एमालेको कुम्भमेला
११ असार २०७१
•
१४ मिनेट पाठ
एमालेको कुम्भमेला
नेकपा (एमाले) मा अब विचारको बहस महत्वपूर्ण रहेन। नत्र वृद्ध भत्ता थाप्ने उमेरका रुग्न दुई नेताका नेतृत्व होडबाजीको छायाँमा विचारको बहस हराउने थिएन। अचम्मै लाग्नेगरी महाधिवेशनअघि नै एमाले केन्द्रीय कमिटीबाट अध्यक्ष झलनाथ खनालको राजनीतिक दस्तावेज पारित गरेर देशव्यापी बहसको कुलो बलात् थुन्ने काम भएको छ।एमाले युवा नेता घनश्याम भुसालले नेपाल अर्धसामन्ती मुलुक रहेन, यो पुँजीवादी भइसक्यो भन्ने बहस थालेका थिए। यस्तैखाले निस्कर्षमा हेटौँडा महाधिवेशनबाट एनेकपा (माओवादी) पनि पुगेको थियो। त्यसो हो भने मुलुकले अपनाउनुपर्ने क्रान्तिको बाटो बिलकुलै नयाँ हुनुपर्ने भयो। यस विषयमा देशव्यापी बहस चलाउन सकिएको भए देशकै राजनीतिक मार्गचित्र निर्माणमा एमालेले महत्वपूर्ण अवदान गर्न सक्थ्यो। पार्टीप्रति बौद्धिकदेखि सर्वसाधारणसम्मको आकर्षण बढ्थ्यो। धेरैभन्दा धेरैलाई नयाँ परिस्थितिबारे प्रशिक्षित गर्न सकिन्थ्यो। भूमिगत जीवन त्यागी ०४६ सालमा पार्टी खुला भएयताका एमाले महाधिवेशनहरू वैचारिक बहसका हिसाबले अत्यन्त महत्वपूर्ण साबित भएका थिए। पाँचौँ महाधिवेशनमा बहुदलीय जनवाद र परिमार्जित नौलो जनवाद, छैटौँमा शक्ति सञ्चय र अधिकतम प्रगतिशील सुधार तथा महाकाली सन्धिको पक्ष, विपक्ष, सातौँमा आन्तरिक लोकतन्त्र र बहुपदीय नेतृत्व अनि आठौँमा नेपाल अर्धसामन्ती नै छ वा पुँजीवादी भइसक्यो भन्नेबारे देशव्यापी बहस भएका थिए। त्यसले सर्वसाधारणलाई राजनीतिकरूपले प्रशिक्षित गर्ने काम भएको थियो। नवौँ महाधिवेशनले भने त्यस अवसरबाट जनतालाई पहिले नै मुक्ति दिइसकेको छ।
गुम्दै प्रगतिशील पहिचान
प्रगतिशीलता र जुझारुपनको पहिचान गुम्दै जानु एमालेलाई सबैभन्दा ठूलो घाटा हो। प्रजातन्त्र पुनर्स्थापनालगत्तै बनेको उसको यो पहिचान पहिलो संविधान सभा चुनावसम्म झन्डै भइसकेको थियो। प्रगतिशील र जुझारु हुन कम्युनिस्ट नै हुनु जरुरी छैन। विगतको माले कम्युनिस्ट पार्टी थियो, नाममा एमाले पनि कम्युनिस्ट नै छ। ऊसँग भएको जनलहर यसकै नाममा आकर्षित भएको हो। अत्याचार र गरिबीले थिचिएको नेपालमा कम्युनिस्टहरूप्रति बेग्लै आकर्षण छ। अनेकौँ फुट र मित्र शक्तिहरूबीच सहस्र कटुता हुँदा पनि पहिलो संविधान सभा चुनावमा कम्युनिस्टले ६२.८ प्रतिशत, दोस्रोमा ५० प्रतिशतभन्दा बढी सिट जित्नु त्यसकै पछिल्लो प्रमाण हो। तर, पाँचौ महाधिवेशनदेखि मदन भण्डारीको जनताको बहुदलीय जनवाद अपनाएपछि एमाले सामाजिक जनवादी पार्टीमा परिणत भइसकेको थियो। यसले लेनिनवादी राजनीति त्यागेर लेनिनले गद्दार भनेका कार्ल काउत्स्कीको बाटो समातेको थियो। अब सांगठनिक हिसाबले पनि ऊ लेनिनको बाटो छाड्दै रोजा लक्जेम्बर्गको नजिक पुगेको छ। 
भण्डारी बाँचुन्जेल र सत्तामा नपुगुन्जेल एमालेको चरित्र अत्यन्त जुझारु, संघर्षशील, प्रगतिशील र देशभक्तिपूर्ण थियो। २०५१ सालको मध्यावधि निर्वाचनमा ९० सिट ल्याएर एमाले सबैभन्दा ठूलो पार्टी बन्यो। त्यसले उसलाई सत्ताको ढोका खोल्ने साँचो सुम्पियो। अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा ११ सदस्यीय अल्पमतको सरकार बनाएर उसले सुधारवादी लोकप्रिय कार्यक्रमको लहर ल्यायो। ती उसले दिने नाराजस्ता आमूल परिवर्तनकारी थिएनन्। तैपनि पुँजीवादी–सुधारवादी चरित्रका ती कार्यक्रम खडेरीमा ओइरिएको वर्षाजस्तै भयो। आफ्नो गाउँ आफैँ बनाऊँ, नौ स, वृद्ध भत्ताजस्ता प्रियतावादी कार्यक्रम पछाडिका सरकारले पनि अन्य शीर्षकअन्तर्गत निरन्तरता दिन उसै बाध्य भएका थिएनन्।
एमालेको सत्तामुखी चरित्र आफूविरुद्ध आउन लागेको अविश्वास प्रस्तावबाट डराएर मध्यावधि निर्वाचन गराउन कस्सिएपछि छरपस्ट भयो। आफ्ना सुधारात्मक कार्यक्रमको वकालत गर्दै अविश्वास प्रस्ताव सामना गरेको भए त्यसको सकारात्मक प्रभाव दूरगामी हुन्थ्यो। त्यतिखेर कांग्रेस, राप्रपा, सद्भावनालगायत दक्षिणपन्थी पार्टीहरू एमालेको जनपक्षीय कामबाट कति भयभीत छन् भन्ने साबित गर्न ऊ सफल हुन्थ्यो। सत्ता गुम्ने भयले ऊ आफ्नै सरकारअन्तर्गत चुनाव गराउन कस्सियो। एमालेको जीवनमा प्रगतिशीलतामा धक्का र सत्तालोभको संस्कृति त्यही विन्दुबाट श्रीगणेश भएको थियो। एमाओवादी २०६४ सालमा संविधान सभा निर्वाचनमा अपेक्षाविपरीत धेरै अग्लिन सफल भयो। संसद्वादी दलहरूको सिर्जनशून्यता पर्दाफास गरेर, एक हदसम्म एमालेको जुझारु र प्रगतिशील पहिचान खोसेरै उसले यो सफलता पाएको थियो। हो, दोस्रो संविधान सभाको चुनावमा ऊ एमाओवादीलाई पछाडि छाडेर दोस्रो ठूलो पार्टी बन्न सफल भयो। तर, यो एमाओवादीप्रति जनताको आक्रोशपूर्ण प्रतिक्रियाको परिणाम थियो। यस हिसाबले यो सफलता एमाओवादीको विफलताको मूल्यमा प्राप्त भएको हो। शान्ति प्रक्रियापछि एमाले मौलिक विचारको चरम अनिकालमा छ। 
पहिलो संविधान सभाको चुनावपछि एमाओवादीप्रति हदै प्रतिक्रियात्मक हुँदा ऊ हरेकजसो मुद्दामा नेपाली कांग्रेससँग नारिन पुग्यो जबकि उसको राजनीतिक बाटो एमाओवादीसितै नजिक छ। एमाले महाधिवेशनले आफ्नै विगत समीक्षा गर्नु जरुरी छ। समतामूलक संविधान निर्माण, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनका मूर्त बाटो पहिल्याउन महाधिवेशनले भूमिका खेले एमालेले गुम्दै गएको प्रगतिशील र जुझारु पहिचान फिर्ता पाउन सक्छ जुन उसको अमूल्य सम्पत्ति हो। खड्कँदो के छ भने एमालेको विसंगत पहिचान बनाउन नेतृत्वका आकांक्षी दुवै नेताले उत्कृष्ट अवदान गरेका छन्। हो, माधव नेपाल सरल र मानवीय हृदयका छन्। तर, एमालेको सत्तालोभी चरित्रको नेतृत्व उनैले गरेका हुन् जसका कारण पटकपटक सिंगै कम्युनिस्ट आन्दोलन लजाउनुपरेको छ। झापा आन्दोलनका उत्तरदान बोकेका केपी ओली नेतृत्वको हकदार अवश्य हुन्। तथापि उनको रोगलाई बिर्सिदिने हो भने पनि उनले एमालेको बचेखुचेको वामपन्थी चरित्रसमेत ध्वस्त पारेर थ्री जी अर्थात् गन, गोल्ड र गुन्डागर्दीलाई लाइसेन्स दिने पूरै खतरा छ।
लेनिन र काउत्स्की 
बहुदलीय व्यवस्था, कानुनी राज्य, बालिग मताधिकार, शक्ति पृथकीकरण, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष एमालेका लागि साधन र साध्य दुवै भइसके। नवउदारवादी चरित्रको नेपाली कांग्रेसले आफूलाई समाजवादी भनेजस्तै हो, एमालेले आफूलाई कम्युनिस्ट वा लेनिनवादी पार्टी भन्नु। 
लेनिनको 'राज्य र क्रान्ति' लेनिनवादलाई बुझाउने आधिकारिक किताब हो। सन् १९१८ मा छापिएको यो किताब रुसी क्रान्तिको कार्यक्रम र घोषणापत्र पनि हो भन्दा फरक पर्दैन। यसका मुख्य खलपात्र कार्ल काउत्स्की हुन् जो १९१४ अघि लेनिनका नजिकका मित्र थिए। समाजवादी पार्टी सत्तामा पुगेका दिन समाजवाद पुनर्निर्माणका समस्या स्वतः समाधान हुन्छ र समाजवादको लक्ष्यमा संसदीय प्रणाली तथा शान्तिपूर्ण मार्गबाटै पुग्न सकिन्छ भन्ने काउत्स्कीको मत थियो। लेनिनको विचारमा काउत्स्कीसँग समाजवादको वैकल्पिक परिकल्पना थिएन किनभने उनी समाजवादको संक्रमणकालीन समस्यासित परिचित थिएनन्। समाजवादी राज्य सम्बन्धमा कार्ल मार्क्सका दुई सर्त थिए, सर्वहाराको अधिनायकत्व र राज्यको विलय। मार्क्सका राजनीतिक सिद्धान्तहरूलाई सोभियत राज्यद्वारा मूर्तता दिएको लेनिनको दाबी थियो। उनको मतमा सोभियत राज्य सर्वहारा वर्गको अधिनायकत्व हो जुन राज्य विलय हुने क्रमको पहिलो खुड्किला हो। हरेक राज्य आधारभूतरूपमा तानाशाही हो। त्यस अर्थमा मात्र सोभियत राज्य सर्वहाराको तानाशाही हो, सारमा यो संसदीय व्यवस्थाभन्दा उच्चस्तरको प्रजातन्त्र हो। उनको अभीष्ट संसदीय व्यवस्थामा सर्वहारा वर्गले पाएको हक खोस्ने होइन, त्यसको विस्तार र सुदृढीकरण गर्नु हो। सीमित तथा मुठ्ठीभरका अरुलाई जोताई खाने वर्गको 'अधिकार' माथि तत्काल अवश्य नियन्त्रण हुनेछ तर राज्य विलिनताको क्रमसँगै सर्वहाराको अधिनायकत्व पनि शिथिल हुँदै जान्छ र राज्यको विलिनतासँग यसको पनि अन्त्य हुन्छ।
लेनिनको यस सिद्धान्तको प्रतिक्रियामा काउत्स्कीले तुरुन्तै 'सर्वहाराको तानाशाही' भन्ने किताब लेखे। त्यसको जबाफमा लेनिनले 'सर्वहारा क्रान्ति र गद्दार काउत्स्की' लेखे। काउत्स्कीले फेरि 'बोल्सेभिज्म एट डेडलक' लेखे। काउत्स्की भन्थे, 'हाम्रो संघर्षको लक्ष्य संसद्मा बहुमत प्राप्त गर्नु हो। संसद् जनताको मालिक बन्नुपर्छ।' काउत्स्कीले समाजवादी क्रान्तिकारी सिद्धान्त बिर्सेको आरोप लगाउँदै लेनिन भन्थे, 'समाजवादी राज्यमा संसद्लाई जनताको मालिक होइन, जनता संसद्को मालिक बन्नेछन्।'
यसबाट प्रस्ट हुन्छ, संसद्बाटै समाजवादी क्रान्ति गर्ने सपना देख्ने एमालेको राजनीति लेनिनसित होइन, काउत्स्कीसँग नजिक छ। एमाले कम्युनिस्ट वा लेनिनवादी 'बनिरहनु' जरुरी पनि छैन। राजनीतिमा लेनिनवाद तथा काउत्स्कीवाद अनि सांगठनिक सिद्धान्तमा लेनिनवाद र रोजावादबारे बहस चलाई आफ्नो दृष्टिकोण प्रस्ट राख्दा नै एमालेको इमानदारी झल्किन्छ। यसो भयो भनेमात्र ऊ ढुक्कले आफूले रोजेको बाटोमा हिँड्न सक्ने हुन्छ।


अर्को समाचार
एमालेको ‘कुम्भमेला’ पञ्चर्‍यालीजस्तोः प्रचण्ड
१८ मंसिर २०७८
•
३ मिनेट पाठ
एमालेको ‘कुम्भमेला’ पञ्चर्‍यालीजस्तोः प्रचण्ड
प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेको ‘कुम्भमेला’लाई पञ्चर्‍यालीको संज्ञा दिएका छन्।




चितवनको भरतपुरमा शनिबार शुरु भएको प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई शनिबार सम्बोधन गर्दै उनले नेकपा एमालेको दशौं महाधिवेशनलाई कुम्भमेला भनिएपनि यो कुम्भमेला नभई पञ्चायतकालको अन्त्य तिर पञ्चहरुले निकालेको ‘पञ्चर्‍याली’जस्तो भएको बताएका हुन्। यो भेला गुटबन्दीलाई बलियो बनाउँदै प्रतिक्रान्तिलाई सशक्त बनाउनका लागि भएको उनको आरोप छ।

प्रतिगमनको आरोप खेपेका केपी ओलीको नेतृत्वमा चितवनको नारायणी किनारमा सम्पन्न एमालेको महाधिवेशनमा लाखौं कार्यकर्ता उतारेको थियो। सो भेलालाई एमालेले ‘कुम्भमेला’ भनेको थियो। तर प्रचण्डले भने त्यसलाई ‘पञ्चर्‍याली’ को संज्ञा दिए। ‘पञ्चायतको अन्त्यतिर २०४५ सालमा पञ्चहरुको ठूलाठूला र्‍याली निकाल्थे, उनीहरु पञ्चायतबाहेक अन्ततिर जनता लागेकै छैनन् झैं देखाउन खोज्थे, चितवनमा भएको कुम्भमेलाले त्यसैको झल्को दिएको छ’, उनले भने।

उनले पैसा दिएर, धाकधम्की देखाएर गरिएको अहिलेको कुम्भ मेलाको कुनै राजनीति अर्थ नहुने उनले टिप्पणी गरे। बरु उनले त्यसलाई मण्डलेकरणको संज्ञासमेत दिए।

अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा पूरै टरिनसकेको बताए। अहिलेपनि प्रतिगमनको प्रयास भइरहेको उनले बताए। देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिक लोकतन्त्रलाई सुदृढ गर्दै समाजवादमा जाने पक्ष र त्यसलाई रोकेर प्रतिगमनतर्फ जाने भन्ने दुई उद्देश्यबीच संघर्ष चलिरहेको बताए।

‘जेजति उपलब्धि छन् त्यसलाई उल्टाउने र सुदृढ पार्दै समाजवादमा जाने भन्ने दुई उद्देश्य देखिएको छ, त्यसैले प्रतिगमन रोक्नका लागि प्रेस सेन्टर नेपालले भूमिका खेल्नुपर्छ’, उनले भने। उनले प्रतिगमनकारीहरुले गठबन्धनलाई प्रयोग गर्न सकिन्छ कि भनेर बेलाबेला प्रयास गरिरहेको बताए।

अध्यक्ष प्रचण्डले मंसिर २८ गतेबाट बोलाइएको प्रतिनिधि सभाको अधिवेशन नियमित अधिवेशन मात्र भएको बताए। अधिवेशन आह्वान भएलगत्तै केही मानिसहरुले एमसिसी पास गर्न हो कि? प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन हो कि भनेर आशंका गरिरहेको भन्दै उनले भने,‘यो नियमति अधिवेशन हो, यो कुनै प्रयोजनका लागि बोलाइएको अधिवेशन होइन।’ उनले एमसिसी पास गर्दा होस् वा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषय होस् दुबै विषय दलहरुबीचमा राष्ट्रिय सहमति जुटाएर मात्र हुने बताए। ‘महाअभियोग लगाउने कुरा वा नलगाउने कुरा दलहरुबीचको सहमतिमै हुन्छ, यो जबरजस्ती हुने कुरा होइन’, उनले भने।

अध्यक्ष प्रचण्डले पहिले केपी ओलीलाई दिनदिनै भेटेको भन्दा अहिले आफू शक्तिशाली भएको बताए। उनले चितवन अहिले सबैको आकर्षणको केन्द्र बनेको भन्दै यसमा तीन कारण रहेको बताए। उनले भने,‘पहिलो यो देशकै केन्द्र भागमा छ, सस्तो र राम्रो पनि छ, दोश्रो चितवन अहिले विकासको नया मोडलमा गएको छ र तेश्रो चितवनमा प्रचण्ड छ, त्यसैले यो आकर्षणको केन्द्र भएको छ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले प्रेस स्वतन्त्रताको पक्षमा सबै मिलेर आवाज उठाउनुपर्ने बताए।

बरिष्ठ पत्रकार ओम शर्माले प्रतिगमनलाई परास्त गर्ने हतियार प्रेस सेन्टर भएको बताए। उनले समाजवाद नआएसम्म लडिरहने बताए।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले माओवादी र त्यसका अध्यक्ष प्रचण्ड आगो भएको बताउँदै आगोसँग नखेल्न प्रतिगमनकारीलाई चेतावनी दिईन्। उनले अब पार्टीलाई रुपान्तरण गर्न, पुनर्जिवित गर्न पार्टीको नीति अनुसारको थिति बसाल्नुपर्ने बताईन्।

अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष अम्रिता थापा मगरले प्रतिगमनकारीहरुले भ्रमको खेती गरिरहेको बताउँदै त्यसलाई चिर्न चेतनाको सम्वाहक प्रेस सेन्टर बन्नुपर्ने बताईन्।

महाधिवेशनमा देशभरबाट ८ सय जना पत्रकार सहभागी छन्। आइतबारसम्म सञ्चालन हुने महाधिवेशनले नया नेतृत्व चयन गर्ने ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस