अलि दिनअघि सिमरा विमानस्थलमा एउटा अजिबको कार्टुन देख्न पाइयो। त्यो वात्स्यायन, राजेश केसी, रविन, अविन, देवेनबाबु वा वासु क्षितिजले रेखा र रङ्गको संयोजन गरी कागतमा रचेको कार्टुन थिएन। त्यो थियो, धरतीमाथि दोहोरो सास फेरिरहेका सशरीर पात्रहरूबाट निर्मित न भूतो न भविष्यति टाइपको अनुपम कार्टुन । कार्टुन यसरी बन्यो। एमाले नेता वामदेव गौतम विमानबाट खुत्रुक्क ओर्लिए। तिनले आफ्ना तृष्णालिप्त नजरले अगाडि देखे - एक हूल नरनारी हातहातमा फूलका गुच्छा र माला लिएर ठिंग उभिएका छन्। स्वागतका भोका श्रीहजुरले सूम्क्ष दृष्टिले नियालेर हेरे। स्यावास्! धेरैजसो पुष्पवाहक आफ्नै पार्टीका कार्यकर्ता रहेछन्। राम्रैसँग चिनिएका, अनेक पटक मुस्कान र लाल सलाम आदानप्रदान गरिएका, आफ्नै पार्टी चौतारीका आफ्ना भक्तजनहरू। तब न वामदेव! कमरेडश्रीका चित्तको अचल तलाउमा हठात् हर्षातिरेकको तरंग उठ्यो। र, तिनको अन्तरमा धार्मिक भजनको एउटा हरफ विनिर्माणको भाकामा गुन्जियो - जता हेर्यो उतै मेरा जगत्मा वाम प्यारा छन्। यसरी भावविभोर हुँदै वामदेवजी उमंगले फुरुंग पर्दै आफूलाई समर्पित पुष्प ग्रहण गर्न अघि सरे। फूलका गुच्छा लिन उनका हात चिलाए, माला पहिरिन उनको गर्धन नजानिदो गरी लच्कियो। तर, लस्करै खडा भएका जनहरू भने मुसुमुसु हाँस्दै अचल र मौन रहे। के भएको हो यो? सिधा स्वभावका वामदेव गुरु चकित भए। ए गाँठ्ठे! कतै यो दिवास्वप्न पो हो कि?
तत्पश्चात् नवोदित माओवादी नेता गिरिराजमणि पोखरेल सानका साथ पुष्पवाहक जनहरूछेउ हाजिर भए। पलभरमै तिनका भाग्यशाली गर्धन र पावन बाहुली फूलमाला र गुच्छाले झकिझकाउ हुन पुगे। हिस्स कमरेड, हरियाँ दात भनेझैँ दुखिया श्री गौतम ट्वाँ परेर हेरेका हेर्यै भए। बल्ल तिनको चेत खुल्यो - आफ्ना कार्यकर्ता त आफूले पत्तै नपाई बिनासुइको, बिनाजाहेरी लाटलुट्टै माओवादी महलमा भित्रिइसके छन्। हत्तेरिका नाथे म! आफूसँग न रहे कार्यकर्ता न त रह्यो फूलको शोभायमान उपहार नै। जब कठोर यथार्थबोध भयो, वामदेवजी एकाएक छंगाछुर छाँगाबाट तल पत्तालतिरको काली दहमा ह्वात्तै खसे। पलपल परिवर्तन भइरहने यथार्थबाट काटिएर, मनचिन्ते कल्पनाको हवाइ लोकमा मग्नसँग लठि्ठनेहरूको हबिगत इहलोकमा आखिर यस्तै त हुन्छ। हाम्रा करिबन वाममार्गी वामदेवजीहरूको दुःखको मुहान आत्मकेन्द्रित अहंकारबाट पैदा हुने मनोरोग हो। यो स्वनिर्मित रोग हो र यो दुःख पनि स्वनिर्मित नै हो।
किशोर बयमा कतै पढेको थिएँ - सुन्दर वस्तु छुनलाई होइन, फगत हेर्नलाई हो। तर लाग्छ, हाम्रा राजनीतिक खेलाडीहरूले यसको अर्थ सरासर उल्टो बुझेका छन् - सुन्दर वस्तु हेर्नलाई होइन, त्रू्करता साथ नाश गर्नलाई हो! यो कुरुप तथ्य फूलको चौतर्फी विनाशमा देख्न सकिन्छ। यस भूमिको नेता वा शासक ठान्छ, देशभरिका फूल मेरै लागि फुलेका हुन्। र, देशभरिका हात मेरो पवित्र गर्धनमा पहिरिने फूलका माला उन्न र मेरा सुकोमल हातलाई सजाउने फूलका गुच्छा बुन्नकै लागि हुन्। यो संक्रामक मनोरोग हिजोका राजादेखि आजका माओवादी कमरेडहरूसम्म व्याप्त छ। हिजो राजा सबारीमा जब निस्कन्थे, उनको प्रायोजित स्वागतमा त्यस भेगका फूलहरू सर्वनाश हुन्थे। आज माओवादी नेता देश दौडाहामा निस्कँदा विनाशको उही कुरूप कथा सर्लक्कै दोहोरिँदो छ। हुँदाहुँदा एउटा दौडाहामा त कमरेड प्रचण्डका गलामा एक्काइस किलो फूलको निर्मम बलि चढाइयो। तर्ककै लागि तर्क गर्न त यसो भन्न पनि सकिएला - श्रद्धालु जनहरूले श्रद्धाको अथाह सागरमा बाँकटे हान्दै बिनापूर्व सूचना हठात् र बलात् मलाई फूलमाला पहिराइदिए त म अकिञ्चन प्राणी के गरूँ? तर ती श्रद्धालुहरू काल्पनिक पुष्पविमानमा सवार भई कुनै अविदित लोकबाट इहलोकमा थपक्क अवतरित भएका रहस्यमय जीव किमार्थ होइनन्। ती पार्टीका कार्यकर्ता हुन्, समर्थक हुन् वा शुभचिन्तक हुन्। कति त मौकामा नेताश्रीलाई फुस्ल्याएर ऐन मौकामा चौका दाउ हान्न चाहने चैते चतुरमानहरू पनि हुँदा हुन्। तिनलाई खटन गर्न सकिन्छ - फूल प्रकृतिको शोभा हो र आँखाको मनोरम रमिता। स्वागतरूपी नखराका नाउँमा धरतीको शोभा र रमिताको सत्यानाश नगर! तर यसो भन्न सौन्दर्यबोधी दृष्टि चाहिन्छ, मर्यादाकारी सोमत चाहिन्छ। यो त सुसंस्कृत र सभ्य मानसबाट निःसृत हुने उदात्त अभिव्यक्ति पो हो।
नेताश्रीहरू जब च्युँडासम्म फूलका मालाले पुरिन्छन्, सभामण्डपमा विराजमान भई गजक्क परेर ती भाषण सिरियलभरि नै माला लाएको लायै गर्छन्। अथवा स्वागत जुलुसको यात्राभरि नै ती माला हल्लाउँदै र गगनमा अन्तःहीन मुस्कान छर्दै लोकलाई उल्कै रमिता देखाउँछन्। मानौँ तिनलाई चराचर जगत्लाई देखाइदिनु छ - मेरो सान हेर! मेरो सौकात हेर! मेरो महिमा मण्डन हेर! मेरो उचाइ हेर! मेरो जाज्वल्यमान् व्यक्तित्वको आभा मण्डल हेर! जोकोहीजस्तो नत्थु खैरे कहाँ हुँ र म? म भनेको मै हुँ। ए रात्तै! तिनको यो दम्भी 'म'मा भदौ मासको मैमत्त अर्ना बोल्छ। यसरी जगत्सामु अश्लील दृश्य प्रदर्शन गर्न फूलमाला लाएको लायै गर्नु सोमत र शिष्टताका दृष्टिले अमर्यादाको पराकाष्ठा हो। तर माला पर्यो उच्चस्तरीय नेताश्रीको, कुरिकुरी गरेर तिनका आडम्बरी चित्तमा लज्जा र मर्यादाको भावना जगाइदिने कसले? माओवादी पंक्तिमा 'डब्लुटी' टाइपका संस्कृतिकर्मीको ठूलै जमात छ। तिनका शास्त्र जानेका र कार्यकर्ताले मानेका गुरुजीहरू रातोदिन सांस्कृतिक सुधार, सांस्कृतिक परिष्कार, सांस्कृतिक रूपान्तरण, सांस्कृतिक उन्नयन के के हो के के भनिरहन्छन्। तर फूलको विध्वंश र अमर्यादित माला पहिरनबारे ती चुँसम्म पनि बोल्दैनन्। ठीकै हो, बोल्नुमा खतरा छ, नबोल्नुमा सुरक्षा छ। बोले पाएको पद चट् हुनसक्छ, माथि उक्लिने भर्याङ भाँचिन सक्छ। नेताश्री नाखुस भए आफ्नो भाग्यमै धमिरा लाग्ने भयावह खतरा हुन्छ। त्यसैले त जताततै तैँ चुप्, मै चुप्को रजगज राज चलेको छ।
हाम्रा दुई उत्सवी अवसर छन् जसमा अलि धेरैबेर फूलमालाले गलो सजाइराख्ने चलन छ। ती दुई हुन् - विवाह उत्सव र तिहारको भाइ टीका। दुलाहा-दुलहीले एकअर्कालाई लगाइदिने फूलमाला वा दूबोमालामा प्रणयको गहिरो लेप लगाइएको हुन्छ। र, भाइटीकामा चेलीहरूले माइतीलाई अर्पण गर्ने फूलमालामा अगाध स्नेहको रंंग र सुवास हुन्छ। र नै यी भावुक र दिव्य क्षणहरूलाई स्मृतिको खोपीमा दिगो राख्न स्नेहसिक्त माला निकैबेर लगाइराखिन्छ। हाम्रा अतिशय मालाप्रेमी नेताश्रीहरू न त सदाबहार दुलाहा हुन्, न त भाइटीकाकालीन माइती नै हुन्। अनि तिनले यति राम्रा दुर्लभ फूलहरू ध्वंस गराएर गलामा माला हल्लाइरहनुमा केको शिष्टता, केको मर्यादा?
असभ्यताबाट सभ्यतातिर र अमर्यादाबाट मर्यादातिर लहसिनुमा नै लोकको कल्याण छ। उसो त लोकको सुषुप्त रुचि पनि यही नै हो। लोकलाजको पर्वाहै नगरी जो सुन्दर फूलको त्रू्कर बलिदानमा आनन्दित हुन्छ र जो गलामा ढ्याके फूलमाला भिरेर अमर्यादित अभिनय गर्न लालायित हुन्छ, उसको नियति निश्चय नै निको हुँदैन। गलामा उपेक्षाको माला लगाउन अभिशप्त हाम्रा वामदेव गुरुहरूले दुःख पाएको त्यसै होइन। लोकहित र मर्यादाको लिक छाडेर जो आत्मकेन्द्रित अहंकारको पुजारी बन्छ, उसलाई लोकले त्यसरी नै छाडिदिन्छ जसरी मृत मूसालाई जीवित उपियाँले छाडिदिन्छ।
लोकहित र मर्यादाको लिक छाडेर आत्मकेन्द्रित अहंकारको पुजारी बन्नेहरूलाई लोकले पनि मृत मूसालाई जीवित उपियाँले त्यागेजस्तै चटक्कै छाडिदिन्छ।
तत्पश्चात् नवोदित माओवादी नेता गिरिराजमणि पोखरेल सानका साथ पुष्पवाहक जनहरूछेउ हाजिर भए। पलभरमै तिनका भाग्यशाली गर्धन र पावन बाहुली फूलमाला र गुच्छाले झकिझकाउ हुन पुगे। हिस्स कमरेड, हरियाँ दात भनेझैँ दुखिया श्री गौतम ट्वाँ परेर हेरेका हेर्यै भए। बल्ल तिनको चेत खुल्यो - आफ्ना कार्यकर्ता त आफूले पत्तै नपाई बिनासुइको, बिनाजाहेरी लाटलुट्टै माओवादी महलमा भित्रिइसके छन्। हत्तेरिका नाथे म! आफूसँग न रहे कार्यकर्ता न त रह्यो फूलको शोभायमान उपहार नै। जब कठोर यथार्थबोध भयो, वामदेवजी एकाएक छंगाछुर छाँगाबाट तल पत्तालतिरको काली दहमा ह्वात्तै खसे। पलपल परिवर्तन भइरहने यथार्थबाट काटिएर, मनचिन्ते कल्पनाको हवाइ लोकमा मग्नसँग लठि्ठनेहरूको हबिगत इहलोकमा आखिर यस्तै त हुन्छ। हाम्रा करिबन वाममार्गी वामदेवजीहरूको दुःखको मुहान आत्मकेन्द्रित अहंकारबाट पैदा हुने मनोरोग हो। यो स्वनिर्मित रोग हो र यो दुःख पनि स्वनिर्मित नै हो।किशोर बयमा कतै पढेको थिएँ - सुन्दर वस्तु छुनलाई होइन, फगत हेर्नलाई हो। तर लाग्छ, हाम्रा राजनीतिक खेलाडीहरूले यसको अर्थ सरासर उल्टो बुझेका छन् - सुन्दर वस्तु हेर्नलाई होइन, त्रू्करता साथ नाश गर्नलाई हो! यो कुरुप तथ्य फूलको चौतर्फी विनाशमा देख्न सकिन्छ। यस भूमिको नेता वा शासक ठान्छ, देशभरिका फूल मेरै लागि फुलेका हुन्। र, देशभरिका हात मेरो पवित्र गर्धनमा पहिरिने फूलका माला उन्न र मेरा सुकोमल हातलाई सजाउने फूलका गुच्छा बुन्नकै लागि हुन्। यो संक्रामक मनोरोग हिजोका राजादेखि आजका माओवादी कमरेडहरूसम्म व्याप्त छ। हिजो राजा सबारीमा जब निस्कन्थे, उनको प्रायोजित स्वागतमा त्यस भेगका फूलहरू सर्वनाश हुन्थे। आज माओवादी नेता देश दौडाहामा निस्कँदा विनाशको उही कुरूप कथा सर्लक्कै दोहोरिँदो छ। हुँदाहुँदा एउटा दौडाहामा त कमरेड प्रचण्डका गलामा एक्काइस किलो फूलको निर्मम बलि चढाइयो। तर्ककै लागि तर्क गर्न त यसो भन्न पनि सकिएला - श्रद्धालु जनहरूले श्रद्धाको अथाह सागरमा बाँकटे हान्दै बिनापूर्व सूचना हठात् र बलात् मलाई फूलमाला पहिराइदिए त म अकिञ्चन प्राणी के गरूँ? तर ती श्रद्धालुहरू काल्पनिक पुष्पविमानमा सवार भई कुनै अविदित लोकबाट इहलोकमा थपक्क अवतरित भएका रहस्यमय जीव किमार्थ होइनन्। ती पार्टीका कार्यकर्ता हुन्, समर्थक हुन् वा शुभचिन्तक हुन्। कति त मौकामा नेताश्रीलाई फुस्ल्याएर ऐन मौकामा चौका दाउ हान्न चाहने चैते चतुरमानहरू पनि हुँदा हुन्। तिनलाई खटन गर्न सकिन्छ - फूल प्रकृतिको शोभा हो र आँखाको मनोरम रमिता। स्वागतरूपी नखराका नाउँमा धरतीको शोभा र रमिताको सत्यानाश नगर! तर यसो भन्न सौन्दर्यबोधी दृष्टि चाहिन्छ, मर्यादाकारी सोमत चाहिन्छ। यो त सुसंस्कृत र सभ्य मानसबाट निःसृत हुने उदात्त अभिव्यक्ति पो हो।