मोदीको उदयले सम्भावनाको नयाँ ढोका खोलेको छ। यो ढोका बन्द भएमा नेपालले आफ्नो विकासका लागि भारतीय सहयोग र सहकार्यका लागि अर्को दश पन्ध्र वर्ष कुर्नुपर्नेछ।मोदीको छिमेक नीति
‘सबका साथ, सबका विकास' भन्ने नारा दिएर नरेन्द्र मोदी उदाए। यो नारा भारतीय जनताका लागि मात्र होइन, भारतका छिमेकीहरुसँगको सम्बन्धका लागि पनि हो। यस भनाइको व्याख्या गदर्ैै विवेकानन्द फाउन्डेसनका विशिष्ट फेलो तथा रअका पूर्व प्रमुख सीडी सहायले हामीलाई बताए– भारतको विकासका लागि छिमेकमा पनि स्थायित्व र विकास हुनुपर्छ। छिमेकीलाई महत्व दिनुका केही कारण छन्। पहिलो, यसले भारतको सुरक्षा र स्थायित्वलाई मद्दत गर्छ। दोस्रो, यसले भारतको आर्थिक वृद्धि र विकासमा सहयोग पुर्याउँछ। भारतको आर्थिक वृद्धि एउटा सीमाभन्दा कम भयो भने भारतमा असन्तुष्टि बढ्छ र यसले अस्थिरता निम्त्याउन सक्छ। आर्थिक वृद्धिलाई त्यो सीमाभन्दा माथि राख्न छिमेकीको सहयोग आवश्यक छ। तेस्रो, यसले चीनको प्रभाव वा विस्तार रोक्छ।
नेपालमा भारत विरोधी भावना रहिरहन्छ र मिडियाले पनि विवाद सिर्जना गरिरहन्छन् तर अब राजनीतिक नेतृत्वले नेपालको हित केमा हुन्छ भनेर निर्णय लिने बेला आएको छ। भारतले नेपाललाई यही सन्देश दिने प्रयास गरिरहेको छ। नेपालमा गरिने भारतीय लगानीलाई शोषणको रूपमा हेरुन्जेल यो सम्भव हुँदैन। जब नेपालमा भारतीय लगानी स्वागत गरिन्छ र स्वीकार गरिन्छ, तबमात्र मोदीको यो नीति सफल हुन्छ। त्यसैले पहिलो आवश्यकता विश्वास सिर्जना हो र मोदीको नेपाल भ्रमणको प्रमुख उद्देश्य नै आपसी विश्वास सिर्जना हो।
भारतले नेपाली राजनीतिलाई कसरी हेर्दैछ?
भारतका लागि सबैभन्दा महत्वपूर्ण चासो नेपालको राजनीतिक स्थायित्व हो। संविधानको अन्तर्वस्तुमात्र हैन, राजनीतिक व्यवस्था र राजनीतिक संयत्र दुवै निर्माण हुने क्रममा यसले नेपालको स्थायित्वलाई कसरी प्रभाव पार्छ भनेर भारतले यसको लेखाजोखा गर्ने गर्छ। यसका केही अर्थ छन्। पहिलो, नेपालमा संविधान नबनी भारतले सत्ता परिवर्तनको खेललाई कुनै पनि हालतमा प्रोत्साहित गर्ने छैन। भारत ठान्छ, नेपालका नेताहरु देशको हितका पछाडि नलागेर शक्तिका पछाडिमात्र लाग्छन्। उनीहरु सत्ताका लागि एकापसमा लडेर विभाजित हुन्छन् अनि विदेशी हस्तक्षेप निम्त्याउँछन्।
दोस्रो, भारतका नजरमा केपी ओली, माधव नेपाल, सुशील कोइराला वा प्रचण्ड सबै समान छन्, भलै नेपाली काँग्रेस र केपी ओली भारतीय संयन्त्रको केही नजिक छन्। अर्थात्, आजका दिनमा नयाँ दिल्लीबाट हेर्दा कम्युनिष्ट, काँग्रेस र एमालेेले बोकेका आइडियोलोजी भारतको चासो हैन। ओलीका स्वास्थ्यका कारण उनले नेपालमा स्थायित्व प्रदान गर्न सक्छन् भन्ने भारतीय नेताहरुले ठानेका छैनन्। प्रधान मन्त्री सुशील कोइराला मोदीको शपथ ग्रहणमा जाँदा मोदीले उनलाई प्रष्टरूपमा भनेका थिए– संविधान समयमा बनाउने जिम्मा तपाईँंको हो र संविधान समयमा नबनेमा हामी तपाईँलाई नै जिम्मेवार ठान्नेछौं।
तेस्रो, भारतले नेपालको मधेसी मुद्दा उचाल्न नचाहेको जस्तो देखिन्छ तर एसडी मुनिका अनुसार भाजपा सरकारले मधेससम्बन्धी नीति टेबलमा राखिसकेको छैन। चौथो, भारत जातीय संघीयता चाहँदैन, बरु यसका ठाउँमा भाषिक र प्रशासनिक सुगमताका आधारलाई महत्व दिन्छ। एक जना भारतीय विज्ञले हामीलाई भने– यदि भारतले नेपालको संघीयताको बहसमा कुनै अडान लिएको देखिँदैन भने मान्नुपर्छ कि नेपालमा एमाले र काँग्रेसले जे गरिरहेका छन्, त्यो भारतको मापदण्डभित्र नै पर्छ।
भाजपा र नेपालको सम्बन्ध
नरेन्द्र मोदीले धर्म निरपेक्षता, समावेशिता र विकासको नारा दिए तापनि भाजपा र यसलाई टेवा दिने आरएसएस राष्ट्रिय स्वयंसेवक संघको हिन्दु धर्म र राजतन्त्रप्रति निकै लगाव छ। नेपालप्रति भाजपाको विशिष्ट मनस्थिति छ। जस्तै, एक जना भाजपा नेताले भारतवर्षे, हिम्वत्खण्डे जस्ता संस्कृत श्लोकको प्रयोग नेपाल र भारतमा समानरूपमा हुनुले राजनीतिकरूपमा नभए तापनि सांस्कृतिकरूपमा नेपाल र भारत एउटै देश भएको हामीलाई उदाहरण दिए। त्यस्तै नेपालमा इसाइ धर्म परिवर्तनको बढ्दो क्रमलाई पनि उनीहरुले चिन्ताको विषय ठाने, भलै नेपाल र भारतमा आर्थिक विकास भएपछि यो समस्या स्वतः समाधान हुने उनीहरुको धारणा छ। यस्ता तनाव व्यवस्थापन गर्न मोदी सक्षम भए तापनि उनले यसलाई लामो समयसम्म थेग्न सक्ने अवस्था भने छैन। यसको अर्थ के हो भने यदि नेपालले छिटै संविधान लेखेन र राजनीतिक बाटो लिन सकेन भने नेपालमा फरकखालको राजनीतिक प्रभाव बढ्न सक्नेछ।
एक जना प्रोफेसरले हामीलाई यतिसम्म पनि भने– मोदीको सबैभन्दा ठूलो प्राथमिकता नेपाल नै हो र उनी सबैभन्दा पहिला नेपाल नै भ्रमण गर्न चाहन्थे तर हिन्दु एजेन्डालाई समर्थन गरेको जस्तो देखिने भएकाले पहिला उनी बौद्ध भुटान गएका हुन्। भारतको प्राथमिकता के भन्ने कुरामा मतैक्य छैन किनभने नेपालबाहेक छिमेकमा भारतका लागि धेरै महत्वपूर्ण मुद्दा छन्। तैपनि नेपालका लागि अहिले ठूलो मौका छ।
नेपाल–भारत सम्बन्ध परिवर्तनको पक्ष
औपचारिकरूपमा भारतीय सरकारले नेपालप्रतिको नीति खासै परिवर्तन गर्ने छैन तर राजनीतिक तहमा नेपाल–भारत सम्बन्ध पुग्नु र भारतीय नेतृत्वको निर्णय क्षमता बढ्नु मोदी सरकार आएपछिका दुई प्रमुख परिवर्तन हुन्। पहिला पहिला नेपालमा राजनीतिक तहका नेताहरुको खासै चासो रहने गर्थेन र प्रशासनिक संयन्त्रले नै नेपाल नीति निर्माण र कार्यान्वयन गर्थ्यो। खाली सन् २००५ वरपर मात्र काँग्रेस आईले राजा फालेर माओवादी र सात दलबीच सहकार्यको वातावरण बनाउने राजनीतिक निर्णय लिएको थियो। भारतीय विज्ञहरुका अनुसार भारतले १२ बुँदेमा सहयोग गर्नुको दुईवटा प्रयोजन थिए। पहिलो त राजाले भारतको हितलाई बेवास्ता गरिरहेका थिए र भारत राजालाई फाल्न चाहन्थ्यो। दोस्रो, भारत नेपाली माओवादी र भारतीय माओवादीबीच पर्खाल खडा गर्न चाहन्थ्यो। मोदी सरकारमा आएपछि उनी स्वयंले नेपालमा चासो देखाउन थालेका छन्। त्यसकारण नेपाल भारतबीच राजनीतिक तहमा सम्बन्ध स्थापित हुने देखिन्छ।
यसरी नेपालको सम्बन्ध राजनीतिक तहबाट हेरिन थालिएको मात्रै हैन, मोदीको आफँै निर्णय गर्न सक्ने क्षमताका कारण पनि नेपालबारे ठूल्ठुला निर्णय लिन सक्ने आँट मोदी गर्न सक्छन्। त्यसैले एकतर्फीरूपमा नेपाललाई फाइदा हुने केही नमुना कार्यक्रम मोदीले अघि सारे भने त्यो आश्चर्यको विषय हुने छैन।
नेपालले पाउने सहयोग
भारतबाट नेपालले अहिले नै धेरै आशा गरिहाल्नु उचित हुँदैन। मोदीको अहिलेको प्राथमिकता नेपालसँगको सम्बन्धलाई सही लिकमा ल्याउनु हो। यसका लागि मोदीले केही सांकेतिक कार्यक्रमहरु दिन सक्छन् तर विज्ञहरुका अनुसार उनको प्राथमिकता नेपालको दूरगामी विकास हो र त्यस प्रकारको सम्बन्ध विकास गर्न केही समय लाग्न सक्छ। मोदीको अर्को पक्ष के हो भने उनको भारतीय बजारका ठूल्ठुला कर्पोरेट हाउससँग राम्रो सम्बन्ध छ र ती कर्पोरेट हाउसलाई उनी नेपालमा लगानी गर्न र तिनको लगानी सुरक्षा हुने वातावरण बनाउन जोड दिनेछन्। अहिले नै भने भारत नेपालको न्यूनतम अपेक्षा पूरा गर्नमात्र लागिपरेको छ र दीर्घकालीन योजनाबारे तयारी गरिरहेको भान हुन्छ।
यो जहाज पनि छुट्ने त हैन?
नेपालको जलस्रोत विकासमा भारतले पटकपटक प्रयास गर्दै आएको छ र पटकपटक असफल भएको छ। भारत यो अनिश्चयमा बाँधिइरहन चाहेको छैन। अब मोदी सरकार आएपछि एकपल्ट नेपालको जलस्रोतको विकास सहयोगमा अन्तिम प्रयास गर्ने भारतको चाहना छ र यस पटक पनि असफल भएको खण्डमा आगामी दिनमा भारतले नेपालको जलस्रोत विकासमा खासै चासो देखाउने छैन। भारत नेपाल र नेपालका नेताहरुले आर्थिक विकासलाई प्राथमिकता दिएको हेर्न चाहन्छ। नयाँ दिल्लीबाट हेर्दा नेपालभित्र भइरहेका राजनीतिक विवाद र खिचलो असान्दर्भिक छन्। यदि नेपालले नेपाल भारत सम्बन्धमा खुलेको नयाँ द्वारको सदुपयोग अहिले नै गर्न सकेन भने त्यो द्वार अर्को दश बाह्र वर्षसम्म बन्द हुनेछ। अर्थात् नेपाल–भारत सम्बन्धको यो जहाज छुट्यो भने अर्को जहाजका लागि नेपालले कम्तीमा एक दशक कुर्नुपर्नेछ।
नयाँ दिल्ली