वार्षिक डेढ लाखभन्दा बढी नेपाली कामदार काम खोज्दै मलेसिया पुग्छन्। स्रोत मुलुक रहेको नेपालका लागि मलेसिया पहिलो श्रम गन्तव्य पनि हो। खाडी मुलुकभन्दा हावापानी राम्रो र मानव अधिकारको अवस्था राम्रो भएपछि खाडी जाने नेपाली कामदार मलेसियातिर आकर्षित भएका हुन्। केही वर्षअगाडि नेपालको पहिलो श्रम गन्तव्य कतार हुने गरेको थियो। मलेसियाले अहिले कतारलाई उछिनेको छ। आधुनिक मलेसिया बन्नुमा पनि नेपाली श्रमिकको ठूलै योगदान छ। पछिल्ला विकास र पूर्वाधारमा खट्ने नेपाली कामदार आधुनिक मलेसियाका सारथि बनेका छन्। मलेसियामा नेपालीको योगदान र भूमिका श्रम गन्तव्य बनेपछि मात्र पुगेको होइन। त्यहाँ बेलायतको उपनिवेश हुँदादेखि नै गोर्खाली सेना सहयोग पुर्या्एका थिए।
पछिल्ल्ाो पटक मलेसिया जाने आकर्षण बढे पनि मलेसिया जाने क्रम धेरै अघिदेखि नै सुरु भएको थियो। यद्यपि छिमेकी मुलुक भारतमा रोजगारका लागि जाने नेपालीको संख्या सबैभन्दा ठूलो छ। जुन बेला भारतमा सेना र अन्य काममा नेपाली पुग्ने गर्थे। त्यो बेला नेपालीहरु मलायासम्म पुगेर काम गरेका थिए। त्यो बेला मलाया पुगेर श्रम गर्ने नेपालीलाई समाजमा साहसी मानिन्थ्यो। बेलायतले भारतमा आफ्नो अधिकार जमाइरहेको समयमा त्यहाँ नेपाली गोर्खा सैनिकको रूपमा कार्यरत थिए। बेलायतले साम्राज्य विस्तारको अभियान गरिरहेको बेलामा नेपाली गोर्खा सैनिक पनि मलाया पुगेका थिए। सन् १९५७ मा मलेसियामा भएको कम्युनिष्ट विद्रोह दबाउन गोर्खाली सैनिकले ठूलो र महत्वपूर्ण भूमिका खेलेका थिए।
बेलायतको उपनिवेशमा रहँदा र बेलायतबाट स्वतन्त्र भएपछि पनि मलेसियाको राजनीति र विकासमा नेपालीहरुको योगदान सम्झनायोग्य नै छ। तर पछिल्लो पटक मलेसियाले नेपाललाई कामदारको स्रोत मुलुक र आफू रोजगारदाता मुलुक भएकै कारण नेपाली कामदारलाई अनेकन बहानामा दुःख दिँदै आएको छ। मलेसियाले कतिपय अवस्थामा कूटनीतिक क्षेत्रबाट टाढा गएर पनि नेपाली कामदारलाइ हेप्ने प्रवृत्ति देखाउने गरेको पाइन्छ। मलेसियाले २ साताअघि हस्तलिखित राहदानीमा भएको भिसालाई मान्यता नदिएर १७ जना कामदारलाई त्यहाँको अध्यागमनबाट फिर्ता पठायो। कामदारले हस्तलिखितको भिसा नयाँ मेसिन रिडेबल पासपोर्टमा नसारेको भन्दै फिर्ता पठाएको नेपालस्थित मलेसिया दूतावासले जानकारी दियो। तर मलेसियाले यस विषयमा कुनै पनि औपचारिक सार्वजनिक सूचना दिएन। नेपालीबाहेकका कामदारलाई यो प्रावधानमा कुनै रोक लगाएको छैन।
मलेसियाको नेपालमाथि बदलिँदो नजर एक वर्षयतादेखि देखिँदै आएको छ। मलेसियामा गैरकानुनीरूपमा रहेका कामदारमाथि व्यापक धरपकड गर्नै अभियानमा हजारौं नेपाली कामदार पनि पक्राउ परेका छन्। कुनै पनि देशमा गैरकानुनी हैसियतले बस्नु नियमसंगत हुँदै होइन तर मलेसियाले पक्राउ परेका त्यस्ता कामदारलाई एक साताभित्र उसकै देश पठाउने उद्घोष गरेको थियो। तर लामो समयसम्म पनि नेपाली कामदारलाई स्वदेश फिर्ता पठाएको छैन। यतिसम्म कि १० महिनादेखि पक्राउ परेका करिब ५ सय त्यस्ता नेपालीबारे दूतावासलाई समेत जानकारी नदिएर विभिन्न डिपोर्ट सेन्टर र जेलमा राखेको छ। मलेसियाले गैरकानुनी हैसियतमा बसेका कामदारलाई कानुनअनुरूप कारबाही गर्न सक्छ तर जेलमा अमानवीय व्यवहार गरेर राख्न पाउँदैन। जेलमा बस्ने कतिपयले एक छाक खान दिने, बिरामी हुँदा उपचार नगर्ने जस्ता सूचना बाहिर ल्याएका छन्।
नेपाली कामदारले गर्ने काम र श्रम सस्तो भएकै कारण मलेसियाका रोजगारदाता नेपाली कामदारबाट प्रभावित हुँदै आइरहेका छन्। यो बेला नेपाली कामदारले गर्ने काम र त्यो बेला गोर्खाली नेपालीले गरेको कामको चर्चा अझै पनि मलेसियामा हुने गर्छ। पहिला बेलायती सेनामा भर्ती भएका नेपालीमात्र मलाया जाने अवसर पाउँथेे। बेलायती सैनिकका रूपमा मलेसिया पुगेका गोर्खालीको बहादुरी र इमानदारिताको मलेसिया सरकारले त्यति बेला उच्च कदर गरेको थियो। त्यो बेला रक्तपातपूर्ण संघर्षमा सहादत प्राप्त गर्ने नेपालीलाई मलेसियाले बेलाबेलामा सम्झने पनि गर्छ। प्रधान मन्त्री महाथिर मोहम्मदले बहादुर नेपालीको सम्मान र सम्झनामा गाउँ नै बनाउने भनेर ४० रोपनी जग्गा उपलब्ध गराएका थिए। त्यहाँ गोर्खाली गाउँ अहिले बनिरहेको छ।
मलेसियामा नेपाली कामदारसँगै इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड, बंगलादेश, भारतलगायतका मुलुकबाट पनि कामदार पुग्ने गर्छन्। अरु मुलुकका कामदार भन्दा पनि नेपाली कामदारको बंगाली कामदारसँग प्रतिस्पर्धा हुने गर्छ। तर बंगालीको काम नगर्ने, अल्छी स्वभाव, झगडा गर्ने, विवाह गरेर अलपत्र पार्ने क्रम बढ्दै गएपछि सामाजिक विकृति भयो भनेर बंगालदेशका कामदारको अवधि नथप्ने र नयाँ नलिने मलेसियाले घोषणा गरेको थियो। त्यसको प्रत्यक्ष फाइदा नेपाली कामदारलाई भयो। मलेसियाले २०५७ माघमा बंगलादेश, पाकिस्तान, र भियतनामका कामदारलाई हटाएर नेपाललाई स्रोत मुलुक घोषणा गरेर नेपाली कामदारलाई प्राथमिकतामा राखेर लिन थालेपछि यो श्रम गन्तव्यको आकर्षण चुलिँदै गएको हो।
मलेसियाका विभिन्न स्थानमा अहिले नेपाली कामदार होटल, सरसफाइ, सुरक्षागार्ड, फार्मिङ, नर्सरी, फर्निचर, उद्योग, फलाम खानीमा कार्यरत छन्। पछिल्लो पटक मलेसियामा नै व्यवसाय गर्ने नेपालीको संख्या पनि बढिरहेको छ। मलेसियामा हाल करिब ७ लाख नेपाली कार्यरत छन्। गत २०७० सालभित्र मात्र १ लाख ६६ हजार ८ सय ९८ जना नेपाली कामदार मलेसिया पुगेका थिए। अन्य मुलुकमा २ वर्षको रोजगार अनुमति हुने भए पनि मलेसियाले नेपालीलाई तीन वर्षसम्म रोजगारको अनुमति दिन्छ।
संख्या बढेपछि समस्या पनि बढ्ने क्रम बढेको छ। मलेसियाले नेपाल लक्षित गरेर तोकेका केही सर्तले कामदारलाई आर्थिक भार थपेकोे छ। त्यसैको उदाहरण हो भिएलएन नेपाल र बायोमेटि्रक प्रणाली। मलेसियाले गत नोभेम्बर १ देखि ७ सयको भिसा शुल्कलाई एकैचोटि झण्डै ६ गुणा वृद्धि गरेर ३९ सय पुर्या एको थियो। नेपालबाट मलेसिया जानेलाई प्रत्यक्ष मार परेपछि यसको अहिलेसम्म विरोध पनि भइरहेको छ। मलेसिया सरकारले मलेसियाका निजी कम्पनीसँग सम्झौता गरेर भिसा प्रोसेसिङवापत पैसा उठाउने सहमति दिएका काण त्यहाँका निजी कम्पनी र भिएलएन नेपालबीचको सम्झौताअनुसार नेपालमा भिषा प्रोसेसिङमार्फत थप ३२ सय रुपियाँ उठाइरहेका छन्।
त्यस्तै मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्ने भनेर नेपालको नेपाल स्वास्थ्य व्यवसायी महासंघ र मलेसियाको बेस्टिनेट कम्पनीबीच नौ महिनाअघि सम्झौता भएर नेपाली कामदारलाई स्वास्थ्य परीक्षणवापत थप १५ सय रुपियाँ उठाउने तयारी भइसकेको थियो। यसमा मेडिकल व्यवसायी, म्यानपावर व्यवसायीका साथै महासंघकै पदाधिकारीको विरोध र सरकारले स्वीकृत नदिँदा हालसम्म कार्यान्वयन हुन सकेको छैन। मलेसियाको बेस्टिनेटसँग सम्झौता गरेर महासंघ आबद्ध ३० व्यवसायीले मलेसिया जाने कामदारको स्वास्थ्य परीÔणमार्फत करिब १५ सय रुपिया“ तिर्नुपर्ने हुन्छ। बायोमेटि्रक प्रणाली लागु भए ३० स्वास्थ्य संस्था प्रत्येकले सफ्टवेयर जडानका लागि ८ लाख कम्पनीलाई बुझाउनुपर्ने हुन्छ यसका साथै हरेक वर्ष २ लाख ६४ हजार तिरेर नवीकरण गर्नुपर्ने हुन्छ। व्यवसायीले कामदारबाट १५ सय लिएर आफ्नो खर्च उठाउनेछन्। त्यस्तै राहदानी संकलन गर्नेका लागि भनेर नेपालमा फोसा नामक अर्काे एजेन्ट कम्पनीको पनि प्रवेश हुँदैछ। राहदानी संकलनमार्फत करिब १५ सय रुपियाँ उठाउने तयारीसमेत भएको छ।
मलेसियाले नेपाली कामदारलाई जानकारी नदिई थुनामा राख्दा, अध्यागमन व्यवहार विपरित अध्यागमनबाट फिर्ता पठाउँदा, जबरजफ्ती अनेक प्रकारको शुल्क उठाइरहँदा कुनै कूटनीतिक पहल गरेको छैन। यो नेपालको लाचारीपन हो। दुई महिनाअघि मलेसियाका गृह मन्त्री नेपाल भ्रमणमा आउँदा दुई देशबीच चाँडै श्रम सम्झौता हुने पनि बताएका थिए। उनी गएसँगै श्रम सम्झौताको कुरा पनि सेलायो। र, नेपाली कामदारसामु समस्याका चाङ थोपरिँदै छ।