भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका लागि प्रतिनिधिमण्डलसहति विशेष विमानद्वारा आइतबार बिहान काठमाडौं आइपुग्दैछन्। नेपालमा प्रधानमन्त्री मोदीको स्वागतका लागि उत्साहपूर्वक तयारी गरिएको छ। प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदीको स्वागत गर्नेछन्। मोदीको स्वागतका लागि विमानस्थलमा कोइराला स्वयं उपस्थित हुनु नेपालले उनको भ्रमणलाई दिएको महत्व र अपनत्व दुवैको प्रमाण हो। लामो समयसम्म भारतबाट उपेक्षित अनुभव गरेको नेपालले प्रधानमन्त्री मोदीको भ्रमणलाई बढी महत्व दिनु र उत्साहित हुनु अस्वाभाविक पनि होइन। प्रधानमन्त्री मोदीको भ्रमणप्रति नेपाली पक्षको उत्साह, अपनत्व र चासो नेपालका सञ्चार माध्यम र बौद्धिक जगतमा व्याप्त …मोदी चर्चा’ले पुष्टि गरेको छ। यस भ्रमणको तयारीका क्रममा केही दिन पहिले भारतकी विदेश मन्त्री सुषमा स्वराजले नेपाल भ्रमण गरेकी थिइन्। उनको भ्रमणले दुई देशका अधिकारीहरूबीच वार्ताका लागि वातावरण सहज बनाएको थियो। यसैले दुवै पक्षबीच आपसमा खुला छलफल हुनसक्नेे अवस्था बनेको छ। खुला छलफल हुनसके दुवै मुलुकबीच विश्वास र समझदारी बढाउन सहयोग पुग्नेछ।
हुनत, …इतिहास र राजनीतिको सीमा' मुक्त नेपाल—भारत सम्बन्धको विशिष्टता र संवेदनशीलतामा राजनीतिक परिवर्तनबाट खासै प्रभाव पर्दैन। तर, राजनीतिकस्तरमा सद्भाव र विश्वास कायम भएमा पारस्परिक सम्बन्धलाई बढी सुमधुर र समझदारीपूर्ण बनाउन सकिँदो रहेछ भन्ने चाहिँ प्रधानमन्त्री मोदीको भ्रमणप्रति नेपाली समाजमा देखिएको उत्साहबाट पुष्टि हुन्छ। परम्परागतरूपमा भारतको उग्र विरोध गर्नेहरूसमेत अहिले प्रधानमन्त्री मोदीसँग भेट्न उत्साहित देखिएका छन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन नेपाल सरकारले राजनीतिक सहमति कायम गर्न गरेको प्रयासले पनि सम्भवतः सकारात्मक वातावरण बनेको हो। नेपाल र भारत दुवै अत्यन्त निकट र …विशेष’ सम्बन्ध भएका छिमेकी हुन्। खुला सीमा भएका यस्ता छिमेकीका बीचमा समस्याहरू हुनु अत्यन्त स्वाभाविक हो। नेपाल र भारतबीचमा पनि सीमा विवाद, व्यापार असन्तुलनलगायतका समस्या छन् तर परस्परमा विश्वास र सद्भाव भए समस्या सहजै समाधान गर्न सकिन्छ।
नेपालको जलविद्युत् क्षमताबाट दुवै देशका जनतालाई लाभ हुने गरी सदुपयोग गर्ने सम्भवतः यो सबैभन्दा उत्तम अवसर हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विकासप्रति व्यग्र राजनेता मानिन्छन्। भारत स्वतन्त्र भएपछि हुर्केको पुस्ताका भएकाले उनी …औपनिवेशिक धङधङी’बाट मुक्त पनि हुनसक्छन्। नेपालमा पनि बिस्तारै भारतप्रति अनावश्यक शंका गर्नु उचित होइन भन्ने धारणा बढ्दै गएको छ। विकासप्रतिको व्यग्रताले पनि नेपाली समाजको सबै पक्ष आत्मनिरीक्षणको पक्षमा देखिएको छ।
यस अवस्थामा प्रधानमन्त्री नरेन्द्र मोदीको खुला हृदयले स्वागत गर्नुपर्छ। भ्रमणलाई कुनै परियोजना वा सम्झौतामा केन्द्रित गर्नु उचित हुँदैन। नेपाल र भारतबीच सद्भाव एवं विश्वास बढाउन सके विकास र व्यापार सहजरूपमा अगडि बढ्नेमा ढुक्क हुनसकिन्छ। दुवै मुलुकको समान हित र स्वाभिमानमा सम्झौता नगरीकनै सहकार्य गर्न सकिन्छ भन्ने सन्देश अब जनस्तरमा पुग्नु आवश्यक छ। प्रधानमन्त्री मोदीको भ्रमण नेपाल—भारतबीच सहयोग र सद्भावको नयाँ आयाम दिने मोड बन्नसकोस् भन्ने शुभकामनासहित उनको हामी हार्दिक स्वागत गर्दछौँ।