डरले, करले, रहरले, अज्ञानले वा जेले होस् नेपाली जनताको आवाज धेरै सुनिदैन । बेला बखत जागेर शासन सत्ता उल्टाए पनि ज्यादातर समय जनता चुपचाप बस्न रुचाउँछन् । नेपाली जनता सात सालमा जागे ०३६ सालमा जागे ०४६ सालमा जागे अनि ०६२ सालमा जागे । तर हरेक पल्ट जनता जागेर आएको परिवर्तनले जनताको जीवनमा ठोस परिवर्तन ल्याएको छैन । एकपल्ट जागेपछि धेरै वर्षसम्म आफ्नो अस्मितामा राजनीति गर्नेहरुले बलत्कार गरेको देखर पनि जनता धेरै समय चुपचाप बस्छन् । जनताको यही कमजोरीको फाइदा उठाउँदै तानाशाहहरु बारम्बार उदाउँछन् र आफ्नो कर्मको फल भोग्छन् ।
जनतालाई प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिदै अधिनायकवाद लाद्न खोज्ने तानाशाहहरु विगत र वर्तमानमा थुप्रै देखिएका छन् । २०१७ सालमा महेन्द्रले जनताको शासन खोसी पंचायत लागू गर्दा लाजै नमानी 'जनताको अधिकार रक्षाका लागि' भने । वीरेन्द्रले २०३६ मा पंचायतलाई छलछाम गरी जिताएपछि जनताले चाहेबमोजिमको प्रचातान्त्रिक व्यवस्था लागु गरिन्छ नभनेका होईनन् । २०६० मा ज्ञानेन्द्रले सत्ता हडपेपछि पनि देश र माटो सुहाउँदो लोकतान्त्रिक व्यवस्था ल्याउँछु भनी लाजै नमानी भने दुनियालाई । तर शाह राजाहरुलाई जनता र विश्वले पत्याएन र अन्ततः शाहीराज धराशायी भयो ।
अहिलेसम्मको ईतिहासमा राणा र राजाले मात्र नेपालमा तानाशाही लादेका हुन कुनै जनताको छोराले वा राजनीतिक पार्टीले त्यस्तो धृष्टता गरेका थिएनन् । जनताको नामको दृहाई दिएर अधिनायकवाद स्थापति गछौं भनेर २०५६ सालमा जनयुद्ध शुरु गर्ने माओवादी मात्र त्यस्तो समूह निस्क्यो जसले सिधै अधिनायकवाद ल्याउने घोषणा गर् यो र अझै त्यही बाटोमा अघि बढ्दैछ । एक मुखले देशबाट अन्याय अत्याचार र विभेद सिध्याउन सबै प्रकारका तानाशाहीे निर्मूल गर्नुपर्छ भनेर प्रचार गर्ने तर अर्को मुखले भने हाम्रो पार्टीको अधिनायकवाद ल्याउँछौँ भन्ने माओवादीको द्वैध चरित्र धेरैले बुझेनन् कतिले बुझेर पनि बुझ पचाए र कतिले अहिलेको विश्वमा एकदलीय अधिनायकवाद लागू हुनै सक्दैन भनेर शंकाको सुविधा दिए ।
तर अब नेपाली जनताले बोल्नै पर्ने भएको छ । के अब हामी नेपालमा शाही शासन पछि पुनः पंचायती शासनभन्दा कठोर मानव अधिकार हननमा संसारमै सबैभन्दा निन्दित एक दलीय माओवादी अधिनायकवादी शासन ल्याउन खोन्दैछौं के हामी हाम्रा छोरा नातीले सम्पूर्ण जीवननै कुनै पार्टीलाई सुम्पेर त्यही पार्टीले भनेअनुसार खटाएको ठाउँमा तोकिएको काम गरेर जिन्दगी बिताउन् भन्ने चाहन्छौं हामीलाई अब पौरख गरेर धनी हुने व्यवस्था नचाहिएको हो लुटेर खोसेर तसा्रएर र परे ज्यानै लिएर खाए पनि पार्टीमा लागेपछि बाँचिने र कसैले प्रश्न पनि गर्न नपाउने व्यवस्थालाई हामी मान्न सक्छौंँ पार्टीका नेताहरु आफू मोज गर्ने अरुलाई धनी हुन नदिने र भएकाको पनि खोस्ने अवस्था हामीलाई चाहिएको हो।
माओवादीले सधैँ आफूलाई गरीबको पार्टी भन्छ त्यसको मतलब गरीबको हित गर्ने हो कि अझ गरिबी बढाएर तिनको पीडाको राजनीति गरेर आफ्नो मतलब साध्ने हो जसरी जनजातिको दलले जनजातिको संख्या बढोस् भन्ने चाहन्छ मदेसवादी दलले मदेसीको जनसख्या बढाउन चाहन्छ त्यसैगरी गरिबहरुको पार्टीलाई गरिबको संख्या सधै बढोस् भन्ने चाहना हुनु स्वभाविक हो । सर्वहाराको अधिनायकवाद लाद्ने विश्वका अरु देशका उदाहरण पनि यस्तै छन् । पूर्वी युरोपमा कम्युनिस्ट शासन लागू भएपछि गरिब र धनीबीच समानता ल्याउन उनीहरुले गरीबलाई पढ्ने मौका त बढाएनन् तर धनीका छोराछोरीलाई कक्षा १० भन्दा बढी पढ्न प्रतिबन्ध लगाए । यसरी नै बढ्छ गरीबी र बलियो हुन्छ गरिबको पार्टी ।
के सर्वहाराको अधिनायकवाद भनेको खान नपाउने नेपाली जनताका छोरा छोरी पालै पालो सरकार प्रमुख हुने व्यवस्था हो त वास्तवमा एक दलीय प्रणाली लागू भयोभने आफ्नो पूरै जीवन त्यही व्यवस्थाका लागि आहुती दिने बाबुराम भट्टराई वा मोहन वैद्यको पनि सत्ता प्रमुख हुने पालो कहिल्यै नआउन सक्छ । उत्तर कोरियाको उदाहरण सबैले देखेकै छन् । कम्युनिष्ट एक दलीय तानाशाही रहेको सो देशमा सन् १९९४ मा त्यसका सर्वमान्य नेता किम ईल सुङको मृत्युपछि ूसर्वहाराको देशमा सर्वहारानै राष्ट्रपति हुनुपर्छू भनेर उनका छोरा किम जोङ ईललाई जीवनपर्यन्त राष्ट्रपति बनाए । त्यसैले प्रचण्डले शक्तिखोर क्याम्पमा बोलेको जस्तो सर्वहाराको अधिनायकवाद स्थापना गर्न सके भने उनीपछि उनका छोरा प्रकाश दाहालबाहेक अरु को बन्ला सरकार प्रमुख नेपाली जनताले अब पनि नबोले कहिले बोल्ने ज्ञानेन्द्रको प्रजातन्त्रप्रतिको प्रतिबद्धतामा जसरी संसार केही समयको लागि अलमलिएको थियो त्यसैगरी प्रचण्डको प्रतिबद्धतामा सबै धेरै समय भुलिसक्यौं । अब अरु नभुलौं । आफ्नो बोली राखौं । अहिल्यै राखौं । अन्यथा हामी सबैको मुख थुनिने समय चाँडै आउन सक्छ ।