भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणमा हुनुहन्छ। नेपाल–भारत दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ दिने सवाल होस् वा नेपालको हितमा हुने सम्झौताको सन्दर्भ, यो उच्चस्तरीय राजनीतिक भ्रमण धेरै कोणबाट महत्वपूर्ण छ। विश्वको उदाउँदो आर्थिक शक्तिका रूपमा रहेको भारतका प्रधान मन्त्रीको भ्रमण राजनीतिक, आर्थिक र दुईपक्षीय सम्बन्धका दृष्टिले धेरै महत्वपूर्ण छ।प्रधान मन्त्री मोदीले नेपालको संविधान सभा र संविधान सभामार्फत नेपाली जनतालाई समेत सम्बोधन गर्नुभएको छ। यो आफँैमा नेपाल र नेपाली संसदका लागि ऐतिहासिक घटना हो। नेपाली जनताको तर्फबाट प्रधान मन्त्री मोदीलाई हार्दिक स्वागत छ।
सार्क सम्मेलनमा भएको बाजपेयीको भ्रमणलाई छाड्ने हो भने सन् १९९० यता भारतका तीन जना प्रधान मन्त्री चन्द्रशेखर, पीभी नरसिंह राव र आईके गुजरालमात्र नेपालको भ्रमणमा आएका छन् भने नेपालका तर्फबाट हालसम्म ८ जना प्रधान मन्त्रीले १३ पटक र राष्ट्रपति रामवरण यादवले ३ पटक भारतको भ्रमण गरिसकेका छन्। यो ग्राफ हेर्ने हो भने भ्रमण संख्याको फासला ठूलो देखिन्छ। यसको अर्थ झलनाथ खनालजस्ता केही अपवादबाहेक नेपालका कुनै पनि प्रधान मन्त्रीले भारतको भ्रमण गरेकै हुन्छन्। अझ नेपालका प्रधान मन्त्रीका लागि त पहिलो विदेश भ्रमण भारत हुने गरेको छ। यो यतिबेला हाम्रो विषय होइन। विगतमा भारतीय सरकार प्रमुखका लागि नेपाल भ्रमण प्राथमिकतामा परेका थिएनन्। मुख्य कुरा यसपटक निर्वाचित भएको छोटो समयमा नै प्रधान मन्त्री मोदीका लागि नेपाल प्राथमिक गन्तव्य बन्न पुग्यो। १७ वर्षपछि भएको भारतीय प्रधान मन्त्रीको नेपाल भ्रमणलाई सफल र उपलब्धिमूलक बनाउनु सबैको जिम्मेवारी हुन आउँछ।
यो भ्रमणलाई नेपालले आफ्नो पक्षमा बनाउन सक्ला? नेपालले कति लाभ लिनसक्छ? भ्रमणलाई नेपालको हितमा कति उपलब्धिमूलक बनाउन सकिन्छ? भ्रमणपूर्व यी मुख्य प्रश्न थिए। यतिबेला नेपाल–भारत सम्बन्ध न चिसो न तातो छ। सम्बन्ध नराम्रो छैन तर शंका पनि त्यति नै छन्। दुई देश सबैभन्दा नजिकका छिमेकी हुन्, यो कुरा बुझेर पनि कतिपय प्रश्न अहिले पनि अनुत्तरित छन्, न नेपालले उक्काउँछ न भारतले जवाफ दिन जरुरी ठान्छ। यतिबेला यी अनुत्तरित प्रश्नहरुको उत्तर र बल्भि्कएका सवालहरुको निकास खोज्न जरुरी छ। जसले गर्दा शदियौंदेखिको दुई देश र दुई देशका जनताबीचको सम्बन्धलाई अझ ताजा र आत्मीय बनाउन सकियोस्।
यतिबेला नेपाल भारतबीचको सम्बन्धका सवालमा परेको गाँठो भनेको विश्वासको संकट हो। जसले गर्दा सम्बन्धका अनेक पाइलामा कतिपय बेला समस्या बल्भि्कने गरेका छन्। ठूलो देशको दम्भ भारतमा रहने र सानो हुनुको हीनताबोध नेपालमा हुने हो भने आपसमा विश्वासिलो सम्बन्ध रहन सक्दैन। त्यसकारण हरेक कुरामा खुला खुलस्त कुरा हुने, ठोस र तर्कसंगत प्रस्तुति हुने हो भने सम्बन्धलाई अझै खँदिलो र विश्वसनीय बनाउन सकिन्छ। आजको युगमा कोहीदेखि कोही झस्किन पर्दैन। भूगोलमा, जनसंख्यामा, अर्थतन्त्रका दृष्टिले भारत धेरै ठूलो छ तर दुवै देश सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्र हुन्। यही धरातलीय यथार्थताको आँखीझ्यालबाट दुई देशबीचको सम्बन्धलाई हेर्ने र विश्वासको आधारमा टेकेर नेपाल–भारत सम्बन्धको निरुपण गर्नुपर्छ। तब नै हामी सही दिशामा साथसाथ अघि बढ्न सक्छौं।
नेपालको परराष्ट्र नीति प्रष्ट छ। राष्ट्रिय हितको रक्षा गर्दै राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु नेपालको आधारभूत मान्यता हो। त्यसैले नेपालको परराष्ट्र नीतिको निर्धारक पक्ष राष्ट्रिय हित नै हो। मोदी भ्रमणका सिलसिलामा पनि स्वाभाविकरूपमा हाम्रो राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर भारतसँग 'डिल' गर्नुपर्दछ। राष्ट्रिय हितको रक्षा न दम्भले, न त झुकेर, लत्रेर नै गर्न सकिन्छ। नेपालले भारत वा कुनै देशसँग सम्झौता गर्दा वा राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र परराष्ट्र नीतिका सवालमा नेपालका राजनीतिक दलबीच राष्ट्रिय सहमति कायम हुनुपर्दछ।
मोदीको भ्रमणका सन्दर्भमा नेपाल सरकारको तयारी राम्रो देखिएन। यो कमजोरी भ्रमणपश्चात अझै खट्किनेछ। तीन महिनाअगाडि नै तय भएको भ्रमणको तयारी यति सुस्त र अस्तव्यस्त छ कि भ्रमणको दिनसम्म आइपुग्दा समेत भारतसँग गरिने सम्झौता वा भारतसमक्ष राखिने प्रस्तावबारे टुङ्गो लागेको देखिएन। अन्तिमसम्म पनि नेपालसँग कुनै तयारी, कुनै प्रस्ताव, कुनै आयोजना छैन भन्ने आलोचना सरकारले झेल्नुपर्यो । भारतीय विदेश मन्त्री नेपाल आउँदा गरिने भनिएको नेपाल–भारत ऊर्जा व्यापार सम्झौता (पिटिए) बारे पनि निकै माथापच्छी चल्यो। राजनीतिक दलबीच सहमति बने पनि पिटिए नहुने अवस्था सिर्जना भयो। अपर कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) गर्नेबारेमा लामो विवादमा सरकार अल्भि्कयो। बल्ल दुई पक्षबीच सम्झौता गर्ने सहमति बनेकामा केही कानुनी कारण देखाएर यो सम्झौता पनि नहुने भयो। यसरी ऊर्जा विकासको ढोका खोल्ने बहुप्रतीक्षित पिटिए र पिडिए नहुँदा ऊर्जा विकासको सम्भावना अन्यौलमा परेको छ। मन्त्री परिषद्को बैठकले यी दुवै सम्झौता नगर्ने निर्णय गरिसकेपछि ठूला आयोजनामा लगानी आकर्षित गरेर 'बे्रक थु्र' गर्ने कुरा यसपटक यसै थाती रहेको छ।
नेपालतर्फबाट राम्रो तयारी नभए पनि भारतीय प्रधान मन्त्रीले आफ्नो सपथ ग्रहणदेखि नै नेपाललाई 'गिफ्ट प्रोजेक्ट' अर्थात उपहारको रूपमा एउटा परियोजनाका लागि सहयोग गर्ने वचन दोहोर्यानउँदै आएका छन्। नेपालतर्फबाट त्यस्तो कुन योजना प्रस्तावित गर्ने विषयमा पनि अन्यौल रहेको छ। ९०० मेघावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रस्तावित गर्नु धेरै उपयुक्त हुनेछ। अर्को महत्वपूर्ण एजेन्डा हो पञ्चेश्वर परियोजनाको कार्यान्वयन। 'बराबरीको साझेदारी' कै रूपमा भए पनि पञ्चेश्वर परियोजना अघि बढ्नु नेपाल र भारत दुवै देशको हितमा हुनेछ। विकासप्रेमीको छवि बनाएका मोदीले नेपाललाई अरुण तेस्रो वा पञ्चेश्वरमध्ये एउटा ठोस 'उपहार' दिए भने नेपालको समृद्धिमा यो एउटा नयाँ आधारशीला बन्नेछ। भ्रमणबाट नेपालको यही अपेक्षा छ।
भ्रमणका क्रममा नेपालले प्रस्तावित गर्नुपर्ने केही महत्वपूर्ण विषय छन्। मध्यपहाडी लोकमार्ग, काठमाडौंदेखि तराई मधेस जोड्ने द्रुतमार्ग, हुलाकी मार्ग, पूर्व–पश्चिम रेलमार्ग निर्माण जस्ता नेपालको भविष्य र समृद्धिसँग जोडिएका योजनामध्ये उदाउँदो आर्थिक शक्ति भारतले सहयोग गरेमा यो भ्रमण नेपालका लागि फलदायी हुनेछ। नेपालले भारतसँग हात थाप्नुपर्दैन। नेपालले एउटा असल छिमेकीसँग उपरोक्त विषयहरुमा वार्ता गरेर टुङ्गो लगाउनुपर्छ। यतिबेला नेपालले गत वर्ष भारतको गौरीकुण्डमा मारिएका सयौं नेपालीका परिवारलाई भारत सरकारबाट राहत सहयोग उपलब्ध गराउने सवालमा कुरा गर्नु पनि जरुरी छ।
भारत र नेपालबीच समाधान गर्नुपर्ने केही मुद्दा छन्। भारतलाई खुला सिमानाका कारण नेपाली भूमिमा हुने गतिविधिबाट भारतको सुरक्षामा पर्ने असरको चिन्ता छ। भारतको 'सुरक्षा चासो' मा नेपाल गम्भीर बन्नुपर्छ र कुनै पनि छिमेकीको सुरक्षामा असर पर्ने गतिविधि नेपाली भूमीमा हुन नदिने कुरामा प्रतिबद्ध रहनुपर्दछ। विगतका सन्धि सम्झौताबारे नेपालको चासो रहँदै आएको छ। नेपालीको प्रवृत्ति सामुन्ने कुरा नगर्ने, पिठ्युँपछि कुरा काट्नेखालको छ। कुनै कालखण्डमा दुई देशबीच असमान सन्धिहरु भएका हुन सक्छन्। तिनैमा अडिनु आजको नयाँ सन्दर्भमा आवश्यक छैन। समय र परिस्थितिअनुसार असमान सन्धि सम्झौताहरुमा पुनरावलोकन गर्न भारत पक्ष फराकिलो बन्नुपर्दछ। पटकपटक उठ्ने सवाल सीमा समस्या पनि हो। त्यसरी नै नेपालले वर्षेनि झेल्ने समस्या डुबान र कटानको हो। यस्ता संवेदनशील विषयहरुमा आमनेसामने खुलस्त कुरा गरेर समाधान निकाल्नुपर्दछ। जसले गर्दा दुई देशको सम्बन्धमा देखिएका शंकाको कालो बादल पनि हट्नेछ।
यतिबेला नेपाल–भारत सम्बन्धको निरुपण एक्काइसौं शताव्दीको चेतनाका आधारमा हुनुपर्छ। दुई देशबीचको सम्बन्ध समानताका आधारमा, पारस्परिक सहयोगका आधारमा, असल छिमेकीका रूपमा, सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरुको हैसियतमा र दुवैको हितमा आधारित हुनुपर्छ। एकापसमा रहेका शंका र अविश्वास हटाएर आपसी सहयोग र नयाँ विश्वासका आधारमा दुई देशबीचको सम्बन्धलाई पुनर्व्यवस्थित गरिनुपर्छ। प्रधान मन्त्री मोदीको नेपाल भ्रमण नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन र यो सम्बन्धमा नयाँ आयाम थप्न 'कोशेढुङ्गा' सावित हुनेछ।