प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको मैत्रीपूर्ण भ्रमणमा आउने निश्चित भएपछि नै देशको राजनीतिक वृत्तमा विशेष उत्सुकता र हलचलसहितको तरंग पैदा भएको थियो। संविधान निर्माणमा जुटेको नेपालको राजनीतिक नेतृत्व तहले समेत १७ वर्षपछि भएको निकटतम छिमेकी राष्ट्रका सरकार प्रमुखको भ्रमणलाई विशेष महत्व दिएको देखिएको छ।सात सालको ऐतिहासिक राजनीतिक परिवर्तनपछि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु विसं २००८ साल असार २ गते नेपाल आएका थिए। त्यसको नौ वर्षपश्चात् नेपालमा पहिलो संसदीय निर्वाचनपछि नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले प्रधानमन्त्री नेहरुलाई २०१६ जेठ २ गते स्वागत गरेको थियो। सात साल र पन्ध्र सालको जस्तै ऐतिहासिक महत्वको २०६२/ ६३ को परिवर्तनपछि भएको यस भ्रमणले सकारात्मक सन्देश प्रवाह गरेको छ। यसअघि सन् १९९७ मा भारतका तत्कालीन प्रधानमन्त्री आईके गुजराल र ११ औं सार्क शिखरमा भाग लिने क्रममा अर्का तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयीको नेपाल भ्रमणले पनि मित्रताको विशेष छाप छाडेको थियो। यस प्रसंगमा प्रधानमन्त्री गुजरालको छिमेकी देशहरूसँगको सम्बन्धमा लाभहानि हेर्नु हुँदैन भन्ने 'गुजराल डक्ट्रिन’को स्मरण हुन्छ। प्रधानमन्त्री मोदीको भ्रमणलाई यही पृष्ठभूमिमा हेर्नु उपयुक्त हुनेछ।
प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा नयाँ दिल्ली पुगेका बेला आफूले दिएको निम्तो यति छिटै चरितार्थ भएकोमा प्रधानमन्त्री कोइराला पक्कै पनि सन्तुष्ट भएका होलान्। यो भ्रमणबाट प्रधानमन्त्री कोइरालाको कूटनीतिक सफलताका साथै प्रधानमन्त्री मोदीले दिएका प्राथमिकता पनि स्पष्ट भएको छ।
विश्वको भूराजनीतिक स्थितिमा भारत र चीनका बीचमा नेपालको अवस्थिति विशिष्ट प्रकृतिको छ। यी दुवै देश विशाल महाशक्ति राष्ट्र त हुन् नै प्राचीन पूर्वीय सभ्यताका दुई अलग केन्द्र पनि हुन्। नेपालले यी दुवै सभ्यताका बीचमा सेतुको भूमिकामा आफ्नो विशेष पहिचानसहित स्वतन्त्र अस्तित्व कायम गर्दैआएको छ। नेपालको यी दुवै छिमेकीसँगको सम्बन्धको इतिहास पनि निकै पुरानो छ। छैटौं शताब्दीदेखि त छिमेकीहरूसँगको ऐतिहासिक सम्बन्ध व्यवस्थितरूपमै रहेको पाइन्छ।
यी दुई सभ्यताबीचको सेतुको भूमिकाले नेपाललाई हिमाल वारपार व्यापार (ट्रान्स हिमालयन ट्रेड) को केन्द्र बनाएको थियो। साथै, त्यसबाट नेपालले हिमाल पारी बौद्ध धर्मको विस्तारमा पनि महत्वपूर्ण योगदान गर्न सक्यो। हिमाल वारपारको संस्कृति, धर्म र ज्ञानको आदानप्रदानले दुवै छिमेकीसँगको सम्बन्ध पनि थप निकट बनाएको थियो। लगभग यही अवस्था अहिलेसम्म कायमै छ। यस्तो यथार्थ हुँदाहुँदै पनि नेपालको सीमा तीनतिर भारतसँग जोडिएको छ र भौगोलिक बनोट र आवागमनको सुगमताका दृष्टिबाट पनि भारतसँगै आबद्ध छ। फलस्वरूप, नेपालको बाहिरी विश्वसँगको सम्पर्कको मार्ग भारत हुने गरेको छ भने संसारले पनि कतिपय अवस्थामा नेपाललाई भारतीय दृष्टिबाट हेर्ने र त्यहीअनुरूप धारणा बनाउने गरेको पाइन्छ।
सन् १९६० मा भारत—चीन मैत्री सम्बन्ध चिसिन सुरु भइसकेको थियो। तैपनि नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको चीन भ्रमणका अवसरमा अध्यक्ष माओ त्से तुङका 'नेपालको विकासमा चीनले खुलेर सहयोग गर्ने भए पनि आर्थिक सहयोग भारतको भन्दा बढी हुन नहुने’ र नेपालले …भारतसँगको सम्बन्ध राम्रो राख्नुपर्ने’ जस्ता सल्लाह अहिले पनि उत्तिकै स्मरणीय र सान्दर्भिक छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नेपाली समकक्षी सुशील कोइरालाले नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर पुरुषहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सानिध्य र प्रशिक्षण पाएका छन्। अहिले प्रधानमन्त्री कोइरालालाई विशेषगरी २०१७ सालपछि भारत प्रवासका कालमामा बनारसका अँध्यारा गल्लीमा नेपालको उज्यालो भविष्यको सपना देखेर बिताएका कष्टकर क्षणहरूको सम्झना हुनसक्छ। बनारसबाट लोकसभामा निर्वाचित प्रधानमन्त्री मोदी र त्यहीँ जीवनको अमूल्य कालखण्ड बिताएका प्रधानमन्त्री कोइरालाबीच एक प्रकारको भावनात्मक निकटता पनि हुनुपर्छ। यिनै पृष्ठभूमिले नेपाल—भारत सम्बन्धको गहिराइ र उचाइको अनुभूतिले कोइरालालाई भावुक बनाएमा आश्चर्य हुनेछैन।
प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका क्रममा नेपाल आएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजले 'नेपाल भारतको उच्च प्राथमिकतामा रहेको’ अभिव्यक्ति दिएकाले नै पनि सम्बन्धमा नयाँ आयाम थपिने सन्देश प्रवाह भएको थियो। विदेश मन्त्री स्वराजले प्रधानमन्त्री कोइराला र आफ्ना समकक्षी नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्ता गर्नुभएको थियो। त्यसक्रममा प्रधानमन्त्री कोइरालाले मोदी सरकारले नेपालप्रति 'उदार र नरम’ नीति लिएको भन्दै सराहना गरेका थिए। मन्त्रीस्तरीय बैठकले 'नेपाल—भारत सन्धिसम्झौता पुनरावलोकन गरी नयाँ ढाँचामा द्विपक्षीय सम्बन्ध अगाडि बढाउन दुवै पक्ष सहमत हुनुले पनि नेपाल—भारत सम्बन्धले नयाँ उचाइ र गति लिन लागेको सन्देश दिएको छ।
प्रधानमन्त्री मोदीको भ्रमण नेपालको मात्र हैन दुवै देशको हितका दृष्टिले पनि महत्वपूर्ण रहने अनुमान सहजै गर्न सकिन्छ। नेपालका लागि भने यो भ्रमण विशेष महत्वको अवसर पनि हो। परिवर्तित परिस्थितिका कारण अहिले नेपालले भारतको सहयोग र सद्भाव आर्जन गर्न सके आर्थिक र राजनीतिक दुवै दृष्टिमा फड्को मार्न सक्छ। यसका लागि सबै राजनीतिक दलहरूले सुझबुझ एवं समझदारीसाथ राष्ट्रिय ऐक्यबद्धता कायम गरी निकछतम छिमेकी मित्रराष्ट्रका अति विशिष्ट अतिथिको भ्रमण सार्थक र सफल बनाउन जुट्नुपर्छ।
संविधान सभा सदस्य