संस्था हत्याको राजनीति
३१ जेष्ठ २०७१
•
१३ मिनेट पाठ
संस्था हत्याको राजनीति
गत २०७० साल चैतमा एसएलसी परीक्षा दिनेहरूको नतिजा २०७१ साल जेठमा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयले सफल हुनेलाई सफलताको प्रमाणपत्र दिन्छ र असफल हुनेलाई असफलताको। तर देशका हकमा विफल राज्यको प्रमाणपत्र कसैले दिँदैन। संसारभरका राष्ट्रहरूलाई विफलताको प्रमाणपत्र दिने कुनै संस्था हुँदो हो त नेपालले वर्षै नबिराई सो प्रमाण पत्र पाउँथ्यो होला। धन्न! त्यस्तो कुनै निकाय छैन। राज्य विफल भएको भनेर संयुक्त राष्ट्रसंघजस्तो निकायले आएर ताल्चा लगाउन पनि सत्तै्कन। न त राष्ट्र चलाउने जिम्मा नै कसैलाई लगाउन सकिन्छ। त्यसैले नेपाल असफल राष्ट्र बन्यो भनेर बारम्बार भनिए पनि यहाँ बस्ने मानिसको गुजारा चलेकै छ। हिजोभन्दा आज महंगी दोब्बर भएपनि, सरकारी लापरबाही चुलिए पनि, जति भ्रष्टाचार भए पनि देश त चलिरहँदो रहेछ। तर देश कसरी चल्छ त्यो मनन गर्नु जरुरी छ। राष्ट्र जति असफल हुँदै जान्छसर्वसाधारणको अवस्था पनि त्यति नै बिग्रँदै जान्छ। कुनै बेलाको बेलायती सेनाका लाहुरे नेपाली बिस्तारै भारतीय सहरका बहादुरमा परिणत भयौँ र अहिले आएर संसारको कुनाकुनामा सबैभन्दा अप्ठेरो, खतरनाक र फोहोरी काम गर्नसक्ने इमानदार दास भनेर नाम कमाएका छौँ। किनभने नेपाल आफ्ना जनतालाई रोजगारी दिन र दुई छाक खाने वातावरण बनाउन असफल भइसकेको छ। देश असफल हुनुको यसभन्दा ठूलो मापन अरू के होला?
तर राष्ट्र कसरी असफल हुन्छ भन्ने कुराको ठोस मापक बनिसकेको भने छैन। देश किन असफल हुन्छन् (ह्वाई नेशन्स फेल?) भन्ने विश्व प्रसिद्ध पुस्तकमा ड्यारेन एसिमग्लु र जेम्स ए. रोबिन्सन भन्छन् – कुनैपनि देश असफल हुनका लागि पुराना सिद्धान्तमा भनिएजस्तो आर्थिक सिद्धान्त, भौगोलिक अवस्थिति, संस्कृति र मान्यता मुख्य कारण हुँदैनन्। ती विद्वान्को भनाइमा कुनै पनि देशमा राजनीतिक संस्थाहरूको विकास भयो भने त्यो देश आर्थिक र सामाजिकरूपमा सफल हुन्छ तर सो नभएको अवस्थामा देश असफल राष्ट्रमा गनिन पुग्छ। उनको भनाइ पुष्टिका लागि उनले अमेरिका र दक्षिण अमेरिकामा बेलायत, फ्रान्स, स्पेन आदि देशको उपनिवेश हुँदादेखि कसरी सफल संस्था जन्माउने देश सफल हुँदै गए र असफल संस्था जन्माउने विफल भए भन्ने धेरै उदाहरण दिएका छन्। तीनै उदाहरणमा संस्था जन्माएरमात्र पुग्दैन त्यसको प्रवृत्ति कस्तो हुन्छ भन्ने विषय महत्वका साथ उठाइएको छ। राजनीतिक विकासको क्रममा जन्मने संस्था या त समावेशी हुन्छन् नभए शोषक हुन्छन्। जहाँ संस्था समावेशी भएर गए, सम्पूर्ण जनताले ती संस्थालाई अपनाए ती देश विकशित बन्दै गए। जहाँका संस्था जनतालाई शोषण गर्ने, दुःख दिने र जबर्जस्ती शासन लाद्ने प्रकारका भए तिनमा शासन पनि अधिनायकवादी भयो र आफ्नै प्राकृतिक स्रोत नभएका अधिकांश सबै देश अति अविकसित रहे। कति प्राकृतिक स्रोतमा धनी भए पनि समावेशी संस्था नभएका देशमा तिनै स्रोत अस्थिरता र हिंसाको प्रमुख कारक बन्न गयो। 
नेपाल विकसित नहुनु, जता गयो उतै भ्रष्टाचार हुनु, जहाँ पनि राजनीतिकरण र नातावाद हुनु असफल राष्ट्रको परिचायक हो। नेपालमा संस्था त बने तर ती समावेशी भएनन्, कुनै न कुनै प्रकारले सबै संस्था शोषक बन्न पुगे। विसं २०४६ सालमा लोकतन्त्रको पदार्पणपश्चात् जुन प्रकारले संस्थाहरूको प्रवृत्तिमा परिवर्तन आउनु पर्थ्याे त्यसरी आएन। प्रहरी, प्रशासन, न्यायालय, नापी, मालपोत, भन्सार, वैदेशिक रोजगार, आपूर्ति, निर्माण, स्थानीय विकासआदि सबै संस्था जनताको स्रोत सुकाउन र त्यहाँ कार्यरत कर्मचारी मोटाउनका लागि प्रयोग भए। यस अवनतिको क्रम २०६३ को लोकतन्त्रको पुनःस्थापनापछि पनि रोकिएन बरु उल्टै त्यसको गति बढ्यो। 
विसं २०५२ सालमा माओवादीले व्यक्ति हिंसाको राजनीति सुरु गरेका बेला राजनीतिक दलहरू संस्था हत्याको खेलमा जानी नजानी सक्रिय भए। हुनत, २०४ ६को आन्दोलनपश्चात् सर्वोच्च अदालतको प्रधान न्यायाधीशको नियुक्ती गर्नुपर्ने अवस्था आएको बेला तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सबैभन्दा वरिष्ठलाई प्रधान न्यायाधीश बनाउने परम्परा नतोड्नु भनेका थिए रे! त्यसैले राजाको नजिक मानिएका घनेन्द्रबहादुर सिंह प्रधान न्यायाधीश बनेका थिए। तर पछिल्ला प्रधानमन्त्री र मन्त्रीले संस्थाको महत्व र निष्ठाको महत्व बुझेनन्। हरेक संस्थाको राजनीतिकरण भयो। प्रहरी, प्रशासन र न्यायालय त संस्था हत्याको प्रमुख निसाना भए। कुनैपनि संस्थामा इमानदार, अनुभवी र क्षमतावान् व्यक्तिलाई मौका दिनेमा सरकार र राजनीतिक दलको कहिल्यै ध्यान गएन। 
अहिले न्यायालय र प्रहरी दुई संस्थामा अत्यधिक राजनीतिकरण भयो भनेर गगन थापादेखि कमल थापासम्म कराइरहेका छन्। तर अहिले जुन लक्षण देखिएको छ त्यो त क्यान्सरको अन्तिम अवस्थामा पुगेको बिरामीको हालतजस्तो हो। सुरुकै अवस्थामा उपचार गर्नसके क्यान्सर पनि निको हुन्छ, अन्तिम अवस्थामा संसारको कुनैपनि औषधिले छुँदैन। नेपालका संस्था सिध्याउने क्रममा हामी मध्यान्तर सकिएर पनि अन्तिमतिर आइपुगेको अवस्था हो। यस अवस्थाबाट स्थिति उल्टाउन करिबकरिब असम्भव छ तर इच्छाशक्ति हुने हो भने अझै समय चाहिँ छ।
अहिले सबैभन्दा अप्ठेरो अवस्थामा पुगेको संस्था नेपाल प्रहरी हो। कुनैबेला सबै प्रहरी अधिकृतलाई नेपाली कांग्रेसका नेताको ढोकामा नपुगी पदोन्नति नहुने अवस्थामा पुर्याेइयो। अनि त्यसपछि नेकपा (एमाले)ले पनि प्रहरीमा आफ्ना मान्छे बनाउने खेल जान्यो। अन्तिममा आइपुग्दा त नेपाल प्रहरीका महानिरीक्षक भइसकेको व्यक्ति पनि माओवादीको सानो नेता बन्न लालयित देखियो। प्रहरीजस्तो महत्वपूर्ण सुरक्षा निकायको प्रमुखलाई राजनीतिक दलले मनोमानी ढंगले परिवर्तन गरे। जसको सरकार आउँछ उसैको महानिरीक्षक बन्ने चलनै बन्यो। त्यसले गर्दा प्रहरीमा जागिर खानेको मनोवृत्ति नै बिग्रियो। कुनै पनि राजनीतिक नेताका कृपापात्र गुण्डा नाइकेलाई सकभर नचलाउने, चलाउनै परेपनि मुद्दा कमजोर बनाउने खेल हुन थाले। अनि तिनै गुण्डा नाइके (डन) डिआईजीसम्मको सरुवामा भूमिका खेल्न थाले। अनि प्रहरीका साना भन्दा साना कर्मचारी पनि कसरी पैसा धेरै कमाउने र ब्रिफकेस बुझाएर आफू अघि बढ्ने भन्ने ध्याउन्नामा लागे। 
नेपाल प्रहरीमा अहिले अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा हुन नसक्नुको प्रमुख कारण अत्यधिक राजनीतिकरण र संस्थाको अवस्था बिग्रनु नै हो। आफ्नो क्षमता प्रदर्शन गरिसकेका र नैतिकतामा धेरै सम्झौता नगरेका डीआईजीहरुको बढुवा समयमै नगरेर अनेक नाटक मंचन गरियो। प्रहरी नियमावली नयाँ आउने कि पुरानैबाट गर्ने र पुरानोबाट गर्दा लोकसेवाको परामर्श लिनुपर्ने भन्नेजस्ता अनेक बाधा र अड्चन पार गर्दै बल्लबल्ल नयाँ नियमावलीअनुसार गरेको पदोन्नतिमा पनि पुनः भाँजो परेको छ। यसले नेपाल प्रहरीको जगैसम्म हल्लाएको छ। उपल्लो तहमा बसेका अधिकृत वकिल, न्यायाधीश र राजनीतिज्ञको घर र कार्यालय धाउनु परेपछि तलका अधिकृत र क्याडेटमा कस्तो सन्देश जाला? आफ्ना हाकिमको त्यस्तो चाला देखेपछि कुन चाहिँ युवा प्रहरी अधिकृत देशको सच्चा सेवक भएर नियम र कानुनभन्दा पर हट्दिन, अपराधी कसैलाई छोड्दिन भनेर कम्मर कसेर काम गर्न सक्ला?
नेपाल प्रहरीलाई अहिलेको अवस्थाबाट पार लगाउने हो भने सकभर चाँडो एआईजी बढुवा प्रक्रिया टुंग्याइनु पर्दछ। सिफारिस गर्दा अन्याय भएको छ भने लोकसेवाका अध्यक्षसहितको पुनरावेदन समितिले त्यसको निर्क्योल निकाल्नुपर्छ। अहिले सर्वोच्चले स्थगन आदेश दिएको छ। अदालतमा विचाराधीन विषयमा धेरै लेख्न ठीक नहोला तर यो संस्था यहाँबाट बनेर अघि बढ्छ कि बिग्रन्छ भन्ने अन्तिम ढोका यही हो भन्नु अत्युक्ति नहोला। 
यसरी देशको अवस्था दिनहुँ बिग्रँदै गएको अवस्थामा एउटा नयाँ शक्तिको उदय हुनुपर्छ वा हुँदैछ भन्ने चर्चा पनि निकै सुनिएको छ। तर जुनसुकै शक्ति आए पनि राष्ट्रका संस्था समावेशी बनाउने सोच र क्षमताका साथ आएमात्र जनताले स्वागत गर्लान् नत्र त तिनको अवस्था पनि पानीको फोकाभन्दा बढी नहोला। 
अन्त्यमा, सबैले सोच्नुपर्ने चुरो कुरो के हो भने भर्खरै एसएलसी सिध्याएका विद्यार्थीले आफूले पढाइ सिध्याएपछि क्षमताअनुसार देशको सेवा गर्ने मौका पाउँछु भन्ने सोचका साथ पढ्न पाए भने देशको विकासका गतिलाई कसैले रोक्न सत्तै्कैन। तर यिनै विद्यार्थीले अहिलेदेखिनै बाबु, काका, मामासँग ठूलाबडा र नेताका घरघर गएर जागिर पाउने अनि अक्षम ठूला जागिरमा र सक्षम सडकमा हुने अवस्था आयो भने देशको अधोगतिमा कसैले 'ब्रेक' लगाउन सत्तै्कन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस