अतिथिको आगमन
१७ साउन २०७१
•
१२ मिनेट पाठ
अतिथिको आगमन
सानो छँदा घरमा पाहुना सधै आइरहुन् जस्तो लाग्थ्यो। बुवाले बिहानै माछा, मासु, तरकारी ल्याउने, आमा र दिदीहरू घर सफा पार्ने अनि भान्सामा मीठोमीठो खानेकुरा पाक्ने। पाकेको खानेकुराको बास्ना आएपछि आफैँ तानिएर भान्सामा पुग्दा आमाले चाख्छस् भन्दै सानो रिकापीमा यस्सो एकदुई टुक्रा दिँदा दंग परिने।आउने पाहुनामध्ये कसैले केही पापा दियो भने फलानो अंकल त कस्तो राम्रोजस्तो लाग्ने। कसैले त कहिले काहीँ पैसा पनि दिन्थे। पैसा दिँदा त झनै रमाइलो लाग्थ्यो र त्यो पाहुना अर्कोपल्ट कहिले आउला जस्तो हुन्थ्यो। पाहुना आउँदा बालाई खर्च धान्न र आमालाई भान्साको जोरजाम गर्न कति गाह््रो हुन्थ्यो भन्ने न त ज्ञान हुन्थ्यो न मतलबै।
कतिपय अवस्थामा केही रुपैयाँ पापा किन्न पैसा दिने मान्छेले बस भाडा छैन, बिरामी खर्च छैन भनेर बुवा सँग लिएर गएको ठूलो ऋण बच्चालाई थाहै नहुने। कहिले काहीँ त आएको पाहुन लामो समय बसेर घर झगडाको कारक बनिसक्तोरहेछ, तर बच्चाहरूलाई त्यसको पनि मतलब हुने कुरै भएन। कति आफ्नो नजिकको नाता त पाहुना बनेर आउने र बुवा, आमाले आधा पेट काटेर बनाएको घरमा अंश खोज्ने हुँदा रहेछन्, जुन कुरा कहिले काहीँ ठूलो भगडाको रूप लिएपछि बुझिने र कहिले धेरैपपछ आमाबुबाले अर्कोसँग गुनासो गर्दा थाहा हुने गर्थ्याे। 
अहिले धेरै नेपालीलाई भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा बाल सुलभ रमाइलोजस्तो भएको देखिएको छ। सबैतिर चहल पहल छ। सडक सफा पारिएका छन् र सिंगारिएका छन्। पशुपति र सिंहदरबार विशेष उत्साहका साथ दक्षिणका ठूला छिमेकीको स्वागतको प्रतीक्षामा छन्। फेसबुक र टि्वटरमा मोदी सधै आइदिए कस्तो हुन्थ्यो भन्ने टिप्पणी भइरहेको छ। कतिपयलाई त मोदीलाई अलि लामो समय यहाँ राख्नुपाए हुन्थ्यो कि भन्ने पनि लागेको छ। किनभने उनी आउने विषयमा कतै विवाद छैन, कसैले आउनु हुन्न पनि भनेको छैन र राजनीतिक दलहरू पनि एक आपसमा मत मिलाएर अघि बढेकाजस्तो देखिएको छ। काठमाडौंको भारतप्रतिको यति ठूलो लगाव यस अघि सायद देखिएको थिएन। अहिले भारत विरोधी आवाज कमजोर सुनिएका छन् भने भारत समर्थकको आवाज ठूलो स्वरमा घन्किरहेको छ। 
पाहुना आउँदा यस प्रकारको उत्साह र खुसी देखिनु अतिथिकै लागि पनि हर्ष र गर्वको विषय हो। यसअघि नेपालसँग खासै राजनीतिक सम्बन्ध नबनाएका गुजरातका पूर्व मुख्यमन्त्री नरेन्द्र मोदीले देशको प्रधानमन्त्री हुनासाथ छिमेकी मुलुकप्रति भारतको अपूर्व अनुराग देखाएका छन्। उनले देखाएको स्नेहले छिमेकी राष्ट्र पनि पुलकित भएका छन्। आफ्नो शपथ ग्रहण समारोहमा सार्क देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा गरेर उनले भारतको बदलिँदो अन्तर्राष्ट्रिय दृष्टिकोणको झलक दिइसकेका हुन्। शपथ ग्रहणको दुई महिनाभित्रै भुटानको भ्रमण सकेर नेपाल आउनुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकीलाई महत्व दिने घोषणाको पुष्टि भएको छ। 
नेपाल भ्रमणका क्रममा हाम्रा छिमेकी देशका अतिथिले के दिएर जालान् भन्नेमा जोड दिएर एउटा समूहले राखेको अपेक्षा भने बिल्कुल गलत हो। मोदीको भ्रमणले नेपालले कुनै उपहार वा सहयोगको अपेक्षा गर्नु आवश्यक छैन। हाम्रो छिमेकीले अहिले जति सहयोगको प्रवाह गर्दै आएको छ त्यसलाई बिस्तारै कम गरेर नेपालसँग बढीभन्दा बढी व्यापारिक सम्बन्ध बढायो भनेमात्र नेपालको आत्मविश्वास र आत्मसम्मान बढ्नेछ। आधाभन्दा बढी नेपालीलाई गलगाँड हुने अवस्थाबाट भारतको सहयोगले यो रोग करिब निमिट्यान्न भएको सत्य हो। तर 'गलगाँड त हामीले निको पार्नुपर्ने देशलाई कसरी समानरूपमा हेर्न सकिन्छ? ' भन्ने भारतकै एक समूहको धारणा चिर्न पनि यस्ता काम नेपालले बिस्तारै आफैँ गर्ने बानी बसाल्नुपर्छ। यसबाट भारतलाई पनि आर्थिक बोझ केही हल्का हुनेछ। नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा के लिएर आयो र भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा के दिएर जान्छन् भन्ने भिखारी मानसिकताबाट उन्मुक्ति नपाउन्जेल नेपालले एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र बनेर बाँच्ने क्षमता अभिवृद्धि गर्नसक्ने छैन। 
प्रधानमन्त्री मोदी केही सानो पापा बच्चाहरुलाई दिएर भारतका लागि ठूलो पोको बोकेर जान आएका होइनन् भन्ने विश्वास हुनुपर्छ नेपालीमा। नेपालमा एक ठूलो समूह त्यस्तो छ जो सधैँ भारतले हामीलाई झुक्याउँछ र ठग्छ भन्ने ठानेर बस्छ र जनतामा त्यस्तै धारणा फैलाएर दक्षिणी छिमेकी विरोधी उक्साउँछ। त्यस्तै उनले नेपालका लागि सित्तैमा केही ठूलो उपहार दिन्छन् भन्ने अपेक्षा गर्नुपनि जायज छैन। गुजरातका मुख्यमन्त्री भएदेखि मोदीका भनाइ स्पष्ट छन्। उनी दुई देशका बीचमा व्यापारिक सम्बन्ध मजबुत बनाउन चाहन्छन्, चाहे नेपालसँग होस् वा चीनसँग। व्यापारका आधारमा बनेको सम्बन्ध नै दिगो हुन्छ र जनस्तरमा बलियो हुन्छ। मोदीले अरुण जल विद्युत आयोजना भारतले बनाइदिन्छ भनेर उपहार दिनुभन्दा नेपाललाई मान्य हुने सर्तमा र दुवै देशलाई बेफाइदा नहुनेगरी नेपालमा उत्पादित बिजुली भारतले तत्कालीन बजार मूल्यमा किनिदिने व्यापारिक संझौता गरेर गए भने नेपालका लागि बढी लाभदायक हुने देखिन्छ। 
विगतका धेरै वर्ष नेपालमा द्वन्द्व र राजनीतिक संघर्ष भएका कारण कुनै ठूला अतिथि नेपाल नआएको कारण भारतीय प्रधानमन्त्रीको यो भ्रमण निश्चितरूपमा एक महत्व राख्छ। तर त्यतिले यो भ्रमणको महत्व सकिँदैन। मोदीको यस भ्रमणबाट नेपालले आर्जन गर्नसक्ने सबैभन्दा महत्वपूर्ण पाटो दुई देशबीच राजनीतिक सम्बन्धको पुनःस्थापना हो। विसं २०४५ सालमा राजीव गान्धीको सरकारले लगाएको नाकाबन्दीपश्चात नेपाल र भारत बीचको राजनीतिक स्तरको सम्बन्धमा खासै सुधार आउनसकेको छैन। विसं २०५२ सालपछि भारतमा बसेर माओवादीलाई सशस्त्र संघर्ष चलाउन दिएपश्चात काठमाडौं अघोषितरूपमा दिल्लीसँग रुष्ट भएको हो। विसं २०५६ साल पौष ९ गते काठमाडौंबाट उडेको आईसी ८१४ जहाजको अपहरणपश्चात भारतीय राजनीतिक नेतृत्व नेपालसँग सशंकित बन्दैगयो। त्यसपश्चात जति पनि राजनीतिक भ्रमण भए तिनले सम्बन्धलाई थप बिग्रन त दिएनन् तर चिसो सम्बन्धमा न्यानोपना र मधुरता ल्याउन सकेनन्। मोदीको भ्रमणले विगतको चिसोलाई पन्छाउँदैे सम्बन्धमा न्यानोपना र मिठास ल्याउने आशा गर्न सकिन्छ। राजनीतिकरूपमा सम्बन्ध सुधि्रयो भने बल्ल नेपालसँगको सम्बन्धको लगाम भारतको कर्मचारीतन्त्रको हातबाट राजनीतिक नेतृत्वमा सर्नेछ। 
सम्बन्धमा न्यानोपना ल्याउन कारक व्यवहार र व्यापारमा दुवै देशको समान हित हुने सम्झौता हुन्। सम्बन्ध मीठा बनाउन अझै थप केही गर्नुपर्छ। नेपालीले भारतप्रति हेर्ने दृष्टिकोणमा सबैको मन छुने विषय भगवान बुद्धको जन्मस्थल नै हो। भारतका कतिपय पाठ्य पुस्तकमा र कैयौं अवस्थामा विभिन्न स्तरका कलाकार, कर्मचारी र नेताले बोल्ने क्रममा समेत भारतलाई बुद्धको जन्मभूमि भनेकोमा नेपालीको ठूलो आपत्ति हुन्छ, हुँदैआएको छ। यस भ्रमणका क्रममा धर्मभीरु मानिने प्रधानमन्त्री नरेन्द्र मोदीले सत्यको उजगार गरिदिए नेपालीको एउटा ठूलो गुनासो सधैँका लागि समाप्त हुनेथियो। यस पटक मोदीको भ्रमणमा जानकी मन्दिर र लुम्बिनी भ्रमण दुवै समावेश नहुने बताइएको छ। जानकी मन्दिरको भ्रमणको एउटा छुट्टै विशेषता हुँदाहुँदै पनि लुम्बिनी भ्रमण हुन सके नेपाल र भारत बीचको सम्बन्धको मिठास दुवैतिरको सिमाना क्षेत्रमा पाइने जेरी वा जलेबीजस्तो हुनेछ। कथंकदाचित भ्रमण हुन नसके पनि संसद्मा सम्बोधनका क्रममा वा अन्य सम्बोधनमा भारतीय प्रधानमन्त्री मोदीले बुद्धको जन्मस्थलका रूपमा नेपाललाई सम्मानित गर्न सके सम्बन्ध थप न्यानो र मीठो दुवै हुनेथियो।


अर्को समाचार
वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छः मुख्यमन्त्री राई
११ असोज २०७९
•
२ मिनेट पाठ
वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छः मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन्।




मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भइ विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे।

मुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रमा पर्यटक आगमन वृद्धि गर्न यहाँका नागरिकको मौलिक संस्कृतिको प्रवर्द्धन एवं पूर्वाधार विकासमा लगानी गर्ने धारणा राखे। उनले पर्यटक गन्तव्यस्थलको विकास गर्न ठोस् योजना र डिपिआर तयार गर्ने कार्य सरकारले गरिरहेको जानकारी दिँदै पर्यटन प्रवर्द्धनमा घरबास, होटल तथा पर्यटन व्यवसायी तथा एजेन्सीलाई कामगर्दा आइपर्ने बाधा एवं अवरोध हटाउन आवश्यक ऐन कानुनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले यस क्षेत्रको पर्यटन विकासमा सहयोग गरिरहेका पर्यटन व्यवसायी, होटल, घरबास सेवा प्रवाह गर्ने संस्थाको दर्ता नवीकरण गर्ने कार्य अव अनलाइनमार्फत् सेवा प्रदान गरिएकोले कुनै कठिनाइ नहुने धारणा राखे।

कार्यक्रममा स्वास्थ्यमन्त्री जयराम यादवले नेपालमा आउने भारतीयले थोरै रकमबाट यस क्षेत्रका धेरै स्थानमा भ्रमण सकिने र यहाँ कुनै किसिमको कठिनाइ नहुने भएकाले सम्पूर्ण परिवार एवं साथीभाइसँग आउन आग्रह गरे।

सो अवसरमा मुख्यमन्त्री राईले भारत पश्चिम बङ्गालबाट आएका ३० जना पर्यटक, विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई, झापा विर्तामोडका होटल व्यवसायी देवीभक्त श्रेष्ठ, सामुदायिक घरवासका उपाध्यक्ष एकराज घिमिरे र नेपाल पत्रकार महासंघका प्रदेशका सभापति लीलाबल्लभ घिमिरेलाई सम्मान गरे।

यसैगरी मुख्यमन्त्री राईले होटल व्यवसायी, पर्यटन व्यवसायी र घरवासको दर्ता, नवीकरणको अनलाइन प्रणालीको समेत शुभारम्भ गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस