दोस्रो संविधान सभाको निर्वाचन परिणामबाट नेपाली जनतामा धेरै आशा पलाएको थियो। त्यो आशा पलाउनुपछाडिको कारण थियो– उदार प्रजातन्त्रमा विश्वास राख्ने नेपाली कांग्रेस र एमाले संसदमा दुई तिहाई बहुमतले विजयी हुनु। जनताको विश्वास थियो– यो पटक संविधान बन्नेछ र मुलुकमा शान्ति र स्थिरता भई विकास पथमा अग्रसर हुनेछ तर निर्वाचनपछिको ८ महिनामा सरकार र दलहरुको सुस्त गति हेर्दा जनता क्रमशः निराश हुन थालेका छन्। जनता निराश हुनुमा खास कारण देखिन्छन्।जुन जुन विषयमा सहमति हुन नसकेर प्रथम संविधान सभा विघटन भएको थियो ती विषयमा दलहरुले गम्भीर छलफल गरेका छैनन्। हल्काफुल्कारूपमा भएका छलफलमा पनि दलहरुले पुरानै अडान दोहोर्यालएका छन्। पहिलो संविधान सभामा दलका शीर्षस्थ नेताहरुको उपस्थिति न्यून थियो। दोस्रो संविधान सभाको छलफलमा पनि त्यही अवस्था दोहोरिएको छ। सभासद्हरुको उपस्थिति पनि त्यत्तिकै निराशाजनक देखिन्छ। उपस्थित भइहाले पनि आफूले बोल्ने तर अरुका कुरा नसुुन्ने, आफूले बोलिसकेपछि बाहिर निस्कने, बैठक चलिरहेको बेला मोबाइलमा कुरा गर्ने, निदाउने, वक्ता सदस्यले बोलेको कुरा सभामुखको अनुमति नलिइ खण्डन गर्ने र "कुन नियमअन्तर्गत तपाईंको आपत्ति हो?" भन्ने सभामुखको प्रश्नको जवाफ नदिने। संसदीय पद्धतिका न्यूनतम मान्यता पनि अवलम्बन नगर्ने दृश्यहरु दोहोरिएको देख्दा पहिलो संविधान सभाका कमी/कमजोरीबाट दोस्रो संविधान सभाले कुनै पाठ सिकेको देखिँदैन। संविधान सभा स्वयंले बनाएको कार्यतालिकाअनुसार यही भाद्र महिनामा संविधानको प्रथम मस्यौदा लिएर जनतामा जाने योजना पूरा हुने छाँटकाँट छैन।
संविधान सभाको पहिलो ठूलो दल नेपाली कांग्रेसका सभापति तथा प्रधान मन्त्री सुशील कोइरालाको खराब स्वास्थ्य र दोस्रो ठूलो दल एमालेको महाधिवेशन र अध्यक्ष के.पी. ओलीको पनि खराब स्वास्थ्यले संविधान सभाको काम कारबाईमा नकारात्मक असर पुर्या एको छ तर योभन्दा गम्भीर असर एमाओवादी अध्यक्ष प्रचण्डको द्वैध मनस्थितिले संविधान निर्माणमा सबभन्दा धेरै नकारात्मक भूमिका खेलेको छ। प्रचण्डले एकसाथ दुइवटा डुंगामा खुट्टा राखेका छन्। उनले एकल जातीय पहिचानसहितको संघीयता पक्षधर दलहरु र एक मधेस एक प्रदेश पक्षधरहरुसँग मोर्चाबन्दी गर्नुका साथै संविधान सभाको अस्तित्व नै स्वीकार नगर्ने मोहन वैद्यको माओवादी र अन्य उग्रवामपन्थी दलहरुसँग एकसाथ मोर्चाबन्दी गरेका छन्। वैद्यहरुको प्रस्ताव छ, संविधान सभा विघटन गरेर राजनीतिक दलहरुको सम्मेलनले संविधान जारी गर्नुपर्ने। प्रचण्ड यी दुवै पक्षसँग सहकार्यमा छन्। यसको सिधा अर्थ हो, उनी संविधान सभाबाट संविधान जारी गर्ने पक्षमा छैनन्।
एमाओवादी अध्यक्ष प्रचण्डलाई नजिकबाट हेरिरहेकाहरुको ठम्याइ छ– उनी अहिले डराएका छन्। उनले सार्वजनिक कार्यक्रममा आफूलाई भौतिकरूपमा समाप्त गर्ने कोसिस भइरहेछ भन्ने गरेका छन्। यद्यपि त्यस्तो कोसिस बाह्य वा आन्तरिक कताबाट भइरहेछ भन्ने खुलासाचाहिँ गरेका छैनन्। यस्तो डरका पछाडिको अर्को अहं कारण हो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा माओवादी शिविरमा रहेका लडाकुहरुको नाममा राज्य कोषबाट गएको ७ अर्ब रुपियाँको हिनामिना। अख्तियार सूत्रहरुका अनुसार छानबिन अन्तिम अवस्थामा पुगेको छ। परिस्थिति अनुकूल देखिनासाथ प्रचण्डविरुद्ध भ्रष्टाचारको मुद्दा दायर हुन सक्छ। उनका लागि यो सबभन्दा ठूलो गलपासो हुन सक्छ। एमाओवादीका सभा/अधिवेशनमा शिविरमा भएको भ्रष्टाचारको छानवीन हुनुपर्नेबारे पटकपटक प्रश्न उठ्ने गरेको छ र त्यसलाई छानवीन आयोग बनाउँदै पन्छयाउने काममात्र भएको छ। हिनामिना गर्नेहरुलाई पार्टीको तर्फबाट कारबाईसम्म भएको छैन र त्यस्तो कारबाई भएमा उनी स्वयं त्यसबाट उम्कन सक्ने अवस्था छैन।
संविधान सभाबाट संविधान जारी गर्ने कुरामा प्रचण्ड गम्भीर नहुनुको अर्को अहं मनोविज्ञान हो– गत संविधान सभाको निर्वाचनमा एमाओवादीको नराम्रोसँग पराजय। पहिलो संविधान सभामा पहिलो पार्टी बनेको एमाओवादीलाई दोस्रो संविधान सभाको परिणामले तेस्रो स्थानमा खुम्चन बाध्य पार्योफ। हालै सम्पन्न उपचुनावमा अरु लज्जास्पद पराजय भोग्न बाध्य एमाओवादी अध्यक्ष प्रचण्डद्वारा बारम्बार सार्वजनिक सभा समारोहमा भन्ने गरेको "संविधान सभामा सबभन्दा ठूलो दल हुनुको नाताले" उनको यस्तो गर्जना चुनावको परिणामले समाप्त पारिदिएको छ। संविधान सभाले संविधान जारी गर्ने तर कांग्रेसले त्यसको श्रेय पाउने हो भने त्यो संविधानलाई स्वीकार गर्नुपर्ने बाध्यता सिर्जना नहुञ्जेल प्रचण्ड संविधान जारी गर्ने मनस्थितिमा छैनन् भन्ने कुराको ज्वलन्त परिणाम हो संविधान सभाको अस्तित्वलाई नै स्वीकार नगर्ने वैद्यहरुसँगको उनको सहकार्य।
संविधान जारी भएपछि कार्यकारी राष्ट्रपति बन्ने उनको सपना पनि अब पूरा हुने छाँट देखिँदैन। संविधान सभामा दुई तिहाई बहुमतमा रहेका कांग्रेस र एमाले कार्यकारी राष्ट्रपतिको पक्षमा छैनन्। अधिकांश अन्य साना दल पनि कार्यकारी राष्ट्रपति होइन कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीय पद्धतिको पक्षमा छन्। त्यसैगरी एकल जातीय पहिचानसहितको संघीयता पनि संविधान सभाभित्रको परिदृश्य हेर्दा अब असम्भव देखिन्छ। यसरी हरेक मोर्चामा आफूले पराजय भोग्नुपर्ने हो भने प्रचण्ड संविधान जारी गर्ने पक्षमा हुने छैनन्। उनलाई संविधान जारी गर्न राजी तुल्याउन कांग्रेस र एमालेले ठूलो राजनीतिक कुशलता देखाउनुपर्ने हुन्छ। जबसम्म बाध्य हुँदैनन् प्रचण्ड संविधान जारी गर्ने पक्षमा हुने छैनन्। कतिपय मधेसवादी दलले भनेजस्तै संविधान जारी भए पनि त्यो च्यातिनेछ। प्रचण्डले त्यस्तो आत्मघाती खेल खेल्न सक्छन्। वैद्यसँगको प्रचण्डको मोर्चाबन्दीको निहितार्थ हो– आगामी माघ ८ गते संविधान जारी हुन नदिनु। त्यसपछि जनतामा उत्पन्न हुने निराशामा आफ्नो राजनीति उदयको आशा उनले गरेका हुन सक्छन्। एमाओवादीको राजनीतिक दर्शन नै हो– ध्वंसपछि निर्माण।
संविधान जारी नगर्नमा प्रचण्डमा उत्पन्न भएको अर्को शंका हो– १२ बुँदे सहमतिदेखि बहुदलवादीहरुसँग सहकार्य गर्दै आएका प्रचण्ड १२ बँुदे सहमतिसँग असहमत रहेका र संविधान सभाको निर्वाचनसमेत बहिष्कार गर्न पुगेका वैद्यसँग एकाएक मोर्चा बनाउन सहमत हुनु। शान्ति प्रक्रियालाई टुंग्याउन एमाओवादीसमेतको सहयोगमामा संसदले पारित गरी राष्ट्रपतिद्वारा प्रमाणित सत्य निरुपण तथा मेलमिलाप र छानवीन आयोग ऐनमा व्यवस्था गरिएका कतिपय दफाप्रति विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ/संस्था र संयुक्त राष्ट्र संघको मानव अधिकार अयोगद्वारा गम्भीर आपत्ति व्यक्त भएको छ। यीसमेत स्वयं पीडितहरुद्वारा सर्वोच्च अदालतमा दायर मुद्दा प्रचण्डको वैद्यसँग सहकार्य गर्नुको आन्तरिक रसायन हुन सक्छ।
२०६० साल असोज २१ गते जनकपुर कटैया चौकीबाट अपहरण गरी हत्या गरिएका संजीवकुमार कर्ण, दुर्गेश लाभ, जीतेन्द्र झा, शैलेन्द्र यादव र प्रमोद मण्डलको डिएनए परीक्षणबाट प्राप्त अवशेष उनीहरुको प्रमाणित भएकाले उक्त अवशेष परिवारजनलाई बुझाएर दाह संस्कार गरियो। उक्त दाह संस्कारमा एमाओवादीका कृष्णबहादुर महरा, माओवादीका देव गुरुङको सहभागिताले पनि द्वन्द्वकालमा बेपत्ता पारिएका र हत्या गरिएका नागरिकको हिंसात्मक घटनाको नयाँ आयाम उजागर गरेको छ। योसँग जोडिएको बहुचर्चित बाँदरमुढे बम काण्ड जसमा ३९ जना निरपराध नागरिकको हत्या भएको थियो, शिक्षक तथा मानव अधिकारवादी मुक्तिनाथ अधिकारीलगायतका नागरिकको पाशविक हत्या भएको थियो, यीलगायत् १७ हजार बेपत्ता र हत्याको रहस्योद्घाटनको सत्यतथ्य उजागर भएपछि उत्पन्न हुने परिस्थिति पनि अहिल्यै अनुमान गर्न सकिन्न। वर्तमान नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्डले त्यसपछिको स्थितिसमेत पूर्वानुमान गरेर नै वैद्यसँग सहकार्यको हात बढाएको हुन सक्छ। बेपत्ता पारिएका अन्य नागरिकको मुद्दाले के रूप लिन्छ, त्यसले पनि आगामी माघ ८ गते संविधान जारी गर्ने विषयलाई प्रभावित पार्नेछ।
छिमेकी मित्रराष्ट्र भारतमा भारतीय जनता पार्टीको सरकार स्पष्ट बहुमतका साथ सत्तामा आएको छ। सत्तामा आउनुभन्दा पहिले भाजपाले तत्कालीन युपिए सरकारको नेपाल नीति असफल रहेको भन्दै पटकपटक सार्वजनिकरूपमा नै आलोचना गरेको थियो। पशुपतिदेखि तिरुपतिसम्म माओवादी खतरा बढेको मान्यता राख्ने नेता नरेन्द्र मोदी प्रधान मन्त्री र तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंह अहिले गृह मन्त्री छन् र कम्युनिष्टहरुको प्रखर आलोचक सुषमा स्वराज परराष्ट्र मन्त्री छिन्। प्रतिपक्षमा छँदाको दृष्टिकोण सत्तामा आएपछि नरहन सक्छ। मोदीले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएका छन्। उनको भ्रमणबाट नेपाल–भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास दुवै देशको राजनीतिक वृत्तमा गरिएको छ। निर्वाचनमा भोग्नुपरेको लज्जास्पद पराजय, एमाओवादीका उपाध्यक्ष डा. बाबुरामसँगको सैद्धान्तिक विमति, लथालिंग बनेको संगठन र छिमेकमा आएको परिवर्तनलाई मध्यनजर राखेर लोकतान्त्रिक संविधान बनाउनमा प्रचण्ड क्रियाशील भएमा उपयुक्त अशुभ संकेतहरु पनि शुभ फल प्राप्तिमा सहयोगी हुन सक्छ। अन्यथा, एमाओवादीको पतन त हुन्छ नै, देशले पनि अकल्पनीय कष्ट भोग्नुपर्नेछ।