चुरे क्षेत्रको संवेदनशीलता
सबैभन्दा कान्छो पहाड चुरे हरेक हिसावले संवेदनशील र कमजोर क्षेत्र हो। उत्तरबाट दक्षिणतर्फ बगेका खोला तथा नदीले बगाएर ल्याउने ढुंगा, माटो थुप्रेर बनेको यो क्षेत्र निकै कमजेर भूधरातलमा उभिएको छ। पूर्व मेचीको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरेले देशको कुल भूभागको १२.६ प्रतिशत क्षेत्रफल ओगटेको छ भने चुरेकै छत्रछायाँमा देशको कुल जनसंख्याको ५१.७ प्रतिशत जनसंख्या बसोबास गर्दै आएको छ। यसरी हेर्दा कान्छो र कमजोर भए पनि चुरेको वन जंगल र त्यहा सञ्चित हुने जलस्रोतले समग्र तराई मधेसका लागि रक्षा कवचको काम गरिरहेको छ। तर चुरे क्षेत्रमा भइरहेको अतिक्रमण र स्रोतमाथिको अत्याधिक अव्यवस्थित दोहनको कारण अन्न भण्डार भनेर चिनिएको तराई मधेस क्षेत्र नै संकटापन्न अवस्थाबाट गुजि्ररहेको छ। सरकारी तथ्यांकअनुसार पनि चुरे क्षेत्र पर्ने ३६ जिल्लामा मात्र ८९ हजार ४९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परिसकेका छन्। वर्षेनी आउने खोलाको बाढी तथा पहिरोले लाखौंको धनजनको क्षति भइरहेको छ। यदि अहिलेकै अनुपातमा चुरे क्षेत्रको विनाश भइरहने हो भने २१ देखि ३१ वर्षभित्र चुरे प्रभावित क्षेत्र मरुभूमिमा परिणत हुने अनुसन्धानकर्ता र संरक्षणविद्ले भन्दै आएका छन्। तसर्थ, हाम्रै अदूरदर्शितापूर्ण क्रियाकलापका कारण उत्पन्न समस्याबाट चुरे जोगाउनु आजको प्रमुख चुनौती भएको छ।
चुरे संरक्षणमा भएका प्रयास
सरकारले आर्थिक वर्ष २०६७/०६८ देखि झापादेखि कञ्चनपुरसम्मका तराई र चुरे क्षेत्रका २६ जिल्लामा राष्ट्रिय गौरवको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल यसलाई ३६ जिल्लामा विस्तार गरिएको छ। राष्ट्रिय गौरवको कार्यक्रम भनेर राष्ट्रपतिकै नाममा सञ्चालित गरिए पनि चुरे क्षेत्र संरक्षण कार्यक्रमहरू प्रभावकारी हुन नसकेको, लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको कुरा सार्वजनिक भइरहेकै छन्। तत्कालीन संसदीय समितिले पनि चुरे क्षेत्र संरक्षणको कार्यलाई उच्च प्राथमिकतामा राखी चुरे क्षेत्रको एकीकृत विकासका निम्ति आवश्यक बजेट व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो। तर सरकारले चुरे संरक्षणलाई प्राथमिकतामा राखे पनि त्यतिबेला संसदीय समितिले दिएका सुझाव र निर्देशन कार्यान्वयन गर्न सकेन र ती निर्देशन अझै बेवारिसे अवस्थामा नै छन्।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालनको चार वर्ष पुग्दासम्म पनि समग्र चुरे क्षेत्रको नक्सांकन हुन सकेको छैन न यसका लागि बृहत्तर रणनीति तयार नै भएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम राष्ट्रिय गौरवको विषय भएको र यसका लागि स्थानीय समुदाय, विभिन्न तहका सरोकारवालाको सहभागिता तथा सहकार्यको खाँचो रहेको उल्लेख गरिए पनि चुरे संरक्षण' कार्यक्रमले स्थानीय समुदायको मन जित्नै सकेन वा यसका लागि उस्तो प्रयत्न गरेको देखिएन। बरू उल्टै चुरे संरक्षणका नाउँमा विभिन्न समयमा गरेका परिपत्र तथा निर्देशनले चुरे क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायको वन स्रोतमाथिको पहँुचलाई अवरोध गरेको र उनीहरूको जीवनवृत्तिमा असर पारेको आरोप स्थानीय उपभोक्ता समूहरू लगाइरहेका छन्।
चुरे तराई मधेस संरक्षण क्षेत्र घोषणा
अन्ततः विभिन्न शंकाबीच नेपाल सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई अति संवेदनशील क्षेत्रका रूपमा लिँदै वातावरण संरक्षण ऐन, २१५३ को दफा ११ को आधारमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा देशको कुल भूभागको १२.६ प्रतिशत क्षेत्रफल जमिन ओगट्ने गरी राष्ट्रपति चुरे तराई मधेस संरक्षण क्षेत्र घोषणा र अधिकारसम्पन्न संरक्षण समितिको व्यवस्था गरेको छ। प्राकृतिक, वातावरणीय, भौगोलिक र आर्थिकरूपले संवेदनशील, भूकम्पीय जोखिम तथा चुरे क्षेत्रको अत्याधिक दोहनका कारण नदी प्रणालीमा परेको प्रभाव जस्ता कारणले मुलुकको झण्डै ५१ प्रतिशत जनसंख्या बसोबास गर्ने ठाउँ तराई, मधेस नै जोखिममा परेको हुँदा चुरे संरक्षण क्षेत्र घोषणा गर्नुपरेको सरकारले स्पष्ट पारेको छ। सरकारले चुरे संरक्षणका लागि देखाएको यस्तो संवेदनशीलताको सराहना गर्नैपर्छ ।
तर पनि संरक्षण क्षेत्र घोषणा र अधिकारसम्पन्न संरक्षण क्षेत्र घोषणाको प्रवि्र्कया तथा विधिमाथि भने थुप्रै प्रतिवि्र्कया बाहिर आएका छन्। दूरगामी असर पार्ने यत्रो कार्यको घोषणा गर्दा पर्याप्त गृहकार्य भएको नदेखिनु र सरोकारवालासँग समेत पर्याप्त विचार विमर्श नगरिनुले योजनाकारहरूको अपरिपक्कता देखिएको छ। त्यसमा पनि चुरे संरक्षण कुन वैज्ञानिक विधि/विधानअनुसार व्यवस्थापन गर्न खोजिएको हो, त्यसबारे कतै उल्लेख नहुँदा अन्योल थपिएको छ। चुरे संरक्षणमा कतै राजनीति त हुँदै छैन भनेर शंका गर्ने पनि छन्। यसबारे समयमै सरकार स्पष्ट हुनुपर्छ।
चुरे संरक्षणका लागि चाल्नुपर्ने कदम
अब सरकारले बुझ्नु जरुरी छ, विगतमा जस्तो गैंडा गस्ती लगाएर चुरे क्षेत्रको संरक्षण हुन सक्दैन न त चुरे क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई पाखा लगाएर गर्न सकिन्छ। वनको दीगो व्यवस्थापन तथा जैविक विविधता संरक्षणमा स्थानीय समुदायले पुर्यालउँदै आएको योगदानको कदर र चुरेको संरक्षणमा उनीहरूले खेल्न सक्ने भूमिकलाई न्यूनीकरण गर्ने काम कहीँ कतैबाट हुनुहुँदैन। तसर्थ, चुरे संरक्षणका हरेक वि्र्कयाकलापमा त्यस क्षेत्रका समुदायलाई सवि्र्कय सहभागी गराउन र भावनात्मकरूपमा पनि एकआपसमा जोड्न त्यसखाले तरिका तथा विधिविधान तय गर्दै अन्य निकायसँग समन्वय र संलग्नतामा चुरे संरक्षणको कार्यलाई अघि बढाउनुपर्छ। सम्बन्धित निकायले सामुदायिक उपभोक्ता समूहहरू, सरोकारवाला संस्थाहरू र निकायहरूसँग जवाफदेही तथा पारदर्शी ढंगले सार्थक सम्वाद थालनी गर्नुपर्छ। यसको अलावा राजनीतिक सहमति तथा सहकार्य चुरे क्षेत्र संरक्षणका लागि महत्वपूर्ण विषय भएकाले यसलाई सरकारले गम्भीरसाथ लिनुपर्छ।
सबै पक्षसँग समन्वय तथा सहकार्यमा चुरे क्षेत्रको भू–उपयोग तथा संवेदनशीलताको नक्शांकन गरी दीर्घकालीन र अल्पकालीन एकीकृत रणनीति योजना बनाउनुपर्छ। रणनीति तथा योजना बनाउँदा जनताको आर्थिक समृद्धि जल, जङ्गल र जमिनको उपयोग तथा व्यवस्थापनमा स्थानीय बासीको अधिकारको सुनिश्चितता गरिनुपर्छ। चुरे विनासका भुक्तभोगी भनेका स्थानीय जनता नै भएकाले चुरे संरक्षणका नायक पनि स्थानीय जनतालाई नै बनाउनुपर्छ। जनतालाई केन्द्रबिन्दुमा राखेर आर्थिक र सामाजिक लाभका कार्यक्रम ल्याउनुपर्छ।
अन्त्यमा, चुरे संरक्षण कसैको राजनीति तुष्टि साँध्ने र कार्यकर्ता भर्ना गर्ने वैध क्षेत्र बनाइनुहुँदैन। जनतालाई सर्वोपरि ठानेर बनेको प्राविधिक तथा सामाजिकरूपमा ग्राह्य कार्यक्रमले मात्र चुरे क्षेत्रको संरक्षण गर्न सकिन्छ। लोकतन्त्रमा जनता नै सर्वोपरि हुन्छन्। जनता नै यसका नायक पनि हुन्। तसर्थ चुरे संरक्षणका नायक पनि जनता नै हुन भन्ने कुरा हामी सबैले बुझ्नैपर्छ। यी कुरा चुरे तराई मधेस संरक्षण क्षेत्र घोषणाका इन्जिनियरहरूले बुझेका छैनन् होला भनेर कसरी भन्नु?