कसैले गरेको व्यवहार वा काम चित्त बुझेन भने त्यसप्रति प्रतिक्रिया दिने तरिका व्यक्तिपिच्छे फरक फरक हुन सक्छ। कुनै व्यक्ति चित्त नबुझेको विषयमा तुरुन्तै बोल्ने हुन्छन्, कोही सनक्क सन्किन्छन्, कोही झगडा गर्न तम्सन्छन् भने कोही चित्त नबुझे पनि खासै वास्ता गर्दैनन् र त्यस विषयलाई त्यसै सेलाउन दिन्छन्।अर्काथरी भने सम्बद्ध विषयमा केही नबोले पनि तिनका मनमा आगो बलिरहन्छ। यस्ता व्यक्तिले सँगै बस्ने मान्छेलाई अप्ठेरो बनाउँछन् तर कुनै प्रतिक्रिया नजनाइदिँदा उसलाई कुनै प्रकारले आरोप लगाउन वा दोष दिन मिल्दैन। उ चुपचाप बस्छ, सकभर सोधेका प्रश्नको उत्तर दिँदैन र दिँदापनि निरपेक्ष जबाफ दिन्छ। त्यस्ता व्यक्तिले आफ्ना भावना व्यंग्यात्मक वा उपेक्षापूर्ण हाँसोबाट पनि व्यक्त गर्छन्। यस्तो अन्तिम प्रकारलाई पश्चिमा समाजमा अक्रिय आक्रमण भन्छन्। यसको मतलब आक्रमण नगर्ने होइन तर कुनै क्रिया नगरी कडा आक्रमण गर्ने भन्ने अर्थ हो। नेपाली समाजमा साधारणतया अक्रिय आक्रमणकारी धेरै देखिन्न। किनभने यहाँ धेरै कुरा हल्ला गरेरै समाधान गरिन्छ। तर नेपाली राजनीतिले अक्रिय आक्रमणको शैली ग्रहण गरेको धेरै भैसकेको छ। त्यसमा धेरै छलफल र विमर्श भने भएको छैन।
नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, सार्वभौमसत्ता र अन्य मूलभूत अधिकारका विरुद्ध अक्रिय आक्रमण सुरु भएको २०४६ सालको जनआन्दोलन पश्चात् नै हो। लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई थाती राखेर व्यक्तिगत महत्वकांक्षा अघि बढाउने सोच लिएका राजनीतिक नेताले आफूहरू जनताप्रति कसरी कमभन्दा कम उत्तरदायी हुन सकिन्छ भन्ने सोच लिँदा तिनका अधिकार कटौतीका विषय प्रथम प्राथमिकतामा परे। तर यसमाथि सक्रिय आक्रमण कुनै पनि रूपमा सही हुँदैन थियो त्यसैले अक्रिय आक्रमणको तरिका अपनाइयो। केही दशक अघिको इतिहास पल्टाउने हो भने जनताको हक तथा अधिकारमा अक्रिय आक्रमण कसरी भयो सहजै मनन गर्न सकिन्छ। सरकारमा जुनसुकै दल रहेको भए पनि तिनको मूलभूत लक्ष्य आफूले देशको स्रोत दोहन गरेको तथ्य जनतासामु नजाओस् भन्ने नै थियो। त्यसैले नेपालको पत्रकारितामाथिको आक्रमण पञ्चायतकाल पश्चात् पनि कायमै रह्यो। पत्रकारितालाई सक्षम, सबल र जिम्मेवार बनाउनुको सट्टा आफूले फालेको हड्डीमा चुप लगाउने अभ्यास थाले राजनीतिक नेताहरूले। यसैले पत्रिकाको राजनीतिकरण भयो र पत्रकार आफै मूल धर्म बिर्सेर राजनीतिक भजन गाउन उद्यत भए। राजनीतिक नेतृत्वले जानेरै हो वा अन्तर्मनको सुषुप्त आदेशअनुरूप हो, लोकतान्त्रिक मूल्य, मान्यता र व्यवहारमा प्रहार गर्दैगयो। परिणाम के भयो भने नेपालका मुख्यमुख्य राजनीतिक दलहरू पत्रिका वा मिडियाको कुरामा पनि ध्यान दिनै छाडे। आफ्नो बहुमत हुँदा वा मुख्य राजनीतिक दल मिलेर साझदारीको सरकार बनाउँदा जे सुकै गरे पनि त्यो जनताको आवाज हो भन्ने भ्रम पारेर प्रेसको आवाज कमजोर बनाउँदै लगियो।
यसरी राजनीतिक दलहरूले जनताको आवाजप्रति उदासीन बनेर जनता र मिडियाको राजनीतिकरण गरेका कारणले राजा ज्ञानेन्द्रले सजिलै शासन सत्ता हत्याए। यसमा अनेक राजनीतिक दलका नेतालाई दोष दिइएको भए पनि मुख्यतः जनताको अधिकारको उपेक्षा र जनताप्रति उत्तरदायी बन्न नचाहेर प्रेसलाई कमजोर बनाइएको हुनाले राजाले शासन खोस्दा निस्तब्धता व्याप्त भएको थियो। अन्ततः नागरिक समाज, वकिल र पत्रकारकै अग्रसरतामा राजनीतिक दल शासन सत्तामा फर्केको सत्यलाई अस्वीकार गर्न मिल्दैन। तर यस यथार्थलाई मौखिक रूपमा स्वीकारेता पनि व्यावहारिकरूपमा राजनीतिक दलहरूले सकारेको देखिएन। पत्रकारिता र जनताको आवाजप्रतिको अक्रिय आक्रमण कायमै रह्यो। अहिले अवस्था कस्तो बनेको छ भने मूलधारको प्रेसले कुन विषयमा के भनेको छ भन्ने प्रसंगनै गौण भइसकेको छ। राजनीतिक दलबीच समझदारी कायम गर्न सकिएको खण्डमा नागरिक समाज र प्रेसले के भन्दैछ भन्ने विषयमा कान थाप्नु पर्दैन भन्ने मानसिकता उच्चतम विन्दुमा पुगेको छ।
अक्रिय आक्रमणका शृंखलाको नविनतम कडी अदालतको अपहेलना सम्बन्धी विधेयक हो। यो विधेयक वर्तमान सरकारले बनाएको हो वा होइन भन्ने विषय प्रमुख होइन। मुख्य विषय त यस्तो विधेयकको उद्देश्य ठीक छ कि छैन र उद्देश्य ठीक भए पनि यसको कार्यान्वयनले कस्तो जटिलता सिर्जना गर्छ भन्ने हो। यसैले त्यस विषयमा ध्यान पुर्याउनु अत्यन्त जरुरी छ।
राजनीतिक नेतृत्वले बुझ्नुपर्ने मुख्य कुरो विधेयकको प्रयोगले नेपाली समाजमा कस्तो प्रकारको विकृति ल्याउन सक्छ भन्ने नै हो। नेपाली अदालतका विषयमा जति पनि टीकाटिप्पणी बाहिर आएका छन् तिनमा सत्यको अंश कति छ? यस्ता टीका टिप्पणीले स्वस्थ न्यायपालिकाको निर्माणमा सहयोग पुर्याउँछन् वा पुर्याउँदैनन् भन्ने विषयमा मनन गरेर मात्र विधेयक स्वीकृत गरिनु पर्छ। विद्यमान नियम वा कानुन पर्याप्त छैनन् र संविधान बन्नु अघि अदालतको अपहेलना रोक्नका लागि सरकारले विशेष कानुन ल्याउनु परेको हो? त्यस्तो हो भने सरकारले त्यो पनि जनसमक्ष खुलारूपमा व्यक्त गर्नुपर्छ।
वास्तवमा नेपालको अदालतले विगतमा पनि अपहेलना सम्बन्धी धेरै मुद्दामा निर्णय दिएको छ र यस्तो निर्णय नेपाली प्रेससँग पनि सम्बन्धित छन्। अदालतले मानहानिको मुद्दामा आफैँले कार्यविधि बनाउन पाउने हुँदाहुँदै पनि विगतमा प्रेसप्रति नेपालका अदालत निकै लचिलो देखिएका हुन्। जनआस्था साप्ताहिकमा प्रकाशित तत्कालीन प्रधान न्यायाधीशले आफ्नै घरमा बसेकी कामदारप्रति दुर्व्यवहार गरेको भन्ने समाचारसम्बन्धी मुद्दामा सो पत्रिकाका सम्पादक किशोर श्रेष्ठलाई माफी दिने निर्णय गरेको थियो। सो मुद्दाको अन्तिम सुनुवाई न्यायाधीश गिरिशचन्द्र लाल र ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए। माफी दिने निर्णयमा यस्तो कार्यले अदालतप्रतिको जनआस्था बढ्ने हुनाले सो कार्य गरेको जनाउसमेत गरिएको थियो। तर आफैँमा सर्व शक्तिमान अदालतले आफ्नो गरिमा जोगाउन सक्दैन भनेजस्तो गरी सरकारले थन्काएर राखेको विधेयक हतारहतार मन्त्रिपरिषद्बाट पास गराएर संसद्मा लैजानुको कारण आफैँमा बु‰न सकिएको छैन। अझ कानुन मन्त्रीमा कहलिएका गणतन्त्रवादी, लोकतान्त्रिक नेता नरहरी आचार्य बहाल रहेका अवस्थामा नेपालका मिडियालाई तह लगाउन थप कानुन बनाउने प्रक्रिया चलेकोमा धेरैलाई उदेक लाग्नु स्वाभाविकै हो।
हालै सर्वोच्चमा नियुक्त भएका केही न्यायाधीशविरुद्ध नेपाली सञ्चार माध्यममा सशक्त टिप्पणी गरिएको थियो। तर त्यस्तो विरोधलाई निरर्थक तुल्याउन त ती औँला उठाइएका न्यायाधीशले सशक्त ढंगले लोकतान्त्रिक र जनताका पक्षमा निर्णय लिएर देखाउनु पर्थ्यो। यद्यपि, यस्तो प्रतिगमनकारी विधेयक ल्याउनु खोज्नुमा भने अदालतभन्दा सरकारकै बढी जिम्मेवारी देखिन्छ। सरकारको नियत न्यायाधीशको आचरण सही होस् भन्ने हो भने लागेका आरोप धोएर देखाउन सर्वोच्चका न्यायाधीशहरूलाई उत्प्रेरित गर्नुपर्ने हो। झन् जे गरेपनि कसैले समाजमा आवाज उठाउन नसकोस् भन्ने अभिप्रायको विधेयकले सरकारको नियतमै समेत ठूलो खोट देखाउँछ। अहिले देख्दा केही न्यायाधीशविरुद्ध आलोचना र टिप्पणी रोक्नेजस्तो देखिए पनि कालान्तरमा यस विधेयक जे सुकै प्रयोजनका लागि प्रयोग हुनसक्छ। अर्थात्, कुनै पनि प्रकारको निरंकुश सरकार आयो भने भरे यिनै नेपाली कांग्रेस र नेपका (एमाले)का पक्षमा एउटा लेख पनि प्रकाशित गर्न नसक्ने अवस्था आउनेछ। त्यसबेला रगतको आँसु बगाए पनि अर्थ हुँदैन।
एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यस विधेयकको विरोधमा उभिएपछि अहिलेको विवाद अझ रोचक भएको छ। अब नेपालका अभिव्यक्ति स्वतन्त्रताका अभियन्ताले राजनीतिक नेतृत्वको सहारा लिनुपर्ने भयो भने सबैभन्दा बलियोआधार एमाओवादीको काँध बन्ला जस्तो छ। नेपाली कांग्रेस र नेकपा (एमाले)का नेता अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकमा सही गर्दै गर्दा एमाओवादीका अध्यक्ष दाहालको सहारा लिनुपर्ने अवस्था आउनु कति विडम्बनापूर्ण होला? प्रत्येक सभासदको निर्वाचन क्षेत्रमा ५ करोड नछुट्याए पार्टीको ह्विप तोड्ने धम्कीसहित सही गरेर बुझाउने सभासदहरू भने यस विषयमा जानेर नबोलेका हुन् वा नजानेर केही बु‰न सकिएन। आज न्यायालय र राजनीतिक नेतालाई जनताप्रति उत्तरदायी बनाउने मुख बन्द हुँदै गर्दा भोलि कुनै तानाशाहीको विरुद्ध बोल्ने आवश्यकता उत्पन्न भयो भने कुन मुखले बोल्ला समयमै चेत खुल्नुपर्ने हो। राजनीतिक दल र यसका नेताले जनताविरुद्ध गरेको अक्रिय आक्रमणको यो सिलसिला बन्द नहुने हो भने नेपालको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै क्षणिकमात्र हुनेछन्। चेतना भया!