दलन विरोधी अभियानलाई ऊर्जा दिन विगत दुई हप्ता महत्वपूर्ण थिए। २०६८ जेठ १० मा तत्कालीन व्यवस्थापिका–संसद्ले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) विधेयक पारित गरेको थियो। राष्ट्रपति रामवरण यादवबाट जेठ १८ गते प्रमाणीकृत भएपछि त्यसले कानुनको मान्यता पायो। २०६३ जेठ २१ गते पुनर्स्थापित प्रतिनिधि सभाले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो।अतः जेठ १० देखि २१ सम्मको अवधि दलित समुदायका लागि स्मरणीय हुनु र दलन तथा छुवाछुतविरोधी अभियान ऊर्जाशील हुनु स्वाभाविक थियो। यसबीच, पाल्पाबाट दलित समुदायको मनोबल उँचो पार्नेखालको एउटा खबर आयो। समाजसेवी फुलमती सुनारले प्रमुख अतिथिका रूपमा रामपुर नगरपालिका–६ स्थित कालिका मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्दा सहभागी ब्राह्मण–क्षत्रीले उत्साहसाथ ताली ठोकेर स्वागत गरे। मन्दिर प्रवेश र पूजाआजामा दलितलाई पनि समान अवसर हुनुपर्छ भनी ७० वर्षअघि बाग्लुङका भगत सर्वजित विश्वकर्माले अभियान थालेका थिए। पछि त्यसले आन्दोलनको रूप लियो। यस्तो लडाइँ दलितहरूले आज पनि लडिरहनुपरेको छ। पाल्पाको खबरलाई दलित अभियानकै एउटा सकारात्मक परिणाम मान्न सकिन्छ।
प्रतिरोधको शृंखला
आत्मसम्मानसाथ बाँच्न पाउनु र देशले प्रदान गर्ने अवसरमा पहुँच हुनु हरेक नागरिकको जन्मसिद्ध अधिकार हो। दलित समुदाय अपवाद होइन। हो, अप्रिल आन्दोलनपछि राज्यका संरचनामा दलितको पहुँचका लागि थुप्रै कानुनी अवसर छन्। तर त्यसमा पनि दलितको सीमित समुदायले मात्र अवसर पाएको छ। यसमा आमदलितको पहुँच पुर्या।उनेबारे गहिरो अध्ययन गरेर संविधान सभा निष्कर्षमा पुग्न हतार भइसक्यो। धर्मले राज गरेको हाम्रो जस्तो समाजमा आत्मसम्मानका कानुनी प्रावधानहरू कागजमा सीमित हुन पुगेका छन्। त्यसविरुद्ध दलितहरूले पुर्खौँदेखि लडेका छन्। थाहा छैन, अझै तिनका कति पुस्ताले लड्नुपर्ने हो।
समता बुक्सले हालै नेपाली दलितहरूको संघर्षगाथा खोतल्ने एउटा महत्पूर्ण पुस्तक प्रकाशन गरेको छ– दलनविरुद्ध प्रतिरोध। यसमा दलित आन्दोलनको श्रीगणेश गर्ने भगत सर्वजित विश्वकर्मादेखि विभिन्न मन्दिरप्रवेशको संघर्षगाथा, सिरहा–सप्तरीको सिनो बहिस्कार अभियान, वादी समुदायको संघर्ष, जनयुद्धमा दलितको आहुतिगाथा, पहिलो संविधान सभामा दलित समुदायको संवैधानिक संघर्षजस्ता खोजमूलक सामग्री छन्। राजेन्द्र महर्जन तथा यामबहादुरको किसानको सम्पादकीय टिप्पणीलाई मान्ने हो भने नेपालमा पुरोहितवादलाई चुनौती दिने र जातीय भेदभाव हटाउन महत्वपूर्ण प्रयास गर्ने पहिलो व्यक्ति हुन् गौतम बुद्ध। उनले जातीय भेदभावको स्रोत भाग्यवाद, पुरोहितवाद, मूर्तिपूजा, होम, यज्ञजस्ता कर्मकाण्डको मात्र विरोध गरेनन्, समाजमा त्यतिखेर अछुतका रूपमा अपहेलित व्यक्तिलाई भिक्षु बनाएर समतामूलक समाजको उदाहरणीय अभ्याससमेत गरे। बिहारमा राखेर उपाली, सुनीत, प्रकृतिजस्ता शूद्र समुदायका व्यक्तिलाई उनले उच्च स्तरका भिक्षु र प्रवचक बनाएका थिए। पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारपछि जोसमनी सन्त परम्पराका सन्तहरूले जातिभेद, मूर्तिपूजा र कर्मकाण्डविरोधी आन्दोलन चलाए। जोसमनी सन्त शशीधरको दीक्षा लिएर राजा रणबहादुर शाहले समेत स्वामी निर्गुणानन्दमा रूपान्तरित भएर जातिभेदविरोधी अभियान चलाएका थिए। सहभोज आयोजना गर्दा उनलाई दरबारिया र पुरोहितहरूले बहुलाएको आरोप लगाए। जंगबहादुरले १९१० सालमा मुलुकी ऐन बनाएर जातिभेद र छुवाछुतलाई कानुनी मान्यता दिएपछि सन्त ज्ञान दिलदासले त्यसको विरोध गर्दै जोसमनी मत प्रचार गरे। जोसमनी मतकै योगमाया न्यौपानेले आफ्ना ५४ अनुयायीसाथ वर्ण परम्परा र सामाजिक कुरीतिविरुद्ध जल समाधि लिइन्।
चन्द्रशमशेरका ज्वाइँ तथा बझाङी राजा जयपृथ्वीबहादुर सिंह, आर्य समाजका माधवराज जोशी, भोजपुरका बालागुरु षडानन्द, किरात धार्मिक नेता फाल्गुनन्द लिङ्देन, तेह्रथुम आठराईका देवीप्रसाद उप्रेती, पाँचथरका इमानसिंह चेम्जोङ, इलामका पदमबहादुर देवान, भोजपुरका नारदमुनि थुलुङ आदिले जातीय छुवाछुतविरुद्ध अभियान चलाए। चन्द्रशमशेरको पालामा आर्य समाजको विद्रोह दमनका क्रममा माधवराज जोशी थुनिए। उनका दुई छोरा शुक्रराज शास्त्री र अमरराज शास्त्रीलाई दरबार हाई स्कुलबाट निकाला गरियो। आर्य समाजीलाई 'म्लेच्छ' सरह घोषणा गरियो। डा. यामबहादुर किसानको किताब 'नेपालमा दलित जातीय मुक्ति आन्दोलन' का अनुसार इलामका काले दमाई, तेह्रथुमका गोपाल लमजेल, बाग्लुङका भगत सर्वजित विश्वकर्मा, स्याङ्जाका लालबहादुर परियार, हिक्मतसिंह विश्वकर्मा, रिपलाल विश्वकर्मा, गोथी बसेल, गंगाबहादुर परियार, मनवीर विश्वकर्मा आदिले समाज सुधार तथा छुवाछुतविरोधी आन्दोलनको पृष्ठभूमि निर्माण गरे। तिनकै उत्तरदानका रूपमा पशुपति, शैलेश्वरी, सिद्धकाली, गोरखकाली, बैंकटेश आदि मन्दिर प्रवेश, माडीको कोटीहोम संघर्ष, उदियाचौर दूध भराउ संघर्ष, सिपापोखरी पानी उघाउ संघर्ष, गैँडाकोट दूधभराउ संघर्ष, वादी समुदायको संघर्षले सफलता पाएका हुन्। सिरहा–सप्तरीको सिनो बहिस्कार पछिल्लो समयको सबैभन्दा चर्चित र उदाहरणीय संघर्ष थियो। यिनै संघर्षहरूका अवदानमा नेपाल छुवाछुत मुक्त देश घोषितमात्र भएन, पहिलो संविधान सभाले नयाँ संविधानमा दलितहरूका पक्षमा ऐतिहासिक प्रावधानहरूको पनि व्यवस्था गर्योर।
बेलगाम बाहुनवाद
सैद्धान्तिक हिसाबले हेर्ने हो भने बाहुनवाद र साम्यवाद ठ्याक्कै उल्टा कुरा हुन्। बाहुनवाद भाग्यवादी दर्शन हो जसअनुसार बाहुन, क्षत्रीजस्ता ठूला जातिको कोखमा जन्मनु पूर्वजन्मको पुण्यको परिणाम हो। साम्यवाद भने पूर्णरूपले भौतिकवादी दर्शन हो जसअनुसार जन्मैले कोही पनि ठूला, साना हुँदैनन्। दलित अधिकारकर्मी पदम सुन्दासको अनुभवमा भन्ने हो भने अन्य पार्टीको त कुरै छाडौँ, हाम्रा कम्युनिस्ट पार्टीका अधिकांश नेतासमेत सारमा बाहुनवादी नै छन्। भूमिगतकालमा कम्युनिस्ट नेतालाई दलितहरूले खुबै सहयोग र संरक्षण दिए। तर, तिनै नेता दलितलाई आफ्ना घरमा प्रवेश दिन अस्विकार्दै भन्छन् रे, 'हाम्रा बाआमा मरेपछि मात्र हाम्रो घरमा छिर्नुहोला कमरेड! अहिले त सम्भव छैन।'
दलितसँग सहभोजमा सहभागी भएर फर्केका अधिकांश गैरदलित किन सुनपानी छर्केरमात्र घर छिर्छन्? गैरदलित माओवादी लडाकु नेपाली सेनामा कर्णेल भए, उनकै स्तरका दलित लडाकु किन उपेक्षित भए? लोकतान्त्रिक र कम्युनिस्ट नेताको सरकारमा सधैँजसो दलित किन उपेक्षित हुन्छन्? जनयुद्धका क्रममा भएका गैरदलित–दलित विवाहमध्ये अधिकांश किन असफल भए? जसको बलिदानको जगमा माओवादी जनयुद्धले एउटा गति लियो, आज तिनै दलित माओवादी नेतृत्वबाट किन उपेक्षित छन्? शिक्षित, जातिभेदविरोधी, छुवाछुतविरोधी व्यक्तिको मुखबाट पनि ऐनमौकामा जातिभेदी र आशय छुवाछुतको वचन किन प्रकट हुन्छ? यी केही यस्ता प्रश्न हुन् जसले हाम्रो समाजको जातिवादी चरित्रलाई उद्घाटन गर्छन्। हिन्दु धर्म त्यागी इशाई धर्ममा गए पनि ऐनमौकामा दमाई डुम नै हु्न्छ, कामी डांग्रे र सार्की चमारे हुन्छ। यो हाम्रो धार्मिक अन्धविश्वासले शूद्रमाथि गरेको अत्याचारको नीलडाम हो।
दलित समुदायले भोग्नुपरेको मानसिक यातना, प्रवञ्चना, भेदभाव हेर्ने हो भने मानवीय सभ्यता नै लजाउन बाध्य हुन्छ। तीमाथि भएका अत्याचारको क्षतिपूर्ति दिन व्यवहारमा नेपाली समाज सधैँ अनकनाइरह्यो। दोस्रो संविधान सभामा दलहरूले अत्यन्त झिनो संख्यामा दलितलाई प्रत्यक्ष उम्मेदवारीमा सामेल गरे। त्यसको क्षतिपूति समानुपातिक तर्फबाट समेत गरिएन। यी केही उदाहरण हुन् जसको संकेत हो, कानुनमा जे भए पनि दलितलाई पूर्ण मान्छे स्विकार्न अझै पनि हाम्रो समाज तयार छैन। मन्दिर प्रवेश, जनै धारण, पुराण वाचन, गैरदलितको थर ग्रहणजस्ता अर्थहीन कुरामा अलमलिनुभन्दा समाजले घृणित ठानेका काम र चालचलन छाड्दै दलितहरूले सप्तरी–सिराहाको सिनो बहिस्कार शैलीका आन्दोलनलाई तीव्रता दिनु जरुरी छ। अनि जरुरी छ, आफ्नै जातिमाथि हीनताबोध गराउने धार्मिक अन्धविश्वासबाट मुक्त हुनु। अन्यथा जातिभेदी समाजसँग लडेरै एउटा दलितको जीवन सकिन्छ। उसका छोराछोरी र आउँदा कैयन् पुस्ताले पनि त्यही नियति भोग्नुपर्ने हुन्छ।