज्य बैंक वा अन्य वित्तीय संस्थालाई त्यसबराबर नेपाली मुद्रा दिएर राष्ट्र बैंकले त्यो विदेशी मुद्रामा आफ्नो स्वामित्व स्थापित गर्छ। अर्थात्, बैंक तथा वित्तीय संस्थाले त्यस्तो विदेशी मुद्रा राष्ट्र बैंकलाई बिक्री गरेर नेपाली रुपैयाँ भुक्तानी लिन्छन्। विदेशी मुद्रा चाहिने सरकार, बैंक तथा बित्तीय संस्था जो सुकैले पनि प्रचलित विनिमय दरमा नेपाली रुपैयाँ भुक्तान गरेर राष्ट्र बैंकबाट विदेशी मुद्रा पाउन सक्छन्। सरकारले पनि नेपाली रुपैयाँ तिरेरमात्र आफूलाई चाहिने विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट खरिद गर्नुपर्छ। पछि तिर्छु भनेर उधारोमा सरकारले पनि विदेशी मुद्रा पाउँदैन।
रेमिटेन्सको अर्को पक्ष हो - त्यसबाट भुक्तानी हुने नेपाली मुद्रा। बैंक वा अन्य वित्तीय संस्थाले नेपालमा रेमिटेन्स पाउने व्यक्ति वा परिवारलाई विदेशबाट आफन्तले पठाएको पैसा नेपाली मुद्रामा भुक्तानी गर्छन्। त्यो रकम रेमिटेन्स पाउने व्यक्ति वा परिवारको निजी आय वा सम्पति हुन्छ। उसले त्यसलाई आफ्नो आवश्यकता र इच्छाअनुसार खर्च गर्नसक्छ। त्यसैले यस्तो रकमलाई राज्यले विकासकै पनि एकतर्फीरूपमा कटौती गरेर केही रकम छुट्टै संकलन गर्ने र बाँकी रकममात्र सम्बन्धित व्यक्ति वा परिवारलाई भुक्तानी गर्ने भन्न मिल्दैन। त्यसो गर्नु गैरकानुनी हुन्छ। साथै प्राप्त रेमिटेन्स रकममध्ये ९ प्रतिशतमात्र बचतका रूपमा बैंकमा रहेको तथ्यांकले देखाएको छ। राज्यले चाह्यो र आकर्षक प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्यो भने त्यही ९ प्रतिशत र त्यसमा केही थप रकम राज्यले विकासका निम्ति परिचालन गर्नसक्ला। यस आधारमा २०६५/०६६ मा राज्यले रेमिटेन्सबाट रु. १८ अर्ब ८७ करोडबराबर रकम विकासका लागि परिचालन गर्न सक्ने रहेेछ भन्ने देखिन्छ। यो पनि सानो रकम भने होइन।
रेमिटेन्सबाट प्राप्त कुल रकममध्ये ४९ प्रतिशत घर जग्गामा खर्च हुने गरेको पनि तथ्यांकले देखाएको छ। यसमध्ये आफ्नै आवासका लागि जग्गा खरिद वा आवास निर्माणमा जाने रकम कटाएर व्यवसायका रूपमा घर जग्गा कारोबारमा लागेको रकमको केही अंश पनि राज्यले आकर्षक प्रतिफल दिई विकासका निम्ति परिचालन गर्नसक्छ। यी सबै कुराका सम्बन्धमा चालु वर्षको बजेट तर्जुमा गर्ने क्रममा विस्तृत र गम्भीर छलफल गरी बजेटमा रेमिटेन्स पठाउने प्रमुख मुलुकका नेपाली राजदूतावासमार्फत् विदेशमा रोजगारमा रहेका नेपालीलाई सरकारी ऋणपत्र बिक्री गर्ने व्यवस्था गरिएको हो। यसमा विदेशमा रोजगारमा रहेका नेपालीको कस्तो प्रत्युत्तर आउँछ, त्यसका आधारमा आउँदा वर्षमा सरकारले थप कदम चाल्नुपर्छ।
वैदेशिक रोजगारमा प्राय निम्न वर्गका व्यक्ति ज्ााने र कुनै सीप नभएकाले त्यहाँ पनि बढी पारिश्रमिक नपाउनेजस्ता कारणले रेमिटेन्स पाउने अधिकांश परिवार त्यो रकम बचत गर्नसक्ने स्थितिमा हँुदैनन्। अभावमा जीवन बिताइरहेका परिवारको ध्यान केही रकम प्राप्त हुनासाथ अभाव पूर्ति गर्नेतर्फ पहिले जान्छ। त्यसैले पनि त्यसमा बचतको सम्भावना सीमित छ। साथै रेमटेन्सको एक मुष्ट रकम हेर्दामात्र त्यो निकै ठूलो देखिएको हो र त्यो रकम वितरित हुने व्यक्ति र परिवारको संख्याका आधारमा हेर्दा एउटै परिवारले पाउने रकम धेरै हँुदैन। त्यसैले त्यो रकम परिचालन गरेर विकासका ठूलै काम गर्न सकिन्छ भन्ने दृष्टिकोण यथार्थभन्दा पर छ।
रेमिटेन्स पाउने परिवारले आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न खर्च गरेको रकमबाट मुलुकको वस्तु र सेवाको बजार क्रियाशील भइरहेको छ। यो नै रेमिटेन्सले नेपाली अर्थतन्त्रमा पुर्याएको सबैभन्दा महत्वपूर्ण योगदान हो। साथै यसबाट लाखौँ परिवार गरिबीको रेखामाथि उक्लेका छन्। त्यसलाई पनि उपलब्धि मान्नुपर्छ। धेरै रेमिटेन्स भित्रिएर मुलुकको विदेशी मुद्रा संचिति सुदृढ रहनु रेमिटेन्सको अर्को महत्वपूर्ण पक्ष हो।
(लेखक अर्थशास्त्री हुन्।)