पाण्डव–कौरवबीचको महाभारत युद्ध श्रीकृष्णले आकाशवाणी शैलीमा चिच्याएर भनेजस्तो धर्म स्थापना वा न्यायका लागि भएको थिएन। द्रौपदीको चीरहरणको प्रतिक्रियामा पनि भएको थिएन। त्यसको एउटै लक्ष्य हस्तिनापुरको बिलासी राजसिंहासन थियो। दुवै पक्ष 'जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास' का लागि तयार थिए। त्यसमा पाण्डु ज्येष्ठ पुत्र युधिष्ठिरको कि धृतराष्ट्र पुत्र दुर्योधनको अधिकार भन्नेमात्र विवाद थियो। धर्म वा न्याय स्थापनाका लागि हुँदो हो त पाँच गाउँ पाए चित्त बुझाउने पाण्डवको प्रस्ताव लिएर श्रीकृष्ण दुर्योधनकहाँ पुग्ने थिएनन्। नेकपा (एमाले) महाधिवेशनमा चलिरहेको महाभारत पनि विचारको पुनर्ताजगीका लागि होइन। बदलिँदो परिस्थितिमा क्रान्तिको नयाँ बाटो पहिल्याउनलाई पनि भएको देखिन्न। यसको एउटै लक्ष्य बल्खु महलको बिलासी आसन हो। त्यो माधव नेपालले कि केपी ओलीले कब्जा गर्ने भन्नेमात्र विवाद हो।
एमालेमा अहिले मेसिनबाट भोटिङ गर्ने कि नगर्नेजस्तो अत्यन्त सतही कुरामा विवाद छ। त्यसले गर्दा महाधिवेशन निर्धारित समयभन्दा तीन–चार दिन लम्बिने खतरा छ। जारी नवौँ महाधिवेशनमा कम्युनिस्ट अन्तराष्ट्रियविरुद्ध खडा भएको समाजवादी अन्तराष्ट्रियसँग सम्बन्ध गाँस्ने र विश्वका सामाजिक जनवादीहरूसँग हात मिलाउने चाहनामा विवाद छैन। बरु त्यसका महासचिव लुइस आयलासँग अध्यक्ष झलनाथ खनालको नेतृत्वमा प्रतिनिधिमण्डलले गरेको भेटलाई गर्वको विषय मानिएको छ। मार्क्सवादी–लेनिनवादी एमालेमा सर्वहारा सत्ताको जब्बर पक्षधर लेनिनवादलाई विसर्जन गरी सामाजिक जनवाद अँगाल्ने अघोषित क्रियाकलापमा पनि विवाद देखिन्न। नेपालमा नयाँ जनवादी क्रान्ति मौलिक तरिकाले भइसकेको र अब कुनै राजनीतिक परिवर्तन आवश्यक छैन भन्ने निष्कर्षमा पनि विवाद छैन। केन्द्रीय कमिटीद्वारा पारित अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमा गरिएको देंगपन्थी चीनको गुनगान र अमेरिकाको विरोधमा पनि विवाद देखिन्न। खुला अर्थ व्यवस्थाले सोहीअनुसारको राजनीिितक व्यवस्थाको माग गर्छ भन्ने कुरा बेलाबेला चीनमा भइरहेको विद्रोहले देखाइसकेको छ। त्यसले एक दिन चीनको राजनीतिक व्यवस्थालाई दुर्घटनामा पार्न सक्छ। चीनको यस्तो विरोधाभासपूर्ण स्थितिको समीक्षा गर्ने मुडमा पनि एमाले महारथीहरू देखिँदैनन्।
एमालेको राजनीतिक प्रतिवेदनमा भारतमा चरम हिन्दुवादी भारतीय जनता पार्टीका नरेन्द्र भाइ दामोदर दास मोदीको सत्तारोहणले दक्षिण एसियाली मुलुकबीच द्विपक्षीय तथा बहुपक्षीय सम्बन्ध सुधार हुने आशाको दियो बलेको विश्लेषण छ। यसले पनि एमालेमा असहमतिको तरंग फैलिएको देखिन्न। ल्याटिन अमेरिकी मुलुकहरूमा फैलिएको नववामपन्थी लहरलाई एमाले प्रतिवेदनले समाजवादी विकल्प र साम्यवादी सिद्धान्तको पुनर्पुष्टि ठानेको छ। त्यसको चरित्र समाजवादी विकल्प र साम्यवादी सिद्धान्तको पुनर्पुष्टि गर्नेखालको छ कि छैन? एमालेजस्तो संविधानको सर्वोच्चता, बहुदलीयता, बहुमतको सत्ता, अल्पमतको प्रतिपक्ष, आवधिक निर्वाचन, मानव अधिकार, शक्ति पृथकीकरणलाई मान्ने पार्टीमा कुनै बहस छैन। त्यसमा मौन समर्थन देखिन्छ। एमालेमा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक पार्टी नरहेकोमा पनि विवाद देखिन्न। सामान्यतया कुनै पनि पार्टीमा जसको विचार लागु हुन्छ, उसैको नेतृत्व कायम हुन्छ। केन्द्रीय कमिटीबाट पारित अध्यक्ष झलनाथ खनालको राजनीतिक र महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन महाधिवेशनले समेत पारित गरिसकेको छ। सहमतीय नेतृत्वको आकांक्षा हुँदाहुँदै पार्टीलाई विचारले हाँक्ने खनाल उपेक्षित छन्। पहिलो संविधान सभा चुनावमा प्रत्यक्षतर्फ ३३ सिटमा सीमित एमालेलाई खनालले दोस्रो संविधान सभा चुनावमा प्रत्यक्षतर्फ ९१ सिट दिलाए। त्यस हिसाबले उनको आकांक्षा अस्वाभाविक होइन, बरु नैतिक र जायज पनि हो। जसको नेतृत्वमा चुनाव लडिन्छ, उसैलाई संसदीय दलको नेता चुन्नु सामान्य चलनै हो। तर, ओलीले उपाध्यक्ष वामदेव गौतमसँग नाटकीय गठबन्धन गरी खनाललाई त्यहाँबाट खँगारे। त्यसबाट तर्सेका खनाल अध्यक्ष पदका लागि चुनावमा उत्रने मनस्थितिमा पुगेनन्। यस्तो अचम्मको परिस्थितिमाथि पनि एमालेमा कुनै बहस र विवाद देखिन्न। विवाद वृद्ध भत्ता थाप्ने उमेरका रोगी दुई नेतामध्ये कसले बल्खुको सिंहासनमा राज गर्ने भन्नेमा मात्र देखिन्छ।
पाण्डवहरू धृतराष्ट्रपछि आफूले राज्य पाउनुपर्ने, नभए अंशबन्डा हुनुपर्ने आकांक्षा राख्थे। राजाको जेठो छोरा नै राजा हुने परम्पराअनुसार पाण्डवहरू राज्यका उत्तराधिकारी हुन सक्दैनथे। अर्कातिर राज्यको अंशबन्डा गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुन सक्दैनथ्यो। पाण्डवहरूलाई बेलैमा यो कुरा बुझाउन नसक्नु भीष्म, विदुरलगायत हस्तिनापुरका वरिष्ठ भारदारहरूको गल्ती थियो। नत्र महाभारत युद्धका नाममा त्यत्रो नरसंहार हुने थिएन। अर्जुनले अञ्जानमा आफ्नै दाजु कर्णलाई युद्धको नियमविपरीत मार्नुपर्दैनथ्यो। गुरु द्रोणको हत्याका लागि युधिष्ठिरले अर्धसत्य बोल्नुपर्दैनथ्यो। अर्जुनलाई युद्धमा प्रेरित गर्न र जयद्रथ बध गराउन कृष्णले छल गर्नुपर्दैनथ्यो। तिनका पत्नी विधवा र केटाकेटी टुहुरा हुने थिएनन्। राज्य पाए पनि पाण्डव स्वयंलाई आफ्नै बान्धव हत्याको अपराधबोध हुने थिएन। एमालेको महाभारतमा को पाण्डव, को कौरव छुट्याउन मुस्किल छ। विचार दिन नसक्ने तर पदको आकांक्षामात्र राख्ने दुवै पक्ष पाण्डव र दुवै पक्ष कौरवझैँ लाग्छन्।
मदन भण्डारीले भनेजस्तै राजनीतिमा कोही स्थायी शत्रु हुँदैनन्। स्थायी मित्र पनि नहुने रहेछन्। माधव–केपी बारम्बार गठबन्धन र द्वन्द्वमा उत्रेका छन्। भण्डारीको मृत्युपछि महासचिव भएका नेपाल झन्डै अविरल संस्थापन पक्ष रहे। ओली धेरैजसो उनकै साथमा थिए। मनमोहनको अल्पमत सरकारको पपुलिस्ट कार्यक्रमहरूका मास्टरमाइन्ड पार्टी महासचिव तथा उपप्रधान मन्त्री नेपाल नै थिए। त्यही सरकारमा केपी थिए गृह मन्त्री। २०५४ मा नेपालगन्जमा भएको छैटौँ महाधिवेशनमा पनि शक्ति सञ्चय र महाकाली सन्धिको पक्षमा नेपालको दाहिने हात थिए केपी। उता वामदेव र सीपी मैनाली प्रगतिशील सुधार कार्यनीति पक्षमा र महाकाली सन्धिको विपक्षमा थिए। ०५९ मा जनकपुरमा भएको सातौँ महाधिवेशनमा ओली वामदेवसँग गठबन्धन गर्न पुगे। ०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा नेपाल सर्वसम्मतिको अध्यक्षका आकांक्षी थिए। त्यो सम्भव नभएपछि झलनाथ र केपीबीचको प्रतिस्पर्धामा उनको सहानुभूति केपीतर्फ भए पनि जित झलनाथको भयो। जारी नवौँ महाधिवेशनमा भने यी दुई खतरनाक प्रतिस्पर्धीका रूपमा उत्रेका छन्। माधव नेपालसँग बौद्धिक नेता, विसंगति विरोधी र इमानदार कार्यकर्ता छन्। केपीसँग चुनाव जित्न जस्तोसुकै हथकण्डा उपयोग गर्नसक्ने र अवसरको खोजीमा रहेका कार्यकर्ता छन्। नेतामा हुनुपर्ने कुनै अद्भूत व्यक्तित्व नभएका नेपाललाई पाएर एमाले गणले अन्य पार्टी र विदेशीसामु गर्व गर्ने मौका पाउँदैनन्। उनी एकै वाक्यमा भन्न सकिने कुरा कम्तीमा दस वाक्यमा भनेर स्रोतालाई कायल पार्छन्। 'संघर्षको मैदानमा...एमाले सरकारमा जाने पक्षमा छैन, न त ढिलो गरिरहने पक्षमै छ' जस्ता भाषाले उनको गाँजेमाजे स्वाभाव झल्काउँछ। सत्ताप्रति उनको लोभ अपरम्पार छ। राजा ज्ञानेन्द्रको आह्वानमा प्रधान मन्त्रीका लागि आवेदन गर्नु र शेरबहादुर देउवाको शाही सरकारमा प्रतिगमन आधा सच्चेको ठानेर पार्टीलाई सामेल गराउनु त्यसकै परिणाम थिए। पहिलो संविधान सभा चुनावमा हारपछि उनले पार्टी नेतृत्वबाट राजीनामा गरे। तर, हारे पनि उनले राष्ट्रपति हुने, मनोनीत सभासद् भएर प्रधान मन्त्री बन्ने अनि आठौँ महाधिवेशनमा पार्टीका सर्वसम्मत अध्यक्ष बन्ने लोभ संवरण गर्न सकेनन्। तीन कार्यकाल पार्टी नेतृत्वमा रहिसकेर पनि फेरि अध्यक्ष बन्ने उनको चाहना असंदिग्ध छैन।माधवको तुलनामा केपी वाकपटु र प्रस्ट वक्ता हुन्। संलग्नताका हिसाबले माधवभन्दा ज्येष्ठ भएर पनि झापा आन्दोलनका योद्धा उनी अहिलेसम्म पार्टी नेतृत्वमा पुगेका छैनन्। तर, उनका उखान–टुक्का मिसिएका भाषण र बोलीमा कतै पनि गुरुत्व झल्किन्न। उनी माधवभन्दा पनि हास्यास्पद छन्। क्रान्ति, परिवर्तन, वामपन्थ, संघीयता र कम्युनिस्ट आदर्शसँग उनले ऊबेलै पारपाचुके गरिसकेका हुन्। कुख्यात डनहरूका संरक्षक, अप्रिल आन्दोलनविरोधी उनीसँग त्यसैबाट प्राप्त वर्तमान राजनीतिक उपलब्धिमाथि यथार्थमा कुनै नैतिक हक छैन। यी दुईको तुलनामा सर्वसम्मत अध्यक्षका आकांक्षी 'चट्टान कमरेड' खनाल नैतिकरूपले उपयुक्त पात्र हुन्। तर, उनको दाल गल्नेवाला देखिन्न। उनका लागि मिडफिल्डरको भूमिकामात्र बाँकी देखिन्छ।
सतही विवाद

नेतृत्वको महाभारत