नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमालेकाबीच भएको ७ बुँदे सहमति पालन गराउने प्रतिबद्धता जाहेर गरेका छन्। उनको यस प्रतिबद्धतामा पद प्राप्तिको राजनीतिमा रुमलिएको मुलुकमा ७ बुँदे सहमतिका आधारमा ओलीले पनि एउटा पद पाउनेे इच्छा गरेको देखिन्छ।संविधान बनाउनुभन्दा कार्यकारी पद हत्याउने काम सजिलो भएकाले ओली पछिल्लो लक्ष्यमा केन्द्रित रहेको हुनुपर्छ। सात बुँदे सहमति मुख्य त पद विभाजनमा केन्द्रित देखिन्छ। त्यसअनुसार एक वर्षभित्र संविधान लेख्ने र मूल कानुन लेखिसकेपछि प्रधानमन्त्री, सभामुखलगायतका मुख्य पदको भागबन्डा गर्न पुनः निर्वाचन गर्ने तथा बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई संसद्ले तात्कालै अनुमोदन गर्नुपर्ने लगायतका कुरा लेखिएकाछन्। तर, एक वर्षमा पनि संविधान लेखिएन भने पद विभाजन सम्बन्धमा के हुने भन्ने बिषयमा सहमति बोलेको छैन। संविधान सभाले राष्ट्रपतिलाई अनुमोदन गर्ने व्यवस्था प्रचलित कानुनमा नभएकाले ७ बुँदे सहमति अवैधानिक भने देखिन्छ।
राजनीति सरल रेखामा हिँडदैन। सबैले परिस्थिति तथा लिखतको आफ्नो अनुकूल व्याख्या गर्नु अस्वाभाविक होइन। एक वर्षभित्र संविधान जारी हुन नसक्ने वर्तमान अवस्थामा मूल विधान लेखेपछि मात्र प्रधानमन्त्री परिवर्तन हुने सहमतिका सम्बन्धमा मूल कानुन नलेखिनुको अपजस सुशीललाई बोकाएर कार्यकारी पद हत्याउने नेता ओलीको आकांक्षा देखियो। तर, एमालेलाई नेतृत्व हस्तान्तरण गर्ने लिखत भने संविधानै नबनेपछि कसरी प्रभावकारी होला र? साथै, संविधान नलेखी सुशील कोइरालाले प्रधानमन्त्रीको पद त्याग गर्दा संविधान सभाको ऊर्जा सरकार गठनमा खर्च हुने भएकाले कानुन लेखन थप अन्योलग्रस्त हुन्छ। लक्ष्य भेदन नगरी कोइरालाले पदत्याग गर्नु र गर्न लगाउनु दुवै कार्यले संविधान लेखनमा नकारात्मक असर पार्छ। तर विगत हेर्दा आफ्नै दलको प्रधानमन्त्रीलाई पद त्याग्न बाध्य बनाई पार्टी अध्यक्षले कार्यकारी हत्याउने परिपाटी बसेको एमालेले सुशील कोइरालालाई प्रधानमन्त्रीको पदमा धेरै दिन सहला भनेर पत्याउने आधार भने देखिँदैन।
विगतमा पुष्पकमल दाहाल 'प्रचण्ड' र गिरिजाप्रसाद कोइराला तथा मधेसवादीबीच भएको सहमतिका आधारमा पटक पटक संविधान संशोधन हुनुले धेरैको मनमा नेताहरूका संझौता संविधानभन्दा माथि भएको भान पर्यो। त्यसैको धङधङगीले पनि ओलीले ७ बुँदे संझौताअनुसार राष्ट्रपति रामवरण यादवलाई संसद्ले अनुमोदन गर्नुपर्छ अन्यथा राष्ट्राध्यक्षको अर्को निर्वाचन हुन्छ भनेका होलान्। राष्ट्रपतिको अर्को चुनाव गर्न सके एनेकपा (माओवादी)सँग संझौता गरेर कुनै न कुनै पद आफूले हत्याउने आकांक्षा होला एमाले नेताको।
नेपालको अन्तरिम संविधान, २०६३को धारा ३६( ग) ले राष्ट्रपतिको पदावधि संविधान सभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुने भनेको छ। यस अवस्थामा अघिल्लो संविधान सभाले निर्वाचन गरेको राष्ट्रपति दोस्रो संविधान सभाको चुनाव पछि फेरिनु पर्छ भनी कानुनी प्रश्न उठ्नु अस्वाभाविक थिएन। अहिलेको कानुनी प्रावधानअनुसार दलीय सहमतिका आधारमा संविधान त बन्छ तर संविधान बनी सकेपछि उक्त लिखत सार्वजनिक सम्पत्ति बन्छ र त्यसको व्याख्याता सर्वोच्च अदालतमात्र हुन्छ। सर्वोच्च अदालतले संविधान सभाको प्रत्येक निर्वाचन पछि राष्ट्रपतिको निर्वाचन गर्नुनपर्ने तथा उनको पदावधि अर्को संविधान जारी नहुँदासम्म कायम रहने गरी न्यायिक निरोपण गरिसकेको अवस्थामा ओलीले किचलो झिक्नुले कानुनी ज्ञान नभए कानुनी राजप्रतिको सम्मानको अभाव देखिन्छ। राष्ट्रपतिले विश्वासको मत लिनु पर्ने कल्पना संविधानले नगरेकाले रामवरण यादवलाई राष्ट्रपतिका रूपमा संविधान सभाले अनुुमोदन गर्ने प्रस्ताव सभामुखले छलफलमा लानै मिल्दैन। तर, कानुनअनुसार राष्ट्राध्यक्ष फेर्न भने संसद स्वतन्त्र र समक्ष छ।
राष्ट्रपतिको अर्को निर्वाचन हुन संविधानको धारा ३६ (ङ) मुताबिक राष्ट्राध्यक्षको पद रिक्त हुनुपर्छ। मृत्यु भएको वा स्वयंले राजीनामा दिएको अवस्थाबाहेक राष्ट्रपतिको पद रिक्त हुन उनले संविधानको गम्भीर उल्लंघन गरेको आरोपमा तत्काल कायम रहेका दुई तिहाइ सांसदले राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव पारित गर्नुपर्छ। अर्थातर््, दुई तिहाइ सांसदको हस्ताक्षरले मात्र पनि राष्ट्रपति हटाउन सकिन्न। राष्ट्राध्यक्षले संविधानको गम्भीर उलंघन गरेको प्रमाणित हुनुपर्ने अनिवार्य सर्त हो पदमुक्तिको। संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत भएकाले राष्ट्रपतिले संविधानको गम्भीर उल्लंघन गरेको उच्च न्यायालयको ठहरबेगर संविधान सभाले राष्ट्रपति हटाउन नसक्ने यथार्थ स्मरणीय छ। राष्ट्रपति यादवले संविधानको गम्भीर उलंघन गरेको नदेखिएको अवस्थामा राष्ट्राध्यक्ष फेर्न दुई तिहाइ सभासद्को बहुमतमात्रै पनि पर्याप्त छैन। त्यसरी हटाउन पहिले संविधान संशोधन आवश्यक हुन्छ।
संविधान सभामा एक तिहाई हिस्सो नेपाली कांग्रेसले ओगटेको अवस्थामा संसद्मा प्रतिनिधित्व गर्ने अन्य सबै दल एक जुट हुँदासमेत संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ सभासद समर्थन पुग्दैन। कांग्रेसले नचाहँदा अन्तरिम संविधानको कुनै पनि धारा परिवर्तन हुँदैन। राष्ट्रपतिको पदावधि तोक्ने धारा पनि यसको अपवाद बन्न सत्तै्कन। तसर्थ, कांग्रेसले नचाहँदा संवैधानिकरूपमा पनि राष्ट्रपति परिवर्तन असम्भव हुन्छ।
टुट र फुटको सहारामा राजनीति चलाउने नेताहरूमा कांग्रेसलाई फुटाएरै भए पनि संविधान संशोधन गरी राष्ट्रपति फेर्ने इच्छा पनि जागेको हुन सक्ला। तर अवस्था त्यति सहज देखिन्न। मधेसका जनताले यसै पनि उपेक्षित महसुस गरेका अवस्थामा देशको सर्वोच्च पद राष्ट्रपति तथा उपराष्ट्रपतिको कुर्सीमा तराईका नेता बस्न पुगेका छन्। गत संविधान सभामा मधेसवादी दलको दयनीय प्रस्तुति तथा राष्ट्रको उच्चतम पद तराईवासीले नै ओगटेको अवस्थामा लाख प्रयासका अतिरिक्त पहाडीविरुद्ध जनता भड्काएर चुनाव जित्न नसक्ने अवस्थामा पुगेका थिए तराई मधेसका दलहरू। पहाडीमधेसीको फाटो पुरिनेतर्फ लागेको अवस्थामा उच्च पदमा पुगेको मधेसीलाई अस्वाभाविकरूपमा हटाउने कुटिल चाल चल्ने हो भने मुलुकको राजनीति असहज मोडमा पुग्नसक्छ। यस यथार्थलाई नेपालका सबै पार्टीले र त्यसमा पनि मुख्य त एमालेले बु‰न जरुरी देखिन्छ।
अहिलेको एक सूत्रीय राष्ट्रिय एजेन्डा संविधान लेखन नै हुनुपर्ने हो। राष्ट्रपतिको संसदीय अनुमोदनजस्ता अनावश्यक र अवैधानिक तथा प्रधानमन्त्री परिवर्तनजस्तो अपरिपक्व र अराजनीतिक खेलले क्षणिकरूपमा कसैलाई तुष्टि होला अनि कुनै व्यक्ति जीवनको उत्तरार्धमा देशको उच्च पदमा त पुग्न सक्ला तर मुलुकमा संविधान लेखिने संभावना क्षीण हन्छ। सबै नेपाली र त्यसमा पनि मुख्यतः सांसदहरूले यो सत्य आत्मसात् गर्नु जरुरी देखिन्छ।