मृत्यु पथ कि जीवन?
०३ साउन २०७१
•
१२ मिनेट पाठ
मृत्यु पथ कि जीवन?
समाजको विकासको अन्तिम चरणमा के के हुन सक्छ? यो प्रश्नको सकारात्मक र नकारात्मक दुई प्रकारका उत्तर दिन सकिन्छ। सकारात्मक अवस्थामा समाज कति विकसित होला भने कुनै पनि मानिसले कामै गर्नु परोइन। मनले चिताएकै भरमा उसका सम्पूर्ण आवश्यकता मेसिनले पूरा गर्दिनेछ। एउटा व्यक्तिलाई अर्को व्यक्तिको जरुरतै पर्दैन।जब कुनै काम गर्नुपर्दैन, कुनै संघर्ष गर्नुपर्दैन र अतृप्त चाहना नै बाँकी रहँदैन सायद त्यसपछि मान्छेमा बाँच्ने इच्छा पनि समाप्त भएर जानेछ। 'लाइफ अफ पाई' नामक विश्व प्रसिद्ध पुस्तक (र, सिनेमा)को मुख्य पात्र महिनौसम्म समुन्द्रका बीचमा किन बाँच्छ भने उसलाई आफ्नै डुंगामा भएको बाघसँग जीवन जोगाउनु पर्नेहुन्छ। संघर्ष गर्नु नपर्ने भएपछि बिस्तारै मान्छे जन्मने र मृत्यु वरण गर्ने कार्यतालिका कम्प्युटरले बनाउनेछ। तर कम्प्युटरले चाहेरमात्र मानव सभ्यताको अवश्यंभावि समाप्तिलाई छेक्न सत्तै्कन। अन्ततः मानव समाज सकिएर जान सक्छ।
अबको समाजको बाटो कसरी जाला भन्ने नकारात्मक उत्तर के होला? आणविक लडाइँ र एकै मिनेटमा सम्पुर्ण विश्व जलेर खरानी! यो पनि असम्भव तर्क त होइन। जसरी सिरियामा नरसंहार चलिरहेको छ, जसरी इजरायलको प्यालेस्टाइनमाथिको बम वर्षा रोकिएको छैन र जसरी ३३ हजार फिटमाथि उडेको यात्रुवाहक विमानलाई गुलेलीले चरा खसालेजस्तो गरी युक्रेनका विद्रोहीले क्षेप्यास्त्र प्रयोग गरेर खसाएका छन् ती सबै घटनाले के संकेत गर्छन्? कतै हामी तेस्रो विश्वयुद्धको संघारमा त पुग्न लागेका छैनौ? त्यसै हो भने त यो विश्व युद्ध पहिलो र दोस्रोजस्तो धेरै भयानक र पीडादायी नहुन सक्छ। तेस्रो विश्वयुद्ध भयोभने केही घन्टाभित्रै संसारको सर्वनाश हुन सक्छ। मानिस आफैँ सृष्टिकर्ता ब्रह्‍मा त होइन तर संहारकर्ता रुद्र बन्नसक्ने क्षमता यस समाजले हासिल गरिसकेको छ।
माथिका दुई भिन्नाभिन्नै काल्पनिक घटनाको परिणति मानव सभ्यताको अन्त्य नै हो भन्ने देखिन्छ। फरक त्यतिमात्र हो, पहिलो घट्ना सत्य हुन अझै केही शतक लाग्नेछ र मानवमात्रले त्यो सदूर भविष्यको अनुमान गरेर अहिल्यै परिवर्तन ल्याउनसक्ने संभावना बाँकी नै छ। तर दोस्रो परिणति कुनै पनि क्षण देखिन सक्छ। विश्वका आणविक हतियारधारी राष्ट्रमध्ये कुनै एक राष्ट्रका प्रमुखलाई अर्को राष्ट्रले आफूमाथि आणविक हमला गर्दैछ भन्ने गलत सूचनामा विश्वास गरे भने उनले तुरुन्तै आणविक हतियारसहितको क्षेप्यास्त्रले तेस्रो विश्वयुद्धको थालनी गर्नसक्ने जोखिम छ। क्युबा मिसाइल संकट त्यस्तै एउटा टरेको घटनाको उदाहरण हो। सन् १९६२ को अक्टोबर महिनामा सोभियत संघले आणविक मिसाइल क्युबामा राखेर अमेरिकालाई ध्वस्त पार्दैछ भन्ने शंकाले झन्डै त्यसैबेला आणविक युद्ध हुन लागेको थियो। 
समाज अघि बढ्ने अर्को पथ पनि हुन सक्छ, शान्ति, सद्भाव, भाइचारा, एकता अनि अध्यात्मको बाटो। यस पथबाट समाज अघि बढ्ने हो भने तृतीय विश्वयुद्धको विभीषिकाबाट पनि बाँच्न सकिन्छ र अति विकास भएर हुने अवश्यंभावि अन्त्यको खतरा पनि टार्न सकिन्छ। आधुनिक जमानामा तेस्रो पथमा हिँड्न सत्य युगकै ऋषिमुनि पनि चाहिँदैनन्। चाहिन्छ त केबल समाज परिवर्तन गर्न चाहिने इच्छा शक्ति। 
को को कसरी परिवर्तन हुनुपर्छ भन्ने सबैलाई थाहा छ। तर आफँै त्यो परिवर्तन आत्मसात गर्न सक्दैनन्। महात्मा गान्धीको भनाइ नै छ, तिमी विश्वलाई परिवर्तन गर्न चाहन्छौ भने आफू पहिला परिवर्तन भएर देखाऊ।
यति लामो सैद्धान्तिक गन्थन गर्नुको कारण के हो भने हामी नेपालीले पनि आफूले चाहेजस्तो परिवर्तन आफैँबाट चरितार्थ गर्न सकेका छैनौं। यो परिवर्तनको सुरु आफैँबाट किन नगर्ने? यो पंक्तिकार पत्रकार हो। त्यसैले यसको सुरु पत्रकारिताबाटै हुनुपर्छ भन्ने मान्यता हो। 
पत्रकारिताको जस्तो अधोगति भइरहेको छ र जसरी राजनीतिक दलपछि अब कर्पोरेटले पत्रकारलाई दासका रूपमा व्यवहार गर्न थालेका छन् त्यसबाट कुनै मिडिया हाउसले आर्थिकरूपमा केही लाभ पाउला तर अन्ततः पत्रकार र पत्रकारिताबाट जनताको विश्वास समाप्त हुनेछ। जब सही र सत्य समाचार प्रचार, प्रसार गर्नुपर्ने टोलीमा जनविश्वास हराएर जान्छ अनि आतंक, शक्ति र बलमिच्याइँको बोलबाला हुन्छ। 
छिमेकी देश भारतमा बाघजस्ता सशक्त मिडिया क्रमशः म्याऊ गर्न थालेका छन्। कुनैबेला सम्पादकले चाहेबाहेकको एक अक्षर नछापिने टाइम्स अफ इन्डियामा अब प्रकाशकका प्रतिनिधि …रेजिडेन्ट एडिटर'मात्र बस्न थालेका छन्। भारतमा यसलाई उक्त पत्रिकाको प्रकाशकको नामबाट समिर जैन पत्रकारिता भन्न सुरु गरिएको छ। गएको लोकसभाको निर्वाचनमा भए भरका सम्पूर्ण मिडिया हाउसमा एउटै राजनीतिक दलको बाहुल्य भएको समाचारले देखाइसकेको छ मिडिया कसरी विक्रीका लागि तम्तयार हुँदाछन् भनेर। त्यस्तै भारतको एक चर्चित पत्रिका मेल टुडे चलाईरहेका सम्पादक भरत भुषण पत्रकारहरूलाई निकाल्ने निर्णयविरुद्ध राजीनामा दिएर अहिले त्यसै बसेका छन्। सीएनएन आईबीएन च्यानल चलाउने राजदीप सरदेसाइपनि आफ्नो संस्थामा अम्बानी समूहको प्रभुत्व देखिएपछि घर लाग्ने तयारीमा छन्। सो संस्थामा उनको केही सेयर बाँकी भएकाले मात्र उनी बसिरहेको र उनले चाँडै छाड्ने बताइएको छ। 
भारतको उदाहरण यहाँ दिइएको कारण चाहिँ नेपाल पनि यस विषयमा धेरैपछि छैन भन्न मात्रै हो। यहाँका कर्पोरेट धेरै बलिया नभएकाले मात्र अहिलेसम्म तुलनात्मकरूपमा नेपाली मिडियाले स्वतन्त्रताको अनुभव गरेका छन्। अब त्यो धेरै दिन चल्ने अवस्था छैन। मिडियाका संचालक बिस्तारै कर्पोरेटको प्रभावबाट रंगिदै गएको अनुभव हुँदैछ। 
समाज परिवर्तनका लागि मिडियाको ठूलो भूमिका हुन्छ। जनताले मिडियामा लेखेको वा प्रसारण गरेको सामग्रीमा विश्वास गर्न सकेनन् भने सूचनाको खडेरी पर्छ। अनि जो सुकैले दिएको जुनसुकै सूचना पनि समाचार बन्छ, सत्य ठानिन्छ र ऋतिक रोसन काण्ड आफँै घट्छ वा घटाइन्छ। 
यहाँनेर आएर पाठक, दर्शक, स्रोताको भूमिका महत्वपूर्ण हुन्छ। जो सुकैले कालो अक्षर र न्युज प्रिन्टमा जे लेखे पनि पत्याउने बानी व्यवहार पाठकले छोड्नुपर्छ। अहिलेका पाठकका लागि सबै पत्रकार उस्तै छन्। एउटा पत्रकारले बदमासी गर्योर भने सम्पूर्ण पत्रकारलाई गाली गरिन्छ। तर पत्रकार कुनै एक सामूहिक संस्थाको सदस्य होइन। पुलिस, सेना, प्रशासनजस्तो कुनै एक व्यक्ति वा संस्थाले मिडिया चलाउने पनि होइन। जसरी कुनै एक जना छिमेकीले केही बदमासी गर्योक भने सबै छिमेकीलाई आरोप लगाउन मिल्दैन त्यसैगरी मिडियाले बदमासी गर्योे भने सबै मिडियालाई आरोप लगाउन मिल्दैन। 
हाम्रो समाजलाई अघि लगाउन सक्षम, मूल्य र मान्यतामा चल्ने, आत्माले देखेको सत्यलाई अघि बढाउने मिडिया हुँदै नभएका होइनन् तर तिनले अघि बढ्न पाएनन्। किनभने हाम्रा पाठक, बुद्धिजीवी, सरकारी कर्मचारी कोही पनि छिमेकीलाई जस्तै मिडियालाई पनि छुट्याएर व्यवहार गर्न तयार छैनन्। कुन मिडियालाई विश्वास गर्ने र कुनलाई नगर्ने कुनै भेदभाव गर्न चाहँदैन नेपाली समाज। 
जसरी एउटा साथीले तपाईंको पैसा खायो वा ऋण तिरेन भने तपाईं साथी भनेका सबै उस्तै हुन भन्नुहुन्न, त्यसैगरी कुनै मिडियाले गल्ती गर्योाभने पत्रकार सबै उस्तै हुन् भन्न मिल्दैन। कर्पोरेटसँग नबिक्ने, राजनीतिक दललाई एउटा निश्चित दूरीमा राखेर व्यवहार गर्ने, सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने मिडियालाई चिनेर पाठक, श्रोता र दर्शकले व्यवहार गर्ने हो भने दूध र पानी आफँै छुट्टिएर जानेछ। 
समाज परिवर्तन गर्ने शक्तिहरू मूल्य, मान्यता र सत्यका आधारलाई मूल मानेर अघि बढे भने समाजको पनि अधोगति हुँदैन, समाज अन्त्यतिर जाँदैन। आफ्नो पुस्ताका लागि मात्र बाँच्ने हो भने जे गरेपनि भयो तर भविष्यको पिँढीका लागि सही समाज छाडेर जाने हो भने परिवर्तनका संवाहक चिनौं र त्यही अनुरूप व्यवहार गर्न सुरु गरौँ।
अर्को समाचार
अध्याधिक चिसोले एककाे मृत्यु
०६ पौष २०७२
•
१ मिनेट पाठ
अध्याधिक चिसोले एककाे मृत्यु
कोहलपुर–अत्याधिक शीतलहर र चिसोका कारण वेवारिसे अवस्थामा सडकमा मगन्ते जीवन गुजरा गर्ने एक व्यक्तिको मृत्यु भएको छ ।राधापुर–४ छोटेलाईन बजारमा मगन्ते जीवन गुजरा गर्दै आएका बेलभार गाविसका ४२ बर्षीय छोेटे भन्ने व्यक्तिको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ। सडकमा खुल्ला बस्दै आएका छोटेको अत्याधिक चिसोका कारण मृत्यु भएको हो । सुतिरहेको अवस्थामा विहान उनी मृत्त फेला परेको प्रहरीले जनायो। मृत्त फेला परेका शवको अनुसन्धान र पहिचान गर्दा चिसाकै कारण मृत्यु भएको प्रहरीले निस्कर्ष निकालेको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस